This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sunday, July 1, 2012

वायुसेवा निगम : वर्ष ५५, जहाज २

सुशील भट्टराई, काठमाडौं, असार १७- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आकास छोएको ५५ वर्ष पुगेको छ। समकालीन हुन् वा पछिल्लो पटक सञ्चालनमा आएका, तीसँग दाँज्ने हो भने पनि निगमसँग अहिले कम्तीमा ५० ठूला जहाज हुनुपर्थ्यो। तर, विडम्बना अहिले यो जम्मा दुई 'थोत्रा' जहाजको भरमा अडेको छ। 

खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले सेवा सुरु गरेको डेढ दशकमा जहाज संख्या १ सय ९ पुर्‍याएको छ। अन्तर्राष्ट्रिय गन्तव्य १ सय १६ पुगेको छ। उसले ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यमा २ सय ५० भन्दा बढी जहाज खरिद अर्डरसमेत गरेको छ। 

निगमभन्दा दुई वर्षपछि उडान सुरु गरेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले हाल ९० जहाजबाट ३५ देशका ६० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। उसले ५७ जहाज अर्डर पनि गरेको छ। उता अफ्रिकाको गरिब राष्ट्र केन्याको सरकारी कम्पनी केन्या एयरवेजले एक दशकभित्र जहाज थपेर १ सय १५ पुर्‍याउने घोषणा गरिसकेको छ। 

यी सामान्य उदाहरणमात्र हुन्। आखिर निगम किन पछाडि पर्‍यो त?, निगम व्यवस्थापनको 'रेडिमेड' जवाफ- 'राजनीतिक हस्तक्षेप।' त्यसमाथि व्यवस्थापन सम्हालेर बसेका उच्च अधिकारीहरू आफैं लाचारी पोख्छन्, 'हुन त हो, हामीसँग अहिले कम्तीमा एक दर्जन ठूला जहाज हुनुपर्थ्यो, तर के मिलेन के मिलेन।'

साढे पाँच दशक लामो अवधिमा निगमले विगतमै भएका जहाजबाहेक नयाँ एउटा पनि किन्न सकेन भने भएका गन्तव्य पनि कटौती गर्दै पाँचमा ओर्लेको छ। योसँग अहिले अन्तर्राष्ट्रिय उडान गर्न जम्मा दुई जहाज छन्। अनि देशभित्र उडाउन पनि दुइटै। 
'हामीले अन्तर्राष्ट्रिय उडानमा नयाँ जहाज किन्न नसकेको २४ वर्ष भयो भने आन्तरिकका लागि २६ वर्ष,' निगमका प्रवक्ता सरोज कसजुले शनिबार नागरिकसँग भने, 'यो ठूलो विडम्बना हो। हामीले वर्षको एउटा वा नभए दुई वर्षमा एउटा र त्यो पनि नभए चार वर्षमा एउटा गरी अहिलेसम्म एक दर्जन ठूला जहाज किनेकै हुनुपर्थ्यो।'

जहाज किन्ने कुरा सार्वजनिक भयो कि सरकार, राजनीतिक दल, सर्वसाधारण सबैको चासो त्यसैमा हुने र जहाज ल्याउने कुरो त कता हो कता उल्टै 'अब कति कमिसन खाने हुन्' भन्ने विषयले प्राथमिकता पाउने गरेको गुनासो उनको छ। 

तीन वर्षअघि १० अर्ब रुपैयाँमा दुई ठूला जहाज किन्न सुरु गरेको प्रक्रिया सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत निकायको 'हस्तक्षेप' पछि रोकिन पुग्यो। ग्लोबल टेन्डरबाट युरोपेली जहाज निर्माता एयरबसलाई जहाज आपूर्तिको ठेक्का दिएका निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारीले जेलसमेत जानुपर्‍यो। कतैबाट सहयोग नभएको व्यवस्थापनको गुनासो अझै छ। 
एयरबसलाई साढे ५ करोड बैना पठाइसकेपछि जहाज खरिद प्रक्रिया रोकिएको थियो। बैना फिर्ता नहुने सम्झौता भए पनि अन्तिममा एयरबसले फिर्ता दिएको थियो। त्यसयता निगम व्यवस्थापनले जहाज किन्ने आँट गरेको छैन। साढे दुई दशकसम्म दुइटामात्र जहाज उडाउने र नयाँ एउटा पनि किन्न नसक्ने निगम सम्भवतः संसारकै पहिलो वायुसेवा हो।

'जहाज किन्न खोज्दा जेल जानुपर्ने बाध्यता आउँछ। यसरी त कर्मचारी हच्किन्छन्, अनि कसरी काम गर्ने?,' कसजुले भने, '१० अर्बको खरिदमा ५/६ करोड बैना पठाउनु ठूलो कुरो होइन। यो त दुई/तीन दिनको कमाइ हो। इमानदार भएर काम गर्दा पनि समस्या हुँदो रहेछ।'

व्यवस्थापन स्थिर नभएर पनि जहाज किन्न नसकिएको उनको भनाइ छ। 'कर्मचारीमात्र व्यवस्थापन होइनन्, सरकारले नियुक्त गर्ने सञ्चालक समिति पनि हो,' उनले भने, 'कर्मचारीले समितिको निर्देशन पालन गर्ने न हुन्।' भएका जहाज पनि पुरानो भएका भयै छन्। दुई/तीन दिनको फरकमा उड्ने दुइटा टि्वनअटर ४० वर्ष पुराना हुन् भने दुइटै बोइङ ७५७ पनि २५ वर्ष नाघिसके। 'हाम्रो जहाज मर्मत खर्च कूल आम्दानीको २३ प्रतिशत पुग्छ, अरू अन्तर्राष्ट्रिय वायुसेवाको बढीमा ८ प्रतिशत हुन्छ,' उनले भने, 'मर्मतमा खर्च गर्नुभन्दा नयाँ किन्नु नै वेश।'

'अरू देशका वायुसेवासँग दाँज्नुको अर्थ छैन, देश-देश पो दाँज्नुपर्छ,' कसजुले भने, 'हामी गरिब देश हौं, यहाँको राजनीतिक अवस्थादेखि निगमको अवस्था उस्तै छ, तर सबै निकायको सहयोग भए नयाँ जहाज पक्कै आउँछ।'

SUNDAY, 01 JULY 2012 09:34 नागरिक