This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, September 29, 2011

‘ग्रेट हिमालय ट्रेल ट्रेकिङ’


काठमाडौं, ११ असोज

विश्वकै लामो पदयात्राका रूपमा रहेको ‘ग्रेट हिमालय ट्रेल’ पूरा गर्न एक पर्यटकले कम्तीमा २१ लाख रुपैयाँ खर्चिनुपर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय बजारमा जोडतोडका साथ प्रचार गरिरहेको यो ट्रेल पूरा गर्न २१ लाख १३ हजार २ सय ५० रुपैयाँ लाग्ने पर्यटन व्यवसायीहरूले जनाएका छन् ।

नेपालका आकर्षक हिमालहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने यो ट्रेकिङ पूरा गर्न १ सय ५७ दिन लाग्छ । सरकारले गत वर्ष पर्यटन वर्षको औपचारिक घोषणा कार्यक्रममा ‘ग्रेट हिमालय ट्रेल’ विकास गर्ने योजना सार्वजनिक गरेअनुसार मंगलबार पर्यटन दिवसको अवसर पारेर यसको औपचारिक शुभारम्भ गरिएको हो ।

यो ट्रेल जाने पर्यटकले सुरुमै पदयात्रा शुल्कबापत ३ हजार २ सय अमेरिक डलर तिर्नुपर्नेछ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महत्वाकांक्षी ट्रेल बजार प्लान २०११–२०१६ सार्वजनिक गरेको सहसचिव बालकृष्ण घिमिरेले जानकारी दिए । हिमालयन ट्रेल विश्वका लामा र उत्कृष्ट पदमार्गमध्येको पनि उत्कृष्ट भएकोले पनि महँगो पर्ने घिमिरेले बताए ।

पूर्वी नेपालको ताप्लेजुङदेखि पश्चिमको महाकालीसम्म रहने यो पदयात्राको लम्बाइ १ हजार ७ सय किलोमिटर छ । छुट्टै घुम्न चाहनेहरूका लागि यो पदमार्गलाई १० भागमा विभाजन गरिएको छ । नेपालमा कञ्चनजंगा, लाङटाङ, सगरमाथा, मकालु, सोलखुम्बु, गौरीशंकर, पाँचपोखरी, मनाङ, मुस्ताङ तथा डोल्पा क्षेत्रमा विभाजन गरिएको जानकारी घिमिरे दिए ।

ग्रेट हिमालय ट्रेलबाट नेपाललाई पाकिस्तान, भारत, भुटान, म्यानमार, तिब्बतसँग जोड्ने सरकारको योजना छ । यो रुटले हिमालय शृंखलाको ४ हजार ५ सय किलोमिटर समेट्नेछ । यो रुट पाकिस्तानको नांगा पर्वत, भारतको गंगा नदी, नेपालको अन्नपूर्ण, सगरमाथा, कञ्चनजंघा हुँदै सिक्किमसम्म, त्यसपछि भुटान हुँदै भारत अरुणाचल र त्यहाँबाट म्यानमार हुँदै तिब्बत पुग्छ । त्यसबाट पदयात्रीले ८ हजार मिटरभन्दा अग्ला हिमाल हेर्न पाउने सहसचिव घिमिरेले बताए ।

नेपालमा पर्यटकले एकदिनको औसत १ सय ५० अमेरिकी डलरमा यात्रा गर्न पाउँछन् । सेवा र सुविधाका आधारमा रकम तोकिने भए पनि सरदरमा प्रत्येक पर्यटकले प्रतिदिन १ सय ५० डलर खर्चिनुपर्र्ने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का निवर्तमान उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

ट्रेकिङ एजेन्सीले हाल लिँदै आएको रकम हिसाब गर्दा सरदर दैनिक १ सय ५० डलरका दरले १ सय ५७ दिन र रुट परमिटको गरी झन्डै सवा २१ लाख रुपैयाँ खर्चिनुपर्छ । “हिमालय ट्रेल लामो पदमार्ग भएकोले उक्त क्षेत्रमा ट्रेकिङ गर्न धेरै स्थानमा क्याम्पिङ पनि गर्नुपर्ने भएकाले पनि अन्य क्षेत्रको भन्दा महँगो पर्छ,” श्रेष्ठले भने ।

ग्रेट हिमालय ट्रेल धेरै संरक्षण क्षेत्रको बाटोमा पर्ने भएकोले सबै स्थानको पदयात्राको शुल्क तिर्नुपर्छ । ती क्षेत्रमा रुट परमिटबापत मात्रै ३ हजार २ सय डलर तिर्नुपर्छ । यो दस्तुर महँगो भएकोले ५० प्रतिशत घटाउन व्यवसायीले सरकारलाई सुझावसमेत पठाएको जानकारी श्रेष्ठले दिए ।

यो क्षेत्रको सम्पूर्ण निर्माण कार्य सन् २०१६ मा सक्ने सरकारको योजना छ । नेपालका अन्य पदमार्गलाई जस्तै अब व्यवसायीले हिमालय ट्रेलका लागि पनि ‘बुक’ गर्ने भएका छन् । उक्त क्षेत्रमा युरोपेली मूलका नागरिक हान र एलबिरा पहिलो पटक ट्रेकिङ जाँदैछन् ।
Source Karobar daily

Resort Business Plan Template

Table of Contents (automated)

・   Executive summary
• Business goals/mission
• Business description
• Business formation
• Business philosophies/identity
• Character
• Location
• Main objectives
• Directors
• Management team
• Key advantages
• Strategic positioning
• Strategic alliance
• Licenses
• Sales summary
• Vision of the future
• Funds required
Development
• Site determination
• Development process
• Project plan
• Phasing diagram
• Service buildings plan
• Employee housing plan
• Golf course / Ski / Spa / Water park plan
• Environment
• Development team
Marketing
• The product mix
• Sales estimates(Forecast)
• Analysis current product mix
• Market analysis
• Marketing goals & strategies
• Competitive research
• Pricing policy
• Operations
• Advertising & promotion
• SWOT analysis
Historic analysis
• General view
• The market position
• Income statement historic
• Balance sheet historic
The organizational structure
• Management and personnel
• Administrative organization
• Contingency planning
Risk management
• Risk reduction
• Exit strategy
Financial plan
• The investment budget
• Statistical data (ratios)
• The return on investment
• Financial projections
Appendices

Wednesday, September 28, 2011

विश्व पर्यटन दिवस

काठमाडौँ, असोज ९ गते । संस्कृतिसँग पर्यटनको मिलनका रूपमा यस वर्ष ३२ औँ विश्व पर्यटन दिवस नेपालले भव्यरूपले मनाउने भएको छ ।

बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त प्राकृतिक रूपले सुन्दर राष्ट्र नेपालले विश्व पर्यटनको नारालाई आत्मसात् गर्दै मंगलबार यो दिवस मनाउन लागेको हो ।

सांस्कृतिक रूपले धनी देश नेपालको लागि यस वर्ष विश्व पर्यटन दिवसको नारा टुरिजम लिङ्किङ् कल्चर अर्थात् संस्कृति र पर्यटनको सम्बन्ध निकै सान्दर्भिक भएकोले पनि यो दिवसलाई विगतको भन्दा व्यापक रूपले मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनले सन् १९८० देखि सेप्टेम्बर २७ तारिखलाई प्रत्येक वर्ष विश्व पर्यटन दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्षको आयोजक राष्ट्रका रूपमा इजिप्ट रहेको छ ।

पर्यटनको विकास, विस्तार, प्रबर्द्धन तथा यसलाई विश्वव्यापीकरण गर्ने अभियानकासाथ सेप्टेम्बर २७ तारिखमा विश्वभर टुरिजम लिङ्किङ कल्चर भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

नेपालमा पनि विभिन्न कार्यक्रमका साथ पर्यटनसँग आबद्ध विभिन्न ३३ भन्दा बढी सङ्घ संस्थाको सहभागितामा यो दिवस मनाउन लागिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार विश्व पर्यटन दिवसको अवसरमा मंगलबार बिहान ७ बजे सञ्चयकोष भवन ठमेलबाट प्रभातफेरि गरी अपरान्ह १२ बजेदेखि राति ९ बजेसम्म काठमाडौँका ठमेलमा 'स्टि्रट कार्निभल' महोत्सव गरिँदै छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले सन् २०११ अक्टोबर १ तारिखसम्म विभिन्न ३३ भन्दा बढी पर्यटनसँग आबद्ध सङ्घ संस्थाको सहभागितामा विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । श्रेष्ठले विश्व पर्यटन दिवसको सुरुवातको रूपमा सेप्टेम्बर १७ तारिखमा वातावरणमैत्री साइकल र्‍यालीको आयोजना गरिएको पनि जानकारी दिनुभयो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव बालकृष्ण घिमिरेले विश्व पर्यटन दिवसको अवसरमा होटल एसोसिएसन नेपाल र तारा गाउँ विकास समितिले खाना र आवासमा विशेष छुट दिने तथा पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र बाबुछिरी सङ्ग्रहालय तथा तीलगंगामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको भन्नुभयो ।

वसन्तपुर दरबार स्क्वायरमा सांस्कृतिक कार्यक्रम तथा नेवारी भोट पोखरामा पनि 'स्टि्रट फेस्टिबल' गरिने पनि उहाँले बताउनुभयो ।

नेपाल पर्यटन वर्ष २०११ को अवसर रहेकोले विश्वमा नेपालको संस्कृतिको पहिचान दिलाउनको लागि यो दिवस अवसरको रूपमा रहेको नेपाल पर्यटन बोर्डका अधिृकत सुमन घिमिरेले भन्नुभयो ।

सन् १९९८ देखि विश्व पर्यटन दिवसको आयोजकका राष्ट्रको रूपमा मेक्सिको, चिली, जर्मनी, इरान, कोष्टारिका, अल्जेरिया, मलेसिया, कतार, पोर्चुगल, श्रीलंका, भारत, अपि|mका, चीन, इजिप्टले आफूलाई स्थापित गरिसकेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने नेपालले विश्व पर्यटन दिवसमा आयोजक राष्ट्रको रूपमा आफूलाई दावी नगरेको र वर्तमान परिवेशमा त्यो सम्भव पनि नदेखिएको बताउनुभयो ।
source: गोरखापत्र

र्‍याडिसनद्वारा रू. आठ करोडभन्दा बढी मुनाफा

काठमाडौँ, असोज ४ गते । र्‍याडिसन होटलको प्रवर्द्धक कम्पनी ओरियन्टल होटल लिमिटेडले गएको आर्थिक वर्षमा आठ करोड १४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । ओरियन्टलले अघिल्लो आर्थिक वर्ष रू. पाँच करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो । बुधबार आफ्नो चौधौँ वाषिर्क साधारणसभा सम्पन्न गरेको उक्त कम्पनीले आगामी दिनमा मुनाफालाई अझ वृद्धि गर्ने जनाएको छ । मुनाफा केही वर्षभित्र सेयरधनीहरूलाई उपलब्ध गराउने कम्पनीले जारी गरेको जनाएको छ ।

यस वर्ष हवाइमार्गबाट आउने पर्यटकको सङ्ख्या २१.७९ प्रतिशतले वृद्धि भएकोले ओरियन्टलले आफ्नो अकुपेन्सी र कोठाको औसत भाडा दरमा वृद्धि गरेको र गत वर्ष कुल आम्दानी रू. ५० करोड सात लाखबाट वृद्धि गरी ६० करोड ३१ लाख कायम गर्न सफल भएको छ ।

कम्पनीले होटलको सहवित्तीयकरणको कर्जा हालसम्म निर्धारित तालिका अनुसार भुक्तान गर्दै आएको र नगद प्रवाहले धानेसम्म सहवित्तीयकरणको साँवा र ब्याज यथासमयमा भुक्तान गर्दै जाने जनाएको छ ।

विज्ञप्तिमा होटलको औसत वाषिर्क अकुपेन्सी ८०.१८ प्रतिशत रहेको र सरकारले पर्यटक वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुले होटलको कोठा सङ्ख्या वृद्धि बढाउनु आवश्यक देखिए अनुसार हालको १६० मा थप एक सय कोठा वृद्धि गर्ने तयारी गरिएको उल्लेख गरिएको छ ।
Source :गोरखापत्र

अन्तर्राष्ट्रिय एयरलाइन्समा एउटै मात्र प्रस्ताव


४५ दिनको अवधिमा एउटा मात्र कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आवेदन
नयाँ पत्रिका

काठमाडौं, ९ असोज

सरकारले अन्तर्राष्ट्रिय हवाईर् सेवामा निजी क्षेत्रले लगानी गर्ने अपेक्षाका साथ अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रस्ताव आह्वान गरे पनि यसमा चासो देखिएको छैन । एउटा मात्र निजी कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । मन्त्रालयले गत साउन २६ मा ४५ दिनको म्याद दिएर अन्तर्राष्ट्रिय हवाईर् सेवाका लागि सार्वजनिक आह्वान गरेको हो ।

४५ दिनको अवधिमा एउटा मात्र कम्पनीले अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । म्याद सकिने अन्तिम दिन बिबी एयरवेज प्रालिले आवेदन दिएको हवाईर् महाशाखाका अधिकृत प्रमोद नेपालले जानकारी दिए । यसका प्रमुख लगानीकर्ता शिशिर भट्ट, भवन भट्टलगायत गैरआवासीय नेपाली हुन् । हवाईर् नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाईर् सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।

यसअघि अनुमति लिएका कुनै पनि कम्पनीले सफलतापूर्वक सेवा सुचारु गर्न सकेका छैनन् । गत वर्षदेखि बुद्ध एयरले भारतको लखनउमा उडान गरिरहे पनि व्यावसायिक फाइदा नदेखेपछि उसले भुटानको पारो उडान भने बन्द गरिसकेको छ ।

बिबी एयरवेजले 'क' वर्गको एयरलाइन्सका लागि आवेदन दिएको हो । लाइसेन्स पाए उसले साढे दुई घन्टाभन्दा बढीको हवाईर् दूरीमा उडान गर्न पाउँछ । कम्पनीले बोइङ ७६७ जहाजबाट सेवा सञ्चालन गर्ने योजना मन्त्रालयमा पेस गरेको छ । यो बोइङको ३ सय सिरिजको जहाज हो । अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीसँग कम्तीमा दुई जेट विमान हुनुपर्ने प्रावधान छ । आवेदन दिएको कम्पनीले दोहा, हङकङ, मलेसिया, जापानलगायत सेक्टरमा उडान गर्ने व्यावसायिक योजना पेस गरेको छ । उडान सुरु गर्नुअघि प्रतिसेक्टर ५ लाख रुपैयाँ रुट रोयल्टी बुझाउनुपर्छ ।

निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाईर् कम्पनी स्थापना भई उडान प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको थियो । हाल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आधा दर्जन सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निश्चित सर्तर् तोकिएको छ । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् । त्यस्तै ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्ने व्यवस्था छ ।

मुलुककै निजी क्षेत्रका ५ वटा आन्तरिक वायुसेवा कम्पनीले लामो समयदेखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय विमानसेवा सञ्चालनको प्रयास गरिरहेको बताइए पनि उनीहरूको आवेदन मन्त्रालयमा परेको छैन । बुद्ध एयर यो समूहबाट बाहिरिएपछि सो योजना तुहिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ाका पाँच अधिकारी सदस्य रहने गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूर्ण कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।

तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध युनिटी र डाइनामिक र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर, नेपाल यती एयर इन्टरनेसनललगायत कम्पनीले केही वर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।

मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय उडान अनुमति

टुरिजम लिङकिङ कल्चर’ नारा नेपालको

विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो
‘पर्यटनको विकल्पमा आर्थिक विकासको अरू बाटो छैन’

काठमाडौं, १० असोज

टुरिजम लिङकिङ कल्चर’ भन्ने नाराका साथ नेपालमा पनि मंगलबार ३२ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड एर्व पर्यटन क्षेत्रका सरोकारवालाहरूको सहकार्य एवं सहभागितामा बिहानैदेखि विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

विश्व पर्यटन दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी एक दिन मनाइने गरेको भए पनि यस वर्ष भने सेप्टेम्बर १७ तारिखदेखि नै कार्यक्रम गरिँदै आएको छ । यो कार्यक्रम अक्टोबर १ तारिखसम्म सञ्चालन गर्ने कार्यक्रम छ । मंगलबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशराज जोशीले विश्व पर्यटन दिवसको यस वर्षको नारा नेपालको सन्दर्भमा मेल खाने बताए । “नेपालमा पर्यटनको विकल्पमा आर्थिक विकासको अन्य बाटो छैन,” सचिव जोशीले भने । उनले पर्यटन विकास गर्न १७ वटा पर्यटन क्षेत्र निर्माण गर्न लागेको जानकारीसमेत दिए ।

नेपाल पर्यटन वर्ष सन् २०११ जारी रहेको बेला मनाइएको पर्यटन दिवस फलदायी भएको नेपाल पर्यटन वर्षका राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले बताए ।

यसै अवसरमा सगरमाथा क्षेत्र आसपासका जिल्लालाई समेटेर ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले चारवटा नयाँ पदमार्ग सार्वजनिक गरेको छ । नेपाल भ्रमण गर्ने पर्यटकको झन्डै ४० प्रतिशत पदयात्रामा जाने भएकोले पनि नयाँ पदमार्ग आवश्यक देखेर हरेक वर्ष नयाँ पदमार्ग सार्वजनिक गर्ने गरेको टानका अध्यक्ष महेन्द्रसिंह थापाले बताए ।

नयाँ पदमार्गहरूमा सगरमाथा क्षेत्रमा रहेको अरुण भ्यालीदेखि खोटाङ–खुम्बु क्षेत्र हुँदै पुनः सगरमाथा क्षेत्र फर्किने गरी, त्यसैगरी, काठमाडौं लामिडाँडा हुँदै हलेसीसम्मको रुट, त्यस्तै, काठमाडौं–फाप्लु–पाँचपोखरी खरिखोला, नार्चेन रुट बागलुङको ढोरपाटन र सिन्धुपाल्चोकको पाँचपोखरी पदमार्ग छन् ।

पर्यटन दिवसमा नेपालको नारा

‘टुरिजम लिङकिङ’ कल्चर भन्ने ३२ औं विश्व पर्यटन दिवसको नारा नेपालको प्रस्तावमा विश्व पर्यटन संगठनले तय गरेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले बताएका छन् । नेपालको पर्यटन संस्कृतिसँग जोडिएकाले यसलाई नयाँ ढंगबाट परिभाषित गर्न जरुरी रहेकाले संगठनको बैठकमा प्रस्ताव गरेको कार्यकारी प्रमुख श्रेष्ठले जानकारी दिए ।

नेपालले गरेको प्रस्तावलाई संगठनले सहजै स्वीकार गरेको उनले बताए । उनले भने, “नेपालको हिमाली, पहाडी तथा तराईका सम्पूर्ण भूभागका संस्कृतिसँग पर्यटन जोड्न आवश्यक देखेर हामीले उक्त प्रस्ताव गयौं ।”

source : Karobaar daily

Tuesday, September 27, 2011

पर्यटन वर्ष कार्यक्रमबाट निजी क्षेत्र बाहिरिँदै

काठमाडौ, अषाढ २ - सरकारी उदासीनताले पर्यटन वर्षको आधा समय सकिन लाग्दा पनि उपलब्धि न्यून भएपछि निजी क्षेत्रका प्रतिनिधिहरू यस कार्यक्रमबाटै बाहिरिने तयारीमा छन् ।

औपचारिक शुभारम्भ र क्षेत्रगत रूपमा २०११ को लहर पुर्‍याए पनि लक्षित पर्यटक ल्याउन मुख्य सहयोगी मानिएको अन्तर्राष्ट्रिय प्रवर्द्धन कार्यक्रमले ठोस रूप लिन नसक्दा निजी क्षेत्रका प्रतिनिधि निराश भएका हुन् । भ्रमण वर्ष सचिवालय अन्तर्गगतका समितिहरूमा १२ जना निजी क्षेत्रका प्रतिनिधि छन् ।

मुख्य काम नै नहुने भएपछि समितिमा बस्नुको औचित्य नभएको सचिवालयअन्तर्गत वस्तु/गतिविधि विकास समितिका एक सदस्यले बताए । '६ महिना लगाएर तयार पारेको कार्यक्रमको प्रक्रिया नै अगाडि बढिरहेको छैन,' ती सदस्यले भने, 'काम नपाएर समितिमा बसेका त होइनौं नि ।'

चालू आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि १३ करोड रुपैयाँ छुट्याइएको छ । बजेट भए पनि पर्यटनमन्त्रीले वास्ता नगर्दा काम अघि बढ्न नसकेका ती सदस्यले बताए । 'यस विषयमा मन्त्रीले एकपटक पनि छलफल समेत छैनन्,' उनले थपे । यसै पनि झन्डै चार महिना ढिला आएको बजेट र त्यपछिको लामो सार्वजनिक खरिद प्रक्रियाले प्रवर्द्धन सन्तोषजनक छैन । त्यसमाथि सबै कुरा तयार हुँदा मन्त्रीले त्यसमा चासो नदिँदा काम नभएको सचिवालयको भनाइ छ ।

भारतमा मे महिनादेखि सुरु गरिने भनिएको 'समर स्प्लेन्डर' प्रवर्द्धनात्मक कार्यक्रम हुन सकेन । भारतका लागि पर्यटन वर्ष प्रवर्द्धन गर्न ५ करोड २५ लाख रुपैयाँ छुट्टयाएको छ ।

चीनका लागि जुन र जुलाई महिना लक्षित गरिएको थियो । 'यो कार्यक्रम पनि नहुने भयो,' सचिवालय सदस्यले भने । सरकारले चीनमा प्रवर्द्धनात्मक काम गर्न ३ करोड रुपैयाँ छुट्टयाएको छ । युरोप तथा अन्य बजारमा बिबिसी र सिएनएनलाई प्रवर्द्धनको जिम्मा दिने तयारी समितिको छ ।

पर्यटन बोर्डले आफ्नो नियमित कार्यक्रमअन्तर्गत केही स्थानमा सञ्चालित मेलामा गरेको प्रचारप्रसार मात्र काफी नहुने भएकाले 'कन्ज्युमर बजार' का लागि यस्तो प्रवद्धर्नात्मक योजना बनाइएको हो ।

मन्त्रालयले भने सरकारद्वारा अनुदानका रूपमा दिइएको यो रकम सचिवालयले २०११ को अन्तिमसम्म प्रयोग गर्न पाउने भएकाले आत्तिनु नपर्ने बताएको छ । 'प्रवर्द्धनका लागि छुट्टयाइएको रकम फ्रिज नहुने भएकाले प्रक्रिया पूरा हुनासाथ काम गर्न सक्छन्,' मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले भने, 'विज्ञापन जिम्मेवारी दिन छनोटमा परेका कम्पनीको वित्तीय पक्षबाट प्रस्ताव अध्ययन भइरहेको छ ।'

धेरै पर्यटक नआउने समय 'अफ सिजन' का लागि भारत र चीनमा प्रवर्द्धन योजना बनाइएको थियो । 'समय सकिएपछि प्रवर्द्धन गर्नुको के फाइदा,' प्रवर्द्धन समितिका अर्का सदस्यले भने, 'अनौपचारिक रूपमा प्रवर्द्धन प्रक्रिया फेरि सुरु गर भन्ने मन्त्रालयको निर्देशन छ ।' यस्तोमा पर्यटन वर्षका कार्यक्रम सफल नहुने निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ ।
प्रकाशित मिति: २०६८ अषाढ २
Source : Kantipur

१७ सय किलोमिटर पदमार्ग सार्वजनिक

काठमाडौं, आश्विन ११ - नेपालको पूर्व-पश्चिम जोड्ने १ हजार ७ सय किलोमिटरको एसियाकै सबैभन्दा लामो पदमार्ग सार्वजनिक गर्दै विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिए । मंगलबार मुलुकभर पर्यटनद्वारा संस्कृति जोड्ने 'टुरिजम लिंकिङ कल्चर' नारा मनाइएको दिवसका अवसरमा सार्वजनिक गरिएको नयाँ मार्गका लागि बुकिङसमेत सुरु गरिएको छ ।

एसियाकै लामो पदमार्गको बजार रणनीति सार्वजनिक भए लगत्तै त्यहाँ हिँड्न चाहने तीन समूहले बुकिङसमेत गरिसकेका

छन् । यसलाई सन् २०११ देखि २०१३ सम्म बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र अस्ट्रेलिया लक्षित गरी प्रचारप्रसार गरिने भएको छ ।

यसलाई पाकिस्तान, तिब्बत, भारत, भुटान र म्यानमारसम्म जोड्ने लक्ष्य लिइएको छ । त्यसपछि यसको कुल दूरी ४ हजार ५ सय किलोमिटर हुने छ । नेपाली भूभागमा यो पदमार्गले सुदूरपश्चिम दार्चुलादेखि पूर्वको कञ्चनजंघासम्म १ सय ५७ दिनको रोमाञ्चक यात्राको अनुभव पर्यटकलाई गराउन सक्छ ।

यसलाई १८ देखि ३४ दिनको गरी सात खण्डमा विभाजित गरिएको छ । 'पर्यटकले एकैचोटि लामो दिनको यात्रा गर्न नसके खण्डखण्डको प्याकेज पनि लिन सक्ने सुविधा दिइएको हो,' हाइल्यान्ड एक्सकर्सनकी बजार तथा बिक्री निर्देशक उमा खकुरेलले भनिन् ।

दिवसका अवसरमा विश्व पर्यटन संगठनका महासचिव तालेब रिफाईले पनि संगठनको वेबसाइटमार्फत यसपालिको दिवसमा ग्रामीण बासिन्दालाई यसबाट रोजगारीका अवसर खोज्न आग्रह गरेका छन् ।

दिवसका अवसरमा नेपाल छिर्ने पहिलो पर्यटकलाई त्रिभुवन विमानस्थल सहित ८ नाकामा विशेष स्वागत गरियो । 'ठमेल

स्टि्रट कार्निभल' अन्तर्गत भएका विभिन्न कार्यक्रमले विदेशी पाहुनालाई दिउँसो १२ देखि राति ९ बजेसम्म त्यहीँ राख्न सफल भएको ठमेल पर्यटन विकास समितिले जनाएको छ ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नागी(नारच्याङ-म्याग्दी-पर्वत), ढोरपाटन म्याग्दी- बागलुङ, पाँचपोखरी (सिन्धुपाल्चोक) र तल्लो सोलुको पदयात्रा मार्ग नक्सासहित सार्वजनिक गर्‍यो । 'विश्व पर्यटन दिवसको अवसर पारेर सार्वजनिक गरिएको यी पदमार्गले पर्यटन वर्ष २०११ को लक्ष्यमा पनि सघाउ पुर्‍याउने छ,' टानका पूर्वउपाध्यक्ष बच्चुनारायण श्रेष्ठले भने, 'हामीले ४० प्रतिशत पर्यटकलाई नयाँ गन्तव्य उपलब्ध गराउने भनेका थियौं । सबै नभए पनि केहीलाई यसतर्फ आकषिर्त गर्न सकिन्छ ।' टानले विगत चार वर्षदेखि प्रत्येक वर्ष ४/५ वटा नयाँ पदमार्ग पहिचान गर्दै आएको छ ।

त्यस्तै दोस्रो लक्ष्य (२०१३ देखि २०१६) मा नेपालमा बढी पर्यटक आउने मुलुक र एसिया प्यासिफिक बन्दै गएकाले त्यहाँ विशेष प्रचारात्मक कार्यक्रम गर्ने योजना सार्वजनिक गरियो । नेपाली पर्यटनमा दीर्घकालीन प्रभाव पार्न चीन, भारत र दक्षिणकोरियालाई प्राथमिकतामा राखिएको छ ।

यो पदमार्ग पुराना भएका पदर्मागलाई जोडेर र केही नयाँ बनाएर एकीकृत गरिएको हो । यसले पर्यटकलाई मात्र नभई ग्रामीण दुर्गम जिल्लालाई आर्थिक टेवा दिने विश्वास सरकारको छ ।

प्रकाशित मिति: २०६८ आश्विन ११
source : Kantipur

Monday, September 26, 2011

गार्हस्थ्य उत्पादनमा खुम्चँदो पर्यटन योगदान

सन्दर्भः विश्व पर्यटन दिवस 2011
नेपालमा विगत एक दशकअघिसम्म देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशतको हाराहारीमा रहेकोमा सन् २००८र०९ मा २.८ रही सन् २००९र१० मा २.४ प्रतिशतमा सिमित हुन पुगेको छ ।
सुनिल मूल

हरेक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व पर्यटन संगठनले यस वर्षका लागि विश्व पर्यटन दिवसको नारा ‘टुरिज्म लिंकिङ कल्चर’ नामकरण दिएको छ । विश्वभर मनाइने यस दिवस विगत नौ वर्षदेखि नेपाल भित्रिने पर्यटकलाई स्वागत र सम्मान गर्ने गरिएको छ । विश्वमा पर्यटकहरूको संख्या हरेक वर्ष बढ्दो छ । सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या ९४ करोड नाघिसकेकोे छ भने विश्व पर्यटन क्षेत्रको आम्दानी ९ खर्ब १९ अर्ब अमेरिकी डलर रहेको तथ्यांक छ । संगठनले यस वर्ष विश्व पर्यटकको संख्या ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । यसो हुनुको कारण पर्यटन क्षेत्र हाल निःसन्देह आर्थिक दृष्टिकोणले हरेक मुलुकका लागि प्रभावकारी व्यवसायका रूपमा विकसित भएकैले गर्दा हो । त्यसैले विश्वव्यापी आधारमा हेर्दा भ्रमण तथा पर्यटनलाई तेल उद्योगपछिको पहिलो दर्जाको उद्योगको रूपमा लिइने गरिन्छ । यही कारण विश्वमा यस व्यवसायको निरन्तर रूपले वृद्धि हुँदै जाने क्रम बढ्दो छ । विश्वको आर्थिक वृद्धिमा निर्यात उद्योगले मुलुकमा पु¥याउने योगदानभन्दा पर्यटन उद्योगको व्यवसाय अझ ठूलो र छिटो गतिले बढिरहेको छ । खासगरी अल्पविकसित मुलुकहरूको भुक्तानी सन्तुलनमा सुधार ल्याई आयवृद्धि गर्नमा यसको भूमिका अहंम् रहेको तथ्य सर्वथा स्वीकार गरिएको छ ।

नेपालले सन् २०११ लाई पर्यटन वर्षका रूपमा लिएको छ । पर्यटन वर्षसँगै यस वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले राखेको छ । पर्यटन वर्षले राखेको यो लक्ष्य पूरा गर्न गत वर्षको तुलनामा यस वर्ष झन्डै ९० प्रतिशतले पर्यटक संख्या बढ्नुपर्ने हुन्छ । पर्यटन दिवस र पर्यटन वर्षले राखेको लक्ष्य साकार पार्न सरकारको एक्लो प्रयासले मात्र सम्भव हुन सक्तैन । केवल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई स्वागत गर्ने परम्परा र पर्यटक संख्या बढाउने मात्रको एकोहोरो संकल्पले पर्यटन दिवस र पर्यटन वर्ष सार्थक र सफल हुन सक्तैन । पर्यटन वर्ष सार्थक तुल्याउन नेपाल आउने पर्यटकहरूलाई नयाँ अनुभूति दिलाउन सक्नुपर्छ । पर्यटन दिवसलाई भ्रमण वर्षसँग आबद्ध गरी आगन्तुक पर्यटकहरूका रूपमा विशेष सुविधाको प्याकेजसहितको राष्ट्रिय स्तरको विभिन्न कार्यक्रम तयार गरी मनाइनु आवश्यक छ । यसका लागि सरकारसहित राजनीतिक दल, निजी क्षेत्रसहित सबै तह र तप्काका आमनेपालीको उत्तिकै योगदान हुनु जरुरी हुन्छ । एक दिनको औपचारिक समारोहमा ढाका टोपी लगाइदिएर, खादा ओढाइदिएर पर्यटकको मन जित्न सकिँदैन, त्यसका लागि त वर्ष दिनभरिको प्रतिबद्धता र व्यवहारमा सुधार हुनुपर्छ ।

नेपालले बढ्दो जनसंख्याको अनुपातमा परम्परागत कृषिजन्य तथा वनजन्य वस्तुहरू निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने स्थिति रहेको छैन । औद्योगीकरणले गति लिन नसकी मन्दको स्थिति र निकासी व्यापारतर्फ हँुदै गएको ह्रास र पैठारीतर्फ आइरहेको वृद्धिले वैदेशिक व्यापारमा बर्सेनि घाटा भई देशको शोधनान्तर स्थिति अनुकुल पक्षमा नभएकाले पर्यटन क्षेत्र नै एउटा यस्तो उद्योग हुने भएको छ, जसबाट सहज रूपले वैदेशिक मुद्रा आर्जन गर्नेदेखि लिएर आय तथा रोजगारीको सिर्जना, राजस्व संकलनको देन तथा प्रादेशिक विकासतर्फ परिलक्षित हुन पुगेको छ । यहाँको विद्यमान प्रचुर प्राकृतिक सुन्दरता, भौगोलिक एवं जैविक विविधता, सांस्कृतिक, कलात्मक विशिष्टताले नेपाल पर्यटन उद्योगको विकास र विस्तारको प्रशस्त सम्भावना बोकेको राष्ट्रका रूपमा विश्वसामु अवस्थित छ । त्यस्तै सगरमाथाको देश, शान्तिका अनुयायी भगवान् बुद्धको जन्मथलो, सुन्दर कलात्मक मन्दिरैमन्दिरले भरिपूर्ण, आराध्यदेव पशुतिनाथको पावनभूमि, असंख्य प्राकृतिक सुन्दर छटाहरूको सौन्दर्यताले भरिपूर्ण यहाँ विद्यमान पर्यटन क्षेत्रको पर्याप्त सम्भावना बोकेको राष्ट्रका रूपमा समेत अवस्थित छ । यहाँ अवस्थित प्रकृतिका सुन्दर उपहारस्वरूप प्राप्त उच्च हिमश्रृंखलाहरू, हरियाली पहाडहरू र असख्य मनोरम अविरल बगिरहने खोलानालाहरू वरदानका रूपमा हामीमाझ विद्यमान छन् । त्यसैगरी मौलिक वेशभूषा, अनौठो सांस्कृतिक परम्पराका साथै यहाँ पाइने जीवजन्तु, वनस्पति राष्ट्रका अमूल्य सम्पत्ति हुन् । पर्यटकीय आर्कषणका अनेकौं स्थलको केन्द्र बिन्दुका रूपमा रहेको नेपाल विश्वसामु पर्यटकीय गतव्यका रूपमा विकसित गर्न सकिने प्रशस्त सम्भावना छ । यी प्राकृतिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा एवं सौन्दर्यले विभूषित नेपाल विदेशीहरूको निमित्त आकर्षणको थलो बन्नु स्वाभाविकै हो । यही नै कारणले नेपालमा पर्यटकहरूको आगमन संख्या हरेक वर्षमा निरन्तर रूपले वृद्धि हुँदै आइरहेको पनि छ । भूपरिवेष्टित राष्ट्र भएका कारण यहाँको पर्यटक आगमनको संख्यामा स्थलमार्गभन्दा हवाईमार्ग प्रयोग गरी आउने पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ ।

विश्व पर्यटन संगठनले विश्वको पर्यटन क्षेत्रवाट सबैभन्दा बढी नाफा कमाउने ४० राष्ट्रहरूमध्ये १८ वटा विकासशील राष्ट्रहरू रहेको जनाएको छ । फ्रान्स, स्पेन र क्यारेवियन टापु राज्यहरूमा त वर्षभरिमा ती देशका सम्पूर्ण जनसंख्याभन्दा बढी संख्यामा पर्यटकहरू भित्रिने गरेको पाइन्छ । ती देशहरूको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको अंश उल्लेख्य रहेको पाइन्छ । त्यस्तै क्यानडाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत पर्यटनबाटै आर्जन गर्ने गरेको छ भने नेपालमा विगत एक दशकअघिसम्म देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशतको हाराहारीमा रहेकोमा सन् २००८र०९ मा २.८ रही सन् २००९र१० मा २.४ प्रतिशतमा सीमित हुन पुगेको छ । यस तथ्यले विश्वमा पर्यटन व्यवसाय सबैभन्दा ठूलो उद्योगका रूपमा विकसित भइरहेको वर्तमान अवस्थामा नेपालले भने विकास र विस्तार गरी तदनुरूपको आर्थिक लाभ हासिल गर्न नसकिरहेको देखाउँछ । मुलुकमा पर्यटन नीति २०५२ जारी हुनुभन्दा एक वर्षअघि सन् १९९४ मा नेपालमा पर्यटन क्षेत्रबाट ८.८२ करोड अमेरिकी डलर आर्जन गरेको थियो । उक्त रकम अधिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी थियो । नीति आएको प्रथम वर्षमा सो वृद्धिदर कायमै रही कुल विदेशी मुद्रा ११.६८ करोड पुग्न गएको थियो । सो पछिको दुई वर्षमा नकारात्मक रही सन् १९९८ को नेपाल भ्रमण वर्षमा ३१.६ प्रतिशतले वृद्धि भई १५.२५ करोड अमेरिकी डलर आर्जन हुन पुगेको थियो । त्यसैगरी सन् २००९ मा पर्यटन क्षेत्रबाट ३७.७२ करोड अमेरिकी डलर विदेशी मुद्रा आर्जन भएकोमा सन् २०१० मा आएर केवल ३३ करोड अमेरिकी डलर मात्र आर्जन हुन सक्यो । उक्त रकम सन् ०९ को तुलनामा १२.५ प्रतिशतका दरले नकारात्मक रहेको छ । पर्यटन क्षेत्रबाट मुलुकले हालसम्मकै विदेशी मुद्रा आर्जनमा सबैभन्दा बढी ३७ करोड ७१ लाख ७२ हजार अमेरिकी डलर सन् २००९ मा आम्दानी गर्न सकेको देखिएको भने छ भने प्रतिपर्यटक प्रतिदिन खर्च आय हालसम्मकै उच्च ७९.१ अमेरिकी डलर सन् २००३ मा भएको देखिन्छ ।

मुलुकको पर्यटन उद्योगहरूको अवस्थातर्फ दृष्टिगत गर्दा सन् ९० को दशकदेखि अवलम्बन गर्दै आएको उदार समष्टिगत र अन्तरक्षेत्रगत नीति एवं बजारमुखी खुला अर्थनीतिका कारण पर्यटन उद्योगमा प्रगति र विस्तार हुन पुगेको देखिन्छ । फलस्वरूप पर्यटन उद्योगअन्तर्गत रहेका तारे र ताराविहीन होटलहरूको संख्यासँगै सेवा सुविधामा हरेक वर्ष बढ्दै गएको छ । यसो हुनुमा खासगरी देशमा शान्ति–सुरक्षाको स्थितिमा हुँदै गएको प्रगतिलाई लिन सकिन्छ । पर्यटन उद्योगसँग सरोकारमा रहेका ट्राभल र ट्रेकिङ एजेन्सी, पर्यटक र ट्रेकिङ गाईडको संख्यालाई सन् २०१० को अन्तसम्मको तथ्यांकलाई हेर्ने हो भने नेपालमा इजाजत प्राप्त १८१४ वटा ट्राभल एजेन्सी, १०९६ वटा ट्रेकिङ एजेन्सी, जनशक्तितर्फ २६६८ पर्यटक गाइड, ६७४५ ट्रेकिङ गाइड र ५० पर्यटक प्रहरी उपलव्ध रहेको देखिन्छ, जुन संख्या अघिल्लो वर्ष सन् २००९ को तुलनामा ट्राभल एजेन्सी २१.३, महिला तथा पुरुष पर्यटन गाइड ४.७, ट्रेकिङ गाइड १२.७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

पर्यटन सम्पदाको दृष्टिले नेपाल विश्वमा अग्रणी मुलुकहरूमा पर्ने तथ्यलाई मनन गर्ने हो भने नेपालको पर्यटन उद्योगले अहिले ओरालोतिर झरिरहेको मुलुकको अर्थतन्त्रलाई रोकेर नयाँ गति र दिशाबोध दिन सक्ने बलियो सम्भावनाको सार्थक तुल्याउनु अबको आवश्यकता हो ।

Source: Karobar Daily

नेपाल पर्यटन डाटा २००० देखि

नेपाल पर्यटन डाटा

http://welcomenepal.com/promotional/statistics.php

आज विश्व पर्यटन दिवस

होटलहरू ९५ प्रतिशत बुक

काठमाडौ, आश्विन १० - नयाँ सरकार, केही स्थायित्व द्वन्द्वपछि आर्थिक क्षेत्रमा राजनीतिक दलहरूले देखाउन थालेको चासोले पर्यटन उद्योगमा पनि आशा जगाएको छ । नयाँ पर्यटकीय मौसमका लागि अब कोठा बुक गर्न चाहने पाहुनाले नपाउने सम्भावना बढेको छ । प्रायः होटलका ९५ प्रतिशत कोठा ओगटिइसकेका छन् ।

पर्यटकीय मौसमको सुरु हुनु अगावै देखिएको बुकिङले व्यवसायीहरूलाई यो वर्ष निकै फलदायी हुने आशा छ । 'अक्टुबरबाट सुरु हुने आउँदो मौसमका लाग होटलको बुकिङ झन्डै ९५ प्रतिशत छ, 'होटल संघका माधवओम श्रेष्ठले भने, 'लामो समयपछि सुन्दर दिनको व्यग्र प्रतीक्षामा छौं ।' बुकिङको क्रम अझ बढिरहेको छ ।

दसैंतिहारमा घर र्फकने नेपालीको संख्या पनि उल्लेख्य हुने गरेकाले सम्भावित पाहुनाहरूलाई हवाई टिकट पाउनसमेत गाह्रो हुने स्थिति आएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्सी (नाटा) का अध्यक्ष अर्जुन शर्माले बताए ।

दुई वर्षअघिको तुलनामा हवाई सिट संख्या शतप्रतिशत बढे पनि टिकट पाउन सजिलो नभएको उनी बताउँछन् । 'बाहिर भएका नेपाली आउने र विदेशी पाहुना पनि नेपाली संस्कृति बुझ्न तथा यहाँ घुम्न आउने मौसम हो,' शर्माले भने, 'यसले गर्दा आउन चाहनेले पनि अर्को मौसमसम्मका लागि कार्यक्रम स्थगित गर्नुपर्ने हुन सक्छ ।' करिब डेढ वर्षअघि नेपाल आउने सिट संख्या १८ हजार रहेकामा हाल विमान कम्पनी बढेर ४२ हजार नाघेको छ ।

यो मौसममा अधिकांश टिकट बिक्री भइसकेको छ । विशेषगरी युरोपबाट आउन पर्यटकले टिकट पाउन सक्ने अवस्था छैन । युरोपका विभिन्न सहरबाट काठमाडौं उडान गर्ने कतार, गल्फ र ठूलो सञ्जाल भएको थाई एयरवेजले अक्टुबरदेखि तीन महिनाका लागि अघिकांश टिकट बुक भएको जनाएका छन् । केहीले थप उडान (चार्टर) का लागि तयारी गरिरहेका छन् ।

'बुकिङको दर अत्यन्त उत्साहजनक छ,' ह्यात होटलका एक कर्मचारीले भने, 'अक्टुबर र नोभेम्बरका लागि औसतमा ९० प्रतिशत कोठा बुक भइसकेका छन् ।' तर यो मौसम अन्तर्गत झन्डै आधा समयका लागि भने सबै कोठा बुक भइसकेको उनले बताए । 'चाखलाग्दो ढंगले अझै बुकिङ बढ्ने क्रम जारी छ' उनले भने ।

वास्तविक बुकिङ संख्या भने मौसम सुरु हुनु १५/२० दिनअघि निक्र्योल हुन्छ । 'हामी त्यो दिनको प्रतीक्ष्ाामा छौं,' ती कर्मचारीले भने । याक एन्ड यती होटलको बुकिङ पनि उत्तिकै उत्साहजनक छ । 'यदि बुकिङको अवस्था यस्तै रहने हो भने यो मौसममा हाम्रो होटलका सबै कोठा भरिने छन्,' होटलका बजार निर्देशक भरत जोशीले भने, 'हाम्रो मात्र होइन अरू होटलमा पनि कोठा पाउन गाह्रो छ ।'

अघिल्ला वर्षमा पहिले बुकिङ नगरी एक्लै घुम्न आउने पाहुनाले पनि तारे होटलमा बस्न पाउँथे, अहिले अवस्था परिवर्तन भएको नाटा अध्यक्ष शर्माले बताए । 'फ्री इन्डिपेन्डेन्ट ट्राभलर (एफआइटी) हरूले यो मौसममा ठूला तारे होटलमा कोठा पाउने छैनन्,' उनले भने 'तल्लोस्तरका होटल खोज्नुपर्ने छ ।' यसले गर्दा प्रमुख मौसमका लागि ठमेलका सस्ता र साना होटल पनि ९० प्रतिशतसम्म भरिने आशा व्यवसायीको छ ।

'ठमेलका ठूला होटलको ७० देखि ८० प्रतिशत कोठा पाहुनाले ओगटिसकको छन्,' ठमेल पर्यटन विकास समितिका तेजेन्द्रनाथ श्रेष्ठले भने । ठमेलमा मात्र होटल र गेस्टहाउस गरी २ सय ५० छन् र यिनमा झन्डै ५ हजार कोठा छन् ।

यही दरले पर्यटक आएमा आतिथ्य सत्कार उद्योगका लागि सबैभन्दा राम्रो समय हुने आशामा व्यवसायी छन् । २०१० मा ६ लाख १० हजार पाहुना नेपाल घुम्न आएका थिए । नेपाल भ्रमण वर्ष १९९८ लगत्तै १९९९ मा ५ लाख पर्यटक नेपाल आएका थिए ।

यो उत्साहको प्रतिविम्ब राजधानी बाहिरका होटल र पदयात्रा कम्पनीमा पनि देखिन्छ । 'सबै क्षेत्रको बुकिङबाट यो मौसममा पदयात्रा व्यवसायीले पनि राम्रो व्यापार पाउने अवस्था छ,' ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले भने । नेपाल आउनेमध्ये करिब २५ प्रतिशत पर्यटक पदयात्रामा जान्छन् ।

करिब २ खर्ब रुपैयाँ लगानी भएको होटल उद्योगले रोजगारी र वैदेशिक मुद्रा आर्जनमा समेत उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । राजधानीमा ७ वटा पाँच तारे होटल छन् । मुलुकभर एक दर्जन ४ तारे होटल छन् । होटल संघको सदस्य भएका होटल संख्या २ सय ५० छ । सदस्य नभएका समेत करिब १ हजार होटल छन् । सबै होटल गरी करिब ३० हजार कोठा छन् । सरकारले पर्यटन वर्ष घोषणा गरेपछि खुलेका होमस्टेका कारण पर्यटकको आवासका लागि ५५ हजार कोठा थपिएको अनुमान छ ।

प्रकाशित मिति: २०६८ आश्विन १०
Source : Kantipur

Thursday, September 22, 2011

मध्यपश्चि घुम्ने जम्मा ४ हजार

देशकै सबैभन्दा ठूलो रारासँगै गहिरो ताल सेफोक्सुन्डो समेत रहेको मध्यपश्चिम क्ष्ाेत्रमा सन् २०११ को पहिलो ८ महिनामा ४ हजार पर्यटक मात्रै घुम्न आएका छन् । जुन नेपाल घुम्न आउने पर्यटकको ० दशमलव ०१ प्रतिशत मात्रै हो । यस अवधिमा करिब ४ लाख पर्यटक नेपाल घुम्न आएका थिए ।

सरकारद्वारा नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनामा परेको मध्यपश्चिमका पर्यटकीय स्थलले पाहुनालाई आतिथ्य दिन पाएका छैनन् । 'निकै कम विदेशी पाहुना आउँछन्,' नेपालगन्जस्थित पर्यटन कार्यालयका प्रमुख भरत मल्लले भने ।

स्थानीयहरू पनि भाषणमा मध्यपश्चिमलाई पर्यटकीय हब बनाउने भनिए पनि काम केही नभएको गुनासो गर्छन् । 'पर्यटन वर्ष सकिन थाल्यो । यहाँ पर्यटक ल्याउने कुनै काम भएका छैनन्,' स्थानीय तुलबहादुर चौधरीले भने, 'विकासका नाममा बनेका समितिले समेत काम गरेका छैनन् ।'

मध्यपश्चिमको मुख्य आकर्षण चिसापानी क्षेत्र र राष्ट्रिय निकुञ्जसँगै कर्णाली, रारा र सेफोक्सुन्डोजस्ता स्थल सुनसान रहने गरेको चिसापानी क्षेत्र पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

सरकारले यसपालि भने रारामा पर्यटकीय आवास बनाउने तयारी गरिरहेको छ । तर स्थानीय पर्यटन विकास समितिमा दलीय मतभेदले काम पूरा हुने/नहुनेमा शंका छ । 'त्यहाँ पुगेका पर्यटक बस्ने ठाउँ छैन,' पर्यटन मन्त्रालय योजना शाखाका लोकबहादुर खत्रीले भने, 'यस्तोमा चाहेर पनि प्रवर्द्धन गर्न गाह्रो

छ ।' योजना ल्यायो समितिको झगडाले काम हुन नसक्ने अवस्था आउने गर्छ ।'

'विदेशी पाहुना फाट्टफुट्टमा देखिन्छन्, होटल प्रायः शून्य हुन्छन्,' होटल व्यवसायी समेत रहेका समिति अध्यक्ष भट्टराईले भने, 'यता २०११ को कुनै प्रभाव पर्न सकेन ।' यो अवधिमा धेरै पर्यटक आउलान् भन्ने आशाले उनीहरूलाई घुमाउन राखिएका हात्तीले पनि काम पाएका छैनन् । 'चारैतिर पर्यटन वर्षको हल्ला चल्दा यहाँ पनि पहिलेभन्दा बढी पाहुना आउलान् भन्ने सोचेका थियौं,' बर्दिया राष्ट्रिय निकुञ्ज स्थित हात्तीसारका कर्मचारी श्याम छेत्रीले भने, 'उनीहरूलाई घुमाउन राखेका हात्तीले कामै पाएनन् ।'

पर्यटन मन्त्रालयअन्तर्गत चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन समितिले समेत पाहुना आकषिर्त गर्ने कार्यक्रम बनाएकै छैनन् । 'पर्यटक आकषिर्त गर्ने कुनै कार्यक्रम छैनन्,' मल्लले भने, 'त्यसमाथि यस क्षेत्रमा बन्द हडतालजस्ता गतिविधि निरन्तर भइरहेकाले पनि पर्यटक आउन छोडेका हुन् ।' बन्दकै कारण मंगलबारमात्र निकुञ्ज जाने कार्यक्रम बनाएका १ सयभन्दा बढीले निर्धारित कार्यक्रम रद्द गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार र बुधबार बन्द आह्वान गरेको छ ।
Source : Kantipur daily
प्रकाशित मिति: २०६८ आश्विन

Tuesday, September 20, 2011

पर्यटकको संख्या बढे पनि व्यापारिक कारोबार न्यून

मधुजंग पाण्डे/राजधानी
काठमाडौं, २ असोज
विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटक आगमनको संख्या बढे पनि अहिले राजधानीको पर्यटकीय बजार ठमेललगायत मुलुकभरका अधिकांश क्षेत्रको व्यापारिक कारोबार आशातित् रूपमा बढेको छैन । गत अगस्ट महिनामा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलव ४ प्रतिशतले वृद्धि भएको देखिए पनि व्यापारिक कारोबार अपेक्षा गरे अनुरुप छैन । अगस्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । सोही अनुपातले स्थलमार्गबाट आउनेहरूको संख्या पनि विगतका वर्षरूको तुलनामा केही बढेको देखिन्छ । तर, व्यापारिक कारोबार नबढेकामा व्यवसायी चिन्तित छन् ।
विगत १५ दिनदेखि नै वर्षै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु भएर राजधानीका होटल भरिए पनि अपेक्षाकृत रूपमा व्यापार नभएको अधिकांश व्यवसायीको भनाइ छ ।
उनीहरूले संख्यात्मक रूपमा पर्यटक आगमन बढेको देखिए पनि बढी खर्च गर्ने युरोपियन मुलुकबाट आउनेको संख्या न्यून भएकाले ठमेललगायत मुलुकभरका पर्यटकीय बजारमा व्यापारिक कारोबार घटेको बताए ।
ठमेलस्थित वर्ल्डवाइड टुर एन्ड ट्राभलका प्रबन्ध निर्देशक महेन्द्र खनालले गत एक सातादेखि ठमेलको व्यापारिक करोबारमा गिरावट आउन थालेको बताए । विगतका वर्षरूको तुलनामा यसपालि बढी खर्च गर्ने खालका पर्यटक नआएको बताउँदै प्रबन्ध निर्देशक खनालले भने, 'अहिले ठमेल क्षेत्रको व्यापारिक करोबार ४० प्रतिशतले घटेको छ ।
गत ५ सेप्टेम्बरसम्म आफ्नो ट्राभलबाट दैनिक विभिन्न एयरलाइन्सका दर्ुइ दर्जनभन्दा बढी टिकट बिक्री हुने गरेको जानकारी गराउँदै उनले हाल दैनिक चारओटा टिकट बनाउनसमेत मुस्किल
परेको बताए ।
यदि आइहाले पनि छिमेकी मुलुक भारतीयहरूको संख्या बढी रहेको जानकारी गराउँदै उनले अहिले विगतका वर्षरूमा भन्दा न्यून कारोबार भएको बताए । पर्यटकीय मौसम सुरु भएर होटल एवं गेस्ट हाउसको बुकिङ उच्च रहे पनि अहिले राजधानीको प्रमुख पर्यटकीय बजार ठमेल, दरबारमार्ग, वसन्तपुर, भक्तपुर, पाटन दरबार संरक्षण क्षेत्र र नगरकोटको व्यापारिक कारोबारमा गिरावट आएको उनको भनाइ छ ।
होटल एसोसियसन अफ नेपाल -हान) ले भने अहिले आगामी अक्टोबर र नोभेम्बरका लागि होटल बुकिङ उच्च रहेको जनाएको छ ।
हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले आगामी नोभेम्बरसम्मका लागि ९० प्रतिशतभन्दा बढी होटल बुकिङ भएको बताए । उनले अहिले ठूला तारेदेखि स-साना पर्यटकीय होटलहरूमा युरोपियन मुलुकबाट आउने पर्यटकको संख्याभन्दा छिमेकी मुलुकहरू चीन र भारतबाट आउनेको संख्या केही बढी भएकाले कारोबार घटेको बताए । दरवारमार्गस्थित यती पस्मिना एवं हयान्डीक्राफ्टका प्रबन्धक राजाराम लामिछानेले पसलमा आउने सबै बढी खर्च गर्न नसक्ने खालका भएकाले व्यापारिक कारोबार न्यून रहेको बताए ।
२०६८ - असोज - २

Sunday, September 18, 2011

पर्यटन वर्ष प्रचारका लागि पुनः टेन्डर


नयाँ पत्रिका
पर्यटन वर्ष २०११ सकिन केही महिना मात्र बाँकी हुँदा यसको प्रचारप्रसारका लागि टेन्डर आह्वान गरिएको छ । कानुनी प्रक्रिया नमिलेका कारण अघिल्लो टेन्डर रद्ध भएपछि पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले पुनः टेन्डर गरेको हो । 'भारत र चीनमा प्रचारप्रसार गर्न टेन्डर आह्वान गरिएको छ,' पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालले भने ।

भारत र चीनबाहेक तेस्रो मुलुकमा प्रचार गर्न सिएनएन र बिबिसीसँगको वार्ता-प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए । यसअघि टेन्डर डकुमेन्ट नै तयार नगरी प्रक्रिया अगाडि बढाइएकाले रद्ध गर्नुपरेको बताउँदै बस्यालले यसपटक टेन्डर डकुमेन्ट तयार गरे प्रचारप्रसारको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 'नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो,' उनले भने । सबै कानुनी प्रक्रिया पुर्‍याएर तीन महिनाभित्र प्रवर्द्धनको काम सुरु हुने उनको दाबी छ ।

यसअघि सरकारले गत १५ साउनमा पर्यटन वर्षको प्रचारप्रसार गर्न छनोट गरिएका कम्पनी सोचेजस्तो सक्षम नभएको भन्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले टेन्डर प्रक्रियामा कानुनी हिसाबमा पनि केही कमजोरी देखिएको निष्कर्ष निकाल्दै कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।

समयमा प्रक्रिया पूरा नहुँदा गत आर्थिक वर्षमा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि छुट्याएको करिब १३ करोड रुपैयाँ पि|mज भएको थियो । यसमध्ये भारत र चीनमा प्रचारप्रसार गर्न ९ करोड त्यसबाहेक देशका लागि ४ करोड रुपैयाँ छुट्याइएको थियोे, तर सो रकमलाई सरकारले चालू आर्थिक वर्षमा रकमान्तर गरेको छ । त्यस्तै चालू आर्थिक वर्षमा १२ करोड रुपैयाँ थप गरिएको छ ।

भारत र चीनमा प्रवर्द्धन गर्न नेपाली तथा भारतीय गरी ११ वटा विज्ञापन एजेन्सीले प्रस्ताव हालेका थिए भने तेस्रो देशका लागि दुई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसँग वार्ता-प्रक्रिया अगाडि बढाइएको थियो । पर्यटन वर्ष प्रचारप्रसार उपसमितिका संयोजक रञ्जित आचार्यले आफूले छनोट गरेको एजेन्सीलाई ठेक्का दिन खोजेपछि मूल समितिले प्रक्रिया नै रद्द गरेको बताइएको छ । त्यस्तै बिबिसी र सिएनएनको प्रस्ताव पनि लगभग अन्तिम चरण्ँमा पुगिसकेको थियो ।

प्रचारका लागि नयाँ प्रक्रियामा जानुपर्ने भएपछि पर्यटन वर्ष प्रभावित हुने व्यवसायीले बताएका छन् । पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले २०११ मा हुनुपर्ने सबै काम अब एक वर्षपछि २०१२ मा मात्र हुने बताए । पुरानै कार्यक्रमलाई निरन्तरता दिने योजना भए पनि सरकारी ऐन-कानुनका कारण्ँ प्रचारप्रसारका काम गर्न नसकिएको उनको भनाइ छ । पर्यटन व्यवसायीका अनुसार भारतमा मेदेखि जुलाईभित्र प्रचारप्रसार गर्नुपर्छ ।
12/09/2011

पर्यटन प्रवर्द्धनका २२ योजनामा २ मात्र पूरा

पर्यटन प्रवर्द्धनका नाममा हल्ला धेरै गर्दै सरकारले चालू आर्थिक वर्ष २२ वटा पर्यटकीय आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि दुईवटा मात्र पूरा गरेको छ ।

पर्यटन मन्त्रालयले सुरु गरेको काममा साँखु-नगरकोट-बनेपा- धुलिखेल -३० किलोमिटर) पदमार्ग र दामोदर कुण्ड पदयात्रा सुधार कार्य मात्र सकिएको हो । मन्त्रालयले चालू आर्थिक वर्षका लागि २२ आयोजनामा काम सुरु गरेको थियो । तीमध्ये दुई आयोजना स्थगित गरेको छ । सरकारले पर्यटकीय पूर्वाधार विकासका लागि १७ करोड ४६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

पर्यटकीय पूर्वाधार विकास आयोजना प्रमुख रवि शाहका अनुसार अर्थले विनियोजित बजेटबाट १ करोड ३७ लाख रुपैयाँ कटौती गरेपछि दुई आयोजना स्थगित गर्नुपरेको हो । त्यस्तै सिन्धुली- हरिहरपुरगढीमा पर्यटकीय पूर्वाधार विकासका लागि गुरुयोजना तयार गर्ने योजना स्थगित भएको छ । 'अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन वर्ष २०११ को ल्यान्डमार्क स्ट्रक्चर निर्माण गर्ने काम पनि रोकिएको छ,' शाहले भने, 'सरकारले जग्गा लिन सकेन, अर्थले पनि बजेट घटाइदियो, त्यसैले काम स्थगित भयो ।'

आयोजनाको मुख्य कार्यक्रम अन्तर्गत रहेका पदयात्रा मार्ग निर्माण पनि १५ प्रतिशत मात्र सम्पन्न भएको छ । चालू आवभित्र २ सय १८ किमि पदयात्रा मार्ग निर्माण हुनुपर्नेमा मात्र ३२ किमि काम भएको आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै मन्त्रालय अन्र्तगत पूर्वाधार विकास आयोजनाले दक्षिणकालीदेखि सुन्दरीजलसम्मको पदयात्रा मार्ग -३५ किमि) र फूलचोकी- दसचोक -३८ किमि) पदयात्रा मार्ग निर्माणका लागि फेरि बोलपत्र आह्वान गरेको छ । 'बोलपत्र मूल्यांकनमा कुनै प्रस्ताव पास नभएपछि पुनः आह्वान गरेका छौं,' शाहले

भने ।

रसुवा गोसाइँकुण्डमा पर्यटकको सुविधाका लागि यात्री निवासको निर्माण कार्य सम्पन्न हुनुपर्नेमा राष्ट्रिय निकुञ्जबाट स्वीकृति पाउन ढिलाइ भएकाले काम सुरु भएको छैन । 'जेठ ३१ गते मात्र स्वीकृति पायौं,' उनले भने, 'अर्को आर्थिक वर्षको सुरुवातमै काम थालिनेछ ।'

गुल्मी रेसुङ्गा केवलकार, जनकपुर पर्यटकीय गुरुयोजना र स्याङ्जा/राम्दीघाट पदयात्रा मार्गको सम्भाव्यता अध्ययन पूरा गरिसक्नुपर्नेमा परामर्शदाता छनोट गरी स्थलगत निरीक्षणमा खटाइएको शाहले जानकारी दिए । भक्तपुर चाँगुनारायण मन्दिरको सौन्दर्यीकरण तथा वरपर बाटो निर्माण, नीलबाराही मन्दिरको सौन्दर्यीकरण तथा गणेशमान वाटिका सुधार कार्य पनि असार मसान्तसम्म पूरा हुनुपथ्र्यो ।

यीमध्ये दुई योजनाको केही प्रतिशत काम मात्र भएको छ । 'सुधारका लागि अझै उपभोक्ता समितिसँग छलफलकै क्रममा छौं,' उनले भने ।

आयोजनाले काठमाडौंको चन्दागिरी, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिन्चोक र मुस्ताङको मुक्तिनाथमा केवलकार निर्माणका लागि लगानीको पूर्वसम्भाव्यता अध्ययन जारी राखेको छ ।

प्रकाशित मिति: २०६८ अषाढ १९
Source: kantipur

भिजन- २०२०

वाषिर्क १० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षासाथ सरकारले घोषणा गरेको पर्यटन वर्ष २०११ लाई आगामी पाँच वर्षे अभियानका रूपमा मनाउने भएको छ । मुख्यतः नेपाल भ्रमण वर्ष १९९८ को सफलतापछि निरन्तर प्रवर्द्धनात्मक अभियान आवश्यकता भएकाले सरकारले फेरि यस्तो घोषणा गरेको थियो ।
पर्यटन वर्ष मनाएर पर्यटक दर बढाउने लक्ष्य लिइए पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावकारी नहुँदा अपेक्षा गरेअनुसार पाहुना नआउने दाबी पर्यटन वर्ष २०११ राष्ट्रिय सचिवालयले जनाएको छ । अहिले देखिएको २५ प्रतिशत पर्यटकको वृद्धिदर पर्यटन वर्षका कारण नभई अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी थप हुनुले देखिएको निजी क्षेत्रको दाबी छ । त्यसमा पनि त्रिभुवन विमानस्थलले थेग्न सक्नेभन्दा बढी यात्रु र हवाई आवागमनले यो वृद्धिदर पनि एक/दुई वर्षमा हालकै स्थितिमा सीमित हुन सक्ने व्यवसायीहरू बताउँछन् । 'कन्ज्युमर मार्केट' मा पुग्न नसक्दा पर्यटन वर्ष २०११ को प्रमुख लक्ष्य नै पछिल्तिर धकेलिने हो कि, शंका छ । लक्ष्य पूरा गर्न पर्यटक आगमनको औसत वृद्धि ३१ प्रतिशत कायम हुनुपर्ने देखिन्छ । यो प्रवर्द्धन अभावमा सम्भव नभएको व्यवसायीहरू बताउँछन् ।

पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्र र सरकार दुवैबाट अख्तियारी पाएको नेपाल पर्यटन बोर्डले अभियान सचिवालयको जिम्मेवारी सम्हालिरहेको छ । यसका लागि सयौंलाई पर्यटन राजदूत तोकिए पनि जिम्मेवारी पाएका अहिले निष्त्रिmयजस्तै छन् । अन्तर्राष्ट्रिय मेलामा नेपाल प्रवर्द्धन जारी

छ । स्वदेशमै थुप्रै पर्यटकीय गन्तव्य पहिचान भएका छन् । यद्यपि, 'पर्यटन वर्ष घोषणा हुँदाजस्तो जोस अब न सचिवालयसँग छ, न सरकार नै सक्रिय छ,' सचिवालयकै एक सदस्यले बताए ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा नेपाल संसारका ५० औँ गन्तव्य स्थलमध्ये एकमा दर्ता भइसकेको छ । यसलाई कायम राख्न नेपाली पर्यटनलाई प्राथमिकतामा राखी नीति बनाइनुपर्ने व्यवसायी बताउँछन् । सन् १९९९ मा ४ लाख ९३ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछि २०१० मा हालसम्मकै धेरै ६ लाख १० हजार पाहुना नेपाल भित्रिएका थिए । तर अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीले आफूलाई फाइदा नभएको अवस्थामा उडान रोकेपछि पर्यटन क्षेत्र फेरि ओरालो लाग्ने निश्चित छ । त्यतिबेला व्यवसायी, सरकार र सम्बद्ध निकायले निधार खुम्च्याएर बस्नुको विकल्प हुनेछैन । त्यसैले निगमको जहाज खरिद प्रक्रिया जतिसक्दो चाँडो टुंग्याउनुपर्ने निजी क्षेत्रको पहिलो माग बनेको छ ।

त्यसो त अहिले पर्यटन उद्योगलाई पाहुनाको आतिथ्य गर्नमै फुर्सद छैन । यतिमै सीमित हुने या घोषित भिजन २०२० को लक्ष्य पूरा गर्न अहिल्यै तयार रहने ? यसको लक्ष्य सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक ल्याउनु हो तर दोस्रो विमानस्थल निर्माणका लागि अन्तिम निर्णय भइनसक्नु, द्रुत मार्ग बनाउन ढिलाइ हुनु र पदयात्रा क्षेत्रमा आवश्यक पूर्वाधारका लागि सरकारको ध्यान नपुग्नु आदि समस्या यथावतै छन् ।

१ सय ३२ राष्ट्रसँग दौत्य सम्बन्ध स्थापित नेपालले यहाँ रहेका निकाय मात्र नभई सम्बद्ध राजदूतावासहरूलाई पर्यटन प्रवर्द्धनका लागि परिचालित गर्नुपर्छ । संसारका विभिन्न मुलुकमा राजदूत र महावाणिज्यदूतका रूपमा मुलुकको प्रतिनिधित्व गरिरहेका कूटनीतिक नियोगहरूलाई पनि जिम्मेवार बनाउनु आवश्यक छ । यहाँबाट प्रवर्द्धनका लागि दूतावास पठाइने सामग्रीको सदुपयोग नहुने गरेको बोर्डकै कर्मचारी पनि स्विकार्छन् । एकपल्ट ब्रोसर, सिडीलगायत प्रचार सामग्री दूतावासमा पुर्‍याइदियो, अर्कोपल्ट जाँदा जस्ताको तस्तै । बोर्डले दूतावासलाई प्रवर्द्धनका लागि १० देखि ५० लाख रुपैयाँसम्म दिने गरेको भए पनि एक दुई स्थानमा मात्र यस्ता गतिविधि भएका छन् । जसमध्ये अमेरिका र बेलायतमा केही समयअघि त्यहाँ चल्ने मेट्रो बसहरूमा पर्यटन वर्ष अंकित ब्यानर राखेर नेपालको प्रचारप्रसार गरिएको थियो ।

वाषिर्क २७ अर्ब बराबर विदेशी मुद्रा आर्जन गरी अर्थतन्त्रमा योगदान दिइरहेको पर्यटनका लागि भोलि होइन, आजैदेखि प्राथमिकतासाथ योजना सार्वजनिक गर्नु आवश्यक छ । यसको अभावमा सन् २००९ को जुनदेखि सुधार देखिन थालेको पर्यटन उद्योगले यथास्थितिमै चित्त बुझाउनुपर्ने हुन सक्छ ।

source: kantipur

Friday, September 9, 2011

गरिबी निवारणका लागि पर्यटन

वर्तमान विश्व अर्थअवस्थामा पर्यटन क्षेत्र र यससँग सम्बन्धित व्यवसाय मुलुकलाई विश्वसामु चिनाउने मात्र नभएर यो क्षेत्र आर्थिक मेरुदण्डका रूपमा स्थापित भइसकेको छ । विश्वका धेरै विकासशील देशले पर्यटन क्षेत्रलाई आार्थिक अभिवृद्धि गर्ने माध्यम बनाएका छन् । नेपालले १० लाख पर्यटक मुलुकमा भित्र्याउने ल्याउने लक्ष्यसहित सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाइरहेको छ । मुलुकमा पर्यटन क्षेत्रको अनन्य सम्भावना भएका कारण हाम्रो आर्थिक विकासमा यस क्षेत्रको उच्च महत्व रहनु स्वाभाविकै हो । पर्यटनले आय तथा रोजगारी बढाउने, घरेलु उद्योगको विकास, विदेशी मुद्राको सञ्चिति, अर्थतन्त्रमा सकारात्मक प्रभावहरू परिरहेको हुन्छ ।

पर्यटकीय गन्तव्य स्थल तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा, सेवा–सुविधाको संख्यात्मक र गुणात्मक वृद्धि, पर्यटकीय पूर्वाधार विकाससम्बन्धी विषयमा सरकार तथा निजी क्षेत्रबीच समन्वयात्मक भूमिका रहेको छ । तथापि स्रोत र साधनको बाँडफाँड र उपयोगजस्ता नीतिगत विषय तथा सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता पूर्वाधार निर्माणमा प्रत्यक्ष रूपमा संलग्न निकाय र संस्थाबीचको समन्वयमा अपेक्षित प्रभावकारिता देखिन सकेको छैन । पर्यटन पूर्वाधार विकास, सञ्चालन र प्राप्त लाभको बाँडफाँडमा स्थानीय समुदाय र नागरिकको भूमिका, मूल्य, मान्यता र स्वामित्वको विषय उचित रूपमा सम्बोधन हुन नसक्दा सरकारी लगानीमा निर्माण र विकास भएका पूर्वाधारको दिगो रूपमा उपयोग हुन सकेको छैन । पर्याप्त मात्रामा पर्यटकको आगमन भएमा पूर्वाधारको विकास गर्ने वा पूर्वाधारको विकास भएमा पर्यटकको संख्यामा वृद्धि हुने विषयमा देखिएको अन्योलता यथावत् रूपमा रहेको छ । पर्यटक स्थलमा पर्यटक, स्थानीय समुदाय र नागरिकबीच अपेक्षित समन्वय कायम हुन नसकेका कारण यदाकदा विसंगति देखिने गरेको छ । द्वन्द्वकालमा क्षतिग्रस्त पर्यटन विकाससँग सम्बद्ध संरचनाको पुनर्निर्माण एवं विस्तारमा ध्यान केन्द्रित गर्नुपर्ने भएको छ ।

नेपालले आफ्ना राष्ट्रिय सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैंमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकाले यस व्यवसायको विविधीकरण र विस्तारद्वारा आमनागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भइसकेकोे छ ।

पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसको सर्वाधिक महत्व आर्थिक क्षेत्रसँग जोडिएको छ । नेपालका सन्दर्भमा हेर्दा पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम नै हो । गरिबी निवारणका लागि रोजगारी प्रवद्र्धन पहिलो पक्ष हो । पर्यटन व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने भएकाले हाम्रो जस्तो रोजगारीको समस्या भएको देशमा विशेष महत्व राख्छ । पर्यटनले घरेलु उद्योगधन्दाको विकास गर्न पनि त्यत्तिकै महत्व पु¥याउँछ । यसले समग्र आर्थिक क्षेत्रमा अग्र र पश्चसम्बन्ध विकास गरी देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

विगतका धेरै आवधिक योजनाले पर्यटन क्षेत्रलाई उच्च महत्व दिएको भए पनि यस क्षेत्रले खासै आशातीत उपलब्धि हासिल गरेको देखिँदैन । विभिन्न समयमा गरिएका प्रयासबाट के थाहा हुन्छ भने पर्यटकको संख्या बढाउने विषयमा कोही काहीँ तल परेको देखिँदैन, तर पर्यटन बढाउनका लागि विभिन्न स्थलको अवस्था कस्तो छ ? विमानस्थलहरू पर्याप्त छन, छैनन् ? क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था कस्तो छ ? हाम्रो देशका विमानहरू पर्याप्त छन् कि छैनन् ? विमानहरूको अवस्था कस्तो छ ? होटल, रिसोर्टको संख्या कति छ ? तिनीहरूको सेवाको स्तर कस्तो छ ? पर्यटनलाई दिने सेवा सुविधाको पूर्वाधार तयार छ कि छैन ? यातायातको व्यवस्था कस्तो छ ? सुरक्षा व्यवस्था पर्याप्त छ, छैन ? त्यसतर्फ सरकारले कमै सोचेको पाइन्छ ।

पर्यटकहरू लामो समयको टिकट बुकिङपछि नेपाल आउँछन् । तिनीहरूको सत्कार व्यवस्थापनका विषयमा हाम्रो क्षमता कस्तो छ ? त्यस्तो अभाव हुन नदिन के गर्नुपर्छ ? भन्ने कुरा हामीले कमै मात्रामा ध्यान दिएको पाएका छौं । पर्यटन व्यवसाय पर्यटकको आनन्द र खुसीमा फस्टाउने व्यवसाय हो । कुुनै सानो मनमा ठेस लाग्ने कुरा भए पर्यटक त्यस ठाउँमा फिर्ता जाँदैनन् । पर्यटकका लागि घुमफिर र हेर्नलायक स्थानहरू विश्वमा धेरै छन् । सबैभन्दा तीव्र प्रतिस्पर्धा भएको व्यवसाय हो यो । हाम्रो प्रतिस्पर्धा गर्ने क्षमता अत्यन्त कमजोर छ । त्यसैले यस्ता विभिन्न पक्षमा सुधार गर्न नसकेको खण्डमा पर्यटन फस्टाउने कल्पना मात्र हुनेछ ।

पर्यटन पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न नसकेको मर्मलाई हामीले स्वीकार गर्नैपर्छ । विगतको इतिहासमा पर्यटन क्षेत्रको विकासबाट हुनेखाने सीमित मात्र लाभान्वित भएको पाइन्छ । गरिब निमुखा खासै लाभान्वित हुन नसकेको अवस्था छ, यसलाई गरिबी निवारणसँग प्रत्यक्ष आबद्ध गर्न सकिएको छैन । त्यसैले अबका दिनमा विशेष गरेर ग्रामीण पर्यटन तथा गरिबी निवारणमा जोड दिनुपर्ने देखिन्छ । पर्यटनको लाभ तल्लो तहका गरिब वर्गसम्म प्रत्यक्ष पुग्नेखालका कार्यक्रमहरू बनाउनु अत्यावश्यक भइसकेको छ । पर्यटकीय स्थलहरूको पहिचान गरी ती क्षेत्रमा पूर्वाधारको एकीकृत एवं समन्वयात्मक विकासका सम्भावनालाई अवसरका रूपमा उपयोग गर्न सकिएको छैन भने प्राप्त लाभको न्यायोचित वितरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ । स्थानीय उत्पादन उपलब्ध नहुँदा पर्यटकले उपभोग गर्ने सेवा र वस्तुको उपभोगबाट प्राप्त हुने लाभ अपेक्षित मात्रामा प्राप्त गर्न सकिएको छैन भने पर्यटनजन्य क्रियाकलापलाई वातावरणमैत्री बनाई सञ्चालन गर्नु पनि चुनौतीपूर्ण कार्य भएको छ । पर्यटन विकासका सम्भावना तथा अवसरहरू प्रशस्त भए पनि यसलाई उपयुक्त स्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्नका लागि विशेष रणनीति अख्तियार गर्न सकिएको छैैन भने ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको उपलब्धिलाई मूल्याङ्कन गरी दिगो विकासका कार्यक्रमहरू सुरु गर्नै सकिएको छैन ।

आर्थिक परिवर्तनका लागि पर्यटन प्रवद्र्धनको आवश्यकतालाई पहिचान गरी आव २०६५÷६६ देखि नेपाल सरकारले पर्यटनलाई नयाँ आर्थिक विकास नीतिको उच्च प्राथमिकतामा राखी यसको विकासका लागि सम्बद्ध सबै मन्त्रालयका नीति तथा कार्यक्रमहरूलाई पर्यटन प्रवद्र्धनोन्मुख हुने गरी पर्यटन नीति २०५२ र २०६५ लाई परिमार्जन गरी नयाँ पर्यटन नीति ल्याउने घोषणा गरेको छ ।

पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पु¥याउन ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने र त्यसका लागि नयाँ पर्यटनस्थलको खोजी, पहिचान, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराउने सेवाको गुणस्तरमा वृद्धि, सहज पहँुच, सुरक्षित गन्तव्य, बसाइँको अवधि लम्ब्याउनेजस्ता विविध पक्षलाई पर्यटन नीतिले सम्बोधन गर्नु आवश्यक छ । विदेशी मुद्राको आर्जन, रोजगारीका अवसरको वृद्धि सँगसँगै जनताको जीवनस्तरमा सुधार गरी पर्यटनलाई गरिबी निवारण र नयाँ आर्थिक विकाससँग आबद्ध गरी पर्यटन विकास गर्नुपर्ने देखिन्छ । पर्यटन सेवाको क्षेत्रलाई संख्यात्मक एवं गुणात्मक वृद्धि गर्ने काम सरकारी क्षेत्रबाट मात्र सम्भव नभएकाले सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रसमेतको संयुक्त साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक छ । कृषि विकास बैंकको कार्यक्षेत्र देशको ७५ वटैै जिल्ला भएको परिप्रेक्ष्यमा सरकारले ग्रामीण पर्यटन विकास नीति ल्याई आन्तरिक पर्यटन विकासमा बैंकबाट कर्जा प्रवाह गर्न सकिने प्रबल सम्भावना रहेको छ । यिनै पृष्ठभूमिमा पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइमा पु¥याई आर्थिक परिवर्तनको आधारशीला तयार गर्न साविकको पर्यटन नीतिलाई परिमार्जन गरी नयाँ पर्यटन नीतिमा कृषि विकास बैंकलाई समेत समेट्नु आवश्यक छ । यसबाट विशेष गरी ग्रामीण पर्यटन क्षेत्रमा स्थानीय समुदायको स्वामित्व र गुणस्तरीय सेवाको प्रतिस्पर्धामा विकास हुन जानेछ, साथै विद्यमान पर्यटकीय क्षेत्रहरूका पूर्वाधार सञ्चालनमा सुधार आउनुका साथै नयाँ पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार विकासतर्फ लगानी प्रवद्र्धन गर्न प्रोत्साहन मिल्नेछ ।

Source karobar daily –कल्पना केसी
(केसी, कृषि विकास बैंकको लघुउद्यम विभागसँग सम्बद्ध छिन् ।)
०९ सेप्टेम्बर २०११,

Monday, September 5, 2011

विश्व पर्यटन संगठनले नेपाललाई सघाउने

काठमाडौ, भाद्र ८ - विश्व पर्यटन संगठनले नेपालको दिगो विकासका लागि आवश्यक जनशक्ति तयार पार्न आर्थिक सहयोग गर्ने भएको छ ।

यहाँ पर्यटनले रोजगारी र आर्थिक वृद्धिदरमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकाले थप विकासका लागि पहल थालेको हो । संगठनले एसएभी नेदरल्यान्ड विकास संगठनसँग सहकार्य गरी विकासोन्मुख मुलुकको सहयोग गर्ने घोषणा गरेको छ । संगठनले नेपालसँगै बेनिन, कम्बोडिया, घाना, माली, मोजाम्बिक र भियतनामलाई पनि सहयोग गर्ने जनाएको छ ।

यी मुलुकका लागि २० करोड ९५ लाख २० हजार रुपैयाँ (२० लाख युरो) खर्च गर्ने संगठनको वेबसाइटमा उल्लेख छ । यस कार्यक्रमअन्तर्गत छनोट भएका मुलुकका ८ हजार पर्यटन मजदुर र व्यवसायीलाई तालिम दिने तथा प्रतिस्पर्धी मुलुकको विकास शिक्षालाई हस्तान्तरण गर्न विभिन्न कार्यक्रम गरिने संगठनले जनाएको छ ।

शान्ति प्रक्रिया सुरु भएपछि पर्यटन विस्तारले नेपालमा गति लिन थालेको छ । यसका कारण सबैभन्दा बढी पर्यटक आएको सन् १९९९ अब इतिहास बनिसकेको छ । यो वर्ष ५ लाख पर्यटक आएका थिए । त्यसपछि जनयुद्धका कारण घट्दै गएको पाहुना संख्या, शान्ति स्थापना प्रक्रिया सुरु भएपछि सन् २०१० मा नयाँ रेकर्ड बनाएको छ । यो वर्ष नेपाली पर्यटन व्यवसायीले ६ लाख २० हजार पाहुनालाई आतिथ्य दिने मौका पाए ।

संख्यात्मक मात्र होइन, पर्यटकको गुणस्तरमा पनि सुधारको संकेत देखिएको व्यवसायीहरू बताउँछन् । संगठनको तथ्यांक अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले १२ जनालाई रोजगारी दिएका छन् ।

प्रकाशित मिति: २०६८ भाद्र ८
Source : Kantipur

एक वर्षमा ५ लाख भारतीय पर्यटक

काठमाडौ, भाद्र १५ - सन् २०१० मा ५ लाख २० हजार पर्यटक स्थलमार्ग हुँदै भारतबाट नेपाल आएका छन् । यो अघिल्लो वर्षको भन्दा झन्डै दोब्बर रहेको पर्यटन बोर्डले गरेको अध्ययनमा देखिएको छ । २००९ मा स्थलमार्ग भएर आउने भारतीय पर्यटकको संख्या २ लाख ९८ हजार थियो ।

पर्यटन बोर्डको सर्वेक्षण अनुसार भारतीय पर्यटकहरूको संख्या भने करिब ५ लाख २० हजार छ । भारतको बाटो हुँदै १ लाख ५४ हजार तेस्रो मुलुकका पाहुना नेपाल आएका छन् ।

'सर्वेक्षणका क्रममा २४ घन्टाभन्दा बढी समय नेपालमा विताएका पाहुनालाई हेरिएको थियो,' बोर्डका अनुसन्धान तथा योजना विभागका निर्देशक काशीराज भण्डारीले भने 'भन्सार कार्यालयमा राखिएको सवारी साधनको 'लग' बाट कति भारतीयले नेपाल घुमे भनेर अध्ययन गरिएको हो ।' यसरी आएका भारतीयहरूलाई पर्यटन वर्षको लक्ष्यमा भने जोडिएको छैन । सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार पर्यटक संख्या निकाल्दा 'टाउको गन्नु' को सट्टा आवागमन संख्यालाई ध्यान दिनुपर्ने भएकाले सोही अनुसार हालको तथ्यांक तयार भएको जानकारी भण्डारीले दिए ।

'सरकारले भारतीय पर्यटक कति भित्रन्छन् भनेर लेखा राखेको हुँदा हालसम्मको पर्यटक आवागमनको तथ्यांकमा नाकाबाट आउनेको संख्या जोडिएको छैन,' भण्डारीले भने, 'सही तथ्यांक पत्ता लगाउने संयन्त्र पनि छैन, त्यसैले पर्यटन क्षेत्रको आयतन कति ठूलो छ भनेर जानकारी दिन सर्वेक्षण गरिएको हो ।' हाल विदेशी पाहुनाले भित्र्याएको डलरलाई अध्ययन गरी पर्यटन क्षेत्रको योगदान निकाल्ने गरिएको छ । 'यो क्षेत्रमा भारतीय पर्यटकको भूमिका त्योभन्दा बढी छ भनेर सम्बन्धित निकायलाई सचेत बनाउन पनि सर्वेक्षण आवश्यक थियो,' भण्डारीले भने ।

भारतीय पर्यटकमध्ये सबैभन्दा बढी भैरहवाको बेलहिया नाकाबाट भित्रिएका छन् । यहाँबाट ३ लाख ३७ हजार ८ सय पर्यटक नेपाल आएका थिए ।

त्यस्तै, महोत्तरीको भिठ्ठामोडबाट १ लाख १२ हजार ३८, वीरगन्जबाट ८९ हजार ५ सय, काँकडभिट्टाबाट ५५ हजार ९८, विराटनगरबाट ३२ हजार ३ सय २० र महेन्द्रनगरबाट २१ हजार १ सय १७ पर्यटक भित्रिएको तथ्यांक छ । नेपालगन्ज नाकाबाट १७ हजार ९ सय १९ र धनगढीबाट सबैभन्दा कम ८ हजार ७ सय ३० पाहुना भित्रिए ।

सर्वेक्षणले एक वर्षमा ८ नाकाबाट ९६ हजार ९ सय २८ भारतीय नम्बरका सवारी साधन भित्रिएको देखाएको छ । यो सन् २००९ भन्दा २२ प्रतिशत बढी हो ।


Source Kantipur
प्रकाशित मिति: २०६८ भाद्र १५

दक्षिण एसियामा नेपालको वृद्धिदर उच्च

काठमाडौ, भाद्र १५ - प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का अनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा रुचाइएको पर्यटकीय गन्तव्य भएको देखिएको छ । पाटाले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०११ को पहिलो ६ महिनामा नेपाल घुम्ने विदेशी पाहुनाको संख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको छ । यो वृद्धिदर यस क्षेत्रकै सबैभन्दा बढी हो ।

यो ६ महिनामा दक्षिण एसियामा १२ प्रतिशत बढी पर्यटक घुम्न आएका छन् । पाटाको तथ्यांक अनुसार दोस्रो स्थानमा रहेको माल्दिभ्स घुम्ने पर्यटक २७ र श्रीलंका आउने पाहुनाको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, भारतमा ७ दशमलव २ प्रतिशत बढी पर्यटक आएको उल्लेख छ । यो अवधिमा २९ लाख १९ हजार पर्यटकले भारत घुमेको पाटाको तथ्यांकमा छ । दक्षिण एसियाली क्षेत्रको पर्यटन क्षेत्रमा देखिएको वृद्धिमा युरोपियन पाहुनाको सबैभन्दा बढी योगदान हुने गर्छ ।

यसपालि युरोप र अमेरिकाको कमजोर अर्थतन्त्रका कारण एसिया/प्यासिफिक क्षेत्रमा अन्तर क्षेत्रीय मुलुकका पाहुनाले बढी भूमिका खेलेको पाटा, रणनीतिक अनुसन्धान केन्द्रका निर्देशक क्रिस लिमले प्रतिवेदनमा भनेका छन् । उनका अनुसार क्षेत्रीय अर्थतन्त्र बलियो हुनु र यी क्षेत्रभित्र विमान कम्पनीको सिट क्षमता वृद्धिका कारण नेपालमा बढी पर्यटक भित्रिएका हुन् ।

लिमका अनुसार हालकै वृद्धिदर कायम रहे २०११ को अन्त्यसम्म एसियाली क्षेत्रको पर्यटक आवागमन ४३ करोड ३० लाख पुग्नेछ । गत वर्ष यो क्षेत्रमा घुम्ने पर्यटकको संख्या ४० करोड ८० लाख थियो । पाटाका अनुसार क्षेत्रीय आधारमा दक्षिण-पूर्वी एसियामा सबैभन्दा बढी १५ दशमलव ५ प्रतिशतले पर्यटक बढेका छन् । यस क्षेत्रमा पर्ने मुख्य पर्यटकीय मुलुक थाइल्यान्ड घुम्ने पर्यटक ५४ प्रतिशत बढेको तथ्यांकमा छ । यहाँ जाने पर्यटकमा चिनियाँको संख्या उच्च रहेको तथ्यांकमा छ । त्यस्तै, उत्तरपूर्वी एसियाली क्षेत्र पर्यटक वृद्धिदरमा सबैभन्दा पुछारमा छ । २०११ को ६ महिनामा यो क्षेत्रको पर्यटक आवागमन शून्य दशमलव ६ प्रतिशत मात्र बढेको पाटाले जनाएको छ । यो क्षेत्रका मुलुकमा हङकङको १६, मकाउ १५ र कोरियाको ११ प्रतिशत छ । चीन जाने पर्यटक एक प्रतिशतले मात्र बढेका छन् । त्यस्तै, जापान र चाइनिज ताइपेई जाने विदेशी पाहुना घटेको तथ्यांकमा छ ।

तर नेपाल पर्यटन बोर्डको तथ्यांकले अघिल्लो वर्षको तुलनामा यो अवधिमा नेपाल आउने विदेशी पाहुना २५ प्रतिशत मात्र बढेको देखाएको छ । बोर्डका अनुसार जनवरीदेखि जुनसम्म २ लाख ४५ हजार ३ सय पर्यटक हवाई मार्ग हुँदै नेपाल घुमेका छन् । नेपालका लागि पर्यटक आउने मुख्य बजारमा भारत, अमेरिका, बेलायत र चीन पर्छन् ।

नेपालको हवाई मार्गबाट आउने पाहुना मात्र पर्ने भएकाले देखिएको वृद्धि अझै कम भएको बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले बताए । 'उनीहरूको तथ्यांक लिने आफ्नै माध्यम हुन्छ,' उनले भने 'बोर्डसँग समन्वय हुँदैन । तथ्यांक संकलन गर्दा ५ प्रतिशतसम्म तलमाथि पर्न सक्छ ।' विभिन्न प्राविधिक त्रुटिका कारण बोर्डको तथ्यांकमा २५ प्रतिशत वृद्धि देखिएको उनले बताए । 'वास्तविक वृद्धि २८ प्रतिशतभन्दा तल छैन,' निरौलाले भने ।

यसपालि बोर्डले गरेको सर्भेमा विभिन्न ८ नाकाबाट वाषिर्क ५ लाखको हाराहारीमा भारतीय मात्र आउने गरेको उल्लेख छ । भारत र चीनबाट बाहिर घुम्न जानेहरू निकै बढेकाले दक्षिण एसियाका पर्यटकीय मुलुकहरू लाभान्वित भएको पाटाले जनाएको छ ।


Source : Kantipur
प्रकाशित मिति: २०६८ भाद्र १५

भारत र चीनबाट उच्च पर्यटक

काठमाडौ, भाद्र १९ - मुलुकले पर्यटन वर्ष मनाइरहेका बेला बितेको आठ महिनामा दुई छिमेकी मुलुकबाट हवाईमार्ग हुँदै पर्यटकको संख्या उल्लेख्य बढेको छ । आठ महिनामा आएका पर्यटकमध्ये भारतले साढे ३१ प्रतिशत हिस्सा ओगट्दै पहिलो स्थानमा छ भने चीनले ७ दशमलव ६ प्रतिशत ओगट्दै दोस्रो स्थानमा परेको छ ।

पर्यटन बोर्डका अनुसार यस अवधिमा भारतबाट १ लाख २ हजार पर्यटक हवाई मार्ग हुँदै भित्रिए । यो अघिल्लो वर्षको तुलनमा ४६ दशमलव ३ प्रतिशत बढी हो । त्यसैगरी चीनबाट साढे २४ हजार भित्रिए । यो अघिल्लो वर्षको तुलनामा ६० प्रतिशत बढी हो । अघिल्लो वर्ष १५ हजार ३ सय आएका थिए ।

बोर्डका अनुसार भारत र चीनलाई बढी लक्षित गरी प्रचार गरिएकाले वृद्धिदर राम्रो भएको हो । तर २०११ का लागि राष्ट्रिय सचिवालयले तयार गरेको कार्यक्रममा प्रक्रियागत त्रुटि देखिएपछि प्रवर्द्धन हुन सकेको छैन ।

'समर स्प्लेन्डर' नाम दिई तीन महिना (बेमौसममा पर्यटक ल्याउन) का लागि अनलाइन, टेलिभिजन, म्यागेजिन र होर्डिङ बोर्डद्वारा प्रवर्द्धन गरिने योजना सचिवालयको थियो । बोर्डले नियमित भाग लिने प्रदर्शनीमा २०११ लाई लक्षित गरी पर्यटक तान्ने प्रयास भने भएको थियो ।

'यसैको नतिजा अगस्टसम्म आएका पाहुनाको आँकडाले देखाएको हो,' बोर्डका प्रवक्ता आदित्य बरालले भने ।

त्यस्तै वर्षभरिमा एक लाख चिनियाँ पर्यटक ल्याउने सचिवालयले बताएको थियो । चीनबाट आउने पर्यटकको 'बेस' सानो भए पनि बढ्दो वृद्धिदरले व्यवसायीलाई उत्साहित बनाएको छ । दुई वर्षअघि मुस्किलले १० हजार नपुग्ने चिनियाँ पर्यटकको संख्या वृद्धि २०११ का लागि सकारात्मक सुरुवात भएको व्यवसायी बताउँछन् ।

'यसपालि चिनियाँ सहरमा पर्यटन वर्ष लक्षित गरी विभिन्न संघसंस्थाले सानै भए पनि प्रवर्द्धनात्मक कार्यक्रम गरेका थिए,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अर्जुन शर्माले भने, 'व्यवसायीले प्रयास गरिरहेका छन् । सरकार र सचिवालयको तर्फबाट गरिनुपर्ने काम हुन सकेन ।'

पर्यटक आउने तेस्रो नम्बरमा अमेरिका परेको छ । बितेको आठ महिनामा २२ हजार ४ सय अमेरिकी आए । बेलायतबाट करिब १९ हजार जापानबाट १२ हजार, फ्रान्स १२ हजार, दक्षिण कोरियाबाट साढे ११ हजार, बंगलादेशी १० हजार ८ सय र जर्मनीबाट १० हजार ६ सय पर्यटक आए ।

आठ महिनाको अवधिसम्म पर्यटक आगमन ३ लाख २४ हजार छ । यो अघिल्लो वर्षको यही अवधिभन्दा २४ दशमलव ६ प्रतिशत बढी हो ।


Source : Kantipur
प्रकाशित मिति: २०६८ भाद्र १९

Friday, September 2, 2011

आठ महिनामा सवा ३ लाख हवाई पर्यटक

काठमाडौं, १५ भदौ

नेपाल पर्यटन वर्षको आठ महिनाको अवधिमा हवाईमार्ग भएर आउने पर्यटकको संख्या ३ लाख २४ हजार नाघेको छ । आठौं महिना अगस्टमा ४३ हजार ४ सय ८७ पर्यटक हवाइमार्ग हुँदै भित्रिएसँगै पर्यटकको वृद्धिदर आसलाग्दो देखिएको छ । अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले अगस्ट महिनामा हवाई पर्यटक आगमन गत वर्षको यही अवधिको तुलनामा २६.४ प्रतिशतले बढेको जानकारी दिएको छ । जनवरीदेखि अगस्टसम्मको आठ महिनाको अवधिमा समग्र पर्यटक आगमनदर पनि २४.६ प्रतिशतले बढेको छ ।

बोर्डका अनुसार अगस्टमा दक्षिण एसियाली पर्यटकको संख्या ३८.७ प्रतिशतले बढेको छ । भारतीय पर्यटकको संख्या ५० प्रतिशतले बढेको छ भने बंगलादेशी २०.९ प्रतिशत, श्रीलंकाली ११.७ प्रतिशत र पाकिस्तानी पर्यटक १ प्रतिशतले बढेका छन् । चिनियाँ पर्यटक आगमनमा आएको उच्च वृद्धिका कारण समग्र एसियाली पर्यटकको आगमनदरमा उच्च वृद्धि देखिएको छ । अगस्ट महिनामा चिनियाँ पर्यटक १ सय ५७ प्रतिशतको उच्च वृद्धिसँगै एसियाली पर्यटकको समग्र आगमनमा ५७.२ प्रतिशतले वृद्धि भएको छ । जापान, मलेसिया, सिंगापुर र थाइल्यान्डबाट नेपाल आउने पर्यटकको संख्या क्रमशः ९.५, ९५.२, ५१.६ र ५५.६ प्रतिशले बढेको छ ।

युरोपेली पर्यटकमध्ये जर्मनीबाट आउने पर्यटकको आगमनदर सबैभन्दा उच्च ५१.५ प्रतिशतले बढेको छ । बेल्जियम, डेनमार्क, इटली, स्विडेन र बेलायतबाट आउने पर्यटकको संख्यामा पनि दोहोरो अंकको वद्धि देखिएको छ ।



बेलहिया नाकाबाट पौने १ लाख

भैरहवा, १५ भदौ (कास) ः नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो स्थलमार्ग भैरहवाको बेलहिया नाका हुँदै अगस्ट महिनामा भारतीयबाहेक १८ हजार ७ सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको यही अवधिको तुलनामा ४ हजार ६ सय ७१ ले बढी हो । गत वर्ष १४ हजार ९४ पर्यटक आएका थिए ।

बेलहिया नाका हुँदै आठ महिनाको अवधिमा नेपाल आउने पर्यटकको संख्या भारतीयबाहेक ७५ हजार ७ सय १३ पुगेको छ । गत वर्ष यही अवधिमा यो नाकाबाट ५८ हजार ५ सय ५८ पर्यटक आएका थिए । संख्याका आधारमा अहिले आठ महिनामा गत वर्षभन्दा १७ हजार १ सय ५५ बढी रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख राजेन्द्रराज अधिकारीले जानकारी दिए ।

अगस्ट महिनामा सबैभन्दा बढी श्रीलंकाका १६ हजार ७ सय २९ पर्यटक आएका छन् । त्यसैगरी, नेदरल्यान्ड्सका ३ सय २५, दक्षिण कोरियाका २ सय ७२, स्पेनका २ सय १६, जापानका १ सय ३३, थाइल्यान्डका पर्यटक १ सय २५ सहित बाँकी अन्य मुलुकका छन् । यो नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशीको संख्या विगतको तुलनामा यो वर्ष सबैभन्दा अत्यधिक छ । यही अनुपातमा पर्यटक आगमन भए यो नाकाबाट मात्रै सन् २०११ मा १ लाख ५० हजारभन्दा पर्यटक भित्रिने अनुमान सिद्धार्थ एसोसिएसन अफ ट्राभल एजेन्ट (साटा)का अध्यक्ष सागर अधिकारीको छ । पर्यटन वर्षबारे भारतमा प्रचार हुन नसक्दा लक्ष्यअनुरूप पर्यटक आउन नसकेकाले यसप्रति गम्भीर हुनुपर्ने अधिकारीले बताए ।

पर्यटक आगमन हुँदा पनि सीमा नाकामा पर्यटन

वर्षको चहलपहल भने छैन । बेलहिया नाका नेपाल–भारतको सबैभन्दा ठूलो स्थलमार्गका रूपमा रहेको नाका हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी तेस्रो मुलुक र भारतीय पर्यटक भित्रिने नाकाका रूपमा परीचित छ । यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य लुम्बिनी र त्यसपछि पोखरा, काठमाडौं, चितवन, मनाङ, मुस्ताङ, पाल्पा हो ।

कारोबार संवाददाता
०२ सेप्टेम्बर २०११