Wednesday, June 13, 2012

रोल्पा–रुकुममा युद्ध पर्यटनको सम्भाव्यता अध्ययन


युगबोध समाचारदाता
घोराही, ३० जेठ । नेपालमा एक दशकसम्म चलेको सशस्त्र युद्धको उद्गमस्थल र मुख्य प्रभावक्ष्ँेत्रको रुपमा रहेका राप्तीका पहाडी जिल्लाहरुमा युद्ध पर्यटनको विकास गर्न प्रारम्भिकरुपमा सम्भाव्यता अध्ययन गरिएको छ । सरकारी सहयोग तथा रोल्पाकै एक गैरसरकारी संस्था माण्डवी बहुउद्देश्यीय समाज विकास केन्द्रले एक हप्ता लगाएर रोल्पा र रुकुमका विभिन्न स्थानको सम्भाव्यता अध्ययन गरेको हो ।
‘हामी यो क्षेत्रमा धेरै घुमे पनि गहिरोरुपमा र पर्यटकीय कोणबाट अध्ययन गर्न पाएका थिएनौं’– एक हप्ता लामो अध्ययनपछि अध्ययन टोलीका प्रमुख एवं समाज विकास केन्द्रका अध्यक्ष चेतन कु“वरले भन्नुभयो– ‘प्युठानको लिस्नेदेखि रोल्पा हु“दै रुकुमको सिस्नेसम्म सबै पर्यटकीय दृष्टिले अत्यन्त ऐतिहासिक र रमणीय स्थल छन्, यसको सही व्यवस्थापन र उचित प्रचारप्रसार हुन सक्यो भने युद्ध पर्यटनको राम्रो सम्भावना देखेका छौं ।’
अध्ययन टोलीले रोल्पाको थवाङलाई केन्द्र बनाएर ‘सिस्ने जलजला आधार क्षेत्र’ को रुपमा पर्यटन प्याकेज बनाउन सकिने सम्भाव्यता औंल्याएको छ । अध्ययन टोलीका सदस्य एवं पत्रकार दीपेन्द्र रोकायका अनुसार ऐतिहासिकस्थल थवाङलाई केन्द्र बनाएर बलिदान गाउ“को रुपमा चर्चित जेलवाङ, जहा“ कम्युन पनि छ, त्यहा“ सुनखानी, फलाम खानी धाङ्सी सिंजा, युद्धकालमै माओवादीको दश दिन लामो केन्द्रीय समिति बैठक बसेको फुन्टिवाङ, रेडियो जनगणतन्त्र प्रसारण गरिएको फुन्टिवाङ डा“डो, माओवादीको तेस्रो राष्ट्रिय सम्मेलन गर्न भनेर निर्माण शुरु गरिएको भूमिगत घर (जुन हालसम्म पूरा भएको छैन) लाई पर्यटकीय प्याकेजमा जोड्न सकिने छ ।
तेस्रो राष्ट्रिय सम्मेलन गर्न भनेर निर्माण शुरु गरिएको भूमिगत घरलाई पूर्णता दिएर म्यूजियमको रुपमा विकास गर्नुपर्ने सुझाव पनि टोलीले दिने भएको छ । त्यस्तै माओवादीले युद्धकालमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने भन्दै थवाङको चालावाङमा ३६ हजार स्याउका विरुवा रोपेर शुरु गरेको स्याउ फार्मलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने तर माओवादीले गाउ“ छाडेस“गै अलपत्र परेको सो बगैंचालाई पुनः संरक्षण गर्नुपर्ने अध्ययन टोलीको सुझाव छ ।
त्यसैगरी हाल २२ घरको सहभागिता रहेको थवाङकै अजम्बरी जनकम्युन, हालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारवाही गर्ने निर्णय लिन बैठक बसेको लावाङ, डिएसपी ठूले राई अपहरणमा परेको, बालबालिकाले पढिरहेको विद्यालयमा बम खसाइएको तथा युद्धकालमै संघीयताको अभ्यास गर्न देशभरिमै पहिलोपटक मगरात जनसरकारको अधिवेशन भएको रुकुमको महत, महिनौंसम्म ठूला–ठूला सैन्य तालिम चल्ने गरेको महतकै तमारी, जननमूना अस्पताल रहेको ओत रोल्पा, सहिद मार्ग, माओवादी अध्यक्ष प्रचण्डले घर छाडेको केहीबेर उहा“ बसेको घरमा सेनाले बम हानेको रोल्पाको राङ्सी गाउ“, युद्ध शुरु नहु“दै प्रहरीले माओवादी कार्यकर्ताको हत्या गरेको चप्काखोला, युद्ध शुरु हुनुभन्दा अघि ठूलो भिडन्त भएको र रोमियो अप्रेशन शुरु भएको तथा युद्धका क्रममा सरकारी फौजतर्फ ठूलो हताहती भएको  रोल्पाको गामलाई पनि समेटेर युद्ध पर्यटकीय क्षेत्र बनाउनुपर्ने अध्ययन टोलीका सदस्य रोकायले बताउनुभयो ।
त्यस्तै अध्ययन टोलीले रुकुम चुनवाङको पनि सम्भाव्यता अध्ययन गरेको छ । माओवादीले सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण आन्दोलनमा आउने ढोका खोलेको विश्वास गरिएको बहुचर्चित बैठक बसेको स्थल चुनवाङलाई बहुआयामिकढंगले पर्यटकीय क्षेत्र बनाउने सम्भावना रहेको टोली प्रमुख कु“वरले जानकारी दिनुभयो । माओवादी बैठक बसेको स्थल भेरीडा“डामा सरकारको झण्डै १० लाखको सहयोगमा अहिले स्थानीय युवाहरुले खुला म्यूजियम र पार्क बनाउने काम गरिरहेकाले पर्यटन प्रवद्र्धनको आशा झनै बढेको र आफूहरुले गैरीगाउ“ चुनवाङवासीस“ग अन्तक्र्रिया गर्दा आशा र उत्साह व्यक्त गरेको उहा“ले बताउनुभयो ।
त्यस्तै रोल्पाका होलेरी, सुकीदह, गुम्चाल, भावाङ, टिला, दहवन, उ“घा, रुकुमका रुकुमकोट, पिपल, आठबीसकोट राडी, खारा, सल्यानको गु“रासेलगायतका क्षेत्रलाई युद्ध पर्यटकीयस्थलको रुपमा विकास गर्न सरकारलाई सुझाव दिइने अध्ययन टोलीले जनाएको छ । ‘जनताले भनेजस्तो पनि नभएको, संविधान पनि नबनेको र हिजो युद्ध गर्ने माओवादीभित्र पनि आन्तरिक विवाद चर्केकाले यो बेलामा रोल्पा रुकुमका जनता निकै निराश देखिएका छन्’– अध्ययन टोलीका प्रमुख कु“वरले भन्नुभयो– ‘अब सबै सकियो, सपना अधुरै रहने भए भनेर निराशा फैलाउनुभन्दा पनि नया“ तरीकाले इतिहासलाई युग–युगसम्म जीवन्त राख्न र युद्धका अवशेषहरुलाई जनताको आर्थिक समृद्धिका कार्यक्रमस“ग जोडेर युद्ध पर्यटनको विकास गर्दै जनतामा आशा, उत्साह र नयॉ विश्वासको पुनरावृत्ति गर्नुपर्ने अवस्था आएको छ ।’ सरकारले सन् २०१३ लाई सिस्ने–जलजला पर्यटन वर्ष घोषणा गरिसकेकाले अब पर्यटनका पूर्वाधार विकास, पर्यटक व्यवस्थापन र प्रचारप्रसारमा जोड दिन तत्काल पहल थाल्नुपर्ने अध्ययन टोलीको सुझाव छ ।
Source : Naya Yuga Bodh Daily June 13, 2012

0 comments:

Post a Comment