दुई वर्षअघि गोरखाको बारपाकलाई पर्यटकीय गन्तव्य बनाउने कुरा चल्दा गाउँलेहरू ँहुँदैन विकृति फैलिन्छ’ भन्थे । त्यही गाउँमा जन्मे/हुर्केका ७ युवतीको अग्रसरताले पर्यटकलाई विकृति भन्ने गाउँले आज पर्यटकलाई देवता मान्न थालेका छन् । यसै विषयमा कान्तिपुर संवाददाता कृष्ण आचार्य लेख्छन्-
सात युवतीले पर्यटकीय विकासको विषयमा अभिमुखीकरण र चेतनामूलक कार्यक्रम गरेपछि स्थानीयवासीको सोचमा परिवर्तन आयो । यहाँको घले समुदायका सात युवती संगठित भई काम गरेको वर्ष दिनमै गाउँमा होम स्टे सेवा सुरु भयो । पर्यटकीय विकासका विषयमा दर्जनांै तालिम, गोष्ठी सञ्चालन गरिसके ।
बारपाकलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि उनीहरूले गाउँको वृत्तचित्र निर्माण गरे अनि वेबसाइड पनि बनाए । ग्रामीण क्षेत्रको पर्यटकीय गन्तव्य बारपाक भनेर प्रचार गरेको एक वर्षमा पाँच सयभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटकलाई समेत भित्र्याउन सफल भइसकेका छन् ।
'पढेलेखेका युवायुवतीको ठूलो जमात विदेश र नेपालका ठूला सहरमा छरिएका छन्,' समूहकी अगुवा दलकुमारी घलेले भनिन््, 'पर्यटकीय सम्भावना बोकेको गाउँलाई विकास गर्न पहिले अलि गाह्रो पर्यो । अहिले सबैले बुझिसकेका छन् ।' पर्यटनसम्बन्धी काम गर्न उनीहरूले एडभेन्चर ग्रामीण विकास कार्यक्रम नेपाल-७ नामक संस्था दुई वर्षअघि खोलेका हुन् । उक्त संस्थाबाट उनीहरूले काम गरिरहेका छन् । संस्था पनि विदेशी दातृ निकाय नभई जागिरदार/विदेशिएका गाउँले र विकासे कार्यालयले गरेको सहयोगको भरमा चलाइरहेका छन् । समूहको अध्यक्षमा दलकुमारी, उपाध्यक्ष पुष्पा घले, सचिव भीमकुमारी घले, सहसचिव धनकुमारी घले, कोषाध्यक्षमा मञ्जु घले र सदस्यमा खेममाया घले र पूणिर्मा घले छन् । जसमध्ये पूणिर्मा अध्ययन सँगसँगै स्थानीय जनकल्याण प्राथमिक विद्यालयकी शिक्षिका हुन् । अन्य सबै गाउँको विकासमा लागि परेका छन् । सातमध्ये दलकुमारी, पुष्पा र धनकुमारी विवाहित हुन् । विकासका लागि लागिपरेका उनीहरूले वृत्तचित्र निर्माण, गाउँनजिकै पर्यटकीय गन्तव्यहरूमा मेलाको आयोजाना, पदयात्राका लागि प्याकेजका कार्यक्रम, देशका विभिन्न सहरमा गाउँको विशेषता जनाउने होर्डिङ बोर्ड निर्माण र सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
गाउँका युवाहरू वैदेशिक रोजगार र लाहुरे बन्न विदेशिएका छन् । गाउँको विकास नहुनुको मुख्य कारण यही भएको महसुस गरेर उनीहरूले कामको सुरुवात गरे,' घलेले भनिन्, 'दुई वर्षमा उनीहरूको अगुवाइमा भएको कामले गाउँलाई निकै फाइदा पुगिसकेको छ ।'
विकासको संयोजनकारी भूमिका उनीहरूको अगुवाइमा भएको हो । उनीहरूले कामको भागबन्डा गरी टे्रकिङ, होम स्टे, ब्युटिसियन र विदेशी भाषाहरूको अध्ययन पनि गरेका छन् । जसमध्ये अध्यक्ष र सचिव भीमकुमारी घलेले काठमाडांैमा अंग्रेजी र प|mन्सेली भाषा सिकिसकेका छन् । 'भविष्यमा ट्रेकिङ गाइड हुने उद्देश्य छ,' उनले भनिन् । उनीहरूले तरकारी खेती गर्ने, पर्यटकलाई स्वागत गर्ने, मनोरञ्जन दिन र घुमाउनका लागि समूह-समूह विभाजनसमेत गरेका छन् । बारपाक पुग्नेलाई महिला समूहले पर्यटकलाई बारपाकको सुरुवातको गेटबाट बाजा बजाएर स्वागत गर्छन्, युवा समूहले रातको समयमा सांस्कृतिक कार्यक्रम देखाई पर्यटकलाई मनोरञ्जनको साथसाथै स्थानीय कला संस्कृतिको प्रचारप्रसार गरेका छन् ।
भिजिट नेपालको अवसरमा भएका विभिन्न ठाउँका कार्यक्रममा समेत उनीहरू सहभागी भएर गाउँको प्रचारसमेत गरिरहेका छन् । उच्च शिक्षा अध्ययन गरिसकेका सातै युवती २२ नाघिसकेका छन् । घले तथा गुरुङ जातिका युवायुवतीमा गाउँमा मात्र विवाह गर्ने चलन छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा बुद्ध हिमालको काखमा अवस्थित छ । यो दोस्रो विश्वयुद्धमा विश्वविख्यात पदक भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ हो । सात युवतीले काम सुरु गरेको दुई वर्षभित्रमा सडक, सञ्चार, इमेल, इन्टरनेट जस्ता आधारभूत विकास निर्माणका कामसमेत भएका छन् ।
Source : Kantipur







0 comments:
Post a Comment