This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Friday, August 26, 2011

रात्रि उडान गर्ने कम्पनी बढे

विमानस्थल शुल्कमा २५ प्रतिशत छुट

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ८ -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारीसँगै विमान कम्पनीहरूले राति उडान र अवतरण गर्ने नयाँ तालिका लिने क्रम बढेको छ ।

पछिल्लो समय भारतको जेट एयरवेजले नयाँ तालिका लिएपछि त्रिभुवन विमानस्थलमा राति पनि उडान र अवतरण गर्ने विमान कम्पनीको संख्या ८ पुगेको छ । 'दिउँसो पौने ३ बजेको तालिका छोडेर भारतीय विमान कम्पनी जेट एयरवेजले रातिको समय लिएको छ,' उडान अनुमति शाखाका प्रबन्धक राजबहादुर महर्जनले भने । जेटले अक्टोबर ३० देखि राति सवा १० बजे विमानस्थलमा अवतरण गर्ने भएको छ । भोलिपल्ट बिहान ९ बजे उडान गर्ने तालिका स्वीकृत भइसकेको उनले बताए ।

यसअघि रात्रि अवतरण सुरक्षित नभएको भन्दै दिउँसो 'पिक आवर' का लागि मात्र समय खोज्ने बढी थिए । तर विमानस्थलमा पूर्वाधार बिस्तार हुन थालेपछि रातिको समय छानेको विमानस्थल व्यवस्थापनले जनाएको छ । प्राधिकरणले विमानस्थलमा रात्रि उडान/अवतरण सजिलो र सुरक्षित बनाउने नयाँ स्याटेलाइट प्रविधि -आरएनपी-एआर) मंसिर २९ गतेदेखि सञ्चालन गर्दै छ ।

हाल विमानस्थल १८ घन्टा सञ्चालन भइरहेको छ । 'यो प्रविधिले २४ घन्टा सञ्चालनका लागि सहयोग पुर्‍याउँछ,' विमानस्थलका महप्रबन्धक रतीशचन्द्रलाल सुमनले भने, 'स्याटेलाइटबाटै जहाजको अवस्थाबारे जानकारी पाइने भएकाले जस्तोसुकै समयमा उडान गर्न सकिन्छ ।' त्यस्तै रनवेमा रात्रि लाइटलगायत अन्य उपकरण जडानको काम पनि बिमानस्थलमा हुँदै छ ।

जेटसँगै राति अवतरण/उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमा एयर अरेयिबा, चाइना साउथर्न, ड्रागन एयर, फ्लाई दुबई, इत्तिहाद, कतार र युनाइटेड एयरवेज छन् । यी सबैले राति ८ देखि साढे ११ बजेसम्ममा अवतरण र उडान गर्दै आएका छन् ।

प्रकाशित मिति: २०६८ भाद्र ९

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ँसोझै वार्ताद्वारा’

कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र ८ -
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको जिम्मेवारी इच्छुक कम्पनीलाई सोझै -बोलपत्र आह्वान नगरी) दिने तयारी गरेको छ ।

यसका लागि सिफारिस लिन मन्त्रालयले अर्को साता बुट -विल्ड, अपरेट, वन एन्ड ट्रान्सफर) कमिटीमा प्रस्ताव पठाउने तयारी थालेको सहसचिव रञ्जनकृष्ण अर्यालले बताए ।

साधारण तथा ठूला निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने गरिन्छ । तर काम चाँडो गर्नुपर्ने -२०१५ सम्म पहिलो चरणको काम सक्ने) भएकाले मन्त्रालयले सोझै काम दिने तयारी गरेको हो ।

इच्छुक कम्पनीको लगानीमा विमानस्थल बनाउने, प्रतिफल नआइन्जेल कम्पनी आफैंले सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यलाई 'बुट' प्रणाली भनिन्छ । यससम्बन्धी सिफारिसका लागि बनाइएको बुट कमिटीका अध्यक्षमा योजना आयोगका उपाध्यक्ष रहने व्यवस्था छ । कमिटीमा अर्थसचिव, कानुनसचिव र सम्बन्धित मन्त्रालयका सचिवसहित सात सदस्य हुन्छन् ।

अर्यालका अनुसार किमिटीमा बुझाउन अध्ययन प्रतिवेदनको निष्कर्षसहित, विमानस्थल निर्माणबाट आर्थिक क्षेत्रमा पर्ने सकारात्मक प्रभावलगायतका बुँदा समेटेर छुट्टै 'प्रोजेक्ट प्रोफाइल' तयारीको क्रममा रहेको छ । 'दुई/चार दिनभित्र यो काम पूरा हुनेछ,' उनले भने, 'सरकारको टुंगो लाग्नासाथ प्रस्ताव लगिनेछ ।' कमिटीले योजनाबारे सम्पूर्ण जानकारी लिई निर्माणकार्य बुटमार्फत हुन सक्ने/नसक्ने अध्ययन गरी अन्तिम निर्णय दिनेछ ।

मन्त्रालयले विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन गरेको कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड -एलएमडब्ल्यु) द्वारा निर्माण गर्न इच्छुक रहेकोार अन्य कम्पनी हालसम्म नआएकाले सिधै वार्ताद्वारा निर्माण कार्य सुरु गर्ने अनुमति लिन खोजेको हो । 'यो कोरियाली कम्पनीले निर्माण गरेका अन्य विमानस्थल उत्कृष्ट छन्,' सहसचिव अर्यालले भने, 'सम्भाव्यता अध्ययन पूरा भइसकेको अवस्थामा विमानस्थल बनाउन चाहने नयाँ कम्पनी पनि आएका छैनन् । त्यसैले यही कम्पनीसँग सिधै वार्ता गरी निर्माण गराउन खोजेका हौं ।' यो कम्पनीले निर्माण गरेको दक्षिण कोरियाको इन्चेनले ६ वर्षदेखि लगातार विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि जितिरहेको छ ।

कमिटीद्वारा मन्त्रालयको प्रस्ताव स्वीकार गरी सिधै वार्ताको सिफारिस गरेपछि थप निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । त्यसपछि इच्छुक कम्पनीसँग हुने वार्ताका क्रममा सरकार र निर्माण कम्पनीबीच कुन सर्त मान्ने/कुन नमान्ने निर्णय हुने अर्यालले बताए । 'त्यतिबेलै सरकारले दिने छुट सुविधाको पनि निक्र्योल हुन्छ,' उनले भने । मन्त्रालयले सरकारको टुंगो नलागेकाले प्रस्ताव लैजान केही दिन पर्खनुपरेको हो ।

कम्पनीले सन् २०१० को मार्चदेखि गरेको विस्तृत सम्भाव्यता अध्ययनका लागि ३५ लाख ५० हजार अमेरिकी डलर खर्च गरेको छ । सिधै वार्ताद्वारा नगई अन्य कम्पनीलाई निर्माणको जिम्मा दिनुपरे सरकारले यो रकम एलएमडब्ल्युलाई तिर्नुपर्नेछ ।

प्रतिवेदनअनुसार पहिलो चरणअन्तर्गत विमानस्थलको एउटा धावनमार्ग र टर्मिनल भवन निर्माणका लागि ६० करोड डलर खर्च हुनेछ । निर्माण सुरु गरेको पाँच वर्षमा पहिलो चरणअन्तर्गतका सबै काम पूरा हुने कम्पनीको दाबी छ । 'यसै वर्षदेखि काम सुरु भए सन् २०१५ सम्ममा विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ,' कम्पनीका नेपाल प्रतिनिधि विनय रावलले भने ।

विमानस्थल वाषिर्क एक करोड ५० लाख यात्रु र एयरबस ३ सय ८० जहाज अवतरण गर्नसक्ने क्षमताको हुने प्रतिवेदनमा छ । दुई चरणमा बनाइने विमानस्थलको सम्पूर्ण काम सन् २०२५ भित्र पूरा गर्न सकिने कम्पनीको दाबी छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा निजगढ विमानस्थलले ६ करोड यात्रुको चाप थेग्न सक्नेछ । यसको कुल लागत त्यतिबेलासम्म १ अर्ब अमेरिकी डलर पुग्ने अध्ययन प्रतिवेदनमा छ ।

प्रकाशित मिति: २०६८ भाद्र ९

Wednesday, August 24, 2011

अघिल्लो वर्ष ११ लाख पर्यटक



• स्लथ र हवाई मार्गबाट ६ लाख २४ हजार ९ सय ९२ भारतीय
• बेलहिया नाकाबाट मात्रै ३ लाख ३७ हजार ८ सय ४२ भित्रिए




काठमाडौं, ६ साउन

नेपालले सन् २०११ मा १० पर्यटक भिœयाउने महत्वकांक्षी लक्ष्य लिइरहेका बेला गत वर्ष ११ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष हवाई र स्थलमार्ग हुँदै ११ लाख २३ हजार ३ सय ७७ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले स्थलमार्गबाट ५ लाखभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएको अनुमानित तथ्यांक सार्वजनिक गरेपछि पर्यटक आगमनको तथ्यांकमा चामत्कारिक वृद्धि देखिएको हो ।

नेपाल भित्रिने प्रमुख आठ नाकाबाट गत वर्ष ५ लाख २० हजार भारतीय पर्यटक आएका छन् । बोर्डको अनुसन्धान विभागले गरेको अध्ययनअनुसार स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकको संख्या सन् २०१० मा ५ लाख २० हजार ५ सय २२ पुगेको छ । यो संख्या अघिल्लो वर्षको भन्दा ७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष स्थलमार्ग हुँदै २ लाख ९८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल–भारत खुला सीमाका कारण स्थलमार्गबाट नेपाल भित्रिने भारतीयको तथ्यांक राख्ने गरिएको छैन । भारतीय बाटो हुँदै यो अवधिमा १ लाख ५४ हजार ८६ जना तेस्रो मुलुकका पर्यटक आएका थिए । नेपालले पर्यटन वर्ष सन् २०११ मा १० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएको छ । तर, भारतीय पर्यटकको गणना प्रभावकारी नहुँदा यो लक्ष्य पु¥याउन कठिन भएको व्यवसायीहरूले बताउँदै आएका छन् ।

सन् २०१० मा हवाइमार्गबाट ४ लाख ४ हजार ४ सय ७० पर्यटक नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गणना गर्दा गत वर्ष नेपाल भित्रिने भारतीय पर्यटकको संख्या ६ लाख २४ हजार ९ सय ९२ पुगेको छ ।

बोर्डको अध्ययन नेपाल–भारत सीमामा अध्यागमन कार्यालय रहेका आठ वटा क्षेत्रमा मात्रै सीमित रहेको विभागका निर्देशक काशीराज भण्डारीले बताए । स्थलमार्गबाट भित्रिने भारतीय पर्यटकको संख्या अझै बढी हुनसक्ने उनी बताउँछन् । “अध्यागमन कार्यालय नरहेका नाकाबाट पनि भारतीय पर्यटक भित्रिरहेका छन्, त्यसैले यो तथ्यांक त न्यूनतममात्रै हो,” उनले भने ।

भण्डारीका अनुसार अध्ययनले नेपाली सीमामा प्रवेश गर्ने सबै भारतीयलाई पर्यटकको सूचीमा राखिएको छैन । नेपाल भित्रिएका भारतीय नम्बरप्लेटका गाडीको संख्याका आधारमा बोर्डले औसत पर्यटकको संख्या निकालेको हो । तथ्यांकअनुसार सन् २०१० मा ९६ हजार ९ सय २८ वटा भारतीय नम्बरप्लेटका सवारी नेपाल भित्रिएका थिए ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये भैरहवाको बेलहिया नाकाबाट मात्रै ५० प्रतिशत आएका छन् । यो नाकाबाट एक वर्षमा ३ लाख ३७ हजार ८ सय ४२ पर्यटक भित्रिएका छन् । दोस्रो स्थानमा रहेको जनकपुर नाकाबाट पनि १ लाख १२ हजार ३८ पर्यटक आएको अध्ययनले देखाएको छ । बेलहिया नाकाबाट भित्रिने अधिकांश पर्यटक लुम्बिनी तथा जनकपुर नाकाबाट जनकपुरधाम दर्शन गर्न आउँछन् ।

निर्देशक भण्डारीले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अध्ययन र अनुसन्धानको अभावका कारण यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा कम योगदान देखिएकाले बोर्डले गत वर्षबाट यस्तो अध्ययन सुरु गरेको जानकारी दिए ।


source : karobar daily

Tuesday, August 23, 2011

What's Business Travel Management?


Among the greatest challenges facing CEOs and corporate travel managers today is the need to reduce global business travel expenses. Additionally, the need to implement sound corporate travel management policies is also of top concern to these busy executives.

The growing cost of business travel, changing financial regulations and increased competition due to increasing globalization demand that corporations find better ways of reducing their operating costs. Since business travel expenses are a controllable item that affects corporate profitability, corporate business travel management makes sense, whatever angle we look at it.

Business travel management simply involves implementing corporate travel programs as well as negotiating with third party travel vendors that look out for the best interests of corporations by finding ways of reducing travel expenses and increasing the travel quality time simultaneously. Usually, companies that undertake business travel management are required to audit the travel programs, negotiate vendor fees, evaluate and enhance travel vendor relationships, evaluate online booking options, consolidate global travel programs and facilitate strategic cost containment initiatives. While not all companies focus on all aspects of managed travel programs, the goal is always one; to grow the corporate business.

For example, business travel management involves evaluating online reservation options and implementing them if they offer a better alternative. Online information and reservation solutions that cover air, hotel and car hire reservations that are customized to client specifications are now available and affordable. Many companies offering these business travel management solutions comply and implement their systems according to travel policy and agreed procedures. Policy compliance, enforcement and authorization of online solutions have come of age and their successful implementation is well attested.

Corporate business travel management can be a sophisticated undertaking especially where online implementation of services has taken place. Such services as 24 hour emergency assistance, airport transfers, passport and visa service, business travel insurance and multilingual assistance are now offered by business travel management companies.

Most of these services offer the benefit of negotiated arrangements that add value to the travel experience. When well arranged they reduce travel time and contribute to reduced stress levels. Some services like airport car parking allow for off-airport business parking rates and include the benefit of chauffer service. Airport transfers that include VIP travel, limousines and taxi travel as well as collection are some of the benefits of business travel management solutions. Clearly, if you can afford it, it is convenient and ironically, cheaper too.



Sunday, August 21, 2011

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व अहिलेसम्मकै उच्च

सन् २०१२ सम्ममा विमानस्थलको आम्दानी ३ अर्ब पु-याउने लक्ष्य

काठमाडौं, ४ भदौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्मकै उच्च राजस्व संकलन गरेको छ । विमानस्थलले आर्थिक वर्ष ०६७/६८ मा २ अर्ब ६३ करोड ४३ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा २३ करोड ५३ लाख रुपैयाँले बढी हो । आव ०६६/६७ मा विमानस्थले २ अर्ब ३९ करोड ९० लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

विमानको उडान संख्यामा वृद्धि, यात्रु आवागमनमा चाप तथा विमान कम्पनीहरूको बक्यौता असुल भएका कारण आम्दानी लक्ष्यभन्दा बढी भएको विमानस्थल प्रशासनले जनाएको छ ।

अवतरण दस्तुर, सुरक्षा दस्तुर र कार्गो क्षेत्रबाट भने विमानस्थलले राजस्व गुमाएको छ । “अन्तर्राष्ट्रिय विमान थपिए पनि साना आकारका विमान आउने भएकाले अवतरण तथा भूमिस्थ सेवा शुल्क घट्न गएको हो,” विमानस्थलका महाप्रबन्धक रत्तिसचन्द्रलाल सुमनले भने ।

विमानको तौलका आधारमा विमानस्थलले अवतरण शुल्क लिने गरेको छ । सुख्खा बन्दरगाहका कारण एयर कार्गोमा कमी आई कार्गोबाट हुने आम्दानी तीन वर्षदेखि नै घट्दै आएको उनले बताए । यात्रु सेवा शुल्क, नेभिगेसन शुल्क, पार्किङ शुल्क तथा ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी भने बढेको छ ।

विमानस्थलले नेपाल वायुसेवा निगमबाट ग्राउन्ड ह्यान्डलिङको १० प्रतिशत प्राप्त गर्छ । यसअघि नाफाको १० प्रतिशत पाउने गरेकोमा आव ०६७/६८ देखि कुल कारोबारको १० प्रतिशत पाउने सहमति भएको छ । यसबाट विमानस्थलको आम्दानी तेब्बर भएको छ । आव ०६६/६७ मा विमानस्थलले ग्राउन्ड ह्यान्डलिङबाट ५ करोड ७७ लाख १६ हजार आम्दानी गरेकोमा गत आवमा यो आम्दानी १८ करोड ५० लाख ३९ हजार रुपैयाँ पुगेको हो ।

पार्किङबाट विमानस्थलले अघिल्लो आवमा ७ करोड ६ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा यो आम्दानी १ करोड १७ लाख रुपैयाँले वृद्धि भएको छ । विमानस्थलको दैनिक औसत ७२ लाख १७ हजार आम्दानी हुने अनुमान महाप्रबन्धक सुमनको छ ।

विमानस्थल प्रशासनले गत महिनादेखि लागू हुने गरी आन्तरिक सेवामा ३० रुपैयाँ बढाएर यात्रु सेवाशुल्क २ सय रुपैयाँ बनाएको छ । यसअघि यो शुल्क १ सय ७० रुपैयाँ थियो । यात्रु सेवा शुल्क वृद्धिपछि विमानस्थलले वर्षमा ३ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ ।

विमानस्थलको तथ्यांकअनुसार सन् २०१० मा आन्तरिकमा १३ लाख र अन्तर्राष्ट्रियतर्फ २७ लाख यात्रुले आवतजावत गरेका छन् । अन्तर्राष्ट्रियतर्फ भने सार्क मुलुकका लागि ७ सय ९१ र तेस्रो मुलुकका लागि १ हजार १ सय रुपैयाँ यात्रुले सेवा शुल्क तिर्नुपर्छ ।

विमानस्थलले सबैभन्दा बढी एरोनेटिकल (यात्रु तथा विमान) सेवा शुल्कमार्फत असुल्ने गरेको हो । नन एरोनेटिकलतर्फ विमानस्थलले पसल तथा जग्गाभाडा र विज्ञापन शुल्कबापत न्यून आम्दानी गर्ने गरेको छ । अन्य मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलहरूको आय एरोनेटिकभन्दा नन–एरोनेटिकट बढी हुन्छ । सन् २०१० को तुलनामा सन् २०१२ सम्ममा विमानस्थलको आम्दानी १ अर्ब बढाएर ३ अर्ब पु¥याउने लक्ष्य छ ।

एउटा जहाज एकपटक विमानस्थलमा उत्रिँदा विमानस्थललाई औसतमा १ लाख ३२ हजार रुपैयाँ आम्दानी हुन्छ । आन्तरिक उडानको निर्भरता अन्तर्राष्ट्रिय विमान कम्पनीमा हुने भएकाले अन्तर्राष्ट्रिय उडान संख्या बढे आन्तरिक विमान आवागमन पनि वृद्धि भई आम्दानी स्वतः बढ्ने हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा सञ्चालित देशभरका ३४ वटा विमानस्थलमध्ये सातवटा मात्र नाफामा रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणको कुल आयको ९० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने गरे पनि खर्च अनुपातमा आम्दानी गर्न नसकेको प्राधिकरणले स्पष्ट पार्दै आएको छ ।

Saturday, August 20, 2011

अन्तर्राष्ट्रिय उडानमा कतारलाई जेटले उछिन्यो

नेपालबाट अन्तर्राष्ट्रिय उडानमा गत वर्षसम्म पहिलो स्थानमा रहेकेा कतार एयरवेजलाई पछि पार्दै जेट एयरवेज अगाडि आएको छ । सन् २०११ को पहिलो ६ महिनामा १ लाख ३९ हजार यात्रुलाई जेटले बोकेको छ । गत वर्षका यसै अवधिभन्दा करिब १९ हजार बढी यात्रुलाई जेटले सेवा दिएको छ । जेटले यस अवधिमा गत वर्षको भन्दा ६६ उडान पनि थपेको छ । छ महिनामा १ हजार ८६ अन्तर्राष्ट्रिय सेवा दिने कम्पनीले त्रिभुवन विमानस्थलमा उडान भरेका छन् ।

६ महिनामा १२ लाख ८६ हजार ४ सय ७० यात्रु नेपाली विमानस्थलमार्फत आवतजावत गरेका छन् । यीमध्ये कतार एयरवेजले १ लाख २४ हजार ९ सय ५७ यात्रीलाई सेवा दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान अनुमति शाखाका अनुसार गत वर्षको यस अवधिमा १ लाख ३८ हजार १ सय यात्रीले कतार एयरवेजको सेवा लिएका थिए । कतारले यसपालि १ सय ७७ उडान बढी गरे पनि यात्रु भने घटेको तथ्यांकमा छ ।

यात्रु बोकेको आधारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम एक स्थान तल झरेको छ । यसपालि निगमको स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ । गत वर्ष १ लाख २० हजार ९ सय ५२ यात्रु बोकेको निगमले यसपालि ६ महिनामा करिब १ लाख २ हजार ५ सय यात्रु मात्र

बोक्यो । निगमको उडान अनिश्चित भएकाले अन्यभन्दा सस्तो भाडा भए पनि यात्रु संख्या बढ्न नसकेको ट्राभल एजेन्सीहरूको भनाइ छ ।

दुई मात्र जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमको एउटा जहाज बारम्बार बिग्रने र रद्द हुने क्रम बढेको हुँदा गत वर्षभन्दा यसपालि हवाई आवागमन पनि घटेको शाखाको तथ्यांकमा छ । सन् २०१० को ६ महिनामा निगमले ९ सय ५५ उडान गरेकोमा यसपालि यो संख्या घटेर ८ सय ५७ मा सीमित रह्यो । निगमका अनुसार अन्य गन्तव्यमा पहिलेकै हाराहारीमा यात्रु पाए पनि दिल्लीमा व्यवसाय निकै तल खस्केको छ । भारतीय विमान कम्पनी निगमभन्दा सुविधायुक्त र बढी उडान गर्ने

भएपछि यात्रु घटेको व्यवस्थापनले जनाएको छ । त्यस्तै २०१० को अगस्तदेखि भारत उडान थालेको नेपाली निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ४ हजार २ सय ६४ यात्रु ओसारेको छ ।

२०११ को ६ महिनामा विभिन्न २८ विमान कम्पनीको कुल उडान संख्या १० हजार ८ सय २७ छ । नेपालबाट बाहिर जाने कामदारको संख्याका साथै यहाँ घुम्न आउने पर्यटक बढेपछि यी यात्रुलाई सेवा दिन अधिकांश बाह्य विमान कम्पनीले आफ्नो उडान थप गरेपछि जहाज आवागमन -उडान चाप) गत वर्षको भन्दा १९ दशमलव ३९ प्रतिशतले बढेको हो ।

त्यस्तै सारजहाँ काठमाडौ उडान गर्ने एयर अरेयिबा यात्रु संख्याको आधारमा चौथों स्थानमा रहेको छ । अरेबियाले ६ महिनामा ९६ हजार ६ सय यात्रुलाई सेवा दिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ९५ प्रतिशत बढी हो । त्यस्तै गत वर्षको अक्टोबर महिनामा मात्र उडान सुरु गरेकेा भारतीय विमान कम्पनी स्पाइसजेट नौ महिनामै पाँचौं स्थानमा आइपुगेको छ ।

प्रकाशित मिति: २०६८ भाद्र ४ ०९:४०
source : kantipur

Friday, August 19, 2011

विश्व पर्यटन दिवस 'संस्कृति जोड्न' मनाइने

काठमाडौ, भाद्र १ - आगामी असोज १० मा मनाइने विश्व पर्यटन दिवस यसपालि विभिन्न संस्कृतिलाई जोड्नका लागि मनाइने भएको छ ।

अघिल्लो वर्ष दिगो पर्यटनलाई वातावरण संरक्षण र जलवायु परिवर्तनसँग जोडिएको थियो । विश्वभरिको पर्यटन क्षेत्रको छाता संगठन विश्व पर्यटन संगठनले बुधबार यसपालिका लागि नारा 'टुरिजम लिकिंङ कल्चर' सार्वजनिक गरेको हो ।

पर्यटनले विश्व एकतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसपालि यस्तो नारालाई अगाडि बढाइएको संगठनले जनाएको छ । संगठनको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पर्यटनले आर्थिक-सामाजिक अवसर प्रदान गर्ने, धनी गरिबबीचको अन्तर कम गर्न पनि उत्तिकै सघाउने भएकाले यो क्षेत्र एकताको प्रतीक भएको बताएका छन् । 'यसले विश्वभरिका समुदायलाई जोडेर शान्ति कायम गराउँछ,' मुनलाई उद्धृत गर्दै सूचनामा भनिएको छ ।

मुनले यस क्षेत्रको दिगो विकासका लागि यी विषयलाई ध्यानमा राखी सम्बद्ध सबै संघसंस्थाले मिलेर पर्यटनका लागि विश्व आचारसंहिता लागू गर्न पनि अनुरोध गरेका छन् । पर्यटन दिवसको भूमिकाबारे जानकारी गराउन आर्थिक वृद्धिको संयन्त्र निर्माण, रोजगारी र गरिबी निवारणका लागि विश्वभर मनाइन्छ । दिवस मनाउनका लागि संगठनले पर्यटन फोटो प्रतियोगिता सुरु गरेको छ । यसमा कुनै पनि मुलुकमा फोटोग्राफरले भाग लिन पाउने छन् । विश्व पर्यटन दिवसको रमाइलोलाई क्यामेरामा कैद गरी संगठनको वेबसाइटमार्फत पठाउन सक्ने छन् ।

यहाँ पनि पर्यटन मन्त्रालय, टुरिजम बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन लगायत संघसंस्थाले संयुक्त रूपमा दिवसका लागि कार्यक्रम गर्ने तयारी थालेका छन् । 'सबैको कार्यक्रमलाई समायोजन गरी पर्यटकलाई बढी मनोरञ्जन दिन सक्ने खालको वातावरण बनाइने छ,' बोर्डका प्रवक्ता आदित्य बरालले भने, 'दिवसभन्दा १०/१२ दिन अगाडि कहाँ कस्तो कार्यक्रम हुँदै छ भनेर क्यालेन्डर नै सार्वजनिक गर्ने छौं ।'

दिवसका अवसरमा गरिने कार्यक्रम विशेषगरी सोलुखुम्बुको नाम्चे, चितवन, पोखरा र काठमाडौंमा हुन्छन् तर स्थानीयस्तरबाट पहल भए त्यस्ता कार्यक्रमलाई बोर्डले सघाउने बरालले बताए ।

सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९४ करोड छ । यो अघिल्लो वर्षभन्दा ७ प्रतिशत बढी हो । यी पाहुनाको माध्यमबाट पर्यटन क्षेत्रले वर्षभरिमा ९ खर्ब १९ अर्ब अमेरिकी डलर आम्दानी गरेको तथ्यांक छ ।

संगठनले यसपालि यो संख्या ५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ । नेपालले पनि पर्यटन क्षेत्रबाट २७ अर्ब आर्जन गरेको २०६७/६८ को आर्थिक सर्वेक्षणमा छ ।

हालसम्मको यहाँ घुम्न आउने पर्यटकको संख्या पनि २४ दशमलव ३ प्रतिशतले बढेको छ । मुलुकले यसपालि हवाई मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

'यस्तो अवस्थामा विश्व पर्यटन दिवसमा पनि विशेष खालका कार्यक्रम गरिनुपर्छ,' पर्यटन व्यवसायी रामकाजी कोनेले भने 'तत्काल वृद्धिदर उच्च नभए पनि भिजन २०२० को लक्ष्यलाई केन्दि्रत गरी योजना बनाए नेपालको आर्थिकस्तर निकै माथि पुग्न सक्छ ।'

source : kantipur
प्रकाशित मिति: २०६८ भाद्र १ ( 18th Aug,2011)

पर्यटन पूर्वाधारका लागि ६२ करोड

काठमाडौ, भाद्र २ - पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पर्यटन पूर्वाधारका लागि करिब ६२ करोड ९६ लाख रुपैयाँ खर्चिने भएको छ ।

बजेटले घोषणा गरेको '१७ जोन' मध्ये तराईका ६ स्थानमा ८ करोड ५९ लाख रुपैयाँ खर्च गरी एकीकृत पर्यटन सेवा केन्द्र स्थापना गर्ने भएको छ । योजना शाखाका लोकबहादुर खत्रीका अनुसार

प्रथम चरणअन्तर्गत सेवा केन्द्र कणर्ालीको रारा, खप्तड, अछामको रामारोशन अछाम, जलजला जनकपुर र अरुण क्षेत्रमा स्थापना गरिने छ ।

नेपाललाई नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजनाअन्तर्गत सरकारले सत्र जोनको अवधारणा अघि सारेको हो । 'त्यस्तै अन्य स्थानमा पदमार्ग निर्माण गरी पर्यटकीय स्थलको विकास गर्न पूर्वाधार आयोजनालाई २२ करोड १४ लाख रुपैयाँ छुट्टयाइएको छ,' खत्रीले भने ।

खप्तड क्षेत्र विकासका लागि आवश्यक पूर्वाधार बनाउन २ करोड ३० लाख, रुरु रेसुंगा क्षेत्र विकास समितिलाई १ करोड ४० लाख, राष्ट्रिय ताल संरक्षण विकासका लागि २ करोड २२ लाख रुपैयाँ खर्चने योजना सरकारको छ । 'कणर्ालीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधारका लागि २ करोड ४७ लाख रुपैयाँ खर्च गरिने छ,' उनले भने, 'सबै कामका लागि सम्बन्धित क्षेत्रमा रहेका विकास समितिलाई जिम्मेवारी दिइएको छ ।'

कणर्ाली क्षेत्रमा पर्यटक आवागमन बढाउन र त्यहाँ पुगेका पाहुनालाई बस्ने सुविधा उपलब्ध गराउन सरकारले रारामा पर्यटक आवास बनाउने भएको छ । 'पर्यटक पुगेन्् भने मात्र भन्छौं,' खत्रीले भने, 'तर रारा पुग्नेका लागि बस्न ठाउँ छैन । यस्तोमा प्राकृतिक सौन्दर्य र सम्पदा जतिसुकै भए पनि त्यसको फाइदा नहुने भएकाले आवास बनाउन लागिएको हो ।'

मन्त्रालयले उपत्यका सौन्दर्यीकरण योजनाअन्तर्गत तिलगंगादेखि सिनामंगलसम्म बनाएको साइकल ट्रेललाई यसपालि तिनकुनेसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 'ट्रेललाई माइतीघरसम्म पुर्‍याउने लक्ष्य हो,' खत्रीले भने, 'तर बजेट थोरै भएकाले यस वर्ष तीनकुनेसम्म मात्र पुर्‍याइने छ ।' उनका अनुसार यसको निर्माणको जिम्मेवारी पर्यटन पूर्वाधार आयोजनालाई दिइने छ ।

होमस्टे व्यवस्थित गर्न विभिन्न तालिम आदिको आयोजना गर्ने जिम्मेवारी पाएको तारा गाउँ विकास समितिलाई सरकारले यसपालि ४३ लाख रुपैयाँ दिने भएको छ । 'पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई २ करोड २५ लाख रुपैयाँ दिँदै छौं,' उनले भने । प्रतिष्ठानले गत वर्ष निजामती कर्मचारी आरोहणका लागि आवश्यक तालिम दिने र व्यवस्थापनको जिम्मेवारी पाएको थियो । त्यस्तै सरकारले यसपालि घोषणा गरेको दलित सगरमाथा आरोहण अभियानका लागि पनि प्रतिष्ठानले नै सम्पूर्ण व्यवस्था मिलाउने र तालिम दिने छ ।

source : kantipur
प्रकाशित मिति: २०६८ भाद्र २ १०:०४

Tuesday, August 16, 2011

होटलमा लगानी बालुवामा पानी


नेपालगन्ज, साउन २८ गते । नेपालमा पर्यटन वर्ष मनाइरहँदा जमुनाहा नाका भएर आवात-जावत गर्ने पर्यटकको सङ्ख्या भने घट्दै गइरहेको छ । मध्यपश्चिमको पर्यटन विकासका लागि सरकारले केही नगरेपछि प्रत्येक वर्ष यस नाका हुँदै नेपाल भित्रिने त्ोस्रो मुलुकका पर्यटकको सङ्ख्या घट्दै गएको हो । पर्यटन वर्ष सन् २०११ मनाउन सुरु गरिएको गत आर्थिक वर्षमा त झनै यो नाका प्रयोग गर्ने पर्यटकको सङ्ख्या ३८ प्रतिशतले घटेको छ ।

अध्यागमन कार्यालय नेपालगन्जको तथ्याङ्कअनुसार, आर्थिक वर्ष ०६६/६७ मा चार सय ५५ पर्यटक जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए । तीमध्ये चार सय ४७ जना तेस्रो मुलकका पर्यटक थिए भने आठजना भारतीय पर्यटकले प्रवेशाज्ञा लिएर नेपाल भ्रमण गरेका थिए ।

आर्थिक वर्ष ०६७/०६८ मा अघिल्लो वर्षभन्दा ३६.२३ प्रतिशतले घटेर तीन सय ३४ पर्यटकले मात्र यो नाका प्रयोग गरी नेपाल आएका छन् । तीमध्ये तीन सय २६ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका छन् । अघिल्लो वर्षझंँै आठजना भारतीय पर्यटकले प्रवेशाज्ञा लिएका थिए । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा ३८ प्रतिशतले घटेको हो । आर्थिक वर्ष ०६५/६६ भन्दा ०६६/६७ मा यो नाका प्रयोग गर्ने पर्यटकको सङ्ख्या थोरै मात्र बढेको थियो । ०६५/६६ मा चार सय २२ पर्यटक भित्रिएकोमा चार सय १६ जना तेस्रो मुलुकका थिए ।

अध्यागमन कार्यालय नेपालगन्जका निमित्त प्रमुख चेतन गौतमले देशले पर्यटन वर्ष मनाइरहँदा यो नाकाबाट समेत धेरै पर्यटक आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकिरहेको बताउनुभयो । उहाँले बढ्नुको सट्टा ठीक उल्टो घट्न थालेको बताउनुभयो ।

जमुनाहा हुँदै आउने पर्यटक पनि मध्यपश्चिमका पर्यटकीयस्थल घुम्नेहरू कम हुने गरेका छन् । धेरै पर्यटक चितवन, पोखरा, काठमाडौँजस्ता पूर्वका पर्यटकस्थलमा रमाउन उतै जाने गरेको गौतमले बताउनुभयो । केही मात्र कणर्ाली र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् ।

धेरै भारतीय पर्यटक नेपाल भित्रिए पनि मानसरोवर जानेहरूले मात्र 'इन्ट्री' गर्ने हुँदा उनीहरूको वास्तविक तथ्याङ्क थाहा हँुदैन । नेपाल घुम्नका लागि उनीहरूलाई अध्यागमनमा 'इन्ट्री' गर्न बाध्य छैन । पैदल मार्ग हुंँदै जमुनाहा आउने पर्यटकमा अमेरिका, युकेजस्ता पश्चिमा देशका छन् ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि मध्य तथा सुदूरपश्चिम हेर्ने सरकारी निकाय पर्यटन कार्यालय नेपालगन्जका कायममुकायम प्रमुख भरत मल्ले मध्यपश्चिमको पर्यटकीय विकासका लागि दीर्घकालीन योजना नबनेसम्म जमुनाहा नाकाबाट आउने पर्यटकको सङ्ख्या नबढ्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमको खप्तड आश्रम, मध्यपश्चिमको रारातालजस्ता चर्चित पर्यटकीय स्थलको अन्तर्राष्ट्रिय प्रचारप्रसार र पहाडी क्षेत्रमा यातायातको व्यवस्था नभएसम्म पर्यटक तान्न नसकिने बताउनुभयो । पर्यटकीय विकासका लागि भने यो क्षेत्रका केही कार्यक्रम भएका छैनन् ।

पर्यटन वर्षलाई लक्षित गरी केही भौतिक पूर्वाधार निर्माण र स्थानीयस्तर सामान्य प्रचारप्रसार मात्र गरिरहेको मल्ले जानकारी दिनुभयो ।

पश्चिमका पर्यटकीय विकासका लागि गत वर्ष चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति गठन गरिए पनि उसले खास काम गर्न सकेको छैन । होटेल अर्गनाइजेसन बाँकेका अध्यक्ष भाष्कर काफ्लेले पश्चिमको पर्यटकीय विकासका लागि सरकारसँग स्पष्ट नीति नभएको बताउनुभयो । पर्यटन वर्षमा समेत पर्यटकको सङ्ख्या बढ्न नसकेपछि पर्यटन क्षेत्रमा सरोकार राख्ने सरकारी र निजी क्षेत्र सम्बद्धलाई निराश भएको उहाँले बताउनुभयो ।

पर्यटन वर्षलाई लक्षित गर्दै नेपालगन्जलगायतका सहरमा तारे होटेलहरूसमेत सञ्चालन भइरहेका छन् तर पर्यटकको सङ्ख्या बढ्नुको साटो घट्दै गएपछि लाखौँको लगानी लगाएर होटेल खोलेका व्यवसायीलाई निराश बनाएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
source: Gorakhapatra सिराजुद्दिन खान/नेपालगन्ज

विमानस्थलमा जहाजलाई नयाँ प्रविधि


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि नयाँ प्रविधि प्रयोगमा आउने भएको छ। यो प्रविधि आगामी मंसिर २९ बाट प्रयोगमा आउँदैछ। 'रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स विथ अथोराइजेसन रिक्वायर्ड' (आरएनपी-एआर) नामको यो प्रविधि पूर्णरूपमा स्याटेलाइटबाट सञ्चालन हुन्छ।


करोडौं मूल्य पर्ने यो प्रविधि भने विमानस्थलले निःशुल्क पाएको हो।
'नयाँ प्रविधिले जहाज अवतरण गर्न थप सहज हुन्छ भने सुरक्षा बढ्नेछ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक दिनेशप्रसाद श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'मौसम खराब भएका बेलामा पनि जहाज अवतरण गर्न मिल्छ र अवतरण समय पनि कम लाग्छ।'

उनका अनुसार प्राधिकरण, युरोपेली जहाज निर्माता कम्पनी एयरबसअन्तर्गतको क्युओभाडिस र कतार एयरवेजको सहकार्यमा उक्त प्रविधि प्रयोगमा ल्याउन लागिएको हो। यो प्रविधिअनुसार काम गर्न विमानस्थलका ७० भन्दा बढी एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई आगामी नोभेम्बरमा निःशुल्क तालिममा पठाइनेछ।

यो प्रविधि प्रयोग गर्न जहाजहरूमा यसलाई सहयोग गर्ने उपकरण जडान गरिएको हुनुपर्ने श्रेष्ठले बताए। जहाजले अवतरण रुट पनि छनोट गर्न पाउने उनले बताए। 'मौसम खराब भएर भिजिबिलिटी कम हुँदा पनि जहाज अवतरण गर्न सकिन्छ,' उनले भने।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशनपछि विमानस्थलमा यो प्रविधि प्रयोग गर्न लागिएको श्रेष्ठले जानकारी दिए। 'राति आउन नचाहने जहाजले अब आरामसाथ काठमाडौंमा अवतरण गर्न सक्छन्,' उनले भने, 'यो प्रविधि प्रयोगमा आउनु त्रिभुवन विमानस्थलका लागि ठूलो फड्को हो।'

भौगोलिक अवस्थितिका कारण त्रिभुवन विमानस्थल संसारकै अप्ठ्यारा विमानस्थलमध्ये एकमा पर्छ। यो प्रविधिले काठमाडौं आउने जहाजको सञ्चालन लागत पनि कटौती गर्ने उनले बताए।

विमानस्थलमा रहेका 'भेरी हाइ फ्रिक्वेन्सी ओम्नी डिरेक्सन रेडियो रेन्जेज' (भिओआर) र 'डिस्ट्यान्स मिजरिङ इक्विपमेन्ट' (डिएमई) यन्त्रलाई पनि उपयोग गरिरहने उनले बताए। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमईले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ।

Source Nagarik news

काठमाडौं आउने जहाजको कमाइ ७५ अर्ब


काठमाडौं उडान भर्ने विभिन्न २६ अन्तर्राष्ट्रिय विमान कम्पनीले बर्सेनि झन्डै ७५ अर्ब रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कमाइ भने वार्षिक साढे ३ अर्बको हाराहारीमा छ ।

निगमले दुई वटा पुराना जहाजबाट अनियमित रूपमा सेवा दिने गरेको र निजी क्षेत्रका अन्तर्राष्ट्रिय नेपाली विमान कम्पनी नभएकाले काठमाडौं उडान गरिरहेका दुई दर्जनभन्दा बढी कम्पनीले यो रकम कमाउने अनुमान विज्ञहरूको छ ।

नेपालीहरूको विदेश आवागमनमा वृद्धि हुनुका साथै यहाँ आउने पर्यटकको संख्या समेत बढ्दै गएकाले विश्वका विभिन्न सहरबाट काठमाडौंसम्म उडान भरेर यी कम्पनीले वार्षिक झन्डै ७५ अर्ब रुपैयाँ कमाउने गरेका हुन् ।

निगमबाहेक विश्वका विभिन्न देशबाट २६ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले काठमाडौंसम्म उडान गर्दै आएका छन् । निगम उपनिर्देशक प्रदीप कार्कीका अनुसार सन् २०१० मा निगमले साढे ३ अर्ब कमाएको थियो । “निगमकै आम्दानीको अनुमानका आधारमा पनि अन्य २६ अन्तर्राष्ट्रिय विमान कम्पनीले वार्षिक ७५ अर्बभन्दा बढी कमाइ गर्छन्,” उनले भने ।

निगमले सातामा दिल्ली, दोहा, दुबई, बैंकक, हङकङ, क्वालालम्पुरजस्ता ६ गन्तव्यमा २२ उडान भर्दै आएको छ । १ सय ९० सिट क्षमताका दुईवटा जहाज भएको निगमले समय–समयमा जहाज ‘ग्राउन्डेड’ ९बिग्रिने० भएर उडाउन नसके पनि गत वर्ष साढे ३ अर्ब रकम कमाएको थियो । केही समयअघिसम्म एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमका उडान आधाभन्दा बढी घटेका छन् ।

विमान कम्पनीहरूले लिने भाडा, उडान संख्या र यात्री संख्याको आधारमा यस क्षेत्रका विज्ञहरूले कम्तीमा पनि वार्षिक ७५ अर्ब रुपैयाँ कमाएको देखिन्छ । यो रकम १२ लाखभन्दा बढी यात्रुले किनेको दुईतर्फी टिकट, कार्गोलगायतबापतको हो । निर्यात निर्भर अर्थतन्त्र भएको नेपालमा कतिपय वस्तुहरू जहाजबाट पनि ल्याउने गरिन्छ ।

निगमपछि कतार एयरवेजले काठमाडौंसम्म सातामा २१ उडान भर्दै आएको छ । यो कम्पनीले नेपालमा सबैभन्दा बढी सिट क्षमता भएको बोइङ ७७७ विमान पठाउने गरेको छ । उसले काठमाडौंमा ३१९ देखि ३४६ सिट क्षमताका पाँच वटा एयरबस उडाउँदै आएको छ । सन् २०१० मा उसले काठमाडौं–दोहामा १ लाख ५२ हजार यात्रु बोकेको थियो ।

कतार एयर नेपाल उडान गरेर सबैभन्दा बढी कमाउनेमा पर्छ । ललितपुरको खुमलटारस्थित रेडियो नेपालको टावरको उचाइ घटाउँदा उसले वार्षिक २५ लाख डलर थप आम्दानी गर्ने स्थिति सिर्जना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रत्तिसचन्द्रलाल सुमनले बताए ।

नेपालमा उडान भरेर कतारपछि बढी आम्दानी गर्नेमा इत्तिहाद एयरवेज, गल्फ एयर, एयर अरेबिया, जेट एयरवेज, कोरियन एयर, ड्रागन एयर, सिल्क एयर र इन्डियन एयरलाइन्स पर्छन् ।

सन् २०१० को तथ्यांकअनुसार सम्पूर्ण एयरलाइन्सले काठमाडौंमा १९ हजार ४ सय १७ वटा उडान भरेका छन्, जसमा ११ लाख ४७ हजार ९ सय ३० यात्रु नेपालबाट विदेश गएका छन् भने १२ लाख ८८ हजार ६ सय २८ यात्रु भित्रिएका छन् ।

कतार एयरपछि सातामा १४ वटा उडान भर्ने एयरलाइन्समा एयर अरेबिया, जेट एयरवेज, फ्लाई दुबई, स्पाइस जेटलगायत छन् ।

नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक साता २७ वटा एयरलाइन्सका २ सय २६ वटा उडान र अवतरण हुने गर्छन् । २७ वटै विमान कम्पनीले वर्षभरिमा २३ लाख २९ हजार ९ सय ६४ यात्रु ल्याउने÷लैजाने गरेका छन् । यो संख्या अन्तर्राष्ट्रिय उडानतर्फ लम्किएको बुद्ध एयरबाहेकको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालको वार्षिक हवाई यात्रु सिट क्षमता ६५ लाख छ । “३६ वटा मुलुकसँग भएको हवाई सम्झौताअनुसार हाम्रो हवाई यात्रु क्षमता ६५ लाख छ,” मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । त्यसमा हाल सञ्चालित २७ एयरलाइन्सले प्राधिकरणबाट वार्षिक २३ लाख २९ हजार ९ सय ६४ वटा सिटको अनुमति पाएका छन् ।

सहसचिव आचार्यका अनुसार नेपालको कुल हवाई उद्योगको ९७ प्रतिशत बजार विदेशी एयरलाइन्सले ओगटेका छन् । तीन वर्षअघिसम्म मात्र झन्डै ११ प्रतिशत बजार हिस्सा भएको निगम हाल ३ प्रतिशतमा झरेको उनले बताए ।

“निगमसँग पर्याप्त जहाज नहुँदा नेपाली हवाई उद्योगमा विदेशी एयरलाइन्सको राज चल्नु मुलुकका लागि दुर्भाग्य हो,” उनले भने, “यही समस्यालाई मध्यनजर गरी सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजत आवेदन खुला गरेको हो, निगमले जहाज ल्याउन नसके पनि निजी क्षेत्रबाट स्वदेशी कम्पनीले जहाज ल्याउन सके कमसेकम पुँजी पलायन रोकिन्छ ।”

विदेशी एयरलाइन्सले नेपालबाट वार्षिक कति रकम लग्छन् भन्ने तथ्यांक राष्ट्र बैंक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राजस्व विभागसँग हुनुपर्ने भए पनि उनीहरू नै यसबारे अनभिज्ञ छन् । दुवै निकायले यकिन तथ्यांक भन्न नसकिने बताएका छन् ।

“अन्तर्राष्ट्रिय विमान कम्पनीको मात्रै भन्ने छुट्ट्याउने सिस्टम हामीसँग छैन, आन्तरिक र अन्तर्राष्ट्रिय दुवैबाट आएको विमानस्थल सेवा शुल्क एउटैमा जोड्ने चलन छ,” त्रिभुवन विमानस्थलस्थित राजस्व महाशाखा प्रमुख रुद्र थापाले भने ।

उनका अनुसार, वार्षिक रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीले ‘ग्राउन्ड ह्यान्डलिङ’मार्फत ६०–६५ करोड र यात्रु सेवा शुल्कमार्फत ८०–९० करोड राजस्व बुझाउने गरेका छन् ।

Source Karobar Daily
प्रकाश शाह
१६ अगस्ट २०११

Sunday, August 14, 2011

पर्यटन वर्षलाई १२ करोड

पर्यटन वर्षलाई निरन्तरता दिई १५ वर्षभित्रमा मुलुकलाई उत्कृष्ट गन्तव्य र नमुना पर्यटन मुलुक बनाउने बजेटमा उल्लेख छ



नयाँ पत्रिका

काठमाडौं, १ साउन

सरकारले चालू आर्थिक वर्ष ०६८/६९ मा राष्ट्रिय अभियानको रुपमा लिएको पर्यटन वर्षका लागि १२ करोड रुपैयाँ छुट्याएको छ । पर्यटन वर्षलाई अभियानकै रूपमा निरन्तरता दिने घोषणा गरेको सरकारले यसको प्रचारप्रसारका लागि सो रकम छुट्याएको हो ।

पर्यटन वर्षलाई निरन्तरता दिई १५ वर्षभित्रमा मुलुकलाई उत्कृष्ट गन्तव्य र नमुना पर्यटन मुलुक बनाउने बजेटमा उल्लेख छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबाटै पर्यटन वर्षका लागि बजेट दिइने मन्त्रालयका योजना महाशाखा प्रमुख लोकबहादुर खत्रीले बताए । पर्यटनले मागेकै जति रकम अर्थ मन्त्रालयले पर्यटन वर्षका लागि दिएको उनले बताए । मन्त्रालयले पर्यटन वर्षको प्रवर्द्धनका लागि १२ करोड रुपैयाँ मागेको थियो । यसमा सचिवालय खर्च, आन्तरिक प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन समावेश छ । सहसचिव खत्रीले प्राप्त बजेट पर्यटन प्रवर्द्धनका साथै ट्रेकिङ रुट निर्माण, विमानस्थल मर्मतलगायतमा खर्च गरिने जानकारी दिए ।

पर्यटन मन्त्रालयले प्रस्ताव गरेको 'पर्यटन जोन' को अवधारणालाई पनि सरकारले स्वीकृति दिएको छ । पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माको आग्रहमा मन्त्रालयले यो अवधारणा ल्याएको हो । योजनाअनुसार पर्यटन क्षेत्र भनेर पहिचान गरिएका पूर्वदेखि पश्चिमसम्मका १७ स्थानलाइ केन्द्र मानेर पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिनेछ । मन्त्रालयले पर्यटन तथा उड्डयन क्षेत्रको विकास र विस्तारका लागि १ अर्ब ४३ करोड रुपैयाँँ मागेकोमा १ अर्ब ३७ करोड प्राप्त गरेको छ । प्राप्त बजेट चालू आवभन्दा २५ करोड रुपैयाँँ बढी हो । चालू आवमा सरकारले मन्त्रालयका लागि १ अर्ब १२ करोड रुपैयाँँ छुट्याएको थियो ।

उता, पर्यटन प्रवर्द्धनको टुंगो नलागेपछि अघिल्लो आवमा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि छुट्याइएको १३ करोड रुपैयाँ पि|mज भएको छ । पर्यटन वर्षको अवधि बाँकी रहे पनि आर्थिक वर्ष सकिएकोले बजेट पि|mज भएको हो । पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि कुल १३ करोड रुपैयाँँ बिनियोजन गरेको थियो । यसमध्ये भारत र चीनका लागि ९ करोड र त्यसबाहेकका देशका लागि ४ करोड रुपैयाँ छुट्याइएको थियो । भारतबाट २ लाख ६५ हजार र चीनबाट १ लाख पर्यटक ल्याउने सरकारको लक्ष्य छ । भारतमा मेदेखि समर स्प्लेन्डर नामक प्रवर्द्धनात्मक अभियान चलाउने योजना समितिको थियो । भारतका लागि छुट्याइएको ५ करोड २५ लाख र चीनका लागि छुट्याइएको ३ करोड रुपैयाँँका लागि नेपाली र भारतीय गरी दर्जन कम्पनीले टेन्डर हालेका थिए ।

भारत, चीन तथा अन्य तेस्रो मुलुकमा पर्यटन वर्षको प्रचार गर्न सुरु गरिएको प्रक्रिया टुंगो नलागेपछि बजेट पि|mज भएको बताइएको छ । भारत र चीनमा प्रचार गर्न छुट्याइएको नौ करोड रुपैयाँका लागि पर्यटन वर्ष सचिवालयले ४ महिनाअघि नै टेन्डर आह्वान गरे पनि आर्थिक वर्ष पुरा नहुँदासमेत प्रक्रिया पूरा हुन सकेन । त्यस्तै, युरोप र अमेरिकालाई लक्षित गरेर बिबिसी र सिएनएनमा गर्ने भनिएको विज्ञापनको प्याकेज पनि अहिलेसम्म पारित हुन नसकेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनले नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसारकमा लागि क्रमशः ४ करोड ५० लाख र ३ करोड ५० लाख रुपैयाँँको विज्ञापन प्याकेज प्रस्ताव पेस गरेका थिए ।

source :लक्ष्मीप्रसाद खतिवडा Nayapatrika

Thursday, August 11, 2011

पर्यटन वर्षको अन्त्यतिर आयो पर्यटन विकास योजना

अन्जली रम्तेल

२६ साउन, ललितपुर । ‘जब राति तब बुढी ताती’ भनेझैँ पर्यटन वर्ष घोषणाको अन्त्यतिर आएर पर्यटन मन्त्रालयले उपत्यकाभित्र पर्यटन गन्तव्यको खोजी थालेको छ । पर्यटन मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका दस स्थानलाई पर्यटन गन्तव्यका रुपमा पहिचान गर्न लागिएको हो । होमस्टेको विकास हुन नसकेसम्म त्यस क्षेत्रमा पर्यटन विकास हुन नसक्ने निष्कर्ष निकाल्दै मन्त्रालयले पाँच-पाँचजनाको टोली बनाई पर्यटन स्थान पहिचान गर्ने कार्यलाई तीव्र पारेको छ ।

सरकारले २०६७/६८ को वाषिर्क कार्यक्रमबाट नयाँ अवधारणा स्वरुप सो योजना ल्याएको अनुगमन टोलीका सदस्य एवम् पर्यटन मन्त्रालयका दीपक केसीले बताउनुभयो । पर्यटकलाई ग्रामीण तहसम्म विस्तार गर्ने, स्थानीय संस्कृति, धर्म, स्थानीय साहित्य र कलाको प्रवर्द्धन गर्ने क्रममा मनोरञ्जन आवास र खानाको व्यवस्था गर्ने र गरिबी न्यूनीकरण गर्ने र स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कोसेढुङ्गाको रुपमा होमस्टेलाई लिइने गरेको बताउँदै उहाँले होमस्टेलाई विकास गर्नका लागि यो कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

पर्यटन वर्ष घोषणा गर्नुभन्दा अघि नै यस्ता खालका कार्यक्रम ल्याएर कार्यान्वयन गर्नुपर्नेमा सरकारले पहिले पर्यटन वर्ष घोषणा गरी वर्षको अन्त्यतिर मात्रै यस्ता कार्यक्रमलाई तीव्र पारी उल्टो काम गर्दै आएको छ ।

तर होमस्टे विकासले पर्यटकलाई आकषिर्त गर्ने भएकाले पर्यटन वर्षलाई मात्र लक्षित नगरी निरन्तर चलिरहने पर्यटक आगमनलाई ध्यानमा राखी यो कार्यक्रम ल्याइएको केसीको दाबी छ । पर्यटन बोर्डका रामशरण थापाका अनुसार गन्तव्य पहिचान गरी पर्यटन गुरुयोजनामा समावेश गर्नका लागि अझै कति समय लाग्ने हो त्यो पनि भन्न सकिँदैन ।

किनकि पहिलो चरणको कार्यक्रमअन्तर्गत पर्यटन गन्तव्य पहिचान गरी मन्त्रालयमा जानकारी दिने र दोस्रो चरणमा यसबारे सबै सरोकारवालासँग बसी व्यापक छलफल गरेरमात्रै रिपोर्ट तयार पार्ने काम गरिने उहाँले बताउनुभयो । रिपोर्ट तयार पारेपछि मात्र त्यसलाई पर्यटन गुरुयोजनामा राखी कार्यान्वय प्रक्रिया अगाडि बढाइन्छ त्यसैले यो कार्यक्रम कहिले लागु हुन्छ त्यो पनि थाह नहुने उहाँको भनाई छ ।

होमस्टे खोजीका क्रममा ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बुङ्मती-खोकना र लाँकुरीभन्ज्याङ्गलाई ललितपुरको पर्यटन गन्तव्यका रुपमा पहिचान गरिएको छ । पर्यटन गन्तव्यका रुपमा पहिचान गरिएका यी स्थानहरुमा पर्यटकका लागि सूचना केन्द्रसमेत छैनन् ।

होमस्टेको सुविधा नभएका कारण पर्यटक आए पनि बिहान आउने दिनभर घुम्ने र बेलुकी र्फकने गरेका छन् । उनीहरुलाई निश्चित समयका लागि यहीँ घुम्ने, बस्ने प्याकेजसहितको योजना नभएको स्थानीयको भनाई छ ।

केही समयअघि बुङ्मतीका स्थानीयवासी सुखरत्न ब्रहृमचार्यले होमस्टे दर्ता गरी सञ्चालन सुरु गरे पनि पर्याप्त जानकारी र योजना नभएका कारण धेरै समय पर्यटकलाई राख्न सक्नुभएन । उहाँ भन्नुहुन्छ- कहाँ घुमाउने भन्ने निश्चित योजना नभएका कारण उनीहरु आफैँ मन लागेको ठाउँमा घुम्थे अनि बेलुकी आएर यहाँ बस्थे । कुनै प्याकेजका रुपमा योजना र कार्यक्रम नराखेका कारण केही दिनमा नै उनीहरु यहाँबाट गए ।

घुम्नका लागि उनीहरुलाई यहाँ थुप्रै ठाउँ थिए तर कहाँबाट कसरी सुरु गर्ने त्यो प्रकारको योजना नभएका कारण यहाँ थुप्रै मानिस होमस्टे सञ्चालन गर्न इच्छुक भए पनि सकेका छैनन् । ढिलै भए पनि सरकारले ल्याएको यो योजना दीर्घकालीन हुन सके स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
Source : रासस/ onlinekhabar.com

Tuesday, August 9, 2011

पर्यटकीयस्थलमा नै छैनन् पर्यटक प्रहरी

बुटवल, १८ साउन
१० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशमा पर्यटन वर्षजारी छ । तर, पर्यटकहरूको 'वेलफेयर' गर्न भन्दै धेरै वर्षहिले गठन भएको पर्यटक प्रहरी युनिटमा कार्यरत पर्यटक प्रहरीको संख्या भने देशभर जम्मा ५३ मात्र छ ।
जनशक्ति, स्रोत, साधन र अधिकारबाट कँुजिएको पर्यटक प्रहरीको उपस्थिति खास पर्यटकीय स्थलहरूमा शून्यजस्तै छ । जस्तो कि विश्वकै पर्यटकहरू आकषिर्त हुने लुम्बिनीमा पर्यटक प्रहरीको उपस्थिति नै छैन, जहाँ 'नेपालमा पर्यटक प्रहरी पनि छ र -' भनेर प्रश्न गर्नेहरू धेरै भेटिन्छन् । र्
पर्यटकहरूको सुरक्षा र उनलाई आइपर्ने समस्याहरू समाधान गर्न भन्दै २०३५ सालमा नेपालमा पर्यटक प्रहरीको स्थापना भएको थियो । नेपाल प्रहरीले आफ्नो 'स्पेसल युनिट' भनेर आधिकारिक वेबसाइटमा उल्लेख गरेको त्यस्तो फोर्स गृह मन्त्रालयअर्न्तर्गत रहे पनि उनीहरूको दरबन्दी र तलब-भत्ता भने पर्यटन मन्त्रालयअर्न्तर्गत हुने गरेको छ ।
दिनदिनै पर्यटकहरू लुटिने, असुरक्षित हुने अथवा कतिपय पर्यटकहरूले अवैधानिक क्रियाकलाप गरेका तमाम घटनाहरू र्सार्वजनिक भइरहँदा उनीहरूबारे खास सम्बोधन गर्ने युनिट भने आफै अस्तित्व रक्षाको अवस्थामा पुगेको हो ।
पयर्टक प्रहरी युनिट काठमाडांैका एक अधिकारी भन्छन्, 'न स्रोत छ, न साधन, न त जनशक्ति नै † हावामा काम भइरहेको छ ।' र्
पर्यटक प्रहरीको संख्या आवश्यकताको तुलनामा निकै लज्जास्पद रहेको पर्यटन व्यवसायीहरूको पनि ठहर छ । र्
पर्यटक प्रहरीको मुख्य युनिट रहेको भृकुटीमण्डपका निमित्त प्रमुख राजु केसीका अनुसार त्यस्तो युनिटअर्न्तर्गत नेपालभर जम्मा ३८ प्रहरी दरबन्दी छन् । हाल काजमा समेत गरेर ५३ पर्यटक प्रहरी त्यस्तो युनिटमा कार्यरत छन् । जसको नेतृत्व प्रहरी निरीक्षकले गर्ने गरेका छन् । युनिटका प्रमुख प्रहरी निरीक्षक भरत लामा छुट्टीमा रहेकाले केसी निमित्त भएका हुन् । र्
पर्यटक प्रहरीकै आँकडामा नेपालमा प्रतिवर्षझन्डै ७ लाख विदेशी पर्यटकहरू आउने गर्छन् । तर, उनीहरूको 'वेलफेयर'का लागि गठन भएको युनिटमा भने जम्मा ५३ जना मात्र कार्यरत छन् ।
त्योभन्दा आर्श्चर्यजनक अवस्था विश्व शान्तिको मुहान लुम्बिनीमा छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बर्सर्ेे ८ लाखभन्दा बढी आन्तरिक तथा बाहय पर्यटकहरू आउने गर्दछन् तर पर्यटन प्रहरी भने एकजना पनि छैन । बेलहियामा रहेका पाँच प्रहरी लुम्बिनी कहिल्यै पुगेको लुम्बिनी विकास कोषका अधिकारीहरूलाई थाहा छैन । भारतबाट भित्रिने पर्यटकहरूलाई सूचना प्रवाह गर्नसमेत भ्याई नभ्याई रहेको बेलहियाका पर्यटक प्रहरीहरूको दाबी छ ।
त्यति धेरै पर्यटकहरू आउने लुम्बिनीमा पर्यटक प्रहरी नै नहुनु दर्ुभाग्य भएको बताउदै लुम्बिनी विकास कोषका सदस्य-सचिव राजेन्द्र थापा मगर भन्छन्, र्'पर्यटकहरूको ओइरो लाग्ने लुम्बिनीमा पर्यटन बुझेका प्रहरीहरू नै भए निकै सजिलो हुने थियो ।'
त्यसो त लुम्बिनीको सुरक्षार्थ सशस्त्र प्रहरी परिचालित छ । तर, पर्यटक र पर्यटनमै केन्द्रित विज्ञ युनिटको पनि उपस्थिति हुँदा पर्यटकहरूलाई धेरै कोणबाट लाभ पुग्ने उनको भनाइ छ ।
लुम्बिनी क्षेत्रमै पनि पर्यटकहरूसँग सरोकार भएका कैयौं अपराधहरू बारम्बार दोहोरिइरहने गरेका छन् ।
नेपाल प्रहरी र पर्यटक प्रहरीकै पनि आधिकारिक तथ्यांकअनुसार त्यस्तो युनिट बढीमा काठमाडौंमै केन्द्रित छ । ५३ जनामध्ये काठमाडांैमा ४१, पोखरामा ७ र रूपन्देहीको बेलहियामा पाँचजना कार्यरत छन् । र्'पर्यटक संख्याको तुलनामा निकै कम रहेका उनीहरूले पर्यटकहरूलाई कसरी सेवा पुर्‍याउन सक्छन् -' पर्यटन व्यवसायी एवं होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष माधव नेपाल भन्छन् ।
उनको भनाइमा पर्यटकहरू विभिन्न समस्यामा हुन सक्छन् र आवश्यक सूचना नपाएर अलपत्र पनि पर्न सक्छन् । उनीहरूलाई सजिलो पार्ने सबभन्दा उत्तम युनिट पर्यटक प्रहरी नै अस्तित्व रक्षाको अवस्थामा हुनु दुःखद हो ।
आफ्नो उपस्थिति रहेका पर्यटकीय स्थलहरूमा गस्ती गर्नसमेत पर्यटक प्रहरीसँग साधनहरू छैनन् । र्
पर्यटक प्रहरीसँग देशभर जम्मा तीनओटा मात्र साधन छन् । ती पनि दर्ुइ काठमाडौंमा र एक पोखरामा । तीमध्ये दर्ुइ पर्यटन बोर्डले र एक पाकिस्तानी दूतावासले दिएका हुन् । प्रायः सबै थोत्रा भइसकेका छन् ।
नेपाल प्रहरीको वेबसाइटमा पर्यटक प्रहरीले दिने धेरै प्रकारका सेवाहरू उल्लेख छन् । तर, साधन-स्रोत र जनशक्तिको अभावका कारण पर्यटकहरूलाई चाहेजति स्तरीय सेवा दिन नसकिएको सो युनिटका अधिकारीहरूको दाबी छ । उनीहरूका भनाइमा गत वर्षपर्यटक प्रहरीसँग ६ सय ६३ उजुरी परेका थिए । र्
पर्यटन उद्योगलाई निकै महत्त्व दिएको मुलुकमा त्यसलाई टेवा दिन ठूलो योगदान गर्न सक्ने युनिटलाई भने सबैतिरबाट बेवास्ता भएको पर्यटक प्रहरीहरूको टिप्पणी छ । तर, उनीहरू खुलेर प्रतिक्रिया र्सार्वजनिक गर्न चाहँदैनन् ।
'हामीले पर्यटक प्रहरीलाई शक्तिशाली बनाउन विभिन्न प्रस्ताव गरेका छौं,' पर्यटक प्रहरी स्रोत भन्यो, 'लुम्बिनीलगायतका खास पर्यटकीय स्थलहरूमा सेवा विस्तार गर्न जरुरी रहेको राय पनि पेस गरेका छौं ।' पर्यटन मन्त्रालयलाई बुझाइएको र प्रहरी प्रधान कार्यालयलाई बोधार्थमा दिइएको त्यस्तो प्रस्तावमा युनिटलाई अधिकारसम्पन्न बनाईनुपर्ने, साधन-स्रोत र जनशक्ति विस्तार गर्नुपर्नेलगायतका बँुदाहरू छन् ।

२०६८ - श्रावन - १८
source :दीपक ज्ञवाली/राजधानी

Sunday, August 7, 2011

किन घट्दै छ पर्यटनको आम्दानी ?

नेपालमा कम खर्च गर्ने पर्यटकको संख्या बढिरहेको छ । यस्ता पर्यटक 'एफआइटी’ अर्थात् 'फ्रिइन्डिभिजुअल ट्राभलर’ हुन् जसले एजेन्सीसँग प्याकेज किन्दैनन् । नेपाल आउने पर्यटकमध्ये करिब १५ प्रतिशतले मात्र प्याकेज बुक गरेर आउँछन् । बाँकीले यहीँ आएर मोलमोलाइ गरी प्याकेज किन्ने गर्छन् ।

नेपाल आउने पर्यटक बढिरहे पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी भने घटेका विभिन्न तथ्यांक बाहिर आइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक तथा आर्थिक सर्वेक्षणले पर्यटन क्षेत्रबाट हुने आम्दानी घटिरहेको देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २००९ मा ३७ करोड ७१ लाख ७२ हजार अमेरिकी डलर पर्यटन क्षेत्रबाट आम्दानी भएकोमा सन् २०१० मा ३२ करोड ९९ लाख ८२ हजार डलरमा झरेको छ ।

त्यस्तै, आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०६६/६७ को तुलनामा ०६७/६८ मा पर्यटकबाट हुने आम्दानी झन्डै १० प्रतिशतले घटेको छ । पर्यटकबाट प्राप्त आम्दानीका आधारमा ०६७ पुस मसान्तसम्मको आय २४ करोड ९८ लाख ८८ हजार रुपैयाँ छ । जब कि ०६६ पुससम्म २७ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको थियो ।

खर्च गर्न कन्जुस्याइँ गर्ने पर्यटकको संख्यामा वृद्धि तथा पर्यटन क्षेत्रमा बढेको अस्वस्थ प्रतिस्पर्धा आम्दानी घट्नुको मुख्य कारण हो । पछिल्लो केही समयमा ट्राभल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । खुलाबजार भएकाले मूल्यमा चर्को प्रतिस्पर्धा छ र सस्तोको होडबाजीले गर्दा सेवाको गुणस्तर खस्केको छ । सीमित पर्यटकीय गतिविधि र अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालप्रति स्तरीय पर्यटकको आकर्षण घट्दै गएको छ । एउटै कम्पनीमार्फत विभिन्न कारोबार गर्ने तर करको दायरामा नआउने प्रवृत्तिका कारण पनि पर्यटन व्यवसायबाट हुने आम्दानी राज्यको ढुकुटीमा आउन सकेको छैन । यसका लागि राज्यको अनुगमन प्रभावकारी हुनुपर्छ र यस्ता व्यवसायीलाई अनुमतिअनुसारको व्यवसाय मात्र गर्न दिनुपर्छ ।

ट्राभल एजेन्सीको काम अनलाइनबाट हुने भएकाले राजस्व ठगी र अपारदर्शिताको बढी सम्भावना हुन्छ । पर्यटन मन्त्रालयमा दर्ता भएका ट्राभल एजेन्सीको संख्या १८ सय नाघेको छ, तर राष्ट्र बैंकको तथ्यांकअनुसार धेरै कारोबार गर्ने कम्पनीको संख्या ३ दर्जन मात्र छ । यसको अर्थ अझै थुपै्र ट्राभल एजेन्सी करको दायराभन्दा बाहिर छन् । कतिपय ठूला होटल तथा ट्राभल एजेन्सीको बैंक खाता विदेशमा भएको र क्रेडिट कार्डमार्फत विदेशमै कारोबार हुने गरेको बताइन्छ । नेपाली कम्पनीका विदेशस्थित एजेन्टबाट प्याकेज किनबेच हुँदा यो कारोबार राष्ट्र बैंकको दायरामा आउन सकेको छैन । केही समयअघि राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले 'सिस्टम' मा केही त्रुटि भएको र राष्ट्र बैंकले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय ध्वजाबाहकको आम्दानी बर्सेनि घट्दै जानु पर्यटन क्षेत्रको आम्दानी कम देखिनुको अर्को महत्त्वपूर्ण कारण हो । नेपालले सन् १९९८ देखि उदार हवाई नीति लिएपछि विदेशी विमान कम्पनीको नेपाल आउने क्रम ह्वात्तै बढ्यो । अहिले २७ वटा विदेशी विमान कम्पनीले नेपालमा उडान गरिरहेका छन् र तिनको वाषिर्क हवाई सिट क्षमता करिब २५ लाख छ । १२ वर्षअघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा १४ विदेशी विमान कम्पनीले नेपालमा उडान भरिरहेको स्थिति थियो भने सिट संख्या १० लाख थियो । त्यतिखेर राष्ट्रिय ध्वजाबाहकले ठूलो बजार हिस्सा ओगट्ने हुनाले पर्यटन क्षेत्रको आम्दानी स्वदेशमै रहन्थ्यो ।

अहिले नेपालमा करिब ८० अर्बको हवाई बजार छ र त्यसमा नेपाल वायुसेवा निगमको हिस्सा करिब ५ अर्बको मात्र छ । हवाई बजारमा हुने ठूलो आम्दानी विदेशी विमान कम्पनीमार्फत बिदेसिइरहेको छ । नागरिक उड्डयन प्राधिकरणले लिने 'ल्यान्डिङ पार्किङ' तथा 'नेभिगेसन चार्ज', नेपाल वायुसेवाले लिने 'ग्राउन्ड ह्यान्डलिङ' चार्ज तथा पर्यटन बोर्डले प्रतियात्रु पाउने पाँच सय रुपैयाँबाहेक नेपाली पर्यटनमा विदेशी विमान कम्पनीको खासै योगदान छैन । यस्तो अवस्थामा कसरी पर्यटन क्षेत्रको आम्दानी बढ्न सक्छ ?

सन् २०१० को तथ्यांकअनुसार नेपाल वायुसेवा निगमले वर्षभरिमा करिब २२ हजार पर्यटक नेपाल भित्र्याएको थियो । विदेशी पर्यटक नेपाल भित्र्याउने मुख्य ५ विमान कम्पनी विदेशी छन् । कुनै वेला एकै गन्तव्यबाट २२ हजारभन्दा बढी पर्यटक भित्र्याउने निगम अहिले २७ वटा विमान कम्पनीमा छैटौँ स्थानमा पुगेको छ ।

नेपालमा कम खर्च गर्ने पर्यटकको संख्या बढिरहेको व्यवसायीको ठहर छ । यस्ता पर्यटक 'एफआइटी' अर्थात् 'प|mी इन्डिभिजुअल ट्राभलर' हुन् जो एजेन्सीसँग प्याकेज किन्दैनन् । नेपाल आउने पर्यटकमध्ये करिब १५ प्रतिशतले मात्र प्याकेज बुक गरेर आउँछन् । बाँकीले यहीँ आएर मोलमोलाइ गरी प्याकेज किन्ने गर्छन् । यस्ता पर्यटकले एकमुष्ठ प्याकेज नकिन्ने भएकाले सस्तो खोज्दै विभिन्न एजेन्सी धाउँछन् । गुणस्तरीय पर्यटकमा भन्दा संख्यामा जोड दिन थालिएपछि आम्दानी बढ्ने कुरा भएन ।

२०१० को तथ्यांकअनुसार पर्यटकको सरदर बसाइ अवधि २००९ को तुलनामा १ दिन बढेर १२ दिन पुगेको छ । तर, बसाइ अवधि बढे पनि दैनिक खर्च ६५ डलरबाट घटेर ४३ डलरमा झरेको छ । पाँचतारे होटलको कारोबार १० प्रतिशतले घटेको देखिनुले पनि कम खर्च गर्ने पर्यटक बढेको संकेत हो ।

तथ्यांकअनुसार २०१० मा नेपाल आउने धार्मिक पर्यटकको संख्या उल्लेख्य बढेको छ, जसले सामान्यतया कम खर्च गर्छन् । सन् २००९ मा ५१ हजार ५ सय धार्मिक पर्यटक आएकोमा २०१० मा यो संख्या झन्डै दोब्बर भएको छ । तुलनात्मक रूपमा बढी खर्च गर्ने ट्रेकिङ तथा पर्वतारोहणका सोखिन पर्यटक भने आधा घटेका छन् ।

विश्व पर्यटन संगठन र अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार विश्वको कुल अन्तर्राष्ट्रिय व्यापारको करिब ६ प्रतिशत पर्यटन सेवाले ओगटेको छ । सन् २०१० मा विश्वव्यापी रूपमा पर्यटन क्षेत्रबाट हुने कुल गार्हस्थ उत्पादन अर्थात् जिडिपी ४.६ प्रतिशत पुगेको छ । नेपालमा भने जिडिपीमा पर्यटनको योगदानबारे यकिन तथ्यांक छैन । सरकारी तथ्यांकअनुसार यो प्रतिशत ३ छ भने पर्यटन व्यवसायीले २५ प्रतिशतसम्मको दाबी गर्दै आएका छन् ।

जिडिपीमा पर्यटन क्षेत्रको योगदानको मूल्यांकन गर्ने स्याटेलाइट लेखा प्रणाली लागू गर्ने घोषणा भएको वर्षौं बितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । पर्यटन मन्त्रालयले केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर यो प्रणाली लागू गर्ने प्रयास गरेको छ, तर अपेक्षाकृत काम भइरहेको छैन । यो प्रणाली लागू गर्न पर्यटनबाहेक सम्बद्ध अन्य क्षेत्रको पनि तथ्यांक लिनुपर्ने हुन्छ ।

मुलुकको विद्यमान राष्ट्रिय लेखा प्रणालीले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान हेर्दैन । यसले कुल गार्हस्थ उत्पादनमा कुन क्षेत्रको कति योगदान छ भनेर बृहत् रूपमा मात्र हेर्छ । यसमा पर्यटन क्षेत्रको सारांश मात्र हुने भएकाले पर्यटनको विस्तृत तथ्यांकका लागि स्याटलाइट लेखा प्रणाली आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कृषि, यातायात, उत्पादनमूलक क्षेत्रलगायत आर्थिक गतिविधि हुने १७ वटा मानव क्रियाकलापका क्षेत्र छुट्याएको छ । स्याटलाइट लेखा प्रणालीको प्रयोगबाट ती सबै क्षेत्रको छुट्टाछुट्टै तथ्यांक संकलन गरेर पर्यटन क्षेत्रको विस्तृत र छुट्टै तथ्यांक निकालिन्छ । यसका लागि नियमित रूपमा तथ्यांक संकलन गरिरहनुपर्ने हुन्छ ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान पत्ता लगाउन होटल, रेस्टुरेन्ट, वनलगायत पर्यटनसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सम्बन्धित सबै क्षेत्रकोे तथ्यांक संकलन गरी एकीकृत तथ्यांक तयार गरिन्छ । अहिलेको लेखा प्रणालीमा पर्यटकले कुन-कुन क्षेत्रमा कति-कति खर्च गर्छन् भन्ने स्पष्ट तथ्यांक आउँदैन । पर्यटकले खर्च गर्ने 'पकेट मनी' राष्ट्र बैंकको तथ्यांकमा नआउने भएकाले पनि आम्दानी कम देखिएको हुन सक्छ ।

स्याटलाइट लेखा प्रणाली भनेको आर्थिक तथा सामाजिक विषयलाई अलग्गै विशेष रूपमा केन्दि्रत गरी आर्थिक विश्लेषण गरेर तयार गरिने लेखा प्रणाली हो । भारत, सिंगापुर, थाइल्यान्डलगायत मुलुकमा यो प्रणाली सफलतापूर्वक लागू भइसकेको छ । यो एउटा सूक्ष्म लेखा प्रणाली हो जसबाट पर्यटन उद्योगको आकार र पर्यटनको आर्थिक योगदान थाहा हुन्छ । सन् १९८३ मा विश्व पर्यटन समाजले ल्याएको पर्यटन स्याटलाइट लेखा प्रणालीलाई सन् २००० मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको थियो ।

नेपालको पर्यटन क्षेत्रमा स्याटलाइट लेखा प्रणाली लागू गर्न त्रिवषर्ीय अन्तरिम योजना तथा पर्यटन नीति ०६५ मा प्राथमिकतासाथ उल्लेख भएको छ । तथ्यांकशास्त्रीका अनुसार पर्यटन क्षेत्रमा भएको पुँजीगत लगानीको स्थिति, पर्यटन उद्योगबाट प्राप्त राजस्व, पर्यटन उपभोगको स्थिति र राष्ट्रिय शोधानान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलनमा पर्यटनको प्रभाव मूल्यांकन गर्न पनि यो प्रणाली उपयुक्त हुन्छ । स्याटलाइट लेखा प्रणालीका लागि जनगणना, विभिन्न सर्वेक्षण, अध्ययन तथा प्रशासनिक अभिलेखबाट प्राप्त तथ्यांक मुख्य स्रोत हुन् ।

समग्रमा भन्नुपर्दा नेपालमा पर्यटन क्षेत्रबाट हुने गरेको आम्दानी क्रमशः ओरालोतिर लम्किरहेको छ । यसका कारण पहिल्याएर समयमै उपचारको उपाय अवलम्बन गर्न सकिएन भने यसले समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

Source : Nayapatrika (लक्ष्मीप्रसाद खतिवडा)
date :07/08/2011

Thursday, August 4, 2011

तीन महिनामा १५ हजार ४ सयलाई रोजगारी (पर्वतारोहण)

काठमाडौ, श्रावण १९ - पर्वतारोहणको मौसम मानिने वसन्त ऋतुमा पर्वतारोहणमा आउने विदेशी आरोहीले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

आरोहणका लागि जाँदा लुक्लादेखि आधार शिविरसम्म ९ हजार ६ सय ६० र र्फकंदा ५ हजार ३ सय १३ भरियाले रोजगारी पाएको तथ्यांक छ । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको हिमाल संरक्षण आयोगले तयार गरेको एक रिपोर्टअनुसार मार्चदेखि मेसम्म सगरमाथातर्फ लागेको २३ टोलीका २ सय ३४ आरोहीका लागि २ सय ५९ हाई अल्टिच्युड क्लाइबिङ शेर्पा -एचएएस) र १ सय ६४ जना भान्छेहरू थिए ।

पर्यटन मन्त्रालयअन्तर्गत उद्योग महाशाखाले सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि ९२ टोलीलाई अनुमति दिएको थियो । यो वर्षको वसन्तमा २ सय ३४ मध्ये १ सय ५६ विदेशी आरोहीले सगरमाथाको चुचुरो टेके । 'छोटो अवधिमा धेरैलाई रोजगारी दिने यो क्षेत्रलाई फराकिलो बनाउन अन्य हिमालसम्म पुग्न सक्ने पूर्वाधार बनाउनु आवश्यक छ,' आयोगका सदस्य आङछिरिङ शेर्पाले भने, 'रोयल्टी छुट मात्र दिएर हुँदैन ।' उनका अनुसार स्थान अनुसार पवर्तारोहण व्यवसायलाई बाहै्र महिना सञ्चालन गर्न सके युवाहरू कामका लागि बिदेसिनु पर्दैन ।

'भरियाका लागि मात्र आरोहीले १२ करोड ३५ लाख २७ हजारभन्दा बढी खर्च गरेका छन्,' शेर्पाले जानकारी दिए ।

सरकारले सुदूरपश्चिमका हिमालमा व्यावसायिक आरोहण सुरु गर्ने उद्देश्यले पर्यटन वर्षको अवसर पारेर रोयल्टी छुट गरेको छ । त्यस्तै धौलागिरिमा ५० प्रतिशत छुट छ । तर पूर्वाधार र हवाई यातायातको पहँुच नहुँदा व्यावसायिक आरोहणको सम्भावना भए पनि त्यसको सदुपयोग हुन सकेकेा छैन ।

शेर्पाका अनुसार मे अन्तिमसम्म भएको आरोहणमा २३ विदेशी टोलीले सरकारलाई १७ करोड १४ लाख ३२ हजार रुपैयाँ राजस्व तिरेका छन् । आयोगको रिपोर्टअनुसार 'हाई अल्टिच्युड क्लाइबिङ (एचएएस)' शेर्पालाई दिइने उपकरण भत्ता,

ज्याला, आरोहण बोनसलगायत लागि करिब ८ करोड १४ लाख ७३ हजार रुपैयाँ उठ्यो ।

आधार शिविर र क्याम्प टुसम्म पुगेका भान्छेले भत्ता, ज्याला र बिमा गरी ३ करोड २८ लाख रुपैयाँ कमाएका छन् । 'काठमाडौं-सोलुखुम्बु दुईतर्फी उडान, लगेज र अन्य खर्च गरी ५ करोड २७ लाख २७ हजारभन्दा बढीको कारोबार भएको देखिन्छ,' शेर्पाले भने । विदेशी आरोहीले उचाइका लागि खानेकुरा, इन्धन, अक्सिजन, मास्क, रेगुलेटर, आरोहण उपकरण, रुट फिक्सिङ शुल्क, आधार शिविरमा उपचार शुल्क र फोहोर व्यवस्थापनका लागि १२ करोड ७० लाख ५१ हजार रुपैयाँ भन्दा बढी खर्चेको तथ्यांक छ ।

पर्यटनमा अवसर

विदेशी आरोहीबाट ६४ करोड ९१ लाख खर्च

पदयात्रासमेत जोड्दा वर्षमा २ अर्ब आम्दानी

पवर्तारोहण व्यवसायलाई बाहै्र महिना सञ्चालन गर्न सके युवाहरू कामका लागि बिदेसिनु पर्दैन’


source : Kantipur
प्रकाशित मिति: २०६८ श्रावण १९

Tuesday, August 2, 2011

पर्यटन प्रवद्र्धनमा ७ करोड खर्च (०२ अगस्ट २०११)

नेपाल पर्यटन वर्ष २०११ अभियानको बितेका सात महिनामा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड र पर्यटन वर्ष २०११ को सचिवालयले करिब ७ करोड रुपैया खर्च गरेका छन् । ‘इस्ट युरोप सेल्स मिसन’ जस्ता नयाँ कार्यक्रमसहित बोर्डले परम्परागत रूपमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय पर्यटन महोत्सवका लागि यो रकम खर्च गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरसम्मको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि यस अवधिमा बोर्डले ६ करोड तथा सचिवालयले १ करोड गरी करिब ७ करोड खर्च भइसकेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

भारत, चीन, बेलायत, अमेरिका, जर्मनी, स्पेन, लन्डन, जापानलगायतका मुलुकमा २२ वटा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । युरोपेली मुलुकमा सात, अमेरिकामा दुई, भारतमा ६ र अन्य एसियाली मुलुकमा १० वटा अन्तर्राष्ट्रिय पर्यटन महोत्सवको आयोजना गरिएको जनाइएको छ । त्यसैगरी, भारतमा चारवटा र पूर्वीयुरोपमा एउटा सेल्स मिसन कार्यक्रम पनि आयोजना गरिएको पर्यटन बोर्डले जनाएको छ । यस अवधिमा भारतमा भएका प्रवद्र्धन कार्यक्रम उपलब्धिमूलक भएको बताइएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्ष २०११ अभियानको रूपमा सञ्चालन भएकाले यस अभियानले आन्तरिक पर्यटनको लहर फैलाएको र अन्तर्राष्ट्रिय रूपमा विश्वास दिलाउन सफल भएको बताए । पर्यटक बढि आए पनि आम्दानीमा वृद्धि नभएको भन्ने व्यवसायीको गुनासोमा सहमति जनाउँदै उनले यसको प्रमुख कारण नेपाल वायुसेवा निगमको जहाज नहुनु भएको बताए । “तथ्यांकमा निरन्तर पर्यटक वृद्धि भइरहेको अवस्थामा आम्दानी कम भएको भन्ने कुरा सत्य हो,” उनले भने ।

त्यसको प्रमुख कारण हामीसँग प्रशस्त हवाईजहाज नहुनु नै भएकाले पर्यटकले तिर्ने रकममध्ये आधा प्रतिशत हवाई खर्चमा जाने उनको भनाइ छ । “अहिले नेपाल आउने पर्यटकले तिरेको रकम पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुमार्फत बिदेसिने गरेको छ,” श्रेष्ठले भने ।

सात महिनाका उपलब्धिहरुको रूपमा नेपाल फेस्टिभल जापान २०१०, ब्रायन्ड एडम्स कन्सर्ट, अन्तर्राष्ट्रिय टेलिभिजनमा नेपालको पर्यटनसम्बन्धी विज्ञापनमार्फत प्रचारप्रसार, नेपाल र भारतमा आयोजित हिमालयन ल्ब्युस फेस्टिभललगायतका कार्यक्रम रहेको जनाइएको छ । यो अवधिमा यूके, मिडल इस्ट, भारत, चीन, क्यानडालगायतका मुलुकका विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमका १ सय ७० जना पत्रकारलाई नेपाल ल्याएर अन्तर्राष्ट्रिय प्रवद्र्धनको महत्वपूर्ण काम सम्पन्न भएको सचिवालयले जनाएको छ ।

गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि विनियोजित १३ करोड रकम फ्रिज भएपछि पर्यटन वर्ष २०११ को लक्ष्यअनुरुपका कुनै पनि अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रम भने हुन सकेनन् । चालू आवको बजेटमा पनि १३ करोड नै अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि छुट्ट्याइएको छ । अब बाँकी समयावधिमा गरिने कार्यक्रमको प्रभावकारितालाई हेरेरमात्र चालू आवको बजेटमा विनियोजित १२ करोड रुपयाँ दिइने जनाइएको छ ।

समितिका सदस्य रञ्जित आचार्यले अघिल्लो वर्ष बजेट ढिलो आएकाले अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि विनियोजित रकम खर्च गर्न नसकिएको बताए । अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि यसअघि बनाइएको संरचनालाई पूरै भंग गरेर नयाँ प्रक्रियामा जाने मन्त्रालयसँग सहमति भएको समेत उनले बताए । भारत र चीनका लागि ल्याइएको प्रस्ताव सोचेजस्तो नभएकाले यसलाई फेरि ल्याउन आग्रह गरिएको सदस्य आचार्यले जानकारी दिए ।

Source : Karobar daily

Monday, August 1, 2011

जुलाईमा ३५ हजार पर्यटक

पर्यटन वर्ष २०११ सुरुवातको सातौं महिना जुलाईमा नेपाल घुम्न आएका पर्यटक २० प्रतिशतले बढेका छन्। संख्या हवाई मार्ग हुँदै आउनेको मात्र हो। जुलाईलाई पर्यटन क्षेत्रमा अफ सिजन मानिन्छ।



यो वर्ष जुलाईमा ३५ हजार २ सय १२ पर्यटक नेपाल आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सोमबार जनाएअनुसार गत वर्ष जुलाईमा २९ हजार ३ सय ३८ पर्यटक आएका थिए।

नेपालको पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाई सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ। यसैगरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाई र अगस्टलाई अफ सिजन मानिन्छ। अफ सिजनमा पर्यटक बढेका छन्।
भारतबाट साढे २४ प्रतिशतले पर्यटक बढेको तथ्यांक रेकर्ड गरिएको छ। संख्या १२ हजार ७२ पुगेको छ। गत वर्ष ९ हजार ६ सय ९६ मा अडेको थियो। नेपाल आउने कूल पर्यटकको एक चौथाइ हिस्सा भारतीयले ओगट्छन्।
सार्क क्षेत्रबाट साढे २१.७ प्रतिशतले बढेर १४ हजार ३१ पुगेको छ। अघिल्लो वर्ष ११ हजार ५ सय ३१ थियो। एसियाबाट ५६.६ प्रतिशतले बढेर ७ हजार ५ सय ७० पुगेको छ। चिनिया पर्यटक १ सय २७ प्रतिशतले बढेर ३ हजार ३ सय ६ पुगेको छ। जापानी भने ७.९ प्रतिशतले घटेर ८ सय ३७ मा झरेको छ।
प्रमुख बजार युरोपबाट पनि ५.६ प्रतिशतको गिरावट आएको छ। गत
महिना नेपाल घुम्ने युरोपेली पर्यटक ७ हजार ४ सय १२ मा अडेको छ। अघिल्लो वर्ष ७ हजार ८ सय ५५ पुगेको थियो।

बेलायतबाट साढे ७.१ प्रतिशतले बढेर २ हजार १ सय १२ र अर्को प्रमुख बजार अमेरिकाबाट १६.८ प्रतिशतले बढेर २ हजार २ सय ६८ पुगेका छन्। गत वर्ष मेमा बेलायतबाट १ हजार ९ सय ८० र अमेरिकाबाट १ हजार ९ सय ४१ आएका थिए।

'जुलाइ महिना पर्यटक कम आउने सिजन हो, तर पनि यो तथ्यांकबाट हामी आशावादी छौं,' एक पर्यटन व्यवसायीले भने, 'यही गतिमा वृद्धि दर अगाडि बढे पर्यटन वर्ष अभियानमा राम्रै योगदान पुग्छ।'

गएको सात महिनामा २ लाख ८० हजार ५ सय ७५ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन्। यो गत वर्ष यही अवधिको दाँजोमा २४.३ प्रतिशतले बढी हो। गत वर्ष २ लाख २५ हजार ६ सय ५७ मा अडेको थियो।

गत जुलाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ हजार ७ सय ८८ विदेशी पर्यटक बाहिरिएका थिए। उक्त अवधिमा ५१ हजार १ सय ९८ नेपाली स्वदेश भित्रिएका र ६८ हजार २ सय बाहिरिएका थिए।

source : Nagariknews