काठमाडौँ, असोज ४ गते । र्याडिसन होटलको प्रवर्द्धक कम्पनी ओरियन्टल होटल लिमिटेडले गएको आर्थिक वर्षमा आठ करोड १४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । ओरियन्टलले अघिल्लो आर्थिक वर्ष रू. पाँच करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो । बुधबार आफ्नो चौधौँ वाषिर्क साधारणसभा सम्पन्न गरेको उक्त कम्पनीले आगामी दिनमा मुनाफालाई अझ वृद्धि गर्ने जनाएको छ । मुनाफा केही वर्षभित्र सेयरधनीहरूलाई उपलब्ध गराउने कम्पनीले जारी गरेको जनाएको छ ।
यस वर्ष हवाइमार्गबाट आउने पर्यटकको सङ्ख्या २१.७९ प्रतिशतले वृद्धि भएकोले ओरियन्टलले आफ्नो अकुपेन्सी र कोठाको औसत भाडा दरमा वृद्धि गरेको र गत वर्ष कुल आम्दानी रू. ५० करोड सात लाखबाट वृद्धि गरी ६० करोड ३१ लाख कायम गर्न सफल भएको छ ।
कम्पनीले होटलको सहवित्तीयकरणको कर्जा हालसम्म निर्धारित तालिका अनुसार भुक्तान गर्दै आएको र नगद प्रवाहले धानेसम्म सहवित्तीयकरणको साँवा र ब्याज यथासमयमा भुक्तान गर्दै जाने जनाएको छ ।
विज्ञप्तिमा होटलको औसत वाषिर्क अकुपेन्सी ८०.१८ प्रतिशत रहेको र सरकारले पर्यटक वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुले होटलको कोठा सङ्ख्या वृद्धि बढाउनु आवश्यक देखिए अनुसार हालको १६० मा थप एक सय कोठा वृद्धि गर्ने तयारी गरिएको उल्लेख गरिएको छ ।
Source :गोरखापत्र







0 comments:
Post a Comment