This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Tuesday, January 24, 2012

अमेरिका र अस्ट्रेलियासँग हवाई सम्झौताको तयारी

काठमाडौ, माघ ११ - सरकारले अमेरिका र अस्ट्रेलियाद्वारा यहाँ हवाई पहुँचका लागि चासो देखाएपछि दुवैसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ ।

नयाँ सम्झौताका साथै बेलायतसँगको सम्झौता पुनः संशोधन गर्ने तयारी पनि भइरहेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । 'दुवै मुलुकले तीन महिनाअघि हवाई सेवा सम्झौताका लागि प्रस्ताव पठाएका थिए,' उनले भने, 'अस्ट्रेलियाले त सम्झौताको खाका समेत पठाइसकेको छ ।' उनका अनुसार उड्डयन क्षेत्रका अन्य पक्षहरूसँग छलफलपछि अमेरिकासँग सम्झौताको मिति तय गरिने छ ।

अमेरिकाले यहाँ शान्ति र राजनीतिक स्थिरता सुदृढ हँुदै गएकाले हवाई सेवा सम्झौताका लागि चासो देखाएको पनि मन्त्रालयको भनाइ छ । झन्डै एक महिनाअघि मात्र अमेरिकाले नेपालमा राजनीतिक अवस्था सुधार भएको र भ्रमणका लागि उपयुक्त गन्तव्य रहेको भन्दै पुरानो ट्राभल एडभाइजरी परिवर्तन गरेको थियो ।

त्यस्तै अमेरिकाले माओवादी द्वन्द्वसँगै आठ वर्षअघि बन्द भएको 'पिस क्रप्स' स्वयंसेवक कार्यक्रम पुनःस्थपाना गर्ने निर्णयले पनि हवाई सम्झौताका लागि महत्त्वपूर्ण भूमिका खेलेको हो । यस कार्यक्रम अन्तर्गत २०६९ सुरुतिर २० जनाको टोली नेपाल आउने छ । 'सम्झौतापछि दुई देशका विमान कम्पनीले सेवा सुचारु गरेपछि त्यहाँबाट आउने पर्यटकको संख्या उल्लेख्य बढ्ने छ,' आचार्यले भने ।

सन् २०११ भरि यहाँ घुम्न आउने अमेरिकीको संख्या ३७ हजार ८ सयभन्दा बढी छ । त्यस्तै अस्ट्रेलियालीको संख्या १६ हजार १ सय छ । अमेरिका र अस्ट्रेलिया दुवै मुलुकमा नेपालबाट पढ्न र कामका लागि जाने नेपालीहरू पनि धेरै भएकाले विमान कम्पनीले सजिलै बजार पाउन सक्छन् । हाल नेपालले ३६ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ ।

'तीन वर्षयता हवाई यात्रु र उडान संख्या आश्चर्यपूर्ण वृद्धि भएको छ,' नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले भने, 'अमेरिका र अस्ट्रेलियाले नेपालसँग जोडिनु हाम्रो लागि उत्साहजनक विषय हो ।' त्यस्तै बेलायतले परिमार्जन पछिको सम्झौता 'थर्ड पार्टी कोड सेयर' मा गर्न सरकारलाई प्रस्ताव गरेको छ । खुला आकाश नीतिअन्र्तगत यस्तो सम्झौता धेरै मुलुकका सक्षम विमान कम्पनीहरूले मात्र गर्ने मन्त्रालयका सहसचिव आचार्यले बताए ।

'थर्ड पार्टी कोड सेयर' सम्झौता अन्तर्गत बेलायतको विमान कम्पनीले अर्को कुनै मुलुकसम्म यात्रु पुर्‍याउँछ । त्यसपछि त्यस मुलुकको कुनै विमान कम्पनीले उद्गम मुलुककै विमान कम्पनीको कोड टिकटमा यात्रुलाई नेपाल ल्याउने छ । यसबापत बेलायती विमान कम्पनीले अर्को विमान कम्पनीसँग आम्दानी बाँड्छ ।

बेलायतसँग पुरानो सम्झौता सन् १९९४ तिर भएको थियो । त्यसपछि १९९८ सम्म नेपाल वायुसेवा निगमले काठमाडौं-लन्डन उडान गथ्र्यो । नेपालमा हाल निगम र बुद्ध एयरसहित २८ अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी सञ्चालित छन् ।


कान्तिपुर
प्रकाशित मिति: २०६८ माघ ११

Sunday, January 22, 2012

रारामा रिसोर्ट र पर्यटक सेवा केन्द्र बन्ने

नेपालगन्ज, माघ ८ - देशकै ठूलो ताल रारालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गर्ने भएको छ । रारामा सरकारी स्तरबाट रिसोर्ट र पर्यटक सेवा केन्द्र निर्माण गर्ने निर्णय मन्त्रालयले गरेको छ । कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिमार्फत मन्त्रालयले रारा किनारमा अत्याधुनिक रिसोर्ट बनाउन लागेको हो । त्यसका लागि ८० लाख निकासासमेत भइसकेको छ ।

रारा राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट निर्माण गर्न तयारी भइरहेको मन्त्रालयका योजना विभाग प्रमुख लोकबहादुर खत्रीले बताए । 'निर्णय भएको दुई महिना भइसक्यो,' उनले भने, 'निकुञ्जभित्र जग्गा लिने प्रक्रियामा ढिलाइ भइरहेको छ ।' रिसोर्टका लागि जग्गा दिन वन मन्त्रालय र निकुञ्ज विभाग सहमत भइसके पनि प्रक्रिया मिलाउन समय लाग्ने खत्रीले बताए ।

राम्रो पर्यटकीय सम्भावना भएको रारामा पर्यटन वर्ष-२०११ मा पनि पर्यटक वृद्धि नभएपछि मन्त्रालय भौतिक पूर्वाधार निर्माणमा लागेको हो । 'रारा जाने धेरैले होटल समस्या देखाए । पर्यटकलाई सहज वास उपलब्ध गराउन मन्त्रालयले अत्याधुनिक रिसोर्ट बनाउन लागेको हो,' खत्रीले भने । रारामा निजी क्षेत्रको एक मात्र होटल छ । त्यहाँ धेरैमा २५ पर्यटक बस्न सक्छन् । पर्याप्त होटल अभावले पर्यटक रारा किनारको चउरमा टेन्ट टाँगेर सुत्ने गर्छन् ।

मन्त्रालयले पर्यटक सेवा केन्द्रसमेत निर्माण गर्न लागेको छ । सेवा केन्द्रका लागि ६० लाख निकासा भइसकेको छ । सेवा केन्द्र खोल्न निजी क्षेत्रबाट निःशुल्क जग्गा माग गरिएको छ । 'निःशुल्क जग्गा अपेक्षा गरेका छौं,' पर्यटकीय पूवार्धार विकास विभागका इन्जिनियर रवि शाहले भने, 'स्थानीयले रुचि देखाएका छन् । जग्गा प्राप्त भने भइसकेको छैन ।'

सरकारले लगानी गरेपछि निजी क्षेत्र आकषिर्त हुने पर्यटन वर्ष २०११ कार्यान्वयन सचिवालय सदस्य राजु कार्कीले बताए । 'रिसोर्ट र पर्यटक सेवा केन्द्रपछि पर्यटकलाई राहत पुग्नेछ,' कणर्ाली क्षेत्र पर्यटन प्रवर्द्धनका प्रस्तावक संयोजकसमेत रहेका कार्कीले भने, 'रारालाई केन्द्रमा राखेर भेरी र कणर्ाली क्षेत्रको पर्यटकीय विकास गर्ने सरकारी योजना छ ।'

रारासँगै मन्त्रालयले रुरु-रेसुंगा, अरुण-भोजपुर, रारा, रामारोशन र जनकपुरमा पनि पर्यटक सेवा केन्द्र स्थापना गर्न बजेट निकासा गरिसकेको छ । रुरु र अरुणमा जग्ग्ाा प्राप्त भई नक्सांकन सुरु भइसकेको शाहले बताए । 'जग्गाको प्रक्रिया पूरा हुनासाथ काम थाल्ने गरी तयारी अवस्थामा छौं,' इन्जिनियर शाहले भने । मन्त्रालयले छुट्टयाएका १७ पर्यटकीय क्षेत्रमध्ये ६ क्षेत्रमा सेवा केन्द्र निर्माण गर्न लागेको हो ।



प्रकाशित मिति: २०६८ माघ ८
Kantipur

हवाई यात्रा पनि महँगियो

काठमाडौ, माघ ८ - पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै आन्तरिक विमान कम्पनीले इन्धनबापत लिने रकम बढाएपछि हवाई यात्रा महँगिएको छ । नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) ले शनिबार हवाई भाडामा जोडिने इन्धनबापतको मूल्यमा ५५ देखि १ सय ९० रुपैयाँसम्म बढाउने निर्णय गरेपछि हवाई भाडा महँगिएको हो ।

निर्णयबमोजिम बुद्ध एयरले बढेको मूल्य शनिबारदेखि नै समायोजन गरी नयाँ भाडादर निर्धारण गरिसकेको छ । त्यस्तै गुण र अग्नि एयरले आगामी मंगलबारदेखि बढेको मूल्य समायोजन गर्नेछन् । यतीले आगामी साताभित्र बढेको इन्धन मूल्य समायोजन गर्ने संघले जनाएको छ ।

आयल निगमले माघ ४ गतेदेखि अन्य पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १ सय ५ रुपैयाँ कायम गरेको छ । उडान सञ्चालन खर्चमा इन्धनको हिस्सा ३० प्रतिशतभन्दा बढी हुने भएकाले बढेको मूल्य समायोजन गर्न बाध्य हुनुपरेको विमान कम्पनी सञ्चालक बताउँछन् । यसअघि गत जेठ २ गते निगमले हवाई इन्धनको मूल्यमा १० रुपैयाँ बढाएर प्रतिलिटर एक सय रुपैयाँ बनाएको थियो । त्यति बेला विमान कम्पनीहरूले इन्धन मूल्यमा ६० देखि ८० रुपैयाँ बढाएका थिए ।

संघको शनिबार बसेको बैठकले सिमराका लागि पुरानो मूल्य -१ हजार १ सय २५) मा ५५ रुपैयाँ, भरतपुर -१ हजार ३ सय १० रुपैयाँमा ) ६५, जनकपुर -१ हजार ५ सय) मा ७५ र पोखरा -१ हजार ६ सय ८५) मा ८५ रुपैयाँ बढाउने निर्णय गरेको छ । त्यस्तै पर्वतीय उडानका लागि नेपाली र भारतीयले पुरानो मूल्यमा १ सय ८५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । अन्य विदेशी पर्यटकका लागि इन्धन मूल्यमा ३ डलर बढाइएको छ ।

संघको निर्णयअनुसार भैरहवा -२ हजार ६०) र भद्रपुर -२ हजार ७ सय ५०) मा १ सय ५ रुपैयाँ बढेको छ । विराटनगर -२ हजार ३ सय १०) मा १ सय १५ रुपैयाँ, नेपालगन्ज -२ हजार ९ सय ३५) मा १ सय ५० र धनगढी -३ हजार ८ सय ७५) मा १ सय ९० रुपैयाँ बढेको छ ।

बढेको इन्धन मूल्यलाई 'नर्मल' फेयरसंगै विशेष योजनाअन्तर्गत दिइने सस्तो टिकटमा समेत समायोजन गरिएको छ । 'सिमराबाहेक सबै गन्तव्यमा सस्तो टिकट छ, तर त्यसमा बढेको इन्धन मूल्यलाई जोडिएकाले यात्रुले अब केही बढी तिर्नुपर्छ,' बुद्धका बजार प्रबन्धक रूपेश जोशीले भने ।

बुद्धले नेपालगन्जका लागि सस्तोमा ३ हजार २ सय ५० र विराटनगरका लागि २ हजार ७ सय ५० मा टिकट उपलब्ध गराउँथ्यो । अब सस्तो टिकटमा नेपालगन्ज जानेले ३ हजार ५ सयसम्म तिर्नुपर्नेछ । त्यस्तै विराटनगरका लागि टिकट मूल्यमा १ सय १५ जोडिने जोशीले

बताए । त्यस्तै धनगढीका लागि सस्तो टिकट किन्न ४ हजार ३ सय रुपैयाँसम्म तिर्नुपर्नेछ । 'इन्धन मूल्य घटे यसबापत लाग्ने रकम स्वतः घटाइनेछ,' उनले भने ।

विशेष योजनाअन्तर्गत ल्याएका सस्ता टिकटबाहेक 'नर्मल' भाडा भने सबै विमान कम्पनीको एउटै छ । गत वर्ष २०६७ मंसिर १५ गते सबै विमान कम्पनीले 'नर्मल' भाडामा एकरूपता कायम गरेका थिए ।

प्रकाशित मिति: २०६८ माघ ८
Kantipur

Wednesday, January 18, 2012

सन् २०१२ मा विश्वभर पर्यटक एक अर्ब पुग्ने

पर्यटन वर्षको रूपमा मनाइएको सन् २०११ मा नेपालले विदेशी पर्यटकको संख्यामा २२ प्रतिशतको उपलब्धि पाएको थियो । एसियाली मुलुकका नागरिकको प्रतिव्यक्ति आम्दानी बढ्दै जानुले नेपालमा पनि त्यसको प्रभाव परेको विश्व पर्यटन संगठनले जनाएको छ ।

नेपाल लगायत अन्य एसियाली मुलुकको गरी कुल अन्तर्राष्ट्रिय पर्यटक आगमन २१ करोड ६० लाख छ । दक्षिण एसियाली मुलुकमा मात्र ९ प्रतिशतभन्दा बढी पर्यटकले घुमे । विश्वभरिको अन्तर्राष्ट्रिय पर्यटक संख्या ९८ करोड पुगेको संगठनको गत सोमबार प्रकाशित प्रतिवेदनमा छ । सन् २०१० मा विश्वभरिमा ९३ करोड ९० लाख पर्यटक घुमेका थिए ।

'विभिन्न क्षेत्रमा देखिएको मन्दीका बाबजुद विश्व पर्यटनले २०११ मा नयाँ रेकर्ड कायम गर्‍यो,' प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संगठनका महासचिव तालेव रिफाईले भनेका छन् । मध्यपूर्वी र उत्तरी अपि|mकामा राजनीतिक उथलपुथल, जापानमा सुनामी लगायत अन्य समस्याहरू

देखिएका थिए ।

कुल आगमनबाट प्राप्त आयले विश्वको कुल ग्रार्हस्थ उत्पादन -जिडिपी) मा प्रत्यक्ष ५ प्रतिशतको योगदान पुर्‍याएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार विकसित मुलुकका लागि यो वृद्धिले रोजगारको अवसर सृजना गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ ।

यो वर्ष अन्तर्राष्ट्रिय पर्यटकबाट प्राप्त आम्दानीको वृद्धिदरका आधारमा चीन, भारत र ब्राजिल अगाडि रहे । चीनले पर्यटकबाट कमाउने रकम अघिल्लो वर्षभन्दा ३८ प्रतिशतले बढेको संगठनले जनाएको छ । २०११ मा चीनमा घुम्नेको संख्या ५ करोड ६० लाख पुगेको छ । त्यस्तै, यसबाट प्राप्त आम्दानी ४६ अर्ब डलर रहेको चीनको ग्लोबल टाइम्सले प्रकाशित गरेको छ । नेपालमा भने यो वर्ष हवाईमार्गबाट आउने पर्यटकको संख्या झन्डै ५ लाख ४५ र ११ महिनासम्म स्थलमार्गबाट आउने १ लाख ७४ हजार ६ सय १२ छन् ।

त्यस्तै, भारत र ब्राजिलको आम्दानी ३२ प्रतिशतले बढ्यो । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले पनि पर्यटकबाट पाउने आम्दानी झन्डै ३० प्रतिशतले बढेको देखाएको छ । युरोपमा अन्तर्राष्ट्रिय पर्यटक आगमन ५० करोड ३० लाख र अमेरिकामा १५ करोड ६० लाख पुग्यो ।

संगठनको विश्व पर्यटन 'ब्यारोमिटर' ले २०१२ मा विश्वभरि ३ देखि ४ प्रतिशतले बढेर पर्यटक आगमन १ अर्ब पुग्ने अनुमान समेत गरेको छ । एसिया तथा प्यासिफिक क्षेत्रको वृद्धि ६ प्रतिशतसम्म पुग्ने अनुमान छ । संगठनले सबै मुलुकलाई पर्यटक आगमनलाई प्रोत्साहित गर्न आधुनिक सूचना प्रविधि प्रयोग गरी भिसा र अन्य प्रक्रियालाई सहज बनाउन पनि आग्रह गरेको छ । 'यस्तो सुविधाले मानिसलाई यात्रा गर्न आर्कषित गर्छ,' संगठनका महासचिव तालेव रिफाईले आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् ।

कान्तिपुर
प्रकाशित मिति: २०६८ माघ ५

पुरानै मूल्यमा जहाज बेच्न एयरबस तयार

सुशील भट्टराई, काठमाडौं, माघ ५- खरिद समझदारी रोकिएको दुई वर्षपछि युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाललाई दुइटा जहाज पुरानै मूल्यमा बेच्ने प्रस्ताव गर्दै पत्राचार गरेको छ।
एयरबसले काठमाडौंस्थित फ्रान्सेली दूतावासमार्फत् परराष्ट्र र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई विगतकै जहाज खरिद प्रक्रियालाई निरन्तरता दिन आग्रह गरेको हो।


'फ्रान्सेली दूतावासबाट आएको पत्रमा एयरबसका जहाज पुरानै मूल्यमा दिन र विगतमै भएको खरिद समझदारी प्रक्रियालाई निरन्तरता दिइने उल्लेख छ,' पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बुधबार नागरिकसँग भने, 'अब हामी यसबारे परामर्श अगाडि बढाउँछौं।'


फ्रान्सेली दूतावासबाट गत पुस १४ मा उक्त पत्र आएको उनले बताए। पत्र प्राप्त भएपछि पर्यटन मन्त्रीसहित उच्च अधिकारीहरूले डेढ सातासम्म पुरानै खरिद समझदारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा व्यापक छलफल गरेका थिए।


दुई वर्षअघि पनि संसदको सार्वजनिक लेखा समितिले एयरबसबाट नेपाल वायुसेवा निगमका लागि जहाज किन्न गरिएको समझदारी रद्द गर्न निर्देशन दिएपछि हच्किएका पर्यटन उच्च अधिकारीहरू अब आएको पत्रबाट उत्साहित भएका छन्।


'लामो छलफलपछि एयरबसको नयाँ प्रस्तावसहितको पत्रबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा लेखा समिति, संसदका अन्य समिति, अर्थ मन्त्रालय, हवाई विज्ञलगायतसँग व्यापक परामर्श गर्ने तयारी भइरहेको छ,' उनले भने।


एयरबसले पठाएको पत्रबारे एकपल्ट परामर्श गर्न पर्यटन मन्त्रीले पत्र पठाएको लेखा समिति स्रोतले जानकारी दियो। 'यसबारे केही दिनभित्र निर्णय हुन्छ,' स्रोतले भन्यो।

पर्यटनका ती अधिकारीका अनुसार एयरबसले निगमलाई जहाज बेच्न हालेको टेन्डरमा जति मूल्य उल्लेख गरेको थियो, अहिले पनि त्यत्तिमै दिन सक्ने प्रस्ताव गरेको हो। 'सरोकारवालासँग परामर्श र छलफल सकारात्मक भयो भने खरिद प्रक्रिया अगाडि बढ्छ,' उनले भने, 'एयरबससँग वार्ता अगाडि बढे आगामी पाँच महिनाभित्र जहाज काठमाडौं आउने निश्चित छ।'


जहाज खरिद प्रक्रिया कस्तो थियो?
निगमले २०६६ कात्तिक ९ मा एयरबसको जहाज किन्ने निर्णय गरेको थियो। २०६५ चैत २५ मा टेन्डर मागेर २०६६ जेठ ८ मा टेन्डर खोलेको पाँच महिनापछि जहाज किन्ने निर्णय गरेको थियो।


दुई दशकपछि जहाज किन्न गरिएको यो पहिलो निर्णय थियो। एयरबससँग अमेरिकी जहाज निर्माता बोइङ प्रतिस्पर्धामा उत्रिएको थियो। निगमले १ सय ५० सिट क्षमताको ए३२०-२०० न्यारो बडी र २ सय ७० सिटे ए३३०-२०० वाइड बडी किन्न लागेको थियो।


एयरबसले निगमलाई ४ करोड १२ लाख ८९ हजार डलरमा न्यारो बडी र ९ करोड २८ लाख ४५ हजार डलरमा वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो। न्यारोको मूल्य बोइङको भन्दा सस्तो भए पनि वाइडमा भने प्रतिस्पर्धा भएको थिएन। निगमले कर्मचारी सञ्चय कोषबाट १० अर्ब रुपैयाँ ऋण लिएर जहाज किन्न लागेको थियो। तर, कोषले सरकारको जमानी चाहिने सर्त राखेको थियो।
निगमले पहिलोपटक एयरबसका जहाज किन्ने निर्णय गरेको थियो। हाल बोइङ कम्पनीका दुई बि७५७ मोडलका जहाज निगमसँग छन्। यी जहाज २२ वर्षअघि १० करोड ७० लाख डलरमा 'डिल' गरेको निगमले करिब १५ वर्षमा किस्ताबन्दी तिरिसक्दा १६ करोड ९० लाख डलर पुगेको थियो।

बैना सम्झौतामा के थियो?
निगमले २०६६ कात्तिक १९ मा एयरबसँग दुई जहाज किन्ने सर्तसहित समझदारीपत्रमा हस्ताक्षर गरी भोलिपल्ट 'लकअप मनी' (बैना) स्वरूप ७ लाख ५० हजार अमेरिकी डलर पठाएको थियो। बैना नलिई जहाज निर्माताले जहाजको मूल्य पठाउँदैन। यो जहाज निर्माताको नियमै हो।

एयरबससँग भएको समझदारीमै बैना प्राप्त हुनुपर्ने उल्लेख छ। निगमको आर्थिक विनियमावलीमा पनि सञ्चालक समितिले जहाज खरिद गर्ने निर्णय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ।


प्रक्रिया किन रोकिएको थियो?
लेखा समितिले निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको कारण देखाउँदै २०६६ पुस १३ मा रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो। निगमले जहाज खरिद गर्ने निर्णय गरेको दुई महिनासम्म चलेको विवाद र छलफलपछि समितिले उक्त निर्देशन दिएको थियो।

निगम सञ्चालक समितिको निर्णयबिना एयरबसलाई साढे ७ लाख डलर बैना पठाउनु अख्तियार दुरुपयोग भएको ठहर गर्दै समितिले कानुनबमोजिम कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको थियो।

निगम व्यवस्थापन, सञ्चालक समिति, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, कर्मचारी सञ्चय कोष, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा परीक्षकको कार्यालय, कानुन व्यवसायी, हवाई विज्ञलगायतसँग करिब दर्जनपटक छलफल गरेपछि समितिले जहाज खरिद प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो।
समितिले आवश्यकता र क्षमताअनुसार नयाँ जहाज अविलम्ब खरिद गर्न अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको थियो। नयाँ जहाज खरिद प्रक्रिया सुरु गर्न जमानत दिने मन्त्रालयका हैसियतले यसको कार्यान्वयन र निगरानी अर्थ मन्त्रालयले गर्नुपर्ने निर्णय समितिले गरेको थियो।

त्यसैगरी २०६७ जेठ १० मा अर्थले पनि जहाज खरिद प्रक्रिया रद्द गरी बैना ब्याजसहित असुल गरेर सम्बद्ध अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो।

तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारीले एयरबसलाई बैना पठाइ निगमलाई नोक्सान पुर्‍याएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०६६ पुस ९ मा विशेष अदालतमा मुद्दा हालेको थियो।

एयरबससँगको समझदारीमा बैना फिर्ता नहुने उल्लेख भए पनि फागुन २० मा एयरबसले ७ लाख ४९ हजार ९ सय ९२ डलर निगमको खातामा पठाइदिएको थियो। निगमले ७ लाख ४९ हजार ९ सय ९८ डलर बैना पठाएको थियो।

लगत्तै विशेष अदालतले चैत २ मा बैना एयरबसबाटै आएको हो वा होइन भन्ने जवाफ दिन निगमलाई आदेश दिएको थियो। निगमले चैत १६ मा बैना एयरबसबाटै आएको लिखित जवाफ विशेषलाई दिएको थियो।

त्यसपछि विशेषले सबै अधिकारीलाई धरौटीमा रिहा गरेको थियो। हाल कंसाकारलाई सरकारले अवकास दिइसकेको छ भने बाँकी अधिकारी निगममा काम गरिरहेका छन्।

19 JANUARY 2012 नागरिक

जापानवाट नेपाल आउने पर्यटकको संख्या ५ वर्ष यताकै उच्च

१८ जनवरी, काठमाण्डौ । सरकारले घोषणा गरेको लक्षअनुसार नेपालमा विदेशी पर्यटक नभित्रिएपनि नेपाल भ्रमण बर्ष घोषणा गरिएको सन् २०११ मा जापानवाट नेपाल आउने पर्यटकको संख्यामा भने निकै वृद्धि भएको छ । सन् २०११मा हवाई र स्थलमार्गको प्रयोग गरि जापानबाट २२ हजार ८ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१० मा यो संख्या २० हजार ४ सय ५८ रहेको थियो । सन् २००६ देखि हालसम्मको तथ्याङकलाई हेर्दा विस्तारै जापानी पर्यटक नेपाल भित्रिने क्रम वढ्दै गएको देखिन्छ । सन् २००६ यता सवै भन्दा वढि पर्यटक सन् २०११ मै नेपाल भित्रिएको नेपाल पर्यटन वोर्डले जनाएको छ ।

यसअघिका वर्षहरुमा सन् २००६ मा जापानवाट १८ हजार ५ सय ७४ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २००७ मा २१ हजार ९ सय ८९ , सन् २००८ मा १९ हजार ६ सय ९४ र सन् २००९ मा १९ हजार ४५ जना जापानी पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा माओवादीको १० वर्षे जनयुद्ध सकिएर शान्ति प्रक्रियामा आएपछि सवैजसो मुलुकवाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन वोर्डले जनाएको छ ।

नेपालको परम्परगत पर्यटन बजार मानिने जापानबाट अन्य देशको तुलनामा धेरै पर्यटक आउँछन् । खासगरि नेपालको पदयात्रा, जंगल सफारी, पोखरा लगायतको स्थानको दश्यावलोकन र सगरमाथा आधार क्षेत्र घुम्नका लागि जापानी पर्यटकहरु नेपाल आउने गरेका छन् । नेपालमा पर्यटकका रुपमा आएर नेपाली लोकसंगीत र नृत्यबारे अनुसन्धान गरेकी जापानी नागरिक युको ओकामोतो मल्लका अनुसार नेपाली मौलिक संस्कृतिलाई जापानीमाझ प्रचार गर्न सके जापानबाट आउने पर्यटकको संख्या निकै बढ्न सक्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०११ मा हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्या ५ लाख ४४ हजार ९ सय ८५ पुगेको छ । गत वर्ष -सन् २०१०) मा ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए । गत वर्षको तुलनामा यो वर्ष हवाई पर्यटक ९६ हजार २ सय १६ जनाले बढेका छन् । यो वृद्धिदर गत वर्षको भन्दा २१.४ प्रतिशतले बढी हो । सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरी नेपालमा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो ।

सन् २०११ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा ३१.२ प्रतिशतले वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष १ लाख ३० हजार ७ सय ९५ पर्यटक नेपाल भित्रिएकामा सन् २०११ मा यो संख्या बढेर १ लाख ७० हजार १ सय ४५ पुगेको छ । पर्यटन वर्षको अबधिमा पनि अघिल्ला वर्षहरूमा जस्तै सबैभन्दा बढी भारतबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । भारतबाट नेपाल आउने पर्यटकको संख्या गत वर्ष १ लाख ४ हजार ४ सय ७० पर्यटक रहेकामा सन् २०११ मा उक्त संख्या वृद्धि हुँदै १ लाख ४५ हजार ३ सय ३८ पुगेको छ, यो संख्या ३९.१ प्रतिशतले बढी हो ।

सन् २०११ मा एसिया प्रशान्त मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि उच्च वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष ८३ हजार ३ सय ९६ पर्यटक नेपाल आएकामा चालू वर्षमा १ लाख १० हजार २ सय ८० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ३२.२ प्रतिशतले बढी हो । यी मुलुकहरूमध्ये चीनबाट नेपाल आउने पर्यटकको संख्या ७७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चीनबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार ५ सय ५९ पर्यटक नेपाल आएकामा यस वर्ष ४५ हजार ४ सय पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

Source : Tokyonepal.com

Monday, January 16, 2012

चुनौतीपूर्ण लुम्बिनी भ्रमण वर्ष

तयारीमा ध्यानै नदिई नयाँ कार्यक्रम थाल्न हतार गर्ने सरकारी कार्यशैली लुम्बिनी भ्रमण वर्ष, २०१२ को घोषणामा पनि देखा परेको छ। नेपाल भ्रमण वर्ष, २०११ मूलतः भौतिक तयारीकै र प्रचार प्रसारका अभावमा आंशिकमात्र सफल भयो। नेपालको स्वाभाविक आकर्षकबाट आएका यात्रुको संख्या गनेर भ्रमण वर्ष सफल भएको ठान्नु हास्यास्पद आत्मरतिमात्रै हो। यसैगरी लुम्बिनी भ्रमण वर्ष पनि घोषणा गरिएकै भरमा सफल हुनसत्तै्कन। तर, सरकारले भने घोषणासँगै आवश्यक न्यूनतम भौतिक पूर्वाधार र स्थानीय परिवेश निर्माणमा ध्यान दिएको देखिएको छैन।

लुम्बिनी भ्रमण वर्ष, २०१२ को राष्ट्रपति रामवरण यादवले शनिबार विधिवत् उद्घाटन गरेका छन्। चीनका प्रधानमन्त्री वेन जियाबाओको आकस्मिक नेपाल भ्रमणको दिन परेकाले सञ्चार माध्यममा कार्यक्रम ओझेलमा पर्‍यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान काठमाडौंमै केन्द्रित भयो। त्यस्तै, राष्ट्रपति उपस्थित हुने औपचारिक कार्यक्रमअनुरूपको विशिष्ट व्यक्तिहरूको उपस्थिति पनि हुनसकेन। यसले निश्चय पनि लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसारको एउटा राम्रो अवसर गुम्यो।
गौतम बुद्धको जन्मस्थल अर्थात् बौद्ध धामका रूपमा प्रचारप्रसार गर्न सकेमात्र लुम्बिनीमा पर्यटक आउने हुन्। यसैले प्रचारप्रसार पनि मूलतः बौद्ध धर्मावलम्बी बसोवास गर्ने चीनलगायत दक्षिण तथा दक्षिणपूर्वी एसियामा केन्द्रित गरिनुपर्छ। साथै, नेपालीहरूलाई नै पनि लुम्बिनी भ्रमणका लागि प्रेरित गरिनुपर्छ। तीर्थका रूपमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू बुद्ध जयन्तीजस्ता विशेष अवसरमा बढी आउनसक्छन्। एकै पटक धेरै पर्यटक आए भने तिनलाई स्थानीय आवास तथा अन्य सुविधा अपर्याप्त हुन्छ। पर्यटकले त्यस्तो असुविधा भोग्नु पर्‍यो भने लुम्बिनीको मात्र हैन सिंगै नेपालको छवि बिग्रनेछ र समस्त पर्यटन क्षेत्रकै लागि प्रत्युत्पादक हुनेछ। यसैले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन आयोजकहरू गम्भीर हुनु आवश्यक छ। सन् २०१२ मै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन पनि लुम्बिनी भ्रमणमा आउने सम्भावना रहेको छ। उनको भ्रमणबाट लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासका लागि पनि योगदान पुग्नसक्छ भने त्यसलाई राम्ररी व्यवस्थापन र प्रचारप्रसार गर्न सके यही भ्रमण वर्षमा पर्यटक आकर्षण गर्न पनि सहयोग पुग्नेछ।
लुम्बिनीमा ठुलो संख्यामा पर्यटक आए भने अहिलेका अवस्थामा आवासलगायत थुपै्र प्रकारका असुविधा भोग्नुपर्ने देखिन्छ। आवासको असुविधा हटाउन तत्काल नयाँ होटेल बनाउन सकिँदैन तर यातायात सहज बनाउने हो भने चितवन, पाल्पा र पोखरासम्मका र कतिपय अवस्थामा काठमाडौंकै होटलहरूमा पनि लुम्बिनी यात्रीहरूलाई राख्न सकिनेछ। पाल्पा जान सुविधाजनक सडक यातायातका साथै हेलिकोप्टर सेवाको व्यवस्था गर्नसके पर्यटकको बसाइ अझ स्मरणीय हुनुका साथै पर्यटन व्यवसायीहरूका लागि पनि लाभदायी हुनेछ। पोखरा, भैरहवा र चितवनका विमानस्थलहरूको सुविधा र स्तर पनि बढाउन सके थप सुविधा जुट्नेछ। भैरहवा विमानस्थलको स्तरोन्नति कार्य अलमलिएको छ। विमानस्थल विस्तारका लागि लिइएको जमिनको मुआब्जाजस्ता विषयमा स्थानीय जनताले असन्तुष्टि प्रकट गरेका छन्। भ्रमण वर्षजस्ता कार्यक्रम सफल बनाउन विमान सेवाहरूको विशेष भूमिका हुन्छ। राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स प्रभावकारी सेवा दिन सक्षम भएको भए नेपाल भ्रमण वर्ष सफल हुने सम्भावना धेरै हुन्थ्यो। भारतबाहेक अरू मुलुकबाट आउने अधिकांश पर्यटक हवाइ मार्गबाटै आउने हुन्। तिनलाई काठमाडौंबाट लुम्बिनी पुर्‍याउन हवाइ र स्थल दुवै मार्गको सेवाको संख्या, सुविधा र स्तर बढाउनु आवश्यक छ। यसका लागि सरकारले मूलतः उत्प्रेरकको र भौतिक सुविधा बढाउने दायित्व पूरा गर्नुपर्छ। निजी क्षेत्रसँग सहकार्य गर्न नसके भौतिक पक्ष तयार भए पनि पर्यटकले त्यसको लाभ पाउने छैनन्। यसैले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने देखिन्छ। साथै, अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य र सञ्चार सुविधा उपलब्ध गराउन पनि भौतिक पूर्वाधारलगायतका काम गर्नुपर्ने देखिन्छ। यसमा पनि निजी क्षेत्रले सहयोग गर्नसक्छ।
लुम्बिनी भ्रमण वर्षलाई बुद्धको जन्मस्थलसम्बन्धी अनावश्यक विवाद अन्त्य गर्ने अवसरका रूपमा पनि नेपालले सदुपयोग गर्नु आवश्यक छ। विशेषगरी, श्रीलंका, थाइल्यान्ड, जापानजस्ता बुद्ध धर्मको विशेष प्रभाव भएका मुलुकमा बुद्धको जन्मस्थल सम्बन्धमा व्यापक भ्रम रहेका भेटिन्छ। त्यसको निराकरणका लागि विशेष प्रकारका प्रचार सामग्री निर्माण हुनु उपयुक्त हुनेछ। साथै, सिद्धार्थको जीवनका महत्वपूर्ण घटनाहरू जन्म, ज्ञान प्राप्ति र निर्वाणसँग जाडिएका तीर्थस्थलहरूको भ्रमण नेपाल हुँदै गराउन सके लुम्बिनी भ्रमण थप आकर्षक र उद्देश्यमूलक हुनेछ। लुम्बिनी क्षेत्रको विकासका लागि जिम्मेवार आधिकारिक निकाय लुम्बिनी विकास कोष हो। यसलाई पन्छाउने वा ओझेलमा पार्ने प्रयत्न गरियो भने त्यसले विवाद थप्नेछ। यसरी विवाद बढाएर लुम्बिनी भ्रमणका लागि पर्यटकलाई आकर्षण गर्न पक्कै सकिनेछैन। शान्तिदूत बुद्धप्रति श्रद्धा व्यक्त गर्न आउनेहरूले विवाद रुचाउने छैनन्। यसप्रति पनि सरकार सजग हुनु आवश्यक छ। लुम्बिनी विकासलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजियो भने प्रत्युत्पादक हुनेछ भन्ने यथार्थ पनि सरकारी पक्षले आत्मसात गर्नुपर्छ। घोषणा जत्तिकै सजिलो कार्यक्रम कार्यान्वयन गर्नु हुँदैन तर लुम्बिनी भ्रमणका सम्बन्धमा भने सरकारका सम्बन्धित पदाधिकारीले अग्रसरता, सुझबुझ र इमानदारी देखाउन सके भने सफल हुन कठिन पनि हुनेछैन।

Source: Nagarik News.
MONDAY, 16 JANUARY 2012

Wednesday, January 11, 2012

शनिबारदेखि लुम्बिनी भ्रमण वर्ष सुरु

काठमाडौं, पुस २८ (नागरिक)- बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व आकर्षणको केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको 'लुम्बिनी भ्रमण वर्ष २०१२' अभियान आगामी शनिबारबाट औपचारिक रूपमा सुरुवात हुँदैछ।

राष्ट्रपति रामवरण यादवले लुम्बिनी पुगेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ। पर्यटन विकासप्रति प्रतिबद्धता कायम राखिरहन र यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको मान्यता दिँदै सरकारले भ्रमण वर्ष अभियान सुरु गर्न लागेको हो।
लुम्बिनी भ्रमण वर्षसँगै 'पर्यटन भिजन २०२०' सार्वजनिक गर्ने र 'नेपाल पर्यटन वर्ष २०११' औपचारिक समापन गर्ने कार्यक्रम छन्।

'लुम्बिनी भ्रमण वर्षले नेपाल पर्यटन वर्ष र पर्यटन भिजन कार्यक्रमबीच पुलको काम गर्नेछ,' लुम्बिनी विकास कोषको काठमाडौंस्थित सम्पर्क कार्यालयका प्रमुख ज्ञानिन राईले बुधबार नागरिकसँग भने, 'भ्रमण वर्ष अभियानले बुद्ध जन्मस्थललाई एकपल्ट फेरि विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने छ।'

उनका अनुसार लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र यसको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आर्थिक सहयोग जुटाउने भ्रमण वर्षका प्रमुख उद्देश्य हुन्।

'यति संख्यामा पर्यटक ल्याउने भन्ने कुनै ठोस लक्ष्य लिएका छैनौं,' उनले भने, 'हाम्रो अनुमान अभियान अवधिमा स्वदेशी र विदेशी गरी १० लाख पर्यटक आउँछन् भन्ने हो, तर पर्यटक लक्ष्य गरेर अभियान सुरु गर्न लागिएको होइन।'

उनका अनुसार गत वर्ष लुम्बिनी भ्रमण गर्न पासपोर्टवाहक १ लाख २८ हजार पर्यटक आएका थिए। त्यसबाहेक नेपाली र भारतीय पर्यटक गरी करिब ५ लाखले लुम्बिनी भ्रमण गरेका थिए।

भ्रमण वर्षका लागि सरकारले हालसम्म बजेट नदिएको उनले जानकारी दिए। कोषकै वार्षिक बजेटबाट १३ करोड रुपैयाँ छुट्ट्याइएको उनले बताए।

अभियानअन्तर्गत पूर्व काँकडभिट्टा (मेची) देखि पश्चिम गड्डाचौकी (महाकाली) सम्म राजमार्गमा लुम्बिनीसम्बन्धी १ सय ८ वटा होर्डिङ बोर्ड राखिने छन्। यस्ता बोर्ड प्रत्येक ३० किलोमिटर दुरीमा राखिने छन्।

त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय, पोखरा, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत विमानस्थलमा पनि लुम्बिनी झल्काउने होर्डिङ बोर्ड राखिने छन्। 'लुम्बिनी हाम्रै सम्पदा हो भन्ने आभाष दिलाउन प्रत्येक घरधुरीमा लुम्बिनीको तस्बिर राख्न प्रेरित पनि गर्छौं,' उनले भने।

पर्यटन भिजन २०२०
सरकारले लुम्बिनी भ्रमण वर्ष सुरुवातकै दिन 'पर्यटन भिजन २०२०' अभियान सार्वजनिक गर्नेछ। पाँच दशकदेखि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटोका रूपमा पर्यटन क्षेत्रको योगदान रहँदै आएकाले भिजन सार्वजनिक गर्न लागिएको हो।

आर्थिक वृद्धि, विकास र रोजगारी सिर्जनामा पर्यटनको योगदानअनुसार भिजन अवधिमा अन्तर्राष्ट्रिय पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य लिइएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन वर्षमा हवाई र स्थल मार्गबाट पौने ८ लाख विदेशी पर्यटक नेपाल आएका थिए।

आर्थिक अवसर वृद्धिसँगै पर्यटन क्षेत्रमा १० लाख रोजगारी सिर्जना गर्ने पनि भिजनको लक्ष्य छ। भिजनबाट प्रमुख सरोकारवालालाई पर्यटन क्षेत्रको विकास गर्न 'गाइडलाइन' को काम गर्ने विश्वास लिइएको छ।

Source :(नागरिक)

Sunday, January 8, 2012

छिमेकीले धानेको पर्यटन उद्योग

काठमाडौ, पुस २४ - सन् २०११ मा नेपाल घुम्न आएका पर्यटकमध्ये करिब ३५ प्रतिशत छिमेकी भारत र चीनबाट मात्रै आएका छन् । प्रवर्द्धनको अभाव, सशस्त्र द्वन्द्व र तेस्रो मुलुकसम्मको सीधा पहुँच नहुँदा पछिल्लो दशकमा पर्यटन उद्योग छिमेकमा निर्भर हुनुपरेको छ ।

पर्यटन वर्ष २०११ मा पनि आएका कुल पर्यटकमध्ये भारतीयको २६ दशमलव ७ र चिनियाँको ८ दशमलव ३ प्रतिशत हिस्सा छ । चीनबाट हवाई मार्ग भएर २०११ भरि ४५ हजार ५ सय पर्यटक आए । त्यस्तै स्थलमार्ग भएर ३० हजारभन्दा बढी चिनियाँ आएको तथ्यांक छ ।

भारतीयको संख्या १ लाख ४५ हजार ८ सय (हवाई मार्गबाट) नाघेको छ । सन् २०१० मा विभिन्न आठ सीमाक्षेत्रबाट भित्रने भारतीय पर्यटकको संख्या ५ लाख २० हजार नाघेको छ । सन् २००९ मा स्थलमार्ग भएर आउने भारतीय पर्यटकको संख्या २ लाख ९८ हजार रहेको पर्यटन बोर्डले जनाएको छ ।

सन् २००० मा यहाँ भारतपछि सबैभन्दा बढी पर्यटक अमेरिका र जापानबाट आउँथे । त्यति बेलाको तथ्यांकअनुसार अमेरिकी पर्यटकको संख्या ३५ हजार ८ सय र जापानीको संख्या ३३ हजार ८ सयभन्दा बढी छ । त्यस्तै तेस्रोमा बेलायत थियो । बेलायतबाट ३१ हजार ७ सय पाहुना नेपाल आएका थिए । अहिले बेलायत र अमेरिकाबाट आउनेको संख्या केही बढे पनि जापानी पर्यटक ११ हजार ८ सय (३४ प्रतिशत) ले घटेका छन् ।

भारतीय र चिनियाँ बढेकाले मात्र नेपाली पर्यटनले राहतको सास फेर्न पाएको व्यवसायी रामकाजी कोनेले बताए । 'तथ्यांक हेर्दा यी दुई गन्तव्यले नै हामीलाई जीवित राखेका छन्,' उनले भने 'अमेरिका, बेलायतबाट आउनेहरू त्यतिबेला र अहिले उस्तै छन् ।'

स्वदेशी ट्राभल एजेन्सीले विदेशी पाहुनालाई ल्याउन आवश्यक प्रवर्द्धनमा खर्च गर्न नसक्ने र त्यहाँ शाखा नहुँदा बाह्य एजेन्सीकै भर पर्नुपर्ने अवस्था रहेको नेपाल पर्यटन बोर्डका एक अधिकारीले बताए । 'मान्छे ल्याउन गाह्रो छ,' ती अधिकारीले भने, 'काउन्सिलिङपछि विभिन्न कार्यक्रम आयोजना गरी नेपाल जाऊँ भन्न ३/४ पटक छलफल गर्नुपर्ने हुन्छ । यी सबका लागि यहाँका एजेन्सीहरू

सक्षम छैनन् ।'

यससँगै सरकारले लुम्बिनी वर्ष २०१२ घोषणा गरे पनि तेस्रो मुलुकका पर्यटक तान्ने रणनीति भने तयार छैन ।

सरकारले २०१२ का लागि एउटै योजनालाई प्राथमिकतामा राखेको छ । त्यो हो, बीबीसी र सीएनएनमा नेपालको विज्ञापन । अर्को भारत र चीनमा २०१२ लाई लक्षित गरी विशेष प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने । बीबीसीमा नोभेम्बरबाट प्रचारप्रसार सुरु भइसकेको छ । सीएनएनमा अझै केही समय लाग्ने सम्बन्धित पक्षको भनाइ छ । 'अहिलेलाई यी दुईबाहेक अरू योजना तयार छैन,' बोर्डका निर्देशक आदित्य बरालले भने ।

सन् २००० मा नेपाल वायुसेवा निगमले जापानमा उडान गर्ने हुनाले त्यहाँबाट धेरै पर्यटक आउने गरेको निजी व्यवसायीहरू बताउँछन् ।

'निगम कमजोर भएर उडान गन्तव्य घटाएपछि तेस्रो मुलुकबाट आउने पाहुनाको संख्यामा उल्लेख्य वृद्धि हुन सकेन,' ट्राभल ट्रेडमा संलग्न भोला थापाले भने ।

त्यस्तै जर्मनी पर्यटकको संख्या पनि घटेको छ । २०११ को अध्यागमन कार्यालयको तथ्यांकअनुसार २१ हजार ९ सय ८० जर्मनी पाहुना आएका छन् । सन् २००० मा यो संख्या २२ हजार ६ सय ७६ थियो । अन्य पर्यटक आगमनको 'ट्रेन्ड' हेर्दा यी पर्यटक पनि बढ्दै जानुपथ्र्योे । तर यो सम्भव भएन । फ्रान्सेली पर्यटकको संख्यामा पनि एक दशकको अन्तरालमा खासै राम्रो वृद्धिदर देखिएन । २०११ मा २३ हजार ४ सय ९५ फ्रान्सेली पाहुना आए, जबकि सन् २००० मै २० हजार ३ सय ८२ ले नेपाल घुमेका थिए ।

सीधै नेपाली एजेन्सीसँग सम्पर्क गरी आउने इन्टरनेटमार्फत सस्तो प्याकेज खोजेरमात्र आउने बोर्डका अर्का अधिकारी बताउँछन् । उनका अनुसार इंग्ल्यान्ड, फ्रान्स, अमेरिका र जर्मनी पर्यटकका लागि यहाँका एजेन्सीले पहुँच पुर्‍याउन नसकेको हुँदा तुलनात्मक रूपमा यी क्षेत्रका पाहुना घटेको मान्नुपर्छ । सन् २००० को तथ्यांकअनुसार झन्डै ११ हजार ३ सय पाहुना नेदरल्यान्डबाट आएकोमा २०११ मा यो मुलुकबाट आउनेहरू ८ हजार ९ मा झरेका छन् ।

प्रकाशित मिति: २०६८ पुस २४
Kantipur

Thursday, January 5, 2012

नेपाल वायुसेवा निगम ग्राउण्ड ह्याण्डलिङमा रु.२ अर्ब चट्

नेपाल वायुसेवा निगमले विदेशी वायुसेवा कम्पनीहरूलाई 'ग्राउण्ड ह्याण्डलिङ सेवा' दिएबापत हुने आम्दानीबाट पाँच वर्षमा करिब रु.२ अर्ब चट् पारिएको छ।

अन्तर्राष्ट्रिय उडान नियमित गर्न आवश्यक नयाँ जहाज खरिद गर्ने र जहाज किन्ने तारतम्य नमिले विदेशी वायुसेवा कम्पनीहरूसँग निश्चित अवधिलाई जहाज भाडामा लिएर उडाउने। देशको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा हिजो मुख्यतः यिनै कारण ठूल्ठूला आर्थिक चलखेल हुने गरेका थिए। पछिल्लो समय वर्षौंदेखि नयाँ जहाज खरिद गर्न नसकिएको, खरिदका निम्ति गरिएका प्रयास पनि प्रक्रिया विपरित र ठूलै आर्थिक चलखेलका निम्ति भएको भन्दै रोक्का गरिएको तथा जहाज भाडामा लिने काम समेत हुन नसकेको अवस्थाबीच नेवानिभित्र आर्थिक अनियमितताको अर्को भयानक रुप देखापरेको छ। त्यो हो- नेपालमा उडान भर्ने विभिन्न विदेशी वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराएबापत हुने आम्दानीमाथि भइरहेको लुट।


स्रोत : जीएचए एण्ड सी सेक्सन), नेवानि
नेवानि उच्च स्रोतबाट हिमाल लाई प्राप्त विवरण अनुसार, निगमभित्र ग्राउण्ड ह्याण्डलिङबाट हुने आम्दानीमा नेवानिले वार्षिक रु.८० करोडको क्षति व्यहोर्नुपरेको छ, जुन बर्सेनि बढ्दो दरमा छ। पछिल्लो पाँच वर्ष (आ.व.२०६२/६३ देखि २०६६/६७ सम्म) मा निगमले ग्राउण्ड ह्याण्डलिङमा व्यहोरेको नोक्सानी करिब रु.२ अर्ब रहेको छ (हे.बक्स)।

उल्लिखित राशी विगतमा नेवानिभित्र भएका कुनै पनि भ्रष्टाचारका काण्डभन्दा चानचुने होइन। मुख्यतः ग्राउण्ड सपोर्ट विभागका अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा निगमकै उच्च अधिकारीहरूले नेवानिलाई नै धरासायी बनाउने यो काम गरिरहेका छन्।

यस्तो छ काइदा
काठमाडौंमा उडान भर्ने थाइ र इण्डियन एअरलाइन्स बाहेक अन्य सम्पूर्ण विदेशी वायुसेवा कम्पनीलाई नेवानिले नै ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराएको छ। मूलतः विमान अवतरण भएपछि र उड्नुअघि यात्रु चढाउने र 'राल्ने भर्‍याङ, टो-ट्रक (जहाजलाई अगाडि पछाडि सार्ने), सामान राख्ने-निकाल्ने ट्रली, जहाजमा इन्धन जाँच, जहाजका पाङ्ग्रा ठीक भए/नभएको इन्जिनियरिङ जाँच, यात्रु र सरसामान चेकजाँच, जहाजका सिट सरसफाइ र सरसामान सम्बद्ध स्थानसम्म पुर्‍याइदिने काम यसमा पर्छन्। यी सेवाबापत जहाजको तौल, आकार र सिट सङ्ख्या अनुसार विदेशी वायुसेवाहरूले नेवानिलाई शुल्क तिर्नुपर्छ।

जहाज अभावमा नियमित अन्तर्राष्ट्रिय उडान कटौती हुँदा आफ्नै हवाइ बजारसमेत गुम्दै गएको अवस्थामा ग्राउण्ड ह्याण्डलिङबाट हुने आम्दानी नेवानिको अहिलेको प्रमुख स्रोत हो। राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय अक्षमता र तलदेखि माथिसम्मको खानेबानीले गर्दा टाट पल्टिने अवस्थामा पुगिसकेको नेवानिलाई भरथेग गरिरहेको यही ग्राउण्ड ह्याण्डलिङ शुल्कमा हदैसम्मको लुट भइरहेको छ।

यो सेवामा विदेशी वायुसेवा कम्पनीहरूलाई छुट दिनैपर्ने बाध्यता हुन्न। सामान्यतः आफ्नो आर्थिक स्थिति र सेवाको स्तर हेरी ५ देखि बढीमा १० प्रतिशतसम्म छुट दिने अन्तर्राष्ट्रिय प्रचलन छ। तर, नेवानिले ग्राउण्ड ह्याण्डलिङमा संसारमै कहीँ नभएको (५३ प्रतिशतसम्म) भारी छुट दिएको छ। हिमाल लाई प्राप्त सूची अनुसार, ड्रूक एअरलाई ५२.८ प्रतिशतसम्म छुट दिइएको छ भने सबैभन्दा कम भनिएको फ्लाइ दुबईलाई दिइएको छुट १४ प्रतिशत छ (हे.चार्ट)। आफैँ धरासायी अवस्थामा पुगेको कम्पनीले प्रतिस्पर्धी वायुसेवाहरूलाई नै योविघ्न छुट दिइरहेछ।


दोहा-काठमाडौं हप्तामा १४ उडान गर्ने कतार एअर नेवानिको राम्रो सम्भावनायुक्त दोहा-काठमाडौं सेक्टरको सबैभन्दा ठूलो प्रतिस्पर्धी हो। अचम्म! उसलाई ३१ प्रतिशत छुट दिएर प्रतिस्पर्धीलाई पोस्ने काम नेवानिभित्रैबाट भइरहेको छ। यसबाट मात्रै दैनिक रु.४ लाख नोक्सानी भइरहेछ। कतार एअरवेजले दोहा-काठमाडौं-दोहा उडान भर्नै पर्ने बाध्यात्मक अवस्था रहेकाले बढीमा ५-१० प्रतिशत छुट दिएर वा छुट नै नदिए पनि ऊसँग नेवानिसँग सम्झौता गर्नुको विकल्प थिएन।

नेवानि उच्च स्रोतका अनुसार, निगमका नायव महाप्रबन्धक (प्राविधिक) गणेश ठाकुर र ग्राउण्ड सपोर्ट विभागका कामु निर्देशक रमेशबहादुर शाहको प्रत्यक्ष संलग्नतामा नेवानि डुबाउने यो काम भइरहेको छ। उपनिर्देशक र निर्देशकका रूपमा १७ वर्ष विभागमा बसेका ठाकुर अहिले पनि त्यसकै समग्र नेतृत्व गर्ने प्राविधिकतर्फका नायव महाप्रबन्धक छन्। निगमका एक उच्च अधिकारी भन्छन्, “विभागको नेतृत्वमा पनि अहिले उनकै विश्वासपात्र रमेशबहादुर शाह (कामु निर्देशक) छन्, त्यसैले यो सब कृत्य यिनकै छत्रछायाँमा भइरहेछ।”

ग्राउण्ड ह्याण्डलिङ शुल्क निर्धारण र त्यसमा दिइएको छुटमा प्रक्रिया हैन, मनपरी मात्रै छ। अहिले कायम गरिएको शुल्क सन् १९९८ को बजारभाउ अनुसारको हो। सन् २००४ मा त्यसलाई अद्यावधिक गरेको भनिए पनि १९९८ कै फर्म्याटमा खासै तलमाथि गरिएको छैन। त्यसमाथि २००४ मा गरिएको भनिएको रिभ्यू आफैँमा प्रक्रियागत थिएन। कार्यकारी प्रमुखले सञ्चालक समितिको स्वीकृति लिएर सार्वजनिक खरिद ऐन र आर्थिक विनियमको परिधिभित्र रहेर शुल्क निर्धारण गर्नुपर्छ। छुट दिने पनि त्यसैगरी हो। तर, नायव महाप्रबन्धक, प्रमुख कार्यकारी अधिकृत, ग्राउण्ड सर्भिस, इन्जिनियरिङ लगायत विभागका निर्देशक लगायत रहने मार्केटिङ कमिटीले २००४ मा आफैँ यस्तो निर्णय गरेको थियो।

नायव महाप्रबन्धक ठाकुर चाहिँ अन्य कुनै स्पष्ट व्यवस्था नभएकाले मार्केटिङ कमिटीले २००४ मा शुल्क रिभ्यू गरेको बताउँछन्। भन्छन्, “अहिले छुटको हङ्गामा मच्चाइएको छ, यो रेगुलेसनभित्रको कुरा हो, ३० वर्षअघि ३० प्रतिशतसम्म छुट दिने अभ्यास थियो, यसलाई हामीले सकेसम्म रेगुलेट गर्ने प्रयास गरेका हौं।

गएको १२ जेठ २०६८ मा ग्राउण्ड सर्भिस विभागका तत्कालीन कामु निर्देशक एमटी लामाले यसको बेहाल चित्र देखाएर महाप्रबन्धकलाई पत्र लेखेका थिए। पत्रमा भनिएको छ, “२००४ मा एअरलाइन्सहरूसँग भएको सम्झौताका आधारमा लागू गरिएको शुल्क आजसम्म अद्यावधिक गरिएको छैन। उपकरण मर्मत र सञ्चालन खर्च लगायत हरेक कुराको लागत बढिरहेको अवस्थामा ह्याण्डलिङ शुल्क पनि स्वतः बढ्नुपर्ने कुरालाई नजरअन्दाज गरिएको छ।” (हे.पत्र)


लामाले यस्तो पत्र लेखेपछि नै ग्राउण्ड ह्याण्डलिङमा भइरहेको लुटको रहस्योद्घाटन भएको थियो। तर, शुल्क बढाउन, छुट घटाउन र यसमा थिति बसाउँदै आवश्यक कारबाही अघि बढाउन आग्रह गर्दै पत्र लेखेका लामा साढे तीन महिनामै त्यहाँबाट हटाइए।

नेवानि उच्च स्रोत यी घटनालाई अगाडि सार्दै यो खेलमा भित्रैका उच्च अधिकारीसँगै शक्तिकेन्द्रहरू नै संलग्न रहेको दाबी गर्छ।

गएको ३१ साउन २०६८ मा नेवानिकै कर्मचारीहरूले यो काण्ड छानबिन, ठाकुर र शाहमाथि कारबाही माग गर्दै प्रधानमन्त्री कार्यालय र व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा उजुरी गरेका थिए। नायव महाप्रबन्धक ठाकुर लेखा समितिको निर्देशन बमोजिम राष्ट्रिय सतर्कता केन्द्रले मागेको जवाफ बुझाइसकिएको बताउँछन्। तर, त्यस अनुसार न कुनै कारबाही अघि बढेको छ, न लुट रोकिएको छ।
Source: Himalkhabar Patrika
वर्ष २१, अङ्क १७
पूर्णाङ्क ३०१

Wednesday, January 4, 2012

बिबी एयरवेजलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौ, पुस २० - अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव पेस गरेको बिबी एयरवेजलाई सरकारले अनुमति दिएको छ । कम्पनीलाई मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट ७ गन्तव्यमा उडानका लागि क वर्गको स्वीकृति दिएको हो ।

मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि गरेको आह्वानपछि कम्पनीले गत सेप्टेम्बर २५ (असोज ८ गते) आवेदन दिएको थियो । कम्पनीमा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई समूहको लगानी छ ।

अनुमति अनुसार कम्पनीले नयाँदिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडान गर्न पाउने भएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यको अध्यक्षतामा गठित ७ सदस्यीय मूल्यांकन समितिको सिफारिसका आधारमा अनुमति दिइएको हो । कम्पनीले ३ वटा बोइङ ७६७-३०० जहाजबाट अनुमति पाएको गन्तव्यमा उडान गर्ने मन्त्रालयलाई जानकारी दिएको पनि आचार्यले बताए । 'जापानी कम्पनीबाट जहाज ल्याउने तयारी भइरहेको जानकारी पाएका छौं,' उनले भने ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ र ५० लाख रुपैयाँ सुरक्षित ऋणपत्र आवश्यक हुन्छ । यसबाहेक अनुमति लिँदा बुझाइने टिओआरका लागि पनि कम्पनीले सरकारलाई ५० हजार रुपैयाँ तिर्नुपर्छ ।

मूल्यांकन समितिका अध्यक्ष आचार्यका अनुसार आवेदन आह्वान गरेकामा यसको मात्र प्रस्ताव आएको र अधिकांश मापदण्ड पूरा भएकाले अनुमति दिइएको हो । 'अन्तर्राष्ट्रिय उडानमा ठूलो हिस्सा विदेशी विमान कम्पनीले लगिरहेको हुँदा नेपालीकै लगानीमा नयाँ आउनु मुलुकको लागि राम्रो कुरा हो,' उनले भने ।

कम्पनीले अनुमति पाएको मितिदेखि १ वर्षभित्र नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) लिनुपर्छ । त्यसपछि गन्तव्य मुलुकबाट समेत उडान तालिका स्वीकृत गराई एओसी लिएको एक वर्षभित्र उडान सुरु गर्नुपर्छ । यो समयभित्र कम्पनी उडान नगरेमा सरकारसँग गरेको कबुलियत बमोजिम अनुमति खारेज र धरौटी जफत हुने आचार्यले बताए ।



प्रकाशित मिति: २०६८ पुस २०
kantipur

Monday, January 2, 2012

होटलका लागि ऐतिहासिक वर्ष २०११

मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, पुस १८- महत्वकांक्षी पर्यटन वर्ष २०११ उत्साहजनक नभए पनि सम्भावनाको संकेतसहित विदा भएको छ। नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरिए पनि त्यसअनुरुप सफलता भने हासिल हुन सकेन। तर व्यवसायीले यसलाई सकारात्मक भनी मुल्याङ्कन गरेका छन्।


यसअवधिमा मुलुककै पर्यटकीय सहर पोखरामा भने ५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। पोखरामा भने यसको प्रभाव सन्तोषजनक परेको व्यवसायीको अनुभव छ।

व्यवसायीले समग्रमा पर्यटन वर्ष २०११ उत्साहजनक नभए पनि सुधारको संकेतसहित आशावादी लक्षणहरु भने दिएको बताएका छन्। पर्यटन वर्षलाई केही व्यवसायीले उत्साहजनक र निराशाजनक दुवै नभएको भन्दै मध्यमस्तरको मुल्याङ्ककन गरेका छन्। पर्यटनविद्हरुले भने घोषणासहित देश-विदेशमा प्रचार-प्रसार गरि बोलाउँदा पनि १० लाख पर्यटक ल्याउन नसक्नु योजनाकै असफलता भनी टिप्पणी गरेका छन्।

अनुमानअनुसार सन् २०११ मा पौने ४ लाख पर्यटक पोखरामा भित्रिएका छन्। हवाई र सडकमार्ग भएर आउने पर्यटकको अनुमानित आंकडा हो। यो सोचेअनुरुप नभए पनि उत्साहजनक रहेको पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका पश्चिमाञ्चल संयोजक विप्लव पौडेलले जानकारी दिए। उनकाअनुसार पर्यटन वर्षको सबैभन्दा सकारात्मक पक्ष नेपाली (आन्तरिक) पर्यटनमा आएको उल्लेख्य बृद्वि हो।

पोखरा विमानस्थलकाअनुसार हवाईमार्ग भएर सन् २०११ मा ३ लाख ६९ हजार पर्यटक यहाँ भित्रिएका छन्। यो अघिल्लो वर्षको तुलनामा ९ हजार अर्थात् १३ प्रतिशत मात्र बढी हो। सन् २०१० मा ३ लाख ६० हजार पर्यटक हवाईमार्ग भएर पोखरा आएका थिए।

'पोखरामा सोचेजस्तो लक्ष्यमा पुग्न नसके पनि पौन चार लाख (करिब ३ लाख ७५ हजार) पर्यटक पोखरा आए' पर्यटन वर्षका पश्चिमाञ्चल संयोजक पौडेलले नागरिकसँग भने,'विदेशीको तुलनामा आन्तरिक पर्यटनमा आएको उल्लेख्य सुधारलाई भने दिर्घकालिन सकारात्मक प्रभावका रुपमा लिएका छौं।'

यो वर्ष आन्तरिक पर्यटनमा करिब २० प्रतिशतले बृद्वि भएको उनले जानकारी दिए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष समेत रहेका पौडेलकाअनुसार अघिल्ला वर्षहरुमा यो दर निकै कम थियो। विगतका तुलनामा वर्षैभरी आन्तरिक पर्यटकले होटलहरु चलायमान रहिरहे। व्यवसायीले विदेशी पर्यटकको लस्कर देख्न मुख्य मौसम अक्टोबर, नोभेम्बर र डिसेम्बरनै कुर्नुपर्‍यो भने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति सधैंजसो देखिरहे।

'समग्रमा पर्यटन वर्ष २०११ सोचेअनुरुप उत्साहजनक नभए पनि यसले व्यवसायीलाई आगामी वर्षका लागि आशावादी हुने आधार दिएर गएको छ' पौडेलले नागरिकसँग भने,'संक्रमणकालमा पनि पर्यटन आगमन बढाउनु चुनौतीपूर्ण थियो।' पोखरामा पर्यटकस्तरका करिब पाँच सय होटल छन्। तीमध्ये २ सय ५५ होटलले संघमा सदस्यता नविकरण गरेका छन्। यी होटलले वर्षभरीमा औसतमा ५५ देखि ६० प्रतिशत कोठा बिक्री गरेको पौडेलले जानकारी दिए। उनकाअनुसार यहाँका होटलको कोठा बिक्री अहिलेसम्मकै उच्च दरमा भएको छ। यसलाई उनले इतिहासकै उत्कृष्ट वर्ष भनेका छन्।

'यसअघि यतिधेरै पर्यटक आएका पनि थिएनन्' लेकसाइडस्थित होटल बाराहीका सञ्चालक पौडेलले भने,'यहाँका होटलहरुको अकुपेन्सी पनि यतिधेरै कहिलै भएको थिएन। होटलहरुका लागि यो इतिहासकै उत्कृष्ट वर्ष भयो।' संक्रमणकालकाबीच राजनीतिक दलहरुमा आर्थिक क्रान्तिको सोच विकास हुनु, विगतको तुलनामा बन्द-हड्तालमा कमी आउनु र नेपालीहरुमा पनि आन्तरिक भ्रमणको संस्कार विकास हुनु पर्यटन व्यवसायका लागि सकारात्मक वर्ष बनेको उनले टिप्पणी गरे। यसले समग्र व्यवसायीकै आत्मबल बढाएको र अहिले मात्र नभएर भविष्य पनि यसमा उज्ज्वल छ भन्ने अनुभूति गराएको उनले बताए।

पौडेलले केही राजनीतिक उतारचढाव र पर्यटन मन्त्रीको पटक-पटक बेरबदल पनि पर्यटन वर्षको लक्ष्य पुरा नहुनुको एउटा कारण औंल्याए। राष्ट्रिय ध्वजावहाक विमान अभावमा पनि नेपालले पर्याप्त पर्यटक ल्याउन नसकेको उनको बुझाई छ। व्यवसायीले प्रसस्त दवाव दिए पनि राज्यले यसका लागि ठोस कदम चाल्न नसक्नु उनले अर्काे कमजोरी ठानेका छन्।

अघिल्ला पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले करिब ६ महिनाको अवधि बीना योजना र बीना कुनै पूर्वाधार समय खेर फालेको उनको आरोप छ। उनकाअनुसार उक्त अवधिमा पर्यटन वर्षको एउटा पनि बैठक भएन। पर्यटन वर्षका लागि कुनै पनि कार्यक्रम अन्तर्गत बजेट पनि पास भएन। 'राजनीतिक अदुरदर्शीता र सोचको अभावका कारण पनि पर्यटन वर्ष सफल हुन केही बाधक बन्यो' उनले भने,'त्यतिबेला पर्यटन वर्ष बेकार र निराश मात्रै हुने हो कि भन्ने चिन्ता पनि छाएको थियो।'
पर्यटन वर्ष २०११ घोषित लक्ष्यको नजिक पुगे पनि यसको प्रभावले आगामी वर्षहरुमा पर्यटक आगमनमा १५ देखि २० प्रतिशतको बृद्वि सजिलै हासिल हुने उनको अनुमान छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटाले पर्यटन वर्ष उत्साहजनक र निराशाजनक दुवै हुन नसकेको टिप्पणी गरे। राज्यले व्यक्त गरेको प्रतिवद्धता अनुरुप काम नगरेकाले घोषित १० लाख पर्यटक ल्याउन नसकेको उनले बताए। 'तामझामसहित घोषणा गरेअनुरुप राज्यका संयन्त्रहरु प्रयोग हुन नसकेको र राज्यले भनेबमोजिम खर्च पनि नगरेकाले पर्यटन वर्ष सोचेअनुरुप हुन नसकेको हो' सापकोटाले भने।

अघिल्ला वर्षहरुमा १०-१२ प्रतिशत रहने पर्यटक आगमनको बृद्धिदर २०११ मा २२ प्रतिशतभन्दा माथि पुग्नुलाई उनले सकारात्मक संकेतको रुपमा लिएको बताए। उनकाअनुसार यसपटक पर्यटकको बसाई अवधि केही लम्बिएको अनुभव व्यवसायीले गरेका छन्। पोखरामा पर्यटकको औसत बसाई १.५ दिन रहेकोमा अहिले १.७ दिनको हाराहारीमा रहेको अनुमान छ। पोखरा र आसपासको क्षेत्रमा ट्रेकिङ, प्याराग्लाइडिङ लगायत साहसिक खेल पर्यटनका माध्यमबाट पनि समग्र पर्यटनमा राम्रो प्रभाव परेको उनको भनाई छ।

पर्यटनविद् झलक थापा भने नीतिगत र पूर्वाधारमा पर्याप्त तयारी बीना हतारमा गरिएको पर्यटन वर्ष घोषणाबाट नेपालले उपलब्धि हासिलभन्दा पनि नाक जोगाउनै नसकेको टिप्पणी गरेका छन्। संसारका कतिपय ठाउँमा करोडको संख्यामा पर्यटक पुगेभन्ने सुन्दा जिब्रो टोक्ने यहाँका नीति निर्माता र व्यवसायीले बोलाएर पनि १० लाख पर्यटक ल्याउन नसक्नु ठूलो कमजोरी हो भन्ने उनले ठानेका छन्।

उनले नेपाल आएका पर्यटकलाई राम्रो सत्कार र संस्कार दिएर पठाउन नसक्नु असफलताको मुख्य कारण मानेका छन्। 'हङकङमा ४-५ करोड र ग्रेटवालमा ३ करोड पर्यटक पुग्छन् भने हाम्रो जस्तो संसारकै सुन्दर देशमा किन १० लाख पर्यटक आउन सकेनन्' थापाले भने,'मुख्य कुरा हामीले पर्यटकलाई बोलाउन मात्र जान्यौं उनीहरुको मनमा नेपाल र नेपालको संस्कार दिएर पठाउन सकेनौं।'

एकपटक आउने पर्यटकलाई जबसम्म यहाँको संस्कार र आथित्यले जितेर पटक-पटक आउने बनाउन सकिंदैन तबसम्म यस्ता घोषणा जतिसुकै गरे पनि पर्यटकको संख्या कहिलै बढाउन नसकिने उनको तर्क छ। थापाले नेपाललाई पर्यटन मैत्री समाज बनाउन कक्षा ५ देखिकै पाठ्यक्रममा राखेर नयाँ पुस्तामा यसको सत्कार र संस्कारको शिक्षा दिनुपर्ने बताए।

'हामीले पर्यटकलाई राम्रो सत्कार र संस्कार दिएर भनभरी नाम्चे, मनभरी पोखरा, मनभरी रारा दिएर पठाउन सके उनीहरुलाई बोलाउनै पर्दैन' थापाले भने,'पर्यटक नेपालमा आफैं फर्केर आउँछन्।'

पोखरा घुम्न आउने विदेशी पर्यटकको संख्यामा वर्षेनी बृद्धि भएको छ। सन् २००९ को तुलनामा २०१० मा २७ हजार बढि विदेशी पर्यटकले पोखरा भ्रमण गरेका थिए। २०१० मा पोखरा भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २ लाख ३० हजार ७ सय ९९ थियो। पर्यटन कार्यालय पोखराकाअनुसार २००९ मा जम्मा २ लाख ३ हजार ५ सय २७ विदेशी पर्यटकले पोखरा भ्रमण गरेका थिए। २००९ माभन्दा २०१० मा २७ हजार २ सय ७२ थप विदेशी पर्यटकले पोखराको भ्रमण गरे। पोखरामा विशेषगरि बेलायत, जापान, जर्मन, चीन, अमेरिका, भारत लगायतका मुलुकका पर्यटक घुम्न आउँछन्। सन् २०१० मा पोखरा भित्रिएका विदेशी पर्यटकमध्ये ५२ हजार ७ सय ४० भारतीय र बाँकी तेश्रो मुलुकका थिए।

पर्यटन वर्षमा के के भए?
पर्यटन वर्ष लक्षित गर्दै पोखरा पर्यटन परिषद्ले पोखरा विमानस्थलमा सूचना काउण्टर, पर्यटक बसपार्क व्यवस्थापनसहित असारे रोपाई गर्ने र आरोहण दिवस मनाएको थियो। पश्चिमाञ्चल होटल संघले पर्यटकीय गतिविधि झल्काउने न्यूजलेटरसहित 'ईन्फरमेसन' डाईरेक्टरी प्रकाशन गर्ने कार्यक्रम अघि सार्‍यो। त्यस्तै मेला, महोत्सव गर्ने र फेवाताल सरसफाई लगायतका कार्यक्रम पनि भए।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) ले विभिन्न देशमा प्रमोशनल टुर आयोजना गर्‍यो। जसअन्तर्गत नाटाले मलेशिया, सिंगापुर, दक्षिण भारत तथा चीन र पूर्वि एशियाका विभिन्न देशमा प्रमोशनल टुर गर्याे। साईकल दौड, टुरगाईड र सवारी चालकलाई तालिम, दृष्यावलोकन कार्यक्रम समेत नाटाबाट भए।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले पर्यटन वर्षको अवधिभर हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लेकसाईडमा सडक महोत्सव गर्ने कार्यतालिका सार्वजनिक गर्याे। तर यस तालिकाअनुसार वर्षैभरी कार्यक्रम हुन भने सकेन। वर्षेनी हुँदै आएको सडक महोत्सवलाई भने निरन्तरता दिईयो।

टेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय च्याप्टरले कालिगण्डकी भ्याली प्रमोशनल टुर, धौलागिरी ट्रेकिङ रुट एक्सप्लोरेसन, नयाँ पदमार्गको नक्साङ्ककन गर्दै काठमाडौं-पोखरा ऐतिहासिक मार्गको प्रवर्द्वन गरेको छ। पर्यटन वर्षमा डेढ दिनको पोखरा बसाईलाई लम्बाएर ३ दिन पुर्‍याउने व्यवसायीको लक्ष्य भने पुरा हुन सकेन। यस्तै पर्यटकको औषत प्रतिदिन खर्च ७० डलरलाई बढाएर १ सय डलर पुर्‍याउने लक्ष्यमा केही प्रगति भए पनि पुरा नभएको व्यवसायीले बताए।

MONDAY, 02 JANUARY 2012 नागरिक

पौने ८ लाख पर्यटक आए

काठमाडौं, पुस १८ (नागरिक)

- मुलुकको पर्यटक आगमन इतिहासमै पहिलोपल्ट करिब ८ लाख पर्यटक आएका छन्। 'नेपाल पर्यटन वर्ष २०११' को लक्ष्य १० लाख भए पनि अहिलेको आगमनबाट निराश हुनुपर्ने ठाउँ नरहेको पर्यटन व्यवसायी बताउँछन्

नेपाललाई बिदा मनाउने उत्कृष्ट गन्तव्य ब्रान्डका रूपमा स्थापित गर्ने, नयाँ र भइरहेका पर्यटन गन्तव्यमा पूर्वाधार सुधार र विस्तार गर्ने, यो क्षेत्रका सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने, नयाँ गन्तव्यमा पर्यटकको आवश्यकता पूरा गर्न सामुदायिक क्षमता बढाउने र उद्योगको दिगो विकासका लागि आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने पर्यटन वर्षका प्रमुख उद्देश्य थिए।
पर्यटन वर्षमा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिइएको थियो। यीमध्ये ७ लाख हवाई मार्ग र ३ लाख स्थलबाट ल्याइनेछ। व्यवसायीले १० लाख पर्यटक ल्याउनेमात्र पर्यटन वर्षको लक्ष्य नरहेको बताए। पर्यटन वर्ष अभियान अवधिमा पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विमानस्थल सुधार, होटललगायत पर्यटनका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने योजना पनि थिए।

कुनै विशेष प्रचार-प्रशार वा प्रवर्द्धनबिना सुरु भएको अभियानमा झन्डै ८ लाख पर्यटक आउनु सकारात्मक हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बेलायतको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) र अमेरिकाको केबुल न्युज नेटवर्क (सिएनएन) बाट पर्यटन वर्षको प्रचार गर्ने योजनामा विवाद हुँदै लगभग अभियानकै अन्तिम महिनामात्र सुरु हुन सक्यो। चीन र भारतमा गर्ने प्रचार सुरु हुनै पाएन। यति हुँदा पनि व्यवसायी सन्तुष्ट छन्।

'संख्यामात्र ठूलो कुरा होइन, वृद्धि दरबाट पनि हामी आशावादी छौं,' पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले आइतबार नागरिकसँग भने, 'पर्यटन वर्ष अभियानबाट हामी ८० प्रतिशत सन्तुष्ट छौं।'

गत वर्ष दुवै मार्गबाट गरी ६ लाख ८ हजार ७ सय ६९ पर्यटक आएको तथ्यांक रेकर्ड भएको थियो। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०११ मा हवाई र स्थल दुवै मार्गबाट गरी ७ लाख १९ हजार ५ सय ४७ पर्यटक आएका छन्। यसमा हवाई मार्गबाट ५ लाख ४४ हजार ९ सय ८५ तथा स्थलबाट १ लाख ७४ हजार ६ सय १२ आएका हुन्। हवाई मार्गबाट गत वर्षको दाँजोमा ९६ हजार २ सय १६ बढी पर्यटक आएका छन्।

बोर्डले यो तथ्यांकमा हवाई मार्गको पूरै र स्थलको ११ महिनाको पर्यटक आगमन समेटेको छ। २०११ डिसेम्बरको स्थल मार्गबाट आएका पर्यटकको संख्या आउन बाँकी रहेको बोर्डले जनाएको छ। 'डिसेम्बरमा स्थलबाट करिब ५० हजार पर्यटक आएको अनुमान छ,' शाक्यले भने।

सरकारले बाह्र वर्षपछि पर्यटक संख्या उच्च बनाउने उद्देश्य लिएर पर्यटन वर्ष राष्ट्रिय अभियान घोषणा गरेको थियो। यसअघि सन् १९९८ मा 'नेपाल भ्रमण वर्ष' मनाइएको थियो।

पर्यटन वर्षमा सरकारले चीन र भारतका पर्यटक बढी ल्याउने प्रमुख लक्ष्य लिएको थियो। यो अभियानका लागि सरकारले २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये बिबिसीलाई २ करोड ५४ लाख रुपैयाँ
र सिएनएनसँग पनि १ करोड ३६ लाख रुपैयाँमा विज्ञापन प्रसारण सम्झौता भई काम सुरु भइसकेको छ।

त्यसै गरी चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न ३ करोड र भारतका लागि ६ करोड छुट्ट्याइएको छ। हवाई मार्ग हुँदै चीनबाट १ लाख र भारतबाट २ लाख ६५ हजार ल्याउने लक्ष्य थियो।

अहिलेको तथ्यांकअनुसार चीनबाट ४५ हजार ४ सयमात्र आएका छन्। यो साढे ७७ प्रतिशतले बढी हो। भारतबाट १ लाख ४५ हजार ३ सय ३८ आएका छन्। वृद्धि ३९ प्रतिशत हो। तर, दुवै देशबाट लक्ष्य पूरा हुन सकेन। 'प्राविधिकलगायत विभिन्न कारणले चीन र भारतमा प्रचार गर्नै पाइएन,' शाक्यले भने, 'यसले गर्दा लक्ष्य भेट्न गाह्रो भयो।'

सरकारले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाँकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना थियो।

१९९८ मा मनाइएको भ्रमण वर्षमा हवाई र स्थल मार्गबाट गरी ४ लाख ६३ हजार ६ सय ८४ पर्यटक आएका थिए। हवाई मार्गबाट ३ लाख ९८ हजार ८ र स्थलबाट ६५ हजार ६ सय ७६ आएका थिए। त्यसबेला पर्यटकको औसत बसाइ दर साढे १० दिन थियो।

पर्यटन वर्षमा लक्ष्यको ७५ प्रतिशत मात्र पाहुना

काठमाडौ, पुस १८ -
पर्यटन वर्ष २०११ मा ५ लाख ४५ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । विशेष महत्त्वसाथ सुरु भएको पर्यटन वर्षमा ७ लाख पाहुना हवाई मार्गबाट आउने अपेक्षा गरिएको थियो । यस वर्ष हवाई र स्थलमार्ग गरी १० लाख पर्यटकको स्वागत गर्ने अपेक्षा सरकारको थियो ।

नोभेम्बरसम्म स्थलमार्गबाट आएका पर्यटक समेत जोड्दा सरकारी लक्ष्य ७५ प्रतिशत मात्रै पूरा भएको देखिन्छ । लक्ष्य अनुसार नभए पनि यो हालसम्मकै उच्च आगमन हो ।

'लक्ष्य पूरा नभए पनि यसलाई उत्साहप्रद नै मान्नुपर्छ,' पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अनुसार यो वर्ष आएका पाहुना गत वर्षभन्दा २१ दशमलव ४ प्रतिशत बढी हुन् । लक्ष्य पूरा हुन वृद्धिदर वर्षैभरि ३० प्रतिशत हुनुपथ्र्यो । २०११ का लागि गरिने भनिएको अन्तर्राष्ट्रिय प्रवर्द्धन समयमै नहुनु र नेपाल वायु सेवा निगमको कमजोर सेवाका कारण अपेक्षित वृद्धि नभएको पर्यटन व्यवसायीको भनाइ छ ।

तर सरकारले पर्यटन वर्षलाई लक्षित गर्दै हवाई सेवा सम्झौता संशोधन गरी बढी भन्दा बढी अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आउन सहज बाटो तयार पारेका हुनाले नेपाली पर्यटन व्यवसायीले हालसम्मकै उच्च संख्यामा पाहुनालाई आतिथ्य दिन पाएका छन् ।

३६ मुलुकसँग गरिएको हवाई सेवा सम्झौता अनुसार वाषिर्क दुईतर्फी ५७ लाख ६ सय ५६ हवाई सिट उपलब्ध भएको छ । यसमध्ये २२ लाख सिट क्षमता उपयोग भइरहेको छ ।

विमान स्थलको साँघुरोपनाका कारण थप कम्पनीलाई दिउँसोका समयमा अनुमति दिन सक्ने अवस्था छैन । चौबीसै घन्टा विमानस्थल सञ्चालनमा ल्याउन पर्याप्त पूर्वाधार र जनशक्ति भएको खण्डमा अझै बढी विमान कम्पनीले सेवा सञ्चालन गर्न सक्ने अधिकारीहरू बताउँछन् । हाल २८ वटा विदेशी कम्पनीले यहाँ उडान गरिरहेका छन् । धेरै पर्यटक आउनुमा उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको प्रसिडेन्ट ट्राभल्सका सञ्चालक भोला थापाको भनाइ छ । 'बढी पर्यटक ल्याउनेमा थाई र मध्यपूर्वी मुलुकका विमान कम्पनी अगाडि छन्,' उनले

भने । हवाई मार्गबाट आउने संख्यामा यो वर्षको ११ महिनामा स्थलमार्गबाट आएका पर्यटकसमेत जोड्दा कुल पाहुनाको संख्या झन्डै ७ लाख १९ हजार ६ सय पुगेको छ ।

सरकारले पर्यटन वर्षको समापनसँगै लुम्बिनी वर्ष समेत घोषणा गरेकाले आगामी वर्ष १० लाखको लक्ष्य पूरा हुन सक्ने पर्यटन वर्ष सचिवालयका अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिका संयोजक रञ्जित आचार्य बताउँछन् । '२०११ का लागि गर्न नसकिएको प्रवर्द्धनलाई लुम्बिनी वर्षका लागि गरिने भएको छ,' उनले भने, 'चीनको नयाँ वर्षको अवसर र भारतमा गर्मीको महिनालाई लक्षित गरी प्रचारप्रसार गर्न अन्तिम तयारीमा छौं ।'

हवाई मार्गबाट आउने पाहुनामा भारतीयको संख्या यो वर्ष १ लाख ४५ हजार ३ सय ३८ पुगेको छ । गत वर्षको भन्दा ४१ हजार बढी भारतीय नेपाल आएका छन् । भारतका सहरबाट यहाँ आउने विमान कम्पनीमा बजेट एयरलाइन्स थपिएपछि उनीहरूको आगमन बढेको हो । 'प्रतिस्पर्धाले भाडा सस्तियो, पाहुनाको संख्या थपियो,' थापाले भने । हाल भारतबाट एयर इन्डिया, किङफिसर, जेट एयरवेज, जेटलाइट, स्पाइस जेट, इन्डिगोले काठमाडौं उडान गरिरहेका छन् ।

२०११ को लक्ष्य २ लाख ५० हजार भारतीय पर्यटक ल्याउने लक्ष्य थियो । 'जति आए त्यसले निजी व्यवसायीको आत्मविश्वासलाई निकै बढाएको छ,' पर्यटन वर्ष सचिवालयका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले भने । त्यस्तै चीनबाट ४५ हजार ४ सय पर्यटक आएको अध्यागमनको तथ्यांकमा छ । यो गत वर्षको भन्दा ७७ दशमलव ६ प्रतिशत बढी हो । सन् २००१ मा चीनबाट वर्षभरिमा ३ हजार ९ सय ६८ पर्यटक आएका थिए ।



प्रकाशित मिति: २०६८ पुस १८ कान्तिपुर