Wednesday, August 24, 2011
अघिल्लो वर्ष ११ लाख पर्यटक
12:03 AM
1 comment
• स्लथ र हवाई मार्गबाट ६ लाख २४ हजार ९ सय ९२ भारतीय
• बेलहिया नाकाबाट मात्रै ३ लाख ३७ हजार ८ सय ४२ भित्रिए
काठमाडौं, ६ साउन
नेपालले सन् २०११ मा १० पर्यटक भिœयाउने महत्वकांक्षी लक्ष्य लिइरहेका बेला गत वर्ष ११ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष हवाई र स्थलमार्ग हुँदै ११ लाख २३ हजार ३ सय ७७ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डले स्थलमार्गबाट ५ लाखभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएको अनुमानित तथ्यांक सार्वजनिक गरेपछि पर्यटक आगमनको तथ्यांकमा चामत्कारिक वृद्धि देखिएको हो ।
नेपाल भित्रिने प्रमुख आठ नाकाबाट गत वर्ष ५ लाख २० हजार भारतीय पर्यटक आएका छन् । बोर्डको अनुसन्धान विभागले गरेको अध्ययनअनुसार स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकको संख्या सन् २०१० मा ५ लाख २० हजार ५ सय २२ पुगेको छ । यो संख्या अघिल्लो वर्षको भन्दा ७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष स्थलमार्ग हुँदै २ लाख ९८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल–भारत खुला सीमाका कारण स्थलमार्गबाट नेपाल भित्रिने भारतीयको तथ्यांक राख्ने गरिएको छैन । भारतीय बाटो हुँदै यो अवधिमा १ लाख ५४ हजार ८६ जना तेस्रो मुलुकका पर्यटक आएका थिए । नेपालले पर्यटन वर्ष सन् २०११ मा १० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएको छ । तर, भारतीय पर्यटकको गणना प्रभावकारी नहुँदा यो लक्ष्य पु¥याउन कठिन भएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
सन् २०१० मा हवाइमार्गबाट ४ लाख ४ हजार ४ सय ७० पर्यटक नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गणना गर्दा गत वर्ष नेपाल भित्रिने भारतीय पर्यटकको संख्या ६ लाख २४ हजार ९ सय ९२ पुगेको छ ।
बोर्डको अध्ययन नेपाल–भारत सीमामा अध्यागमन कार्यालय रहेका आठ वटा क्षेत्रमा मात्रै सीमित रहेको विभागका निर्देशक काशीराज भण्डारीले बताए । स्थलमार्गबाट भित्रिने भारतीय पर्यटकको संख्या अझै बढी हुनसक्ने उनी बताउँछन् । “अध्यागमन कार्यालय नरहेका नाकाबाट पनि भारतीय पर्यटक भित्रिरहेका छन्, त्यसैले यो तथ्यांक त न्यूनतममात्रै हो,” उनले भने ।
भण्डारीका अनुसार अध्ययनले नेपाली सीमामा प्रवेश गर्ने सबै भारतीयलाई पर्यटकको सूचीमा राखिएको छैन । नेपाल भित्रिएका भारतीय नम्बरप्लेटका गाडीको संख्याका आधारमा बोर्डले औसत पर्यटकको संख्या निकालेको हो । तथ्यांकअनुसार सन् २०१० मा ९६ हजार ९ सय २८ वटा भारतीय नम्बरप्लेटका सवारी नेपाल भित्रिएका थिए ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये भैरहवाको बेलहिया नाकाबाट मात्रै ५० प्रतिशत आएका छन् । यो नाकाबाट एक वर्षमा ३ लाख ३७ हजार ८ सय ४२ पर्यटक भित्रिएका छन् । दोस्रो स्थानमा रहेको जनकपुर नाकाबाट पनि १ लाख १२ हजार ३८ पर्यटक आएको अध्ययनले देखाएको छ । बेलहिया नाकाबाट भित्रिने अधिकांश पर्यटक लुम्बिनी तथा जनकपुर नाकाबाट जनकपुरधाम दर्शन गर्न आउँछन् ।
निर्देशक भण्डारीले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अध्ययन र अनुसन्धानको अभावका कारण यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा कम योगदान देखिएकाले बोर्डले गत वर्षबाट यस्तो अध्ययन सुरु गरेको जानकारी दिए ।
source : karobar daily







भैरहवा , श्रावण ३२ -
ReplyDeleteविस्फोटक भित्रिन नदिन ँडग वाच’
भैरहवा , श्रावण ३२ -
हतियार र विस्फोटक पदार्थ भित्रिन नदिन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले नेपाल-भारतबीच अत्यधिक रूपमा आवागमन हुने सुनौली बेलहिया सीमा नाकामा 'कुकुर खानतलासी अभियान' सञ्चालन गरेको छ ।
उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्ति र भारतबाट सामान लिएर यता आउने यात्रुमा तालिमप्राप्त कुकुरले सुँघेर खानतलासी गर्ने गर्छन् । हातहतियार र विस्फोटक पदार्थ भित्र्याएर कुनै पनि आपराधिक गतिविधि हुन नदिन पूर्वसजगता अपनाउँदै यो अभियान मंगलबारदेखि गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा रूपन्देहीका उपरीक्षक उत्तम थनेतले बताए ।
उनका अनुसार तालिमप्राप्त चार कुकुरको माध्यमबाट सुनौली-बेलहियाबाहेक जिल्लाका अन्य सीमा नाकामा पनि आवश्यकताअनुरूप अभियान चलाइनेछ । भदौ १४ गतेको सम्भावित राजनीतिक उतारचढावको मौका छोपी कुनै घटना हुन नदिन यस्तो अभियान चलाएको हो ।
'कुनै पनि हतियार, विस्फोटक पदार्थ र लागूऔषध भित्रिन नदिन डग सर्च अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ,' थनेतले भने, यस अभियानबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पनि मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ । धेरै आवागमन हुने स्थल, हाटबजार लगायतका धेरै भीड हुने स्थल र विभिन्न सीमा नाकामा अकस्मात् अभियान सञ्चालन गर्ने गरिएको छ ।
केही वर्षदेखि तराईका विभिन्न भूमिगत सशस्त्र समूह र अन्य अपराधीले भारतबाट लुकाएर हतियार र विस्फोटक पदार्थ भित्र्याई व्यक्ति हत्यालगायत घटना घटाउँदै आएका छन् ।
सुनौली-बेलहिया नाकाबाट ठूलो परिमाणमा विभिन्न खालका लागूऔषध भित्रिने गरेको छ । उक्त अभियानअन्तर्गत खुट्टामा पट्टी बाँधी बाहिरबाट पाइन्टले छोपेर
भारतबाट लागूऔषध भित्र्याउने गरेका नवलपरासी अमरापुरी घर बताउने मेघराज जैसी बुधबार पक्राउ परेका छन् ।
प्रकाशित मिति: २०६८ भाद्र १ ०९:४७ कान्तिपुर संवाददाता