Wednesday, October 19, 2011

तीन नयाँ एयरलाइन्स थपिने

काठमाडौ, कार्तिक २ -
नेपालतर्फ देखिएको पर्यटक आकर्षणसँगै नयाँ विमान कम्पनीको चासो पनि बढ्न थालेको छ । यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आवेदन दिएका छन् ।

रसियाको एरोफ्लोट, श्रीलंकन एयरलाइन्स र संयुक्त अरब -युएई) को आरएके एयरवेजले पनि छिट्टै नेपालबाट उडान गर्ने तयारी थालेका छन् । नेपालमा चर्किएको द्वन्द्वसँगै बन्द भएका एरोपmलोट र श्रीलंकन एयरले नेपालतर्फको आवतजावत बढन् थालेकैले फेरि चासो देखाएका हुन् । पछिल्लो दुई वर्षमा यहाँ सेवा दिन १० वटा विदेशी एयरलाइन्सले सीधा उडान सुरु गरेका छन् । यीसँगै अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीको संख्या २८ पुगेको छ । नयाँ तीन कम्पनीले पनि सेवा सुरु गरेपछि एक नेपाली सहित ३० विदेशी वायु सेवा कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टेक्नेछन् ।

यहाँबाट उडान गर्न अनुमति पाएको पछिल्लो विमान कम्पनी इन्डिगो एयरलाइन्स हो । यो भारतीय कम्पनीले यही कात्तिक ११ गतेदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्दै छ ।

सेवा सुरु गर्ने चासो देखाएका मध्ये एरोफ्लोटले भने सन् २००१ सम्म नेपाल उडान गथ्र्यो । त्यसपछि द्वन्द्वका कारण पर्यटन क्षेत्र धराशायी भएकाले कम्पनीले उडान स्थगित गरेको थियो । 'पर्यटक आगमनका कारण हवाई व्यवसाय फस्टाइरहेकाले फेरि चासो दिएको छ,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने 'तीन वटै कम्पनीलाई सेवा सञ्चालन गर्न दिन उच्च अधिकारीबीच छलफल भइरहेको छ ।'

नेपाल आउने पर्यटकसँगै वैदेशिक रोजगारका लागि नेपालीहरू बिदेसिन थालेपछि विमान कम्पनीको चासो थप बढेको हो । दैनिक करिब १ हजार युवा रोजगारीको अवसर खोज्दै बिदेसिने गरेका छन् । यत्तिकै हाराहारीमा काममा गएकाहरू फर्किने अनुमान सरकारको छ । यसैगरी १० लाख पर्यटकलाई स्वागत गर्ने गरी ल्याइएको पर्यटन वर्षले पनि नेपालतर्फको आकर्षण बढाएको छ । सन् २०११ को पहिलो ६ महिनामा २०१० को सोही अवधिको तुलनामा १९ दशमलव ३९ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीदेखि सेप्टेम्बरसम्म करिब ३ लाख ७० हजार पर्यटक हवाई मार्ग हँुदै नेपाल आएको तथ्यांक छ ।

श्रीलंकन एयरलाइन्सले भारतको दिल्ली हुँदै नेपालबाट उडान गर्ने योजना बनाएको आचार्यले बताए । एयरलाइन्सले सन् २००८ मा श्रीलंकाबाट दिल्ली हुँदै अन्य मुलुकमा सीधा उडान गर्ने पाँचौ स्वतन्त्रता अधिकार

-फिफ्थ पि|mडम) पाएको छ । त्यस्तै युएईबाट उडान गर्ने चासो देखाएको आरएके एयरवेजलाई अनुमति दिनुअघि दुई देेशबीचको हवाई सम्झौता परिमार्जन गर्नुपर्ने हुन्छ । हालको सम्झौता अनुसार दुई मुलुकबीच साताको २८ उडान गर्न पाउने व्यवस्था छ । यसअन्र्तगत एयर अरेयिबा, फ्लाई दुबई र इत्तिहाद एयरवेजले उडान गरिरहेका छन् ।

एयर अरेयिबा र फ्लाई दुबई साताको १४/१४ उडान गरिरहेका छन् । त्यस्तै इत्तिहादले दैनिक एक उडान गरिरहेको छ । सम्झौताअनुसार पाएको सिट क्षमता पहिले नै प्रयोग भइसकेकाले फ्लाई दुबईले सरकारले व्यवस्था गरेकेा 'टेम्पोररी अपरेटिङ परमिट -टप)' का आधारमा सात उडान गर्दै आएको छ । 'सरकारले पर्यटन वर्षलाई लक्षित गरी २०११ का लागि मात्र टप आधारमा उडान गर्न दिने हो,' आचार्यले भने, 'सम्झौताभन्दा बढी उडानका लागि परिमार्जन गरेर उडान गर्न पाउने सिट पि|mक्वेन्सी बढाउनुपर्छ ।' तर एयर अरेबियालाई पाँचौं स्वतन्त्रता अधिकार दिनेबारे भएको विवादका कारण सम्झौता परिमार्जन हुने/ नहुनेमा आशंका छ ।

अरेबियाले काठमाडौं हुँदै मलेसिया उडानका लागि यो अधिकार माग गरेकामा सरकारले स्वीकृति दिए पनि नेपाल वायु सेवा निगमको विरोधपछि

फिफ्थ पि|mडमको निर्णय रद्द गरिएको थियो ।


प्रकाशित मिति: २०६८ कार्तिक ३
कान्तिपुर

0 comments:

Post a Comment