–निनाम लोवात्ती कुलुङ
अर्थतन्त्रको संरचनामा परिवर्तन आएसँगै सेवामूलक क्षेत्रमा विविधीकरण हुन थालेको छ । यही क्रममा पर्यटन क्षेत्रमा पनि विविधिकरणले व्यापक रूप लिएको छ । हुन पनि मरुभूमिको देश युनाइटेड अरब इमिरेट्समा स्की पर्यटनले गति लिएको देख्दा हामीले ईष्र्या गर्नुपर्ने बेला भएको छ । हाम्रो जस्तो भूपरिवेष्टित देश नेपालमा पनि युएईमा जसरी कृत्रिम आइसको थुप्रोमा स्की पर्यटन फस्टाएको छ, हिमाली मुलुक भएर पनि नेपालले आइस–स्कीलाई प्रमुख पर्यटकीय उत्पादनका रूपमा विकसित गर्न सकेको छैन । जाडोयाममा पानी परेको समयमा काठमाडौं उपत्यका नजिकै रहेको दोलखा खरिढुंगामा हिउँ पर्दा बसहरू चिप्लिएर यातायात अवरुद्ध बनेको समाचार हुन्छ, काठमाडौंका युवाहरू हिउँ खेल्न पालुङ पुग्छन्, तर स्की गर्न चाहने पर्यटकहरूलाई हामीले नेपालका सम्भाव्य गन्तव्यसम्म तान्न सकेका छैंनौं तापनि नेपाल पनि पर्यटनका लागि अनेकौं सम्भावना भएका विश्वका केही देशहरूमध्येमा पर्छ नै । चाहे त्यो भगौलिक हिसाबले होस्, अथवा त्यो जातीय विविधताको हिसाबले होस्, वा त्यो भाषिक विविधताको हिसाबले होस् । यस्तै, त्यो सांस्कतिक विविधिताको हिसाबले होस् वा जैविक विविधताको हिसाबले नै किन नहोस् । विश्वका एकसे एक देशसँग दाँज्न सकिने सम्पदा तथा सम्भावनाहरू नेपालमा छन् ।
अहिले विश्वभरि नै पर्यटकहरूलाई नयाँपन दिने लहर नै चलेको छ । त्यसैले त विश्वका अनेकौं देशले पर्यटकहरूलाई अनेकौं खालका, अलग–अलग खाले सेवा दिइरहेका छन् । आफ्नो मुलुकमा बढीभन्दा बढी पर्यटक तान्नका लागि भएका प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहरहरूसँगै कृत्रिम निर्माणमा समेत जोड दिइरहेका छन् । नेपालमा पनि पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङलगायत साहसिक पर्यटन र सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्योपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म र संस्कृतिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, सिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन वन्यजन्तु अध्ययन अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ, तर अहिले यहाँ चर्चा गर्न खोजिएको विषयचाहिँ निकुन्ज पर्यटनका बारेमा हो ।
सरकारी अधिकारी र पर्यटन क्षेत्रका व्यवसायीहरूले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुन्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खास गरी गामीण भेगका लागि एउटा आधार स्तम्भका रूपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । पर्वतारोहणपछि नेपालमा पर्यटक तान्ने मुख्य माध्यम निकुन्ज बन्दै आएका छन्, जसले ग्रामीण क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तार गरेका छन् । हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज, शिवपुरी राष्ट्रिय निकुन्ज, रारा राष्ट्रिय निकुन्ज, खप्तड राष्ट्रिय निकुन्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, मकालु वरुण राष्ट्रिय निकुन्ज, लाङटाङ राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्जलगायत लगभग दर्जनको हाराहारीमा राष्ट्रिय निकुन्जहरू छन् भने केही संरक्षित क्षेत्रहरूलाई निकुञ्ज बनाउने तयारी भइरहेको छ । यद्यपि आम्दानी र पर्यटहरूले भ्रमण गर्ने गरेको संख्याका हिसाबले हेर्दा सगरमाथा राष्ट्रिय निकुन्ज, लाङटाङ राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्जलाई नै निकुन्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।
नेपालको सन्दर्भमा पर्यटनका बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो होटल होस् वा वा पदयात्रा पर्यटन होस्, हिमाल आरोहण नै किन नहोस् । होटलका सन्दर्भमा कुरा गर्दा तत्कालीन सोभियत संघको नागरिक बोरिस लिसानोभिचले काठमाडौंमा अहिले निर्वाचन आयोग भएको भवनमा पहिलो पटक रोयल होटल नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले होटलको सेवा लिने आधारस्तम्भ खडा भयो । वास्तवमा बोरिसलाई नेपालको पर्यटन क्षेत्रमा कखरा सिकाउने पहिलो व्यक्तिभन्दा फरक नपर्ला । त्यस्तै नेपालमा निकुन्ज पर्यटनको आधारस्तम्भ खडा हुनमा पनि विदेशी नागरिककै हात छ । बेलायती नागरिक जिम एडवर्ड्सले पहिलो पटक चितवनमा टाइगर टप्स नामक होटल खोलेर निकुन्ज पर्यटनको थालनी गरे । जिम एडवर्ड्स यो भौतिक संसारमा नभए पनि उनले सिकाएको बाटोमा हिँडेरै अहिले चितवन जिल्लाको सौराहा देशकै एउटा उदाहरणीय निकुन्ज पर्यटनस्थल भएको छ । जहाँ विदेशी पर्यटकहरू मात्रै नभएर मध्यम स्तरका आय भएका नेपालीहरू पनि त्यहाँ जान थालेका छन् ।
यस क्षेत्रको विकासका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपाल सरकारका तर्फबाट निकुन्ज पर्यटनका लागि चाहेजति सहयोग छैन, जसका कारण राष्ट्रले दिन सक्ने योगदान दिन सकेको छैन । एक किसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरूबाट मनग्गे कर लिन तयार तर राज्यका तर्फबाट दिनुपर्ने न्यूनतम सेवा–सुविधा दिन भने दाँतबाट पसिना झार्ने लोभी मानिसजस्तै भएको छ । केही समयअघि निकुन्जभित्र भएका होटल तथा रिसोर्टहरू हटाउने कुरा व्यापक रूपमा उठाइयो । यो निकुन्जमा आधारित नेपालको पर्यटन उद्योगलाई सखाप पार्ने गम्भीर षड्यन्त्र हो । सरकारले निकुन्जहरूमा सुरक्षा चौकी बढाउनुपर्छ, निकुन्जभित्र प्रवेश गर्ने पर्यटकहरू जो त्यहाँका होटल–रिसोर्टमा बस्छन्, उनीहरू हातहतियारविहीन हुन्छन् र त्यस्तो हुने व्यवस्थालाई अझ कडाइका साथ लागू गरिनुपर्छ । अझ सकिन्छ भने निकुन्जभित्रका होटल–रिसोर्टमा सीसीटीभी राखेर त्यसको अनुगमन गर्ने व्यवस्था पनि गर्नुपर्छ । तर आफ्नो दायित्व पूरा नगर्ने, अनि केवल एकहोरो आरोपमात्र लगाउने परम्परा त्याग्नु आवश्यक छ ।
वास्तवमा कुरा नचपाई भन्ने हो भने, यस मामिलामा कर्मचारीतन्त्रको ठूलो हात हुन्छ । किनभने सरकार भनेको त आज एउटा राजनीतिक पार्टीको सरकार आउँछ, त्यो सरकारले आफ्नो सरकारको मन्त्रीमण्डल पूर्ण रूपले गठन गर्न नपाउँदै भोलि अर्को राजनीतिक पार्टीको सरकार बनिहाल्छ । त्यसमाथि पनि कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको हालको अवस्थामा त सरकार बनाउने र गिराउने खेल छिटोछिटो गतिमा भइरहेको त हामी सबैलाई थाहा भएकै हो । अस्थिर सरकारहरूका कारण नेपालका कुनै पनि आर्थिक क्षेत्रका नीति–नियमहरू कार्यान्वयन हुन सकेका छैनन् भने पर्यटन क्षेत्रमात्र कसरी अपवाद बन्न सक्थ्यो, तर कर्मचारीतन्त्र भनेको देशको स्थायी सरकार हो । उनीहरूले आत्मा साक्षी राखेर र देशको हितलाई सर्वोपरि हित ठानेर काम गरेमा देशले गति लिन खासै समय लाग्ने थिएन । कुरो पर्यटन क्षेत्रको मात्रै होइन, हालसम्म भएका आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णयहरूको कार्यान्वयन कर्मचारीतन्त्रकै लापरबाहीका कारण अलपत्र परेको हो । कर्मचारीतन्त्रको कुरो गर्दा केहीअघि तत्कालीन अर्थसचिवले अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा अर्थमन्त्रीसँग मत नमिलेपछि दिएको राजीनामाले पनि स्वच्छता र पारदर्शिताका धेरै प्रश्न उठाएको छ । राजनीतिक पार्टीहरूले देशका धमिराहरूको दबाब र आर्थिक प्रभावमा परेर तथा आफ्नो व्यक्तिगत, परिवार र पार्टीको स्वार्थ वा फाइदाका लागि गलत निर्यणहरू गर्ने चलन छ । कर छली प्रकरणदेखि वनफँडानी प्रकरणमा समेत मन्त्रीहरूको सोझो संलग्नताको खबर आइरहेकै छ ।
नेपालले सामुदायिक वनका क्षेत्रमा हासिल गरेको उपलब्धि विश्वमैप्रभावमा परेर तथा आफ्नो व्यक्तिगत, परिवार र पार्टीको स्वार्थ वा फाइदाका लागि गलत निर्यणहरू गर्ने चलन छ । कर छली प्रकरणदेखि वनफँडानी प्रकरणमा समेत मन्त्रीहरूको सोझो संलग्नताको खबर आइरहेकै छ ।
नेपालले सामुदायिक वनका क्षेत्रमा हासिल गरेको उपलब्धि विश्वमै उदाहरणीय मानिथ्यो, केही वर्षअघिसम्म, तर वनमन्त्रीकै सहभागितामा वन फँडानी भएको समाचारले स्थिति सोचनीय बनाइदिएको छ । यदि संरक्षित क्षेत्रका रूपमा नेपालको निकुन्ज पर्यटनलाई राष्ट्रिय उत्पादन मानेर विश्व बजारमा प्रवद्र्धन गर्ने हो भने नेपालको जैविक विविधता नयाँ आकर्षण बन्न सक्छ ।
source: Karobar Daily







0 comments:
Post a Comment