This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Saturday, July 30, 2011

पर्यटन प्रवर्द्धन 'अर्को वर्ष' !

काठमाडौ, अषाढ ६ - सरकारी उदासीनताले 'असफल' बन्दै गएको पर्यटन वर्षका लागि विभिन्न देशमा गर्ने भनिएको अन्तर्राष्ट्रिय प्रवर्द्धन कार्यक्रमसमेत गर्न नसक्ने सम्भावना बढेको छ ।

यरोप र अमेरिकी 'कन्जुमर मार्केट' मा विज्ञापन दिन आह्वान गरिएको बोलपत्रमध्ये प्रस्तावित दुई कम्पनीका कागजातमा 'प्रक्रियागत त्रुटि भेटिएपछि अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने कि नगर्ने' भन्ने पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माको प्रतिक्रिया पछि अन्यौल बढेको हो । उनले 'हतारमा काम नगर्न' निजी क्षेत्रलाई सुझाइसकेका छन् । उनले शनिबार व्यवसायीसँगको छलफलमा 'अर्को वर्ष (२०१२) विभिन्न अभियानअन्तर्गत कन्जुमर मार्केटमा प्रवर्द्धन गर्न सकिने' भनाइ राखेका थिए ।

'ढिलो भए पनि राम्रो र नियमअनुसार काम गर्नुपर्छ,' उनले व्यवसायीलाई आश्वस्त पार्न खोजे ।

उनले अहिलेको बजेटमा थप गरी नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना बनाइने आश्वासन पनि दिएका थिए ।

उनले सुरुदेखि नै प्रवर्द्धनमा ढिलासुस्ती भइरहेको समेत स्वीकार गरे । 'प्रवर्द्धनको काम २०१० मा हुनुपर्ने थियो, बजेट ढिलाइलगायत अन्य समस्या उत्पन्न भए,' उनले भने, 'अहिले प्रक्रियामै त्रुटि भएकाले अन्योल छ ।'

भारत र चीनमा नेपाल प्रवर्द्धन गर्न त्यहाँका विभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने गरी १३ कम्पनीले प्रस्ताव गरेका थिए । त्यसमध्ये पाँच कम्पनी छनोटमा परे । छनोटमा परेकामध्ये पनि दुई कम्पनीले 'वित्तीय र प्राविधिक' प्रस्ताव छुट्टा छुट्टै बुझाउनुपर्नेमा एउटैमा पठाएको भेटिएको छ । यही कारणले सम्पूर्ण बोलपत्र प्रक्रिया खारेज गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

व्यवसायीले भने बाँकी रहेका र योग्य तीन कम्पनीमार्फत नै प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सकिने जिकिर गरेका छन् । खरिद ऐनअनुसार बोलपत्र आह्वान गरिसके पछि एक मात्र कम्पनी योग्य भए पनि उसैलाई दिनुपर्ने व्यवस्था छ । बोलपत्र पुनः आह्वान गर्न प्रस्तावित सबै कम्पनी अयोग्य हुनुपर्छ वा कुनै पक्ष कमजोर भएर प्रतिस्पर्धा हुन नसक्ने अवस्था भएमा मात्र पुनः आह्वान गर्न सकिने व्यवस्था छ । 'त्यसैले बाँकी रहेका कम्पनीमार्फत भए पनि प्रवर्द्धनका कार्यक्रम गर्नु उपयुक्त हुन्छ,' एक व्यवसायीले बताए ।

तर सरकारी अधिकारी भने यसलाई खारेज गर्ने पक्षमा छन् । 'हालको परिस्थितिमा प्रक्रिया अघि बढाउँदा सरकारकोतर्फबाट स्वीकृति नपाइने अवस्था हुन्छ,' पर्यटन वर्ष २०११ कार्यन्वयन समितिका एक सदस्यले भने, 'नयाँ प्रक्रिया थाल्दा कम्पनीमा तीन महिना लाग्छ, त्यसैले अन्तराष्ट्रिर्य प्रवर्द्धन हुन सक्ने सम्भावना कम छ ।'

पर्यटन वर्ष सचिवालयका सदस्य सचिव आदित्य बरालले भने समितिले फेरि प्रस्तावित कम्पनीको प्राविधिक र वित्तीय पक्ष अध्ययन गर्ने जानकारी दिए । 'मिलेसम्म अहिलेकै प्रक्रियामा अगाडि बढ्ने हो,' उनले भने, 'नभए प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ ।' केही दिनमा मूल समितिको बैठक बस्ने र ठोस निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि १३ करोड रुपैयाँ विनियोजन भएको छ । भारतका लागि पर्यटन वर्ष प्रवर्द्धन गर्न ५ करोड २५ लाख रुपैयाँ छुट्टयाएको छ । विभिन्न कारणले भारतमा मेदेखि सुरु गरिने भनिएको 'समर स्प्लेन्डर' प्रवर्द्धनात्मक कार्यक्रम हुन सकेन ।

त्यस्तै चीनका लागि जुन र जुलाई महिना लक्षित गरिएको थियो । 'यो कार्यक्रम पनि नहुने भयो,' सचिवालय सदस्यले भने । सरकारले चीनमा प्रवर्द्धनात्मक काम गर्न ३ करोड रुपैयाँ छुट्टयाएको छ । युरोप तथा अन्य 'कन्ज्युमर मार्केट' मा बिबिसी र सीएनएनलाई प्रवर्द्धनात्मक जिम्मा दिने तयारी समितिको छ । बोर्डले नियमित कार्यक्रमअन्तर्गत केही स्थानमा सञ्चालित मेलामा गरेको प्रचारप्रसार मात्र काफी नहुने भएकाले कन्ज्युमर बजारका लागि यस्तो प्रवद्धर्नात्मक योजना बनाएको हो ।
प्रकाशित मिति: २०६८ अषाढ ६ ०९:३४
kantipur

पर्यटक बढे पनि आम्दानी घट्यो

चालू आर्थिक वर्षमा पर्यटन क्षेत्रले करिब १ लाख बढी पाहुनालाई आतित्थ्य दिए पनि प्रतिपर्यटक आम्दानी घटेको छ ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६६/६७ को तुलनामा चालू आवमा पर्यटकबाट हुने आम्दानी झन्डै १० प्रतिशतले घटेको छ । पर्यटकबाट प्राप्त आम्दानीका आधारमा २०६७ पुस मसान्तसम्म भएको आय २४ करोड ९८ लाख ८८ हजार रुपैयाँ छ । २०६६ पुससम्म २७ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको थियो ।

२०६७ पुससम्म हवाई र स्थलमार्ग गरी ६ लाख २ हजार पर्यटक आएको सर्वेक्षणमा छ । सर्वेक्षणअनुसार डलर मूल्यमा आएको गिरावटका कारण पर्यटक बढी आए पनि आम्दानी थोरै भएको हो । अघिल्लो वर्षमा एक पर्यटकले दिनमा ६३ डलरको हाराहारीमा खर्च गर्ने गरेकामा चालू आबको पुससम्म आइपुग्दा यो खर्च ४६ डलरमा झरेको छ ।

यहाँ आउने विदेशी पाहुनाको बसाइ अवधि भने लक्ष्यभन्दा १ दिन बढेको उल्लेख छ । गत आर्थिक वर्षमा पर्यटकको बसाइ औसत ११ दशमलव ३२ दिन रहेकामा यसपालि ८ महिनासम्मको अवधिमा पर्यटकले १२ दिन बिताउने गरेको तथ्यांक सर्वेक्षणमा छ । पर्यटक आगमनको आधारमा आब २०६६/६७ मा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा नगण्य रूपमा बढेर २८ अर्ब १३ करोड ९० लाख पुगेको छ । आर्थिक वर्ष २०६७/६८ को पहिलो ६ महिनामा १३ अर्ब ५१ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

२०६७ पुससम्म पर्यटन क्षेत्रबाट प्राप्त रोजगारी भने सकारात्मक छ । २०६६ पुससम्म ९० हजारले रोजगारी पाएकामा एक वर्षको अवधिमा बढेर १ लाख १० हजार पुगेको छ ।

चालू आवमा पर्यटन क्षेत्रका महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत पर्यटन वर्ष २०११, निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, पर्यटन क्षेत्रबाट प्राप्त आय ग्रामीण क्षेत्रसम्म पुर्‍याउने, पर्यटकलाई थप बास तथा आतिथ्य उपलब्ध गराउने, स्वरोजगार वृद्धि गर्ने उद्देश्यअनुरूप होमस्टे स्थापना तथा सञ्चालनलाई व्यवस्थित गर्न होमस्टे सञ्चालन कार्यविधि, २०६७ लागू र निजामती कर्मचारीको सगरमाथा आरोहण रहे ।

त्यस्तै गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाउने र लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण र व्यवस्थापन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न एसियाली विकास बैंक र नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण तथा लुम्बिनी विकास कोषबीच सम्झौता सम्पन्न भएको छ । सन् २०१० देखि २०१५ सम्मको अवधि रहेको आयोजनाको कुल लागत ४ करोड ६० लाख ५० हजार अमेरिकी डलर रहेको छ ।
प्रकाशित मिति: २०६८ अषाढ २४ ०९:३१
kantipur

६ महिनामा साढे २ लाख पाहुना

सन् २०११ को पहिलो ६ महिनामा २ लाख ४५ हजारभन्दा बढी पर्यटकलाई नेपालले स्वागत गरेको छ । यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । गत वर्षको तुलनामा यो २५ प्रतिशतको वृद्धि हो ।



पर्यटक आगमनमा देखिएको यो वृद्धि कायम रहे यो वर्ष करिब ६ लाख पर्यटक नेपाल आउने देखिन्छ । तर यसले पर्यटन वर्ष २०११ को लक्ष्य भने पूरा हुँदैन । 'वृद्धि सन्तोषजनक हो तर सोचेअनुसार छैन,' नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का पूर्वअध्यक्ष रामकाजी कोनेले भने, 'पर्यटक आकर्षण गर्ने प्याकेज नै छैन ।' यस वर्ष १० लाख पाहुनाको स्वागत गर्ने लक्ष्य छ ।

गत वर्षको जुलाईदेखि डिसेम्बरसम्म २ लाख ५१ हजार ७ सय पर्यटक नेपाल आएका थिए । नयाँ गतिविधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरी हवाईमार्गबाट ७ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य थियो । तर प्रवर्द्धन कार्यक्रमको अभावमा भएकाले प्रचारप्रसार हुन सकेन । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ भने लक्ष्यको हाराहारी पुग्ने भएकाले हतास भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । '२०११ को लहरले केही मात्रामा भए पनि सहयोग पुर्‍यायो,' उनले भने ।

सरकारको सही समन्वय अभाव र निजी क्षेत्रले नयाँ तथा आकर्षक प्याकेजलाई बिक्री गर्न नसक्दा लक्ष्य पूरा नहुने अवस्था उत्पन्न भएको पर्यटन वर्ष सचिवालयका राष्ट्रिय संयोजक योगेन्द्र शाक्य स्विकार्छन् ।

प्रकाशित मिति: २०६८ अषाढ १८ ०९:४०

kantipur

पर्यटनमा ७ चेली (२०६८ श्रावण १४)

दुई वर्षअघि गोरखाको बारपाकलाई पर्यटकीय गन्तव्य बनाउने कुरा चल्दा गाउँलेहरू ँहुँदैन विकृति फैलिन्छ’ भन्थे । त्यही गाउँमा जन्मे/हुर्केका ७ युवतीको अग्रसरताले पर्यटकलाई विकृति भन्ने गाउँले आज पर्यटकलाई देवता मान्न थालेका छन् । यसै विषयमा कान्तिपुर संवाददाता कृष्ण आचार्य लेख्छन्-

सात युवतीले पर्यटकीय विकासको विषयमा अभिमुखीकरण र चेतनामूलक कार्यक्रम गरेपछि स्थानीयवासीको सोचमा परिवर्तन आयो । यहाँको घले समुदायका सात युवती संगठित भई काम गरेको वर्ष दिनमै गाउँमा होम स्टे सेवा सुरु भयो । पर्यटकीय विकासका विषयमा दर्जनांै तालिम, गोष्ठी सञ्चालन गरिसके ।

बारपाकलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि उनीहरूले गाउँको वृत्तचित्र निर्माण गरे अनि वेबसाइड पनि बनाए । ग्रामीण क्षेत्रको पर्यटकीय गन्तव्य बारपाक भनेर प्रचार गरेको एक वर्षमा पाँच सयभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटकलाई समेत भित्र्याउन सफल भइसकेका छन् ।

'पढेलेखेका युवायुवतीको ठूलो जमात विदेश र नेपालका ठूला सहरमा छरिएका छन्,' समूहकी अगुवा दलकुमारी घलेले भनिन््, 'पर्यटकीय सम्भावना बोकेको गाउँलाई विकास गर्न पहिले अलि गाह्रो पर्‍यो । अहिले सबैले बुझिसकेका छन् ।' पर्यटनसम्बन्धी काम गर्न उनीहरूले एडभेन्चर ग्रामीण विकास कार्यक्रम नेपाल-७ नामक संस्था दुई वर्षअघि खोलेका हुन् । उक्त संस्थाबाट उनीहरूले काम गरिरहेका छन् । संस्था पनि विदेशी दातृ निकाय नभई जागिरदार/विदेशिएका गाउँले र विकासे कार्यालयले गरेको सहयोगको भरमा चलाइरहेका छन् । समूहको अध्यक्षमा दलकुमारी, उपाध्यक्ष पुष्पा घले, सचिव भीमकुमारी घले, सहसचिव धनकुमारी घले, कोषाध्यक्षमा मञ्जु घले र सदस्यमा खेममाया घले र पूणिर्मा घले छन् । जसमध्ये पूणिर्मा अध्ययन सँगसँगै स्थानीय जनकल्याण प्राथमिक विद्यालयकी शिक्षिका हुन् । अन्य सबै गाउँको विकासमा लागि परेका छन् । सातमध्ये दलकुमारी, पुष्पा र धनकुमारी विवाहित हुन् । विकासका लागि लागिपरेका उनीहरूले वृत्तचित्र निर्माण, गाउँनजिकै पर्यटकीय गन्तव्यहरूमा मेलाको आयोजाना, पदयात्राका लागि प्याकेजका कार्यक्रम, देशका विभिन्न सहरमा गाउँको विशेषता जनाउने होर्डिङ बोर्ड निर्माण र सरसफाइ अभियान सञ्चालन गरेका छन् ।

गाउँका युवाहरू वैदेशिक रोजगार र लाहुरे बन्न विदेशिएका छन् । गाउँको विकास नहुनुको मुख्य कारण यही भएको महसुस गरेर उनीहरूले कामको सुरुवात गरे,' घलेले भनिन्, 'दुई वर्षमा उनीहरूको अगुवाइमा भएको कामले गाउँलाई निकै फाइदा पुगिसकेको छ ।'

विकासको संयोजनकारी भूमिका उनीहरूको अगुवाइमा भएको हो । उनीहरूले कामको भागबन्डा गरी टे्रकिङ, होम स्टे, ब्युटिसियन र विदेशी भाषाहरूको अध्ययन पनि गरेका छन् । जसमध्ये अध्यक्ष र सचिव भीमकुमारी घलेले काठमाडांैमा अंग्रेजी र प|mन्सेली भाषा सिकिसकेका छन् । 'भविष्यमा ट्रेकिङ गाइड हुने उद्देश्य छ,' उनले भनिन् । उनीहरूले तरकारी खेती गर्ने, पर्यटकलाई स्वागत गर्ने, मनोरञ्जन दिन र घुमाउनका लागि समूह-समूह विभाजनसमेत गरेका छन् । बारपाक पुग्नेलाई महिला समूहले पर्यटकलाई बारपाकको सुरुवातको गेटबाट बाजा बजाएर स्वागत गर्छन्, युवा समूहले रातको समयमा सांस्कृतिक कार्यक्रम देखाई पर्यटकलाई मनोरञ्जनको साथसाथै स्थानीय कला संस्कृतिको प्रचारप्रसार गरेका छन् ।

भिजिट नेपालको अवसरमा भएका विभिन्न ठाउँका कार्यक्रममा समेत उनीहरू सहभागी भएर गाउँको प्रचारसमेत गरिरहेका छन् । उच्च शिक्षा अध्ययन गरिसकेका सातै युवती २२ नाघिसकेका छन् । घले तथा गुरुङ जातिका युवायुवतीमा गाउँमा मात्र विवाह गर्ने चलन छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा बुद्ध हिमालको काखमा अवस्थित छ । यो दोस्रो विश्वयुद्धमा विश्वविख्यात पदक भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ हो । सात युवतीले काम सुरु गरेको दुई वर्षभित्रमा सडक, सञ्चार, इमेल, इन्टरनेट जस्ता आधारभूत विकास निर्माणका कामसमेत भएका छन् ।


Source : Kantipur

Thursday, July 28, 2011

तराईमा पर्यटन व्यवसायको सम्भावना (२७ डिसेम्बर २०१०)

देशको आर्थिक स्तर सुधार गर्न पर्यटन व्यवसाय प्रमुख आधारका रूपमा सावित भएको छ । नेपालको पोखरासहित अन्नपूर्ण क्षेत्र, सोलुखुम्बुसहितको सगरमाथा क्षेत्रलगायत भारतका सिक्किम, दार्जीलिङ, कस्मिर, मनालीलगायतका पहाडी क्षेत्रमा पर्यटन व्यवसायको अत्यधिक विकास भएको छ । पहाडका धेरै यस्ता क्षेत्र छन्, जसले पर्यटनका कारण आर्थिक, सामाजिक तथा राजनीतिक विकास गर्न अवसर पाएका छन् । तराई–मधेसमा आर्थिक विकास गति लिन नसक्नुमा अनेकौं कारणमध्येको एउटा पर्यटन व्यवसायको अभावलाई पनि मान्न सकिन्छ । तराईमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना भए पनि तिनको प्रवद्र्धन, व्यवस्थापनमा ध्यान दिन सकिएको छैन । तराईको चितवन, कपिलवस्तु, बारा, पर्सा, रौटहट, सर्लाही, धनुषा, सुनसरीलगायत जिल्लामा पर्यटन व्यवसायका लागि प्रशस्त सम्भावना छन्, तर चितवन र कपिलवस्तुबाहेक अन्त पर्यटन विकास हुन सकेको छैन ।

तराईको धरातल, कला–संस्कृति, जातीय सम्मिश्रण, पुरातात्विक मठ–मन्दिर, तराईको कृषि, चारकोसे झाडी, संरक्षित वन्यजन्तु आरक्षसहितका वन जंगल, हावापानी, भाषा, संस्कृति, वेशभूषालगायतले पर्यटकीय सम्भावना बोकेका छन् । देशभरिको तराई क्षेत्रमा पर्यटकलाई लोभ्याउने गन्तव्य छ, तर यिनको पहिचान गर्न हामी चुकेका छौं । तराईमै रहेका विभिन्न वन्यजन्तु आरक्ष तथा सीमसार र रामसार क्षेत्रहरूलाई काठमाडौंका पर्यटन क्षेत्रका नीति–निर्माताहरूले कहिले पनि पर्यटन गन्तव्य ठानेनन् । आफ्ना र आफ्ना नातेदारका होटल र रिसोर्टहरू रहेका ठाउँलाई गन्तव्य सूचीमा राखेर प्रवद्र्धन गर्नेहरूले बारा–पर्साको आरक्ष, कोसीटप्पुको आरक्ष वा तराईका अन्य गन्तव्यलाई कहिल्यै ध्यान दिएनन्, जसका कारणले पर्याप्त सम्भावना हुँदाहुँदै पनि तराईको पर्यटन जहिले पनि उपेक्षित हुन पुग्यो । यही उपेक्षाकै कारण वीरगन्जजस्तो नेपालको प्रवेशद्वार मानिएको नगरीमा पर्यटन बस्ने राम्रा ठूला होटलहरू हुँदा पनि कहिले पनि पर्यटनको आवागमन भएको पाइन्न । यस्तै उपेक्षमा जनकपुर पनि परेको छ ।

जनकपुरमा पर्यटन आकर्षण गर्ने सम्भावना बोकेको मात्र छैन, रेलसेवा र हवाई यतायात सेवाले पनि सम्भावना छ तर अव्यवस्थित सहर, फोहोर, पर्यटकीय संरचनाको संरक्षण अभाव व्यापक छ । सरकारले बेवास्ता त गरेकै छ, स्थानीय स्तरबाट पनि भरपर्दो पहल नभएकै भन्न सकिन्छ ।

देश संघीयतामा गइसकेको अहिलेको अवस्थामा तराईमा रहेका पर्यटकीय सम्भावनाहरूलाई समान रूपमा विकास गर्नुपर्ने खाँचो छ । तराई–मधेसको पर्यटकीय सम्भावनालाई आर्थिक स्रोत बनाउन अपरिहार्य भए पनि सरकार र स्थानीय स्तरमा व्यापक उदासीनता देखिएको छ । सरकारले गरेन भनेर दोष देखाउने मात्र होइन, स्थानीयवासी आफूले पनि सक्दो योगदान गर्नैपर्छ । पर्यटक ल्याएर आर्थिक–सामाजिक विकास हुने कुरालाई तराई–मधेसका स्थानीयवासीहरूले कहिले पनि महसुस नै गर्न सकेनन् । यसमा तराईका बौद्धिक र जागरूक मानिने समुदायको सबैभन्दा ठूलो कमजोरी देखिएको छ । तराई–मधेसका कतिपय पर्यटकीय स्थलका भौतिक सामग्री अतिक्रमण गर्ने, विनाश गर्ने, निजी फाइदामा प्रयोग गर्ने, तराईको मुख्य विशेषता मानिएका घना जंगलमात्र विनाश गरेर नपुगी, व्यक्तिगत र सामूहिक फलफूलका बगैंचा (कामतहरू), सामुदायिक पोखरीलगायत प्राकृतिक सीमासार क्षेत्र नष्ट गर्ने कार्य हुँदै आएको छ ।

यसैगरी पर्यटन विकासनिम्ति राज्यद्वारा विनियोजित भएका बजेट दुरुपयोग नहोस्, विकासमा उपयोग होस् भन्नेतर्फ पनि चनाखो हुनु अति आवश्यक छ, अझ जिल्ला विकास समिति, नगरपालिकालगायतका स्थानीय निकायलाई दबाब दिएर जिल्लाका पर्यटकीय गन्तव्यमा आवश्यक पूर्वाधारका लागि बजेट छुट्याउन लगाउनुपर्छ । राज्यबाट सहयोग आवश्यक रहेको स्थानमा स्थानीय स्तरबाट दबाब दिनैपर्ने हुन्छ । भौतिक पूर्वाधारलाई स्थानीय सहयोगले पनि विकास गर्न सकिन्छ, जस्तै रौतहटको नुनथरको विकासमा सरकारको खासै लगानी नभए पनि स्थानीय जनताको प्रयासमा पर्यटकीय बनाउन सफल छन् । पहाडका पनि थुप्रै यस्ता स्थान छन् जहाँ स्थानीय प्रयास हेरेर सरकार र दातृ निकाय सहयोग गर्न बाध्य भएका छन् । सरकारबाट पाएको सहयोगको पूर्ण सदुपयोग गर्नुका साथै अपुग आफैं थप्ने गरेका पनि कैयांै दृष्टान्त छन् । पहाडी क्षेत्रमा पर्यटकीय विकास हुनुमा सरकारको मात्र पहलको भूमिका छैन, स्थानीयवासीहरूको आफ्नै जागरूकताले पनि भूमिका खेलेको छ । पर्यटक लुट्ने–कुट्ने त कुरै छोडांै, देवता सम्झेर सम्मान गर्छन् । तराईमा यस्तो मानसिकताको सर्वथा अभाव छ । यस कारणले पनि तराई–मधेसका विकास काममा आर्थिक अनियमितता अत्यधिक भएका छन् । मधेसमा बढ्दो अपराध–हिंसा, फोहोरलगायतले पर्यटक अनाकर्षण हुने सम्भावना छ । यस्ता कार्य पनि स्थानीय स्तरबाट सुधार गर्नु अत्यावश्यक छ ।

पर्यटकहरू आएकै कारण पहाड तथा हिमालका कैयौं गाउँमा ठूलठूला विद्यालय, अस्पताललगायतका सेवाहरू विदेशीहरूको सहयोगमा बनिरहेका छन्, तर तराई–मधेसमा यस्तो सहयोग आएकै छैन । पहाडको दुर्गम गाउँमा पर्यटन व्यवसायले नागरिकको अवस्था सुध्रँदो छ, तर मधेसमा स्थिति बिग्रँदो छ । मधेसको जनशक्ति विदेशी मुद्रा आर्जन गर्नुभन्दा नियमित जीवनयापनमै बढी केन्द्रित भएका छन् ।

धन्न यसपटक मधेस क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी पर्यटन मन्त्री भएकाले उनले बजेटमा तराईको पर्यटनका लागि केही रकम विनियोजन गराउन सफल भएका छन् भने केही रामसार र सीमसार क्षेत्रलाई पर्यटन गन्तव्य घोषणा गराएका छन्, तर जनकपुरबाहेक अन्य कुरालाई त्यति ध्यान दिइएको छैन । पर्यटन मन्त्रालयले तराई पर्यटनको नारालाई साथर्कता दिनका लागि विशेष रणनीति बनाउने भनिए पनि आजका मितिसम्म त्यसबारे केही पनि ठोस कार्यक्रम आएको छैन । पहाडका थुपै्र ठाउँमा ‘होम–स्टे’ का पूर्वाधार बनाइए पनि तराई–मधेसका गन्तव्यमा किन यस्तो यस्तो विकास गर्न सकिएन भन्ने प्रश्नको एउटै उत्तर फेला पर्छ, त्यो हो— स्थानीय तहकै निष्क्रियता ।

Source : Karobar

खप्तड क्षेत्र (१-१५ चैत २०६७)

पर्यटकीय गन्तव्य सम्बन्धी सामग्री तयार गर्न आयोजित परामर्श बैठकमा उपस्थित पर्यटन व्यवसायी, फोटोग्राफर, नेपाली भूगोलका जानकार सबैको एउटै धारणा थियो, “नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन्।” उसो भए १५ गन्तव्य मात्र किन? तर यो शीर्षक चयन गरेर नेपालका घुमघाम गर्ने ठाउँहरूलाई सीमित पार्न खोजिएको होइन। बरु, नेपालका चर्चित केही गन्तव्यहरूका अतिरिक्त पनि घुमघाम गर्न सकिने कैयन् ठाउँहरू छन् भन्ने दर्शाउन खोजिएको हो। घुमघामका दृष्टिले नेपाल साँच्चै विशाल छ। हिमाल, पहाड, तराई नेपाल जहाँ पनि सुन्दर, मनमोहक र दर्शनीय छ।

संसारभरका मानिस भन्छन्, प्राकृतिक सौन्दर्य अवलोकनका निम्ति नेपाल उल्लेखनीय गन्तव्य हो। तर गन्तव्य छनौटका सम्बन्धमा नेपाली र विदेशीहरूको रुचिमा केही न केही अन्तर देखिँदै आएको छ। हिमाल ले भने गन्तव्यहरूको छनौट मूलतः आन्तरिक पर्यटनका सम्भावनालाई ध्यानमा राखेर गरेको छ।

नेपालका कतिपय पर्यटकीय स्थलहरू कठिन छन् भने कैयन् गन्तव्यमा गाडी चढेर सहजै पुग्न सकिन्छ। संस्कृति, इतिहास र प्राकृतिक सौन्दर्यको सङ्गम बनेका कठिन र सुगम दुवै प्रकारका गन्तव्यलाई हिमाल ले समेट्न खोजेको छ।
१५ गन्तव्य छनौटका क्रममा महत्वपूर्ण परामर्श दिएकोमा डा. तीर्थबहादुर श्रेष्ठ, दीपेन्द्रपुरुष ढकाल, योगी कायस्थ, जगदीश तिवारी, कृष्ण अर्याल, बसन्त थापा, सुनिल शर्मा, विक्रम पाण्डे र रविजङ्ग पाण्डेप्रति हिमाल खबरपत्रिका आभारी छ।

१. खप्तड क्षेत्र

भू-स्वर्ग

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

रामेश्वर बोहरा


रामेश्वर बोहरा
हिउँले ढपक्कै ढाकिएका खप्तडका डाँडाकाँडा र जङ्गल।

टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो। त्यसमाथि वरिपरि रङ्गीविरङ्गी फूल, मानौं आउनेको स्वागतमा कुनै छिर्केमिर्के कार्पेट 'च्छ्याइएको होस्! एकै छिनमा चर्को घाम, एकैछिनमा धमिलो बादल र सिमसिम पानी। अझ्ै कात्तिकदेखि फागुनको समय पर्‍यो भने त जतासुकै हिँउ, स्निग्ध पहाड। सेतै डाँडा, सेतै जङ्गल, फूल पनि सेतै, मैदान पनि सेतै।

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तड राष्ट्रिय निकुञ्जले वरिपरिबाट घेरा हालेको खप्तड क्षेत्रले बाजुरा, डोटी, बझाङ र अछाम गरी चार जिल्लालाई छुन्छ। नेपालका सबै डाँडामा कुनै न कुनै देवताको थान भेटिन्छ, खप्तडमा पनि नहुने कुरै भएन! जम्मु कश्मीरबाट ५३ वर्षअघि शिवनाथ डोग्रेको नाम लिएर खप्तड आएका फकिर खप्तड बाबाको नामले प्रसिद्ध मात्र भएनन्, खप्तडलाई पनि प्रसिद्ध बनाए। यहाँ वरपरका त्रिवेणीघाट, सहस्रलिङ्ग, बाबाकुटी, फिन्टेढुङ्गोलगायतका स्थानलाई धार्मिक महत्वका मानिन्छ। सामाजिक हिसाबले खप्तड क्षेत्रलाई नेपाली सभ्यताको विकास भएको स्थानका रूपमा पनि लिइन्छ।

पुग्ने कसरी?

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। ५/७ दिनको सिलगढी- खप्तड यात्रामा सामान्यतया रु.५,००० खर्च लाग्छ। सिलगढी पुग्नका लागि पूर्व-पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। अत्तरियाबाट सिलगढीको एकतर्फी बस भाडा ५५० पर्छ भने, नेपालगञ्जबाट १,००० पर्छ। अथवा नेपालगञ्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ। तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। सिलगढी- साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ।

प्रवेशः सिलगढी (डोटी)
यातायातः गाडी/पैदल/हवाईजहाज
बासः निकुञ्ज गेष्ट हाउस, होटल, क्याम्प
अवधिः ५―७ दिन
आकर्षणः प्राकृतिक सौन्दर्य, हिउँको वर्षा
उपयुक्त मौसमः जेठ-साउन र असोज-मङ्सिर
खर्चः रु.६०००-रु.८००० (हवाईभाडा बाहेक)
उचाइः ३५०० मिटर
सिलगढीबाट शुरु हुन्छ, पैदल यात्रा। पहिलो दिन बगलेकमा दिउँसोको खाना, झिग्रानामा बास। दोस्रो दिन विसपानीमा खाना खाएर हिँडियो भने खप्तड राष्ट्रिय निकुञ्जको गेष्टहाउसमा बास बस्न पुग्न सकिन्छ। तेस्रो दिनबाट शुरु हुन्छ खप्तड घुमाइ। खप्तड बाबाको कुटी, घोडादौड पाटन, नागढुङ्गा क्षेत्र, बल्दजोडी (भ्युटावर), सहस्रलिङ्ग, गणेश पाटन, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सीतापाइला, छिन्तेढुङ्गो खप्तडका घुम्ने ठाउँ हुन्। यी ठाउँ तीन दिनमा घुम्न सकिन्छ। तर, हरेक दिन वास बस्न निकुञ्जकै गेष्टहाउस फर्कनुपर्छ। यदि तपाई अझ्ै बढी घुम्न चाहनुहुन्छ भने त्रिवेणी खोलाको तीरैतीर हिँडेर भेलछड्डो (सुन्दर छहरा) पुगेर बास बस्न र त्यहाँबाट साइलहुँदै बसमा दिपायल फर्कन सकिन्छ।

पर्याप्त समय छ भने, खप्तडबाट दुई दिनको हिँडाइमा बझाङको सुरमा सरोवर, सुन्दर ताल, अछामको रामारोशन, बाजुराको बडीमालिका वा डोटीको बडीकेदार पनि पुग्न सकिन्छ। खप्तडको घुमघाम सकेर अछामको साँफेबगर निस्किएर पनि फर्किन सकिन्छ। खप्तडलाई नै लक्षित गरी काठमाडौं-दिपायल-साँफेबगर हवाई उडान शुरु गर्ने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिका निर्देशक यमबहादुर बमले बताए।

गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो। यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। हिउँको जङ्गलको सफरमा निक्लिँदा बाक्ला लुगा, पञ्जा चाहिन्छ भनेर त सम्झाउन नपर्ला!

Source : Himal Khabar

त्यो झोँछे, यो झोँछे त्यो ठमेल, यो ठमेल (२०६८ श्रावण ८)

समयसँगै बदलिए यी पर्यटकपि्रय ठाउँहरू

न्यु रोड हुँदै वसन्तपुर दरबार छिरेपछि दक्षिणपट्टी लाग्ने पहिलो गल्ली झोँछेमा अहिले त्यति धेरै चहलपहल देखिँदैन। अझ महानगरपालिकाले गल्लीको मुखमै काँडेतारले छेकेको छ। त्यसमाथि बाटो नै छेकिने गरी मोटरसाइकल पार्क गरँिदा मानिसहरूलाई 'त्यता पनि घुम्ने ठाउँ छ र ?' भन्ने लाग्न सक्छ। अव्यवस्था, साँघुरो गल्ली र चमकदमकपूर्ण दृश्य-परदिृश्यको उभार नदेखिने झोँछे यस्तो अभागी स्थान हो, जसले बितेको ४० वर्षमा आफ्नो साख र सौन्दर्य गुमाउनु पर्‍यो।

कुनै बेला 'फ्रिक स्िट्रट'का नामले चिनिने गल्ली त्यही हो। उतिबेला झोँछे पर्यटकीय दृष्टिले नेपालकै व्यस्त ठाउँ थियो। सन् '६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रम सुरु भएपछि विस्तारै बाह्य पर्यटकहरू भित्रिन सुरु गरेका थिए। नेपालमा त परै जाओस्, राजधानी काठमाडौँमा समेत विदेशी पर्यटक राख्ने पूर्वाधार तयार भइसकेका थिएनन्। झोँछे काठमाडौँको अलिक व्यवस्थित ठाउँ भएकाले पर्यटकहरूको आँखामा पर्‍यो।

"ठमेल, दरबारमार्गजस्ता अहिलेका चर्चित पर्यटकीय ठाउँहरू त त्यसबेला यस्ता कहाँ थिए र ?," झोँछेस्थित सेन्चुरी लजका प्रमुख सुमन श्रेष्ठ, ५८, भन्छन्, "दरबार स्क्वायर वरपरको मरुहिटी, लगनचोक, मरुहिटी, झोँछे त्यसबेलाका मुख्य ठाउँ हुन्।" अरूको तुलनामा झोँछेले केही बढी पूर्वाधार विकास गरेको हुनाले यही नै चर्चित भयो। सुमन स्वयंले सन् १९७२ मा झोँछेमा लज खोलेका थिए, जतिखेर नेपालमा हिप्पी पर्यटन उत्कर्षमा थियो। पश्चिमा जगत्मा बढिरहेको पुँजीवादी अर्थव्यवस्थाबाट विरक्तिएर धेरै युवा खुसी खोज्ने बहानामा नेपाल छिरेका हुन्थे। कतिपय त अमेरिका-भियतनाम युद्धविरोधीका रूपमा 'नो वार' अभियानका साथ भित्रिन्थे।

खुसी -ह्याप्पी) खोज्ने बहानामा आएका युरोपियन र अमेरकिीहरूलाई 'हिप्पी' भनेर बोलाउन थालिएको थियो। हिप्पीहरू स्वतन्त्र जीवनशैली रुचाउँथे। लटाधारी, च्यात्तिएका लुगाहरू, जुत्तै नलगाई हिँड्ने, संगीतका पारखी र गाँजा तान्न बढी रुचाउने स्वभावका हुन्थे, हिप्पीहरू। "त्यतिखेर त अहिले बजारमा तरकारी वा किराना पसलमा चकलेट बेचेजसरी गाँजाको व्यापार हुन्थ्यो," श्रेष्ठ सम्झन्छन्, "तर, विस्तारै गाँजाबाट हिरोइन, कोब्रा बाइटजस्ता नराम्रा विकृतिहरू फैलन थालेपछि केही समस्याहरू देखा परेका हुन्।" नत्र त्यसबेलाका पर्यटकहरू हिप्पी नै भए पनि अरूलाई त्यसरी दु:ख नै दिने नियतका नभएको उनको अनुभव छ।

हनुमानढोका आसपासमै अधिकांश सुटिङ् भएको सन् १९७१ को बलिउड चलचित्र हरे कृष्ण हरे राममा पनि हिप्पीज्म र सहजै गाँजा व्यापार हुने देखाइएको छ। हिप्पीहरू कोही पैसावाल पनि हुन्थे त कोही नेपाल सस्तो ठाउँ भएकाले घुम्न आएका हुन्थे। उनीहरू प्र्fकंदा आफूले ल्याएका सामानहरू सस्तोमै बेचेर जान्थे। नेपालको भिसा शुल्क त्यसबेला कम थियो, जसले गर्दा पर्यटकहरू लामो समयसम्म बस्थे। थापा सम्झन्छन्, "मेरोमा कति हिप्पीहरू एक वर्षसम्म पनि बसेका छन्।" चार/पाँच महिना बस्ने त धेरै हुन्थे। त्यसबेला काठमाडौँमा सबैभन्दा बढी होटलहरू झोँछेमै थिए। अहिले धेरै होटलहरू बन्द भइसकेका छन्। पर्यटकहरूलाई कोठामा धान्न नसकेर पिँडीमै समेत सुताउनुपर्ने अवस्था त्यसबेला झोँछेमा थियो।

अमेरिका, बेलायत, फ्रान्स, हल्यान्ड, जर्मनी र अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी हुन्थ्यो। उनीहरू झोँछेको गल्लीमा खुलमखुला गाँजा तान्दै हिँड्थे, जसले गर्दा झोँछेको मूल बाटोलाई 'फ्रिक स्िट्रट' नामकरण गरयिो। नेपालसम्बन्धी लेखिएका धेरै पुराना किताबमा यसको उल्लेख पाइन्छ। झोँछेको यो गल्ली अझै पनि विश्वभर चर्चित छ।

त्यसबेला हिप्पीहरू सस्तोमा विश्व घुम्थे। उनीहरू दायाँ हात वा त्यसको बूढी औँला देखाएर लिफ्ट माग्थे, सस्तो सार्वजनिक गाडी वा ट्रेनमा यात्रा गर्थे। पूर्वी युरोपबाट टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै काठमाडौँसम्म आइपुग्थेउनीहरू । बि्रटिस मोडलको 'डबलडेकर' बस त्यसैकारण काठमाडौँसम्म आइपुगेको थियो। जसको यात्रा लन्डनबाट भएर काठमाडौँमा अन्त्य हुन्थ्यो।

सन् १९६० तिरबाट सुरु भएको हिप्पीको लहर १९७० को मध्यसम्ममा हराएर गयो। नेपालीहरूलाई समेत असर गर्‍यो भनेर राजा वीरेन्द्रले हिप्पीहरूलाई प्रोत्साहन नगर्ने नीति सार्वजनिक गरे। काठमाडौँमा उनीहरूलाई पहिले जसरी लामो कपाल पालेर हिँड्न र खुला रूपमा गाँजा खान प्रतिबन्ध लगाइयो। तर, पर्यटन व्यवसायी कर्ण शाक्य हिप्पी टुरज्िमको अन्त्य हुनुलाई मात्र सरकारी नीतिको प्रभावकारतिा ठान्दैनन्। भन्छन्, "कुनै बानीबेहोरासँग जोडिएर आउने पर्यटनको प्रकृति लामो समयसम्म टिक्न सक्दैन।"

शाक्य झोँछेलाई ठमेलले विस्थापित गरेको भन्ने कुरासँग सहमत छैनन्। "त्यो हिप्पी टुरज्िम उर्लेर आएको व्यवसाय थियो, जुन स्वभावैले लामो समय टिक्ने कुरै हुँदैन," उनी थप्छन्, "तर, दिगो पर्यटन त प्रकृतिमा आधारति रहेर हुने पर्यटन हो। जसको सुरुवात ठमेलले गरेको थियो।" नेपालमा प्राकृतिक पर्यटनको विस्तार गर्न ठमेललाई आधार मानेर जंगल सफारी, ट्रेकिङ् र हिमाल चढ्नेजस्ता साहसिक पर्यटनको सुरुवात गरिएको थियो। त्यससँगै नेपाल आउने पर्यटकहरू काठमाडौँ बाहिर पनि घुम्न जान थाले, जसले नेपालका पर्यटकीय गन्तव्यलाई फराकिलो पार्दै लग्यो। त्यसैले शाक्य झाँेछेको लोकपि्रयता ठमेलले विस्थापित गरेर भन्दा पनि पयर्टनको बदलिँदो र विकसित रूपका कारण झोँछे हराउँदै गएको ठान्छन्। एक किलोमिटर क्षेत्रभित्र पर्यटकीय सेवामूलक होटल, पसल र एजेन्सीहरू जति ठमेलमा छन्, त्यसरी विश्वका कमै ठाउँमा पाइन्छन्।

अहिले ठमेलमा दुई सय जति गेस्टहाउस, १ सय ५० को संख्यामा रेस्टुराँ र दुई सयभन्दा बढी ट्राभल एन्ड ट्रेकिङ् एजेन्सीहरू छन्। दैनिक ३० हजार व्यक्तिहरू ठमेलको पर्यटन उद्योगमा प्रत्यक्ष रूपमा काम गर्छन्। "ठमेल यसरी विकास हुनुमा यसले पर्यटन उद्योगको मागलाई सम्बोधन गर्दै लैजानु हो," ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ, ४८, भन्छन्, "त्यसबाहेक यो नयाँ ठाउँ भएको हुँदा पर्याप्त फैलने अवसर पायो, जुन झोँछेमा सम्भव थिएन।"

तर, अहिलेको ठमेल निर्माणमा झोँछेको योगदान देख्छन्, साहित्यकार तथा लेखक अभि सुवेदी। भन्छन्, "ठमेलको सुरुवात हुनुमा पनि हिप्पीहरूकै योगदान छ। उनीहरू स्वयम्भू जान ठमेलकै बाटो प्रयोग गर्थे। त्यहाँ फूलमुन नाइट मनाउँथे। त्यसरी ठमेल विस्तारै विकास भएको थियो।"

अहिले नेपाल आउने अधिकांश पर्यटक कम्तीमा एकपटक ठमेल पुगेकै हुन्छन्। तेजेन्द्रनाथ श्रेष्ठ थप्छन्, "यो पर्यटकका लागि नेपाल छिर्ने ढोका भएको छ र सारा नेपालको पर्यटन उद्योगलाई धेरै हदसम्म ठमेलले जोडेको पनि छ।" तर, ठमेलको विकाससँगै यसमा केही विकृतिहरू पनि नदेखिएका होइनन्। ठमेल 'सेक्स टुरज्िम'को अखडा बनिरहेको समेत भन्ने गरिन्छ। अध्यक्ष श्रेष्ठ पनि यस कुरासँग पूर्ण रूपले सहमत भने छैनन्। उनको भनाइ छ, "जब व्यवसाय ठूलो हुँदै जान्छ, त्यसमा धेरथोर समस्याहरू देखिनु सामान्य कुरा हो।" विकृतिलाई पैसासँग मात्र जोडेर अगाडि बढ्दै गएको भए ठमेल पनि धेरै अघि झोँछेजस्तै हराएर जान सक्थ्यो।

यद्यपि, झाँेछेलाई विगतका नराम्रा कुराहरूसँग जोडेर अझै सोही कोणबाट मात्र हेर्न नहुने ठान्छन् झोँछे सामुदायिक टोल सुधार समितिका सचिव गणपतिलाल श्रेष्ठ। भन्छन्, "नेपालको पर्यटन उद्योगको यो एउटा जिउँदो इतिहास र वर्तमान पनि हो।" विगतमा परेको नराम्रो छाप हटाउन झोँछेमा अहिले श्रेष्ठजस्ता युवा गाँजा नियन्त्रणको अभियानमा छन्। भन्छन्, "त्यसैको छाप दिन पनि हामीले झोँछेको यो फ्रिक स्िट्रटलाई ओल्ड फ्रिक स्िट्रट नामकरण गरेका छौँ।"

त्यो ठमेल

जब झोँछे केन्द्रमा थियो, त्यतिबेला ठमेल दुर्गम टोल थियो । एक रोपनी जग्गा छ/सात हजारमै पाइन्थ्यो मेरो घरलाई कसरी लज बनाउने र त्यसलाई कसरी विकास गर्ने भन्ने योजना मेरो दिमागमा जहिल्यै पनि घुमिरहन्थ्यो । आखिर चञ्चले मन न हो । तर, त्यस्तो सुनसान ठाउँमा कहाँबाट पर्यटक आउनु ?

ठमेलका बाटाघाटा सुनसान लाग्थे । हाम्रो घरभित्र पस्ने बाटोको दायाँ-बायाँ खुला शौचालयजस्तो थियो । ठमेलका अधिकांश घरहरूमा शौचालयको व्यवस्था थिएन । साँझ पर्नासाथ मानिसहरू बाटोमा हिँडडुल गर्दैनथे ।

काठमाडौँ गेस्टहाउस खोलेको एक वर्षसम्म त चलेन नै । झाँेछेमा कोठा नपाएका अलिअलि हिप्पीहरू मात्र आउँथे । एयरपोर्टमा पर्यटकहरू लिन पठाउँदा पनि तिनै हिप्पीहरू नै आउँथे । म यसमा सधैँ चिन्तित रहन्थेँ । काठमाडौँ गेस्टहाउसलाई एउटा स्तरीय होटलका रूपमा सञ्चालन गर्न हिप्पीहरूभन्दा पनि बौद्धिक पर्यटकहरूको आवश्यकता थियो ।

(कर्ण शाक्यको पुस्तक सोचबाट)

त्यो झोँछे

नेपालको पर्यटनका लागि झोँछेको भविष्य धेरै छोटो थियो । त्यहाँका परम्परागत घरमा भेनिस्ताले छेकबार गरेका कोठाहरूमा लामका लाम खाटहरू राखी पर्यटकहरू फलामका काँटीझैँ सुत्थे ।

झोँछेबाट विष्णुमति झर्दा त्यसबेला गल्लीगल्लीमा सुँगुरहरू प्रशस्त हुन्थे र गल्लीको नाम नै 'पिग एल्ली' राखिएको हुन्थ्यो । त्यो वातावरण केही हदसम्म आफ्नै किसिमको थियो, अलि रमाइलो र अलिक भिन्न खालको पनि । पाश्चात्य जीवनशैलीब्ााट वाक्क भई लक्ष्यहीन भई भौँतारिएका युवकयुवतीका लागि त्यो ठाउँ वरदानजस्तै भयो ।

आफ्नो 'मनको शान्ति' ध्यान र योगको साधनाबाट प्राप्त गर्न नसकेपछि गाँजा र भाङको शरणमा पुगेका यी हिप्पीहरू झन्डै दस वर्षसम्म झाँेछेको वातावरणमै रमाए।
Source : nepal (Pradip Basyal)

'पर्यटन वर्ष सुरु गर्न कठिनाइ’(२०६६ माघ १९)

काठमाडौ, माघ १९ - पूर्वपर्यटनमन्त्री तथा माओवादी नेतृ हिसिला यमीले पर्यटन वर्ष २०११ का लागि बन्द, हडताल नगर्न लिखित प्रतिबद्धताका लागि गरिएको आग्रहलाई अस्वीकार गरेकी छन् ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष विभिन्न राजनीतिक दलको व्यावहारिक प्रतिबद्धताको अभावमा शुभारम्भ गर्न' नसकिने संयोजक समितिको भनाइ छ । पर्यटन वर्षको शुभारम्भका लागि फागुन १४ मा राखिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा संयोजक योगेन्द्र शाक्यले भने, 'सरकार र प्रतिपक्षी दलले कुनै पनि अवरोधका कार्यक्रम नगर्ने विश्वास दिलाउन नसके शुभारम्भ गर्नुको औचित्य छैन ।'

आर्थिक क्रान्तिको थालनी गर्नेभन्दा राज्य अझै राजनीतिक दाउपेचको दलदलमा फस्दै गएको उनको गुनासो छ । 'दस लाख पर्यटक आउलान्/नआउलान्,' उनले भने, 'तर ल्याउनका लागि प्रयास गर्नका लागि अनुकूल वातावरण पनि बनाउन सकेका छैनौं । सबै निजी क्षेत्र भन्छन्, राज्य चलाउनेका कारण हामी पनि थाकिसक्यौं ।'

यमीले बन्द/हडताल नै गर्दैनौं भनेर भन्नसक्ने अवस्था नरहेको बताइन् । 'रहर होइन बाध्यतावश यस्ता गतिविधि गर्नुपरेको छ,' केही दिनभित्र पुनः संघर्षका कार्यक्रम सार्वजनिक हुने जानकारी दिँदै उनले थपिन्, 'बन्द, हडताल नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि हुन्छ/हुँदैन भन्न सक्दिनँ,' उनले पार्टीका अध्यक्ष र शीर्षस्थ नेतासँग छलफलपछि त्यसबारे जानकारी गराउने बताइन् ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि आन्दोलनका कार्यक्रमले पर्यटकीय गतिविधिलाई प्रभाव नपार्ने र आवागमन पनि सहज हुने आश्वासन भने दिएका छन् । तर कुनै निश्चित वर्गलाई अवरोध हुन्छ, पर्यटकलाई हुँदैन भनेर उनीहरूले विश्वास गर्न सक्ने अवस्था भने छैन । समाचारद्वारा बन्द, हडतालमा भएका बाटो अवरोध, आगजनीलगायतका घटनाहरू विश्वभरि नै सम्प्रेषण भइरहेका अवस्थामा ससाना गतिविधिले सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको देखिन्छ ।

२०११ का लागि पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनात्मक कार्यक्रम लैजाने योजना रहे पनि प्रतिबद्धता नआएको र अवरोधका घटना प्रशस्त भइरहेकाले हाल निष्त्रिmय छ । 'के भनेर यहाँ घुम्न आऊ भन्ने ?' शाक्यले भने, 'पूर्ण विश्वासका साथ शान्तिपूर्ण वातावरणमा निश्चिन्त भएर घुम्न पाउँछौ भन्न सक्दैनौं ।' आउन सक्ने पर्यटकले नेपालबारे प्रश्न गर्दा ढुक्कसाथ कुनै समस्या छैन भन्न सक्ने अवस्था बनाउन पनि दलको लिखित प्रतिबद्धता सहायक हुने शाक्यको भनाइ छ । 'प्रतिबद्धता देखाएर प्रवर्द्धन गर्न सजिलो हुनेछ,' उनले भने ।

पर्यटन विकासका लागि शान्ति स्थापना हुनु जरुरी रहेको यमीले बताइन् । 'त्यसका लागि नेपाली र माओवादी सेना समायोजन हुनैपर्छ,' उनले थपिन्, 'त्यो नहुँदासम्म संघर्षका कार्यक्रम रोकिँदैन ।'

उनले भौगोलिक, सांस्कृतिक परिवेशका साथै राजनीतिक गतिविधिलाई पनि पर्यटनका लागि प्रयोग गर्न सकिनेमा जोड दिइन् । 'माओवादी आधार शिविर र संविधानसभालाई संग्रहालयका रूपमा पर्यटकका लागि आकषिर्त गर्न सकिन्छ,' उनले भनिन् ।

राजनीतिक दलका नेता र पद ओगटेकाले गैरजिम्मेवार कुरा गर्न नहुने पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले बताए । 'हलो अड्काएर, गोरु चुट्ने,' उनले भने, 'यसले नेताहरूको कमजोरी दर्साउँछ ।' अहिले सरकार र पार्टीका शीर्षस्थहरूमा निर्णय गर्न सक्ने शक्ति नरहेको उनको भनाइ छ ।

अधिकांश पर्यटन व्यवसायीले पनि पहिले आफ्नो व्यवसाय हेर्ने, पछि मात्र देशबारे सोच्ने भएकाले समस्या आएको आरोप लगाए ।

Source : Kantipur

नेपालमै पहिलो कृषि पर्यटन सुरु (२०६७ जेष्ठ १८)

स्याङ्जा, जेष्ठ १८ - जिल्लामा नेपालकै पहिलो कृषि पर्यटन सुरु भएको छ । जगतभञ्ज्याङ, सिर्सेकोट, माझकोट र जगत्रदेविमा कृषि पर्यटन सुरु भएको पित्लेक ग्रामिण कृषि पर्यटन विकास समितीका अध्यक्ष गोविन्द गुरुङले बताए । उनले भने 'हामी कृषि पर्यटनको लागी तयार छौ ।'

कृषि पर्यटनका लागि कृषि अनुसन्धान, अवलोकन स्थान, गोलभेडा देखाउने लगाएतका चिजलाई महत्व दिईएको छ । कृषि उत्पादनलाई महत्व दिने उद्धेश्यले सुरु गरीएको कृषि पर्यटनको लागी चार गाविसमा होम स्टेको समेत व्यवस्था गरीएको छ । एउटा घरमा दुई देखि पाँच जनासम्म राख्नको लागी पुर्वाधार तयार गरेको गुरुङले बताए । ति पुर्वाधार पुगेका घरका एक जना मानिसलाई होम स्टे तालिम पनि दिईएको छ । ४० जनालाई दिईएको उक्त तालिममा भान्सा व्यव्स्थापन, सर्भिस व्यव्स्थापन, होम स्टे व्यवस्थापन संम्बन्धि तालिम दिएको प्रशिक्षक रमेश गुरुङले बताए ।

यी गाँउ कृषि उत्पादन र व्यवसायिक तरकारी खेतीमा नेपालकै उतकृष्ट मध्येमा पर्छन् । देशमै कृषि उत्पादनको लागी नमुना क्षेत्र भएको कारण यि गाविस नमुना कृषि पर्यटन बन्ने जिल्ला पर्यटन विकास समितीका उपाध्यक्ष अनन्त श्रेष्ठले बताए । उनले भने 'यहाँ उत्पादनलाई नयाँ प्रविधि प्रयोग गरीएको छ ।' चार गाविसमा कृषिसँगै कला संस्कृतीको प्रचुरता भएको जगतभञ्ज्याङको पित्लेकमा सोलारबाट पानि तानेर तरकारी खेती गर्ने, व्यक्तिगत तरकारी खेती गरेर सामुहिक विकि्र गर्ने र कफीको लागी नमुना क्षेत्र बनाउन लागिएको कारण कृषिलाई अगाडि ल्याएर पर्यटनलाई मुलधारमा ल्याउन सकिने श्रेष्ठले बताए । अहिलेसम्म जगतभञ्ज्याङमा २५ जिल्लाभन्दा बढिका मानिसले कृषि उत्पादन अवलोकन गरेका छन् ।


Souce : Basanti Bastola, Kantipur

पर्यटन वर्ष सफल पार्न जापानमा बस्ने नेपालीहरुद्वारा प्रतिवद्धता (२०६७ कार्तिक ३०)

टोकियो (जापान), कार्तिक ३० - पर्यटन बर्ष २०११ लाई सफल पार्न जापानमा बस्ने नेपालीहरुले जनाएका छन् । टोकियोमा आयोजित एक अन्तर्क्रियामा एनआरएनलगायत विभिन्न संघसंस्था, व्यवसायीलगायतले १० बुँदे प्रतिबद्धता जनाएका हुन् ।

एबीसी टेलिभिजन र समुद्रपारि डट कमले आयोजना गरेको कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केसीले नेपाललाई समुन्नत बनाउने अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरे । उनले पर्यटन वर्ष सफल पार्न बिश्वभरिका नेपालीहरुलाई सहयोग गर्नका लागि आधिकारिक आव्हान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरुले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका नगरहरुमा आवश्यक भौतिक पूर्वाधारको उचित ब्यवस्थापन गरिनुपर्ने, शान्ति सुरक्षाको ग्यारेन्टी गरिनुकासाथै फोहोरमैलाको उचित ब्यवस्थापन गरिनुपर्ने, पर्यटकीय गतिबिधिलाई असर पर्ने खालका बन्द, हड्तालजस्ता कार्यहरु नगर्ने बिगतका प्रतिबद्धतालाई कार्यान्वयन गरिनुपर्ने जस्ता बिषयमा सरकारको ध्यानाकर्षण गराउनु आवश्यक रहेको उल्लेख गरे ।

जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले पर्यटन वर्षलाई सफल पार्न प्रवासमा रहेका नेपालीहरुको भूमिका अझ सक्रिय रहनुपर्ने बताए । 'पर्यटन वर्ष सफल पार्ने अभियानलाई सघाउनु हरेक नेपालीको कर्तब्य हो,' उनले भने, 'जापानमा रहेका नेपालीहरु पनि यस अभियानलाई सार्थक तुल्याउन सक्रियतापूर्वक लाग्नुपर्दछ ।'


Source : Kantipur

पर्यटन वर्ष २०११ मा नेपाल बन्दलाई बन्दगर्न माग (२०६६ पुस १९)

काठमाडौं , पुस १९ - नेपाल पर्यटन वर्ष-२०११ को पूर्वसन्ध्यामा बारम्बार भइरहने नेपाल बन्द सदाका लागि बन्द गर्न राजनीतिक दलहरूले प्रतिवद्धता जनाउनुपर्ने पर्यटन तथा उद्योग व्यवसायीहरूले माग गरेका छन् ।

आगामी फागुन १४ शुभारम्भ गरिने पर्यटन वर्षको विविध विषयमा जानकारी दिन नेपाल पर्यटन वर्ष २०११ को सचिवालयले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सबै राजनीतिक दलले नेपाल बन्दका कार्यक्रम नगर्ने सामूहिक प्रतिवद्धता नजनाएसम्म यस्ता कार्यक्रमको प्रभावकारीता नहुने चर्चा गरियो ।

पर्यटन वर्षलाई काठमाडौं, लुम्बिनी, पोखराजस्ता क्षेत्रमा मात्र सीमित नराखी नेपालभर विस्तार गर्नुपर्ने, पर्यटक प्रवेश गर्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थित हुनुपर्ने, त्यहाँ कार्यरत कर्मचारीहरूले अतिथिहरूको श्रद्धापूर्वक स्वागत गर्ने परम्पराको थालनी हुनुपर्ने, ट्याक्सी चालकको क्रियाकलाप तथा भाडादर व्यवस्थित गरिनुपर्ने र होटल मजदुरबाट पनि हडताल नगर्ने प्रतिवद्धता आउनुपर्नेमा पनि सम्मेलनमा ध्यानाकर्षण गराइएको थियो ।

'पर्यटनका लागि सँगसँगै' भन्ने नाराका साथ लुम्बिनीबाट बालेर ल्याइएको दीप काठमाडौँको टुँडिखेलमा अपरान्ह एक बजे सल्काएर सो पर्यटन वर्ष शुभारम्भ गरिने बताइएको छ ।

पर्यटन वर्ष अवधिभर करिब दस लाख पर्यटक नेपाल भित्रिने अनुमान आयोजक सचिवालयले गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराईले कार्यक्रमको सफलताका लागि राजनीतिक दलको प्रतिवद्धता अनिवार्य रहेको र लुम्बिनी क्षेत्रबारे भारतीय क्षेत्रबाट हुने टिप्पणीका सम्बन्धमा कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संरचनामा सुधारका कार्य भइरहेको, होटल तथा पैदल यात्रामा लाग्ने करमा केही छुट दिन सकिने र आरोहणका लागि अन्य हिमाल पनि खुल्ला गर्न सकिने जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्षका लागि सबै पूर्वाधारको व्यवस्था गर्न नसकिए पनि सम्बन्धित निकायमाथि दबाव बढ्ने भएकाले यसलाई चुनौतीको रूपमा लिन आग्रह
Source : RASASA

निगम ४ करोड घाटामा (२०६८ श्रावण १२ ०९:२९ )

निगम ४ करोड घाटामा
अघिल्ला दुई वर्ष १० देखि १२ करोड रुपैयाँ नाफा गरेको नेपाल वायु सेवा निगम आर्थिक वर्ष २०६७/६८ फेरि घाटामा गएको छ । यो वर्ष निगमले ४ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको वित्तीय विभागले जनाएको छ ।

'यसले सञ्चिति घाटालाई बढाइदिएको छ,' निगम प्रवक्ता राजु केसीले भने, 'यो घाटासँगै निगमको सञ्चिति घाटा १ अर्ब ६१ करोडको हाराहारीमा

पुगेको छ ।'

निगम घाटामा जानुको मुख्य कारण पूर्व कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बूको विवाद रहेको उच्च अधिकारीहरू बताउँछन् । 'झैझगडाले व्यावसायिक रूपमा काम गर्न सकिएन,' अर्का उच्च अधिकारीले भने, 'यसको असर संस्थाको वित्तीय क्षेत्रमा मात्र होइन सबैतिर परेको छ ।' कार्यालयको कामभन्दा बढी कुन व्यक्तिलाई कहाँ राख्दा आफूलाई फाइदा हुन्छ भन्नेतर्फ शक्ति केन्दि्रत भएकाले निगमको व्यापार पनि अघिल्लो वर्षको तुलनामा केही खस्केको ती अधिकारीले बताए ।

निगमले ग्राउन्ड ह्यान्डलिङबाट बर्सेनि डेढ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । तर यो रकमले पनि निगमको खर्चलाई थेग्न सकेन । 'हवाई व्यवसाय मौसमी भएकाले वर्षको ६ महिना त्यत्तिकै पनि अन्तर्राष्ट्रिय उडानबाट हुने आम्दानी अन्य ४ चार महिनाभन्दा कम हुन्छ,' केसीले भने, 'त्यसमाथि अनावश्यक क्षेत्रमा खर्च भएपछि आम्दानीले भ्याउने कुरा पनि भएन ।'

व्यवस्थापन सुधार गरी आगामी मौसममा राम्रो प्रवर्द्धन गर्न सके केही महिनाको आम्दानीले ४ करोड घाटालाई समायोजन गर्न सक्ने केसीले बताए ।

निगमबाट गत आर्थिक वर्ष ३ सय ४४ व्यक्तिले विदेश भ्रमण गएका थिए । उनीहरूको भ्रमण उद्देश्य अनावश्यक भएको उच्च अधिकारीको ठहर छ । १ सय ५० जना नयाँ भर्ना भए भने १ करोड रुपैयाँभन्दा बढी विज्ञापनका नाममा बाँडिएको स्रोतले जानकारी दियो । 'यस्ता खर्चले घाटा बढाउनु स्वाभाविक हो,' स्रोतले भन्यो ।

व्यवस्थापकीय त्रुटिकै कारण निगममा घाटा देखिएको कार्यकारी अध्यक्ष मनरूप शाही पनि स्विकार्छन् । 'यस्तो अवस्था फेरि दोहोरिन नदिन भएका कमीकमजोरी सुधार्न थालिसकिएको छ,' उनले भने, 'व्यवसाय एकैचोटि बढाएर उचाइमा पुर्‍याउँछु भन्दिनँ तर व्यवस्थापनलाई सही दिशामा नल्याई छाड्दिनँ ।' निगमले हाल अन्तर्राष्ट्रिय उडानअन्तर्गत दिल्ली, दुबई, दोहा, क्वालालम्पुर, हङकङ र बैंकक सेवा सञ्चालन गरिरहेको छ ।

Source : Kantipur

पर्यटकको आधा खर्च बिदेसिन्छ (प्रकाशित मिति: २०६८ श्रावण १२ ०९:२९

पर्यटकको आधा खर्च बिदेसिन्छ

स्वदेशी वायु सेवा कम्पनी बलियो नहुँदा नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्चको आधाभन्दा बढी रकम विदेशमै रहने गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको दुरवस्थाका कारण एक वर्षमा नेपालले कमाउन सक्ने झन्डै ३० अर्ब रुपैयाँ अन्य कम्पनीको हातमा गइरहेको छ ।

नेपाल आउने पर्यटकले गर्ने कुल खर्चमध्ये ६० प्रतिशत रकम हवाई भाडामा खर्च हुन्छ । यस आधारमा सन् २०११ को पहिलो ६ महिनामै करिब १५ अर्ब रुपैयाँ नेपाल घुम्ने पर्यटकबाट विदेशी वायु सेवा कम्पनीले कमाएको देखिन्छ ।

पहिलो ६ महिनामा करिब ७५ हजार भारतीय पयर्टक हवाईमार्गबाट नेपाल आएका छन् । दुइ देशबीचको दोहारो भाडादर औसत २० हजार रुपैयाँ मान्दा झन्डै १ अर्ब ५० करोड रुपैयाँ हवाई भाडामा खर्च भएको छ ।

यस अवधिमा तेस्रो मुलुक -लङ हल) बाट नेपाल आउने पर्यटकले हवाई भाडामा औसत १ लाख १० हजारसम्म खर्च गर्ने आधारमा वायु सेवा कम्पनीको आम्दानी झन्डै १६ अर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ । यसैगरी चीनबाट यस अवधिमा १६ हजार पर्यटक आएका छन् । यो वर्षको पहिलो ६ महिना -जनवरीदेखि जुन) मा २ लाख ४५ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको तथ्यांक छ । यात्रु संख्या र औसत भाडादरका आधारमा बाह्य विमान कम्पनीले ६ महिनामा करिब १५ अर्ब रुपैयाँ कमाएको अनुमान विज्ञहरूको छ ।

अन्तर्राष्ट्रिय उडानमा निगमको हिस्सा ८ प्रतिशत मात्रै हुँदा अधिकांश रकम बाहिरिने गरेको विज्ञहरू बताउँछन् । 'निगम बलियो भएर आधा मात्रै सिट लिन सके पनि वर्षको १५ अर्ब कमाइ हुने देखिन्छ,' एक व्यवसायीले भने । २७ वटा विदेशी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

'सरकारले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कडा भूमिका निर्वाह गर्न सकेको छैन,' पर्यटन वर्ष २०११ राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले भने, 'कतिपय काम निजी क्षेत्रले मात्र गर्न सक्दैन ।'

यहाँ आउने पर्यटकले घुम्नका लागि छुट्टयाएको रकममध्ये आधाभन्दा बढी हवाई टिकटमा खर्चिंदा देशभित्र आम्दानी पर्यटक आगमनको अनुपातमा बढ्न सकेको छैन । 'सस्तोमा उडाउने निगम मात्र हो,' ठमेल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष तेजेन्द्रमान श्रेष्ठले भने, 'निगमँंग जहाज छैन ।'

दस लाख पर्यटकको लक्ष्यमा आगमन अनुसार राजस्व वृद्धि नहुनु वायु सेवा निगममा सही व्यवस्थापनको कमी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको अडिटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम स्थानमा हुनुलगायत समस्या देखिएका छन् ।

यस क्षेत्रलाई अझै विस्तार गर्न 'कन्ज्युमर मार्केट' सम्म स्वदेशी विमान कम्पनीले नै सेवा पुर्‍याउनुपर्ने विज्ञहरू बताउँछन् । 'पर्यटन वर्षले पाहुना भित्र्याउने मात्र होइन, निगमको पनि सुधार गर्ने लक्ष्य लिएको थियो,' संयोजक शाक्यले भने, '२०१० को सुरुवातमै निगममा जहाज ल्याउने, व्यवस्थापन सुधार गर्ने भनिएको थियो ।' तर कार्यकारी विवादका कारण निगमको जहाज खरिद प्रक्रिया रद्द भयो । चार साता अघि मन्त्रिपरिषद्ले नयाँ कार्यकारी अध्यक्ष चयन गरे पनि निगमको सञ्चालक समिति बन्न सकेको छैन ।

नेपालले पर्यटनमा आधारित अर्थतन्त्र बनाउन बाह्य विमान कम्पनी नभई निगमलाई नै बलियो बनाउनुपर्ने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्सका पूर्वअध्यक्ष रामकाजी कोनेले बताए । 'बाह्य कम्पनीले आफूलाई फाइदा हुने स्थानबाट मात्र उडान गर्छन्,' उनले भने, 'तर आफ्नै विमान कम्पनी सक्षम भए मुलुकलाई फाइदा हुने सेक्टरमा उडान गरी सम्भावित पाहुनालाई भित्र्याउन सकिन्छ ।'

निगमले हाल दुई बोइङबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यसमा पनि एउटा बिगि्ररहने हुँदा नियमति उडान गर्न सक्दैन । सस्तो भाडामा नियमित उडान पर्यटन विकासको अर्को प्रमुख माध्यम बन्ने कोनेले बताए । 'यसका लागि स्वदेशी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि सक्षम बनाइनुपर्छ,' उनले भने ।



:शिला पाण्डे कान्तिपुर