१६ चैत, काठमाडौं । पर्यटनमन्त्री लोकेन्द्र विष्टले चिनबाट ५ बटा टुईनेटर र ३ बटा एम १६ र दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भइरहेको बताउनु भएको छ ।
८ वटा जहाज ल्याउने प्रक्रिया धेरै अगाडि बढीसकेको भन्दै उहाँले पर्यटनको प्रर्वद्धनका लागि क्षेत्रीय स्तरमा उडान थप दुई वटा न्यरो बडी जहाज ल्याउने तयारी भइसकेको बताउनु भयो । विहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री विष्टले थप दुई वटा वाईड बडीको जहाज ल्याउने सरकारको योजना पनि सुनाउनु भयो ।
सन् २००९ को मुल्यमै एयरबसले दुई जहाज दिने बताए पनि लेखासमिति सहितका निकायहरुले पुनः प्रक्रिया सुरु गर्न भनेकोले बीचको बाटो खोजिएको उहाँको भनाई छ ।
पर्यटनमन्त्री विष्टले पोखरा र भैरहवा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमान स्थल बनाउने, बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमान स्थल छुट्याउने विषयमा सर्वे सहितका कामहरु भइरहेको जानकारी दिनुभयो ।







0 comments:
Post a Comment