This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, November 21, 2011

पर्यटन वर्षको बजेट खर्च गर्न स्वीकृति

यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् ।


काठमाडौं, २८ कात्तिक

सरकारले पर्यटन वर्ष २०११ का लागि छुट्याएको बजेट खर्च गर्न स्वीकृति दिएको छ । पर्यटन वर्ष मूल आयोजक समितिका अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्रविष्ट मगरको अध्यक्षतामा सोमबार बसेको बैठकले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कार्यक्रमअगाडि बढाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसारका कामले निरन्तरता पाउने भएका छन् । त्यस्तै, बैठकले पर्यटन वर्षको समापन कार्यक्रम लुम्बिनीमा गर्ने निर्णय गरेको छ ।

संस्कृति मन्त्रालयसँग समन्वय गरेर लुम्बिनी भ्रमण वर्षको घोषणा तथा पर्यटन वर्षको समापन कार्यक्रम एकैसाथ गर्ने योजना पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिको छ । सरकारले हालै मात्र सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको थियो ।

सो अवसरमा पर्यटन भिजन २०२० को पनि घोषणा गरिनेछ । सन् २०२० सम्ममा वाषिर्क २० लाख पर्यटक ल्याउने लक्ष्यसहित माओवादी नेतृ हिसिला यमी पर्यटनमन्त्री हुँदा भिजन २०२० तयार भएको थियो । लुम्बिनीमा हुने कार्यक्रमका लागि संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई ल्याउन पहल गर्ने निर्णयसमेत समितिले गरेको छ । हालै अमेरिका भ्रमणमा गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग महासचिव मुनले लुम्बिनी विकासका लागि गठन भएको उच्चस्तरीय समितिको नेतृत्व गर्न सहमति जनाएका थिए ।

पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालका अनुसार मूल समितिको बैठकले सिएनएन तथा बिबिसीसँग वार्ता गरी प्रचार-प्रसार गर्न कार्यक्रम कार्यान्वयन समितिअन्तर्गत रहेको प्रचार-प्रसार उपसमितिलाई स्वीकृति दिएको छ । उपसमितिले नै भारत तथा चीनमा गर्ने प्रचार-प्रसारको प्रक्रिया पनि टुंगो लगाउनेछ । 'पुरानोलाई निरन्तरता दिने वा नयाँ सुरु गर्ने भन्ने निर्णय उपसमितिले नै गर्नेछ,' बस्यालले भने । २०११ मा हुनुपर्ने सबै काम अब २०१२ मा मात्र हुने उनले बताए ।

प्रचार-प्रसार उपसमितिले बिबिसी र सिएनएनसँग पटकपटक वार्ता गरी व्यावसायिक 'डिल' गरिसकेको भए पनि मन्त्री नभएका कारण प्रक्रिया रोकिएको थियो । त्यस्तै, भारत र चीनमा टेन्डर गरी प्रक्रिया अगाडि बढाइएकोमा नेपाल तथा भारतका ११ कम्पनीले प्रस्ताव हालेका थिए । तर, पर्यटन वर्ष अभियानलाई विदेशमा प्रचार-प्रसार र प्रवर्द्धन गर्न छनोट गरेका विदेशी कम्पनी सोचेजस्तो सक्षम नभएको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले बैठकले गत साउन दोस्रो साता अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो । कानुनी हिसाबमा पनि केही कमी-कमजोरी देखिएको र मौमसअनुसार प्रवर्द्धन कार्यक्रम गर्ने तालिका पनि नमिलेका कारण प्रक्रिया रोकिएको थियो । भारतमा मेदेखि जुलाईभित्र प्रचार-प्रसार गर्नु उपयुक्त मानिन्छ । भारत र चीनका लागि पुनः टेन्डर गरिए पनि राम्रो प्रस्ताव नआएको उपसमितिले जनाएको छ ।

बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए । बिबिसीले टेलिभिजन, रेडियो, पत्रिका, म्यागाजिन तथा वेबसाइटमा चार महिनासम्म पर्यटन वर्षको प्रचार-प्रसार गर्ने प्रस्ताव गरेको थियो । सिएनएनलाई भने टेलिभिजनमार्फत अमेरिकामा प्रचार गर्न महँगो हुने भएका कारण्ा डिजिटल मिडिया र इन्टरनेट प्रवर्द्धनको प्याकेज मागिएको थियो । अगस्ट अन्तिमदेखि बिबिसी र सिएनएनबाट प्रचार-प्रसार गर्ने समितिको योजना भए पनि यसका लागि २०१२ कुर्नुपर्ने भएको छ । चीनमा भने नोभेम्बरदेखि प्रचार-प्रसार गरेर डिसेम्बर र फेबु्रअरीमा पर्यटक तान्ने लक्ष्य थियो । चीनमा अब २०१२ जनवरी र भारतमा मार्चदेखि अपि्रलभित्र प्रचार-प्रसार सुरु हुने समितिले जनाएको छ । भारत र चीनमा टेलिभिजन, रेडियो, पत्रिका, होर्डिङ बोर्ड, डिजिटल मिडिया, वेबसाइटलगायतबाट तीन महिनासम्म प्रचार-प्रसार गर्ने कार्यक्रम थियो । यसका लागि भारतका इन्डिया टुडे, जागरण्ा, ट्राइटन, सुरिज, ओम टुरिज्मलगायत र नेपालका की एड्भर्टाइजिङ, त्रिकोण्ा, डिजिटेन्मेन्ट, माइस एडलगायत कम्पनीले प्रस्ताव हालेका थिए ।

पर्यटन वर्ष अवधि करिब डेढ महिना मात्र बाँकी छ । यो वर्षभित्र हवाई मार्गबाट ७ लाख र स्थलबाट ३ लाख गरी १० लाख पर्यटक ल्याउने लक्ष्य छ । हालसम्म हवाई मार्गबाट ४ लाख ४३ हजार पर्यटक आएका छन् भने स्थलमार्गबाट आउने पर्यटकको यकिन तथ्यांक आइसकेको छैन ।

गत आर्थिक वर्ष ०६७/६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष ०६८/६९ मा रकमान्तर गरिएको थियो । यसपालि थप १२ करोड पनि विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयन समितिले भारत र चीनमा प्रचार-प्रसार गर्न ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड रुपैयाँ छुट्याएको छ । पर्यटन वर्षमा हवाई मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख पर्यटक ल्याउने लक्ष्य छ ।
नयाँ पत्रिका

पर्यटन वर्षको समापन मार्चमा गर्ने तयारी

लुम्बिनी भ्रमण वर्षको उद्घाटन मार्चमै गरिने

काठमाडौं, ३ मंसिर
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन वर्ष २०११ को समापन कार्यक्रम आगामी मार्च महिनामा गर्ने तयारी गरेको छ । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकाले यसको उद्घाटन र पर्यटन वर्षको समापन कार्यक्रम सँगै गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता हरि बस्यालले बताए । मन्त्रालयले यसअघि आगामी डिसेम्बर महिनामै पर्यटन वर्षको समापन कार्यक्रम लुम्बिनीमा गर्ने तयारी गरेको थियो ।
सरकारले लुम्बिनी क्षेत्रको विकास गर्ने भन्दै सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । “मन्त्रालयले पर्यटन वर्षको समापन कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन ल्याउने तयारी गरिरहेको थियो,” प्रवक्ता बस्यालले भने, “लुम्बिनी विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका भ्रमणका क्रममा मुनलाई लुम्बिनी भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन निम्तो दिएकाले दुवै कार्यक्रम सँगै गर्ने गरी छलफल भइरहेको छ ।” अमेरिका भ्रमणबाट फर्किने क्रममा दाहालले महासचिव मुन मार्च महिनामा नेपाल आउने जानकारी दिएका थिए ।
निर्देशक समिति संघीय मामिला तथा संस्कृति मन्त्रालयअन्तर्गत रहे पनि दुवै पक्षबीच छलफल गरी पर्यटन वर्ष समापन र लुम्बिनी भ्रमण वर्ष उद्घाटन कार्यक्रम एकैसाथ गर्ने तयारी गर्न लागेको उनको भनाइ छ । “दुवै पक्षबीच छलफल जारी छ,” उनले भने, “एकैसाथ कार्यक्रम गर्दा एउटै खर्चले दुवै कार्यक्रम धानिने भएकाले दुवै कार्यक्रमलाई जोड्न लागिएको हो ।”
एकीकृत नेकपा माओवादीका अध्यक्षसमेत रहेका निर्देशक समितिका अध्यक्ष दाहाललाई केही समयअघि सरकारले अमेरिका भ्रमणमा पठाएको थियो । भ्रमणका क्रममा दाहालले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिँदै मुनलाई उद्घाटन कार्यक्रमका लागि निम्तो दिएका थिए । मुनले मार्च महिनामा नेपाल आउने बताएपछि समितिले लुम्बिनी भ्रमण वर्ष उद्घाटन कार्यक्रम पनि मार्चमै गर्ने तयारी गरेको छ ।
पर्यटन वर्षको कार्यक्रम आगामी डिसेम्बर महिनामा सकिने भए पनि मन्त्रालयले तीन महिनापछि समापन कार्यक्रम गर्न लागेको हो । सरकारले पर्यटन वर्षमा जस्तै लुम्बिनी भ्रमण वर्षमा पनि १० लाख पर्यटकलाई लुम्बिनी भ्रमण गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरिसकेको छ । सरोकारवालाहरूले भने लुम्बिनीमा भौतिक पूर्वाधारको विकास नभएका कारण उक्त संख्या धान्न नसक्ने बताएका छन् ।

कारोबार
२० नोभेम्बर २०११,

Thursday, November 17, 2011

साँस्कृतिक पर्यटनमा भुटानको अनुभव

नवराज घिमिरे

साँस्कृतिक क्षेत्रको पहिचान र प्रवर्द्धनबाट पर्यटन व्यवसायलाई जोड दिन सकिन्छ भन्ने मान्यता पछिल्लो समयमा विकसित हुँदै गएको छ । हुन पनि पर्यटन र साँस्कृतिक पाटो एकअर्काका परिपुरक हुन् ।

नेपालमा पनि साँस्कृतिक पर्यटनबाट फाईदा लिन सकिने धेरै ठाउँहरु छन् । हिमाल, पहाड, पाखापखेरा र झरना जस्ता प्राकृतिक सम्पदा जस्तै साँस्कृतिक क्षेत्रको अवलोकन गर्न पनि पर्यटकहरु नेपाल भ्रमणमा आउँछन् । तर, नेपालले साँस्कृतिक पर्यटनबाट चाहेजति उपलब्धी हासिल गर्न सकेको छैन । जबकी दक्षिण एसियाको एउटा देश भुटानले साँस्कृतिक पर्यटनबाटै आर्थिक क्षेत्रमा फड्को मारेको छ । भुटानको तुलनामा नेपाल साँस्कृतिक क्षेत्रमा निकै धनी भएपनि आवश्यक नीति र कार्ययोजनाको अभावले पछि परेको हो । यो कुरा हामी पर्यटन व्यवसायीले हालै भुटान भ्रमणबाट थाहा पायौं । भुटानको साँस्कृतिक पर्यटनलाई नजिकबाट नियाल्न एकमहिना अघि हामी भुटान पुगेका थियौं ।

झण्डै ५० जना अटाउने डक एयरको जहाज चढेर काठमाडौं बिमानस्थलबाट उड्ने बित्तिकै भुटानको काल्पनिक तस्वीर मस्तिष्कमा आउन थाल्यो । जहाजले भुटानको विमानस्थल रहेको पारोको आकाश समात्यो । देब्रेतिर सगरमाथा सहित सुन्दर हिमश्रृँखलाको दृश्य । हिमालको दृश्य हेर्दाहेर्दै एक घण्टा १० मिनेटमै बिमान पारो विमानस्थलमा अवतरण भयो ।

पहिलोपटक शहर देेख्दा नै इष्र्या लाग्यो । सफा र फराकिला सडक । लेन अनुशासनको लागि बीचमा डिभाईडर राख्नुनपर्ने । सबै नियम कानुनमा बाँधिएका । प्रशंसनीय कुरा त्यहाँको खाना थियो । दुईहजार मिटरको उचाईमा उत्पादन भएका चामलको भात, दक्षिण भुटानमा उत्पादित आलु, स्याऊ, दाल, चिज, मासुका परिकार । थिम्पु र पारोका प्राचिन दरबारहरु अझै आकर्षणका केन्द्रबिन्दू । पारो र थिम्पुलाई चिरेर बगेका नदीहरुले शहरको सौन्दर्य नै बढाएका । वरिपरी निर्माणाधिन भवनले शहरीकरणको झल्को दिन्थ्यो । तर भुटनीहरु चिनीयाँ शैलीको विकास मन पराउँदैनन् । शहरमा नेपाली भाषी र भुटानी भाषीको उपस्थिति झण्डै बराबरी लाग्थ्यो । ठाउँठाउँमा ठूला स्पिकरबाट नेपाली पप गीतहरु घन्किरहेका ।

सानो देश भुटानले आफ्नो साँस्कृतिक पक्षलाई बढावा दिन त्यसै अनुसारको काम गरेको छ । प्राचीन दरबार र अरु साँस्कृतिक क्षेत्रको सम्वर्द्धनमा ध्यान दिएको छ । स्थानीय उत्पादनलाई बढावा दिएको छ । प्राचीन दरबारमा सरकारी कार्यालयहरु राखिएका छन् । विमानस्थलबाट झर्ने बित्तिकै परम्परागत पोशाक लगाएकाहरुले स्वागत गर्छन् । यसले पनि भुटानमा साँस्कृतिक पर्यटनको महत्व बढेको छ ।

-घिमिरे पर्यटन व्यवसायी हुन्)
Source : Online khabar

Wednesday, November 2, 2011

अक्टोबर महिनामा ईतिहासकै धेरै पर्यटक भित्रिए

काठमाडौं, कात्तिक, १६ — गत महिनामा नेपालको ईतिहासमा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार अक्टोबर महिनामा हवाईमार्ग हुदै नेपाल घुम्न आउने पर्यटकको सख्या १६.८ प्रतिशतले बढेका छन् ।

यो मार्ग हुदै अक्टोबर महिनामा ७३ हजार दुई सय ६४ पर्यटक नेपाल घुम्न आएको विमानस्थलले जनाएको छ । सार्क क्षेत्रबाट नेपाल आउने पर्यटकको सख्या १९.४ प्रतिशतले बढेको छ । त्यसमा भारतबाट आउने पर्यटकको सख्या २६.२ प्रतिशत र ११.३ प्रतिशतले बढेको छ । त्यस्तै एसिया क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटकको सख्या ४० प्रतिशतले बढेको छ ।

नेपाल आउनेमा चिनियाहरु सबै भन्दा धेरै १०५.९ प्रतिशतले बढेका छन् । त्यस्तै दक्षिण कोरियाबाट आउने पर्यटक २९ प्रतिशतले बढेका छन् भने थाईल्याण्डबाट आउने पर्यटक २३ प्रतिशतले बढेका छन् । तर मलेसियाबाट आउने पर्यटक भने १ प्रतिशतले घटेको विमानस्थलले जनाएको छ ।

त्यस्तै युरोपबाट आउने पर्यटकको सख्यामा बृद्धि भएको छ । गत बर्षको तुलनामा अक्टोबर महिनामा युरोपबाट आउने पर्यटकको सख्या १५ प्रतिशतले बढेको छ । ईजरायलबाट नेपाल घुम्न आउने आउने पर्यटक ८८ प्रतिशतले बढेका छन् भने डेनमार्कबाट नेपाल आउने पर्यटक ४८ प्रतिशतले बढेका छन् ।

तर नेदरल्याण्डबाट आउने पर्यटक १७ प्रतिशतले घटेका छन भने फ्रान्सबाट आउने पर्यटक ४ प्रतिशतले घटेका छन् । त्यस्तै न्युजिल्याण्डबाट आउने पर्यटक ३० प्रतिशत र अष्टेलियाबाट आउने पर्यटक ०.२ प्रतिशतले घटेको विमानस्थलले जनाएको छ । तर नेपाल घुम्न आउने अमेरिकी भने ५.५ प्रतिशतले बढेका छन् ।

अक्टोबर महिनामा नेपाल आउने पर्यटक समेत गरेर नेपाल पर्यटन बर्ष २०११ मा अहिले हवाईमार्गबाट नेपाल आउने पर्यटकको सख्या ४ लाख ४३ हजार १ सय ८ जना पुगेको छ । सरकारले पर्यटन बर्षमा १० खाल पर्यटक भित्रयाउने लक्ष्य राखेको थियो ।

Tuesday, November 1, 2011

पर्यटन वर्षका सबै कार्यक्रम रोक्न अख्तियारको निर्देशन

सुशील भट्टराई, काठमाडौं, कात्तिक १५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'नेपाल पर्यटन वर्ष २०११' का सबै काम कारबाही रोक्न निर्देशन दिएको छ। आयोगमा परेको बेनामे उजुरीका आधारमा अख्तियारले यस्तो निर्देशन दिएको हो।

अख्तियारले पर्यटन वर्षका सबै कार्यक्रम रोक्न नेपाल पर्यटन बोर्डलाई पत्र पठाएपछि तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयनले अख्तियारको निर्देशनबाट अन्योल उत्पन्न भएको भन्दै पुनः निर्देशन दिन अनुरोध गरेको छ।
'बेनामे उजुरीका आधारमा अख्तियारले आफ्नो छानविन नसकिएसम्म थप कारबाही नगर्न पत्र पठाएको छ,' पर्यटन मन्त्रालय स्रोतले सोमबार नागरिकसँग भन्यो, 'त्यसपछि सचिव स्तरीय निर्णयअनुसार यथाशक्य छिटो निर्देशन पाउनका लागि अख्तियारलाई पत्र पठाइएको छ।'

स्रोतका अनुसार अख्तियारको निर्देशनपछि पर्यटन वर्षका अन्य काम कारबाही अघि बढाउने, लुम्बिनीमा गर्न लागिएको पर्यटन वर्ष समापन समारोह कार्यान्वयन तथा भारत र चीनमा प्रचार-प्रसारका लागि गरिएका प्रस्ताव एवं सिएनएन र बिबिसीसमेतका प्रस्ताव सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम गर्ने/गराउने अख्तियारकै निर्देशन कार्यान्वयन गराउनेसम्बन्धमा पुनः चाँडो निर्देशन दिन अनुरोध गरिएको हो।

'उजुरीपछि छानविन पूरा नभएसम्म कुनै काम कारबाही नगर्नू भन्ने अख्तियारको निर्देशन हेर्दा पर्यटन वर्षका सबै कार्यक्रम रोक्नुपर्छ,' स्रोतले भन्यो, 'अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम अन्तिम चरणमा पुगेका छन्, ती अगाडि बढाउने हो वा के गर्ने हो, बुझ्न सकिएन।'

अख्तियारले नै गत साउन ५ मा विदेशी विद्युतीय सञ्चारमाध्यमबाट पर्यटन वर्षको प्रचार-प्रसारका लागि प्राप्त भारत र चीनतर्फका प्रस्ताव तथा सिएनएन र बिबिसीसमेतका प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार गर्न गराउन निर्देशन दिएको थियो।

'अख्तियार आफैंले दिएको निर्देशन कार्यान्वयन नगर्न फेरि आफैं निर्देशन दिएको छ,' स्रोतले भन्यो, 'यसले गर्दा पर्यटन वर्षजस्तो विश्वमा नेपालको पर्यटनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय अभियान धरापमा परेको छ।'

सन् १९९८ मा ५ लाख पर्यटक ल्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिए पनि त्यो वर्ष संख्या पूरा भएको थिएन। एक वर्षपछि १९९९ मा उद्देश्य पूरा भएको थियो। यसपालि पर्यटन वर्ष अभियानमा १० लाख पर्यटक ल्याउने भनिए पनि अर्को वर्ष पूरा हुने सरकार र निजी क्षेत्रले आशा गरेका थिए।

पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले अख्तियारको निर्देशनपछि सिएनएन र बिबिसीसहित सबै अन्तर्राष्ट्रिय प्रचार-प्रसार रोकिएको बताए।

'काम गर्नुअघि नै भ्रष्टाचार हुन्छ भनेर थाहा पाउने अख्तियार अन्तरयामी हो?, अनि कामै सुरु नभई नगर भन्ने निर्देशन अख्तियारले दिन मिल्छ कि मिल्दैन थाहा भएन,' शाक्यले सोमबार नागरिकसँग भने, 'प्रशासनतन्त्र पनि नतिजाभन्दा आफू जोगिने उपायतिर लागेकाले पर्यटन वर्ष अभियानका गतिविधि रोकिएका हुन्। अझै धेरै काम गर्न बाँकी छ, तर के गर्ने हामी अन्योलमा छौं।'

सरकारले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाँकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना कार्यक्रम कार्यान्वयन समितिको थियो।

यसअघि साउन दोस्रो साता पनि कार्यान्वयन समितिले पर्यटन वर्ष अभियानलाई विदेशमा प्रचार-प्रसार र प्रवर्द्धन गर्न छनोट गरेका विदेशी कम्पनी 'सोचेजस्तो सक्षम' नभएको भन्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो।

गत आर्थिक वर्ष २०६७/०६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष २०६८/०६९ मा रकमान्तर गरिएको थियो। यसपालि थप १२ करोड पनि विनियोजन गरिएको थियो।

कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बेलायतस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) र अमेरिकाको केबुल न्युज नेटवर्क (सिएनएन) तथा भारत र चीनमा प्रचार प्रसार गर्न नेपाल र त्यहाँका ११ कम्पनीले प्रस्ताव हालेका थिए। बिबिसी र सिएनएनको प्रस्ताव लगभग अन्तिम चरणमा पुगे पनि भारत र चीनका लागि कम्पनी छनोट हुन बाँकी थियो।

समितिले भारत र चीनमा प्रचार प्रसार गर्न ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड छुट्ट्याएको थियोे। पर्यटन वर्षमा हवाई मार्ग हुँदै भारतबाट २ लाख ६५ हजार र चीनबाट १ लाख पर्यटक ल्याउने लक्ष्य छ।

'अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्ने काम असाध्यै ढिला भएको थियो,' संयोजक शाक्यले भने, 'त्यसमाथि अख्तियारको निर्देशनले थप अन्योल भएको छ।'

उनका अनुसार चीनमा २०१२ जनवरी र भारतमा मार्चदेखि अप्रिलभित्र प्रचार गर्ने योजना छ। बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए। बिबिसीको प्रस्तावलाई २ करोड ५० लाख रुपैयाँमा लगभग स्वीकृतजस्तै गरिएको थियो भने सिएनएनको प्रस्ताव मूल्य घटाउन आग्रह गरिएको थियो। सिएनएनलार्इं डेढ करोडभन्दा बढी नदिने पक्षमा समिति थियो।

समितिका अनुसार बिबिसीको प्रस्तावमा टेलिभिजन, रेडियो, पत्रिका, म्यागाजिन, वेबसाइटमा चार महिनासम्म पर्यटन वर्षको प्रचार प्रसार गर्ने
उल्लेख थियो। उसले अमेरिका, युरोपका केही देश, चीन, हङकङ, एसिया प्रशान्त क्षेत्रीय देशलगायतमा प्रचार गर्ने प्रस्ताव गरेको थियो।

सिएनएनबाट टेलिभिजनमार्फत् अमेरिकामा प्रचार गर्न महँगो हुने भएका कारण उसलाई डिजिटल मिडिया र इन्टरनेट प्रवर्द्धनको प्याकेज दिन भनिएको थियो।

त्यसै गरी भारत र चीनमा टेलिभिजन, रेडियो, पत्रिका, होर्डिङ बोर्ड, डिजिटल मिडिया, वेबसाइटलगायतबाट तीन महिनासम्म प्रचार गर्ने कार्यक्रम थियो। यसका लागि भारतका इन्डिया टुडे, जागरण, ट्राइटन, सुरिज, ओम टुरिज्मलगायत र नेपालका कि एड्भरटाइजिङ, त्रिकोण, डिजिटेन्मेन्ट, माइस एडलगायत कम्पनीले प्रस्ताव हालेका थिए।

Source : Nagariknews
date : 1 November 2011